सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

राष्ट्रिय फिल्म पुरस्कार देशको सर्वश्रेष्ठ पर्यटन स्थलहरूमा आयोजित गरिने


केन्द्रिय मन्त्री अश्विनी वैष्णवले राज्यहरूलाई आगामी राष्ट्रिय फिल्म पुरस्कार आयोजित गर्नका लागि आफ्नो सर्वश्रेष्ठ पर्यटन स्थल प्रस्तावित गर्न दिए निमन्त्रण

राष्ट्रिय फिल्म पुरस्कार सम्मेलन कक्षसम्म मात्र सीमित नरहेर यो अघि बढ्दै आम जनमानससम्म पुग्नेछ : अश्विनी वैष्णव

पोस्ट गरियो: 22 SEP 2026 1:09PM by PIB Gangtok

नयाँ दिल्ली, 22 सेप्टेम्बर 2026।

केन्द्रिय सूचना एवं प्रसारण मन्त्री श्री अश्विनी वैष्णवले आज प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दृष्टिकोणबाट प्रेरित भई राष्ट्रिय फिल्म पुरस्कारलाई देशको सर्वश्रेष्ठ पर्यटन स्थलहरूसम्म पुऱ्याउने जानकारी दिए। प्रधानमन्त्रीको दृष्टिकोण अनुसार राष्ट्रिय कार्यक्रमहरूलाई पारम्परिक स्थलहरूदेखि बाहिर लगी देशभरीका ठाउँहरूसँग जोड्ने उनले अवगत गराए।

“हामी माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबाट प्रेरित भई राष्ट्रिय फिल्म पुरस्कारहरूलाई देशको सर्वश्रेष्ठ पर्यटन स्थलहरूमा लिएर गइरहेका छौं,” श्री वैष्णवले मिडियासँग कुरा गर्दै बताए।

एकता नगरले सम्पूर्ण विश्वमा पहिचान पाएको र यो सरदार वल्लभभाई पटेको विश्वकै सबैभन्दा अग्लो मूर्ति स्थापित अति आकर्षक ठाउँ रहेको उनले बताए। भारतका माननीय राष्ट्रपति अनि देशभरीबाट भारतीय फिल्म जगतका दिग्गजहरू यस्ता प्रसिद्ध पर्यटन स्थलमा आउँदा यसबाट धेरैले उक्त ठाउँबारे जान्ने अनि त्यसको अनुभव गर्ने मौका पाउने उनले बताए।

राष्ट्रिय फिल्म पुरस्कार समारोहलाई सम्मेलन कक्षदेखि बाहिर लगेर मानिसहरूको नजिक ल्याउनका साथै पर्यटनको माध्यमद्वारा त्यसलाई अघि बढाउने प्रयास गरिरहेको उनले बताए।

सबै राज्यलाई राष्ट्रिय फिल्म पुरस्कार समारोह आयोजित गर्नका लागि आफ्नो सर्वश्रेष्ठ पर्यटन स्थलको पहिचान गर्दै प्रस्ताव पठाउने निमन्त्रण दिइएको मन्त्री श्री वैष्णवले बताए। प्रस्तावमा सबैभन्दा राम्रो सुविधाका साथसाथै त्यस स्थानको चौमुखी विकासको योजना पनि सामेल हुनुपर्ने उनले बताए। जुन राज्यको प्रस्ताव चयन हुनेछ, त्यस प्रस्तावित पर्यटन स्थलले आगामी राष्ट्रिय फिल्म पुरस्कार समारोह आयोजित गर्नेछ।

भारतमा जी-20 आयोजनको समय यसका कार्यक्रमलाई प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशको अलग-अलग भाग अनि अलग-अलग राज्यमा पुऱ्याएको उनले स्मरण गराए। फिल्म अनि पर्यटनलाई एक साथ कसरी अघि बढाउन सकिने भन्ने कुरालाई ध्यानमा राख्दै राष्ट्रिय फिल्म पुरस्कार समारोहलाई गम्भीरतापूर्वक सोच-विचार गरेपछि पूरा देशमा लैजाने निधो गरिएको मन्त्री श्री वैष्णवले बताए।

फिल्म अनि पर्यटनलाई एक साथ ल्याउँदा पर्यटन स्थलहरूलाई फाइदा हुनका साथै राष्ट्रिय फिल्म पुरस्कार समारोह एउटा सम्मेलन कक्षदेखि बाहिर निकाली देशभरी वास्तविक ठाउँहरूसम्म पुऱ्याउन सहयोग पुग्ने मन्त्री श्री वैष्णवले जानकारी दिए।

********

MPS/SK


(रिलिज आईडी: 2313488) आगन्तुक काउन्टर : 5