सूचना तथा प्रसारण मन्त्रालय
सूचना एवं प्रसारण मन्त्रालय तथा यसका मिडिया एकाइहरूमा विशेष अभियान 5.0 पूर्ण सक्रियतामा
एमआइबीद्वारा विशेष अभियान 5.0 मा प्रमुख उपलब्धि हासिल : 1.43 लाख केजी रद्दीको निस्तारण, 973 स्थानको सफाई तथा 14,000 मिसिलको समीक्षा
सूचना एवं प्रसारण मन्त्रालयद्वारा विशेष अभियान 5.0 अन्तर्गत स्वच्छता, कौशलता तथा थाँतीमा रहेका मामिलाहरू सल्टाइयो
स्वच्छतालाई संस्थागत गर्नका साथै थाँतीमा रहेका मामिलाहरू घटाउन सूचना एवं प्रसारण मन्त्रालयमा विशेष अभियान 5.0 पूर्ण सक्रियताका साथ चलिरहेको छ।
Posted On:
22 OCT 2025 1:56PM by PIB Gangtok
सूचना एवं प्रसारण मन्त्रालयका साथमा यसका मिडिया एकाइ अनि देशभरीका स्थल कार्यालयहरूले स्वच्छ कार्यस्थल, थाँतीमा रहेका मामिलाहरू सल्टाउने तथा कार्यकौशलता बढाउने विषयमा ध्यान केन्द्रित गर्दै विशेष अभियान 5.0 मा सक्रियताका साथ भाग लिइरहेका छन्। अभियानको यो चरण 2 अक्टोबर, 2025 देखि शुरु गरी अभियानको शुरुवाती चरणमा अन्तिम रूप दिइएका लक्ष्यहरू हासिल गर्न समर्पित प्रयास गरिँदैछ।
मन्त्रालयको 2 देखि 17 अक्टोबरसम्मका उपलब्धिहरू यस प्रकार छन् :
- मन्त्रालयद्वारा 493 बाहिरी अभियान चलाइयो, 973 ठाउँ सफा गरियो र 104 वटा वाहनलाई अनुपयोगी निधो गरियो।
- करिब 1.43 लाख केजी रद्दी निस्तारण गरियो, जसको परिणामस्वरूप ₹34.27 लाख राजस्व सिर्जना हुनका साथै 8007 वर्गफीट ठाउँ खाली गरियो।
- करिब 13,900 कार्यालय मिसिलहरूको समीक्षा गरियो, जसमध्ये 3,957 वटा छाँटियो। कूल 585 ई-मिसिलको समीक्षा गरी 165 वटा बन्द गरियो।
- अन्य उपलब्धिका अतिरिक्त, कूल 301 जनउजुरी, 57 पीजी अपील, 16 एमपी सन्दर्भ, 2 राज्य सरकार सन्दर्भ र 1 पीएमओ सन्दर्भ पनि निस्तारण गरियो।
- विशेष अभियान 5.0 अन्तर्गत विभिन्न कार्वाहीको प्रगतिको समीक्षा गर्न, मन्त्रालयका अधिकारीहरूको टोली पनि विभिन्न स्थल कार्यालयमा तैनाथ गरियो।
कार्यस्थलको स्वच्छता सुनिश्चित गर्न, उत्पादकता बढाउन, स्वच्छतालाई संस्थागत गर्न, थाँतीमा रहेका मामिलाहरू समयमै निस्तारण गर्न र उत्तरदायी ई-फोहोर प्रबन्धन प्रोत्साहित गरी राष्ट्रको स्वच्छता अनि स्थिरतामा योगदान पुऱ्याउनका लागि अभियानको लक्ष्यहरूप्रति मन्त्रालय प्रतिबद्ध छ।
अभियानका केही मुख्यांश तल दिइएका छन् :

WDJU.jpg)

स्वच्छता अनि सामुदायिक भावना प्रोत्साहित गर्न पीआइबी इम्फालद्वारा विशेष अभियान 5.0 अन्तर्गत स्कूलमा स्वच्छता अभियान।

वरिष्ठ आर्थिक सल्लाहकार एवं सूचना एवं प्रसारण मन्त्रालयका शीर्ष अधिकारी आरके जेनाद्वारा शास्त्री भवनमा मन्त्रालयको विभिन्न प्रभाग तथा अभिलेख कक्षमा मिसिलहरू छाँट्नका साथै डिजिटिकरणको काम लगायत स्वच्छताको निरीक्षण गरियो।
******
(Release ID: 2181509)
Visitor Counter : 4
Read this release in:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Bengali-TR
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam