गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

आसम राइफल्सद्वारा नयाँ दिल्लीमा आयोजित “एकता उत्सव-एक आवाज, एक राष्ट्र” महोत्सवमा केन्द्रिय गृह एवं सहकारिता मन्त्री मुख्य अतिथिका रूपमा सामेल


मोदी सरकारले पर्यटनदेखि तकनिकी, खेलदेखि अन्तरिक्ष, कृषिदेखि उद्यमिता र ब्याङ्किङदेखि कारोबारसम्म हरेक क्षेत्रमा पूर्वोत्तरका लागि अनेकौं सम्भावना खोल्ने काम गरेको छ

मोदी सरकारमा पूर्वोत्तरमा हिंसक घटनाहरूमा 70 प्रतिशत र नागरिकहरूको मृत्युमा 85 प्रतिशतको कमीले पूर्वोत्तरमा शान्ति स्थापनाका साथ सांस्कृतिक विकास भइरहेको पुष्टि गर्दछ

वर्ष 2027 सम्म पूर्वोत्तरका सबै राज्य रेल अनि हवाई कनेक्टिभिटीको माध्यमद्वारा दिल्लीसँग जोडिनेछ

सम्पूर्ण भारत पूर्वोत्तरको समृद्ध विरासतमाथि गर्व गर्दछ र पूर्वोत्तरबिना भारत अनि भारतबिना पूर्वोत्तर अधुरो छ

एकता उत्सवको यस पाँच दिवसीय भव्य समारोहले पूर्वोत्तरको एकता अनि सांस्कृतिक समृद्धिलाई दिल्लीमा प्रस्थापित गर्ने काम गरेको छ

आसम राइफल्सको पहिचान पूर्वोत्तरको साँचो मित्रका रूपमा गरिन्छ र आसम राइफल्सले पूर्वोत्तरलाई अनेकौं सङ्कटबाट मुक्ति दिलाउन अहम भूमिका खेलेको छ

2036 को ओलम्पिकमा भारत शीर्ष 10 मा हुनेछ र यसमा पूर्वोत्तर राज्यहरूको महत् भूमिका रहनेछ

Posted On: 20 FEB 2025 7:30PM by PIB Gangtok

केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाह नयाँ दिल्लीमा आसम राइफल्सद्वारा आयोजित “एकता उत्सव-एक आवाज, एक राष्ट्र” महोत्सवमा मुख्य अतिथिका रूपमा सामेल भए। यस अवसरमा आसम राइफल्सका महानिर्देशकसहित अनेकौं गणमान्य व्यक्ति उपस्थित थिए।

आफ्नो सम्बोधनमा केन्द्रिय गृह मन्त्री अमित शाहले पूर्वोत्तरका लागि एकता शब्द अति नै महत्त्वपूर्ण रहेको बताए। स्वतन्त्रताको कैयौं वर्षसम्म पूर्वोत्तरको यति ठूलो भूभागको दिल्लीसँग भौतिक अनि भावनात्मक रूपमा धेरै टाढा रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले कनेक्टिभिटीको माध्यमद्वारा पूर्वोत्तर अनि दिल्लीबाच उक्त भौतिक अनि भावनात्मक दूरी समाप्त गरेको छ, उनले भने। आज पूर्वोत्तर सम्पूर्ण भारतको र सम्पूर्ण भारत पूर्वोत्तरको हो। मोदी सरकारले पूर्वोत्तरका लागि सयकडौं बजेटीय प्रावधान बढाएको छ र पूर्वोत्तरलाई 3-4 गुणा धेरै बजेट दिएको छ, शाहले उल्लेख गरे। वर्ष 2027 सम्म पूर्वोत्तरका सबै आठ राज्य रेल अनि हवाई कनेक्टिभिटीको माध्यमद्वारा दिल्लीसँग जोडिनेछ, उनले बताए।

प्रधानमन्त्री मोदीले पूर्वोत्तरलाई अष्टलक्ष्मीका रूपमा सम्पूर्ण भारतमा प्रसिद्ध बनाएका छन्। पूर्वोत्तरका सबै आठ राज्य देशलाई हरेक प्रकारले समृद्ध बनाउन सक्षम छ। आर्थिक, सांस्कृतिक, सुरक्षा, खेल अनि अनुसन्धान एवं विकासका क्षेत्रमा पूर्वोत्तरका युवाहरूसँग अपार अवसर छ। मोदी सरकारले पर्यटनदेखि तकनिकी, खेलदेखि अन्तरिक्ष, कृषिदेखि उद्यमिता अनि ब्याङ्किङदेखि कारोबारसम्म, हरेक क्षेत्रमा पूर्वोत्तरका लागि अनेकौं सम्भावना खोल्ने काम गरेको छ, शाहले बताए।

हाम्रो पूर्वोत्तरमा 220 भन्दा धेरै जातीय समूह अनि 160 भन्दा धेरै जनजाति बसोबासो गर्दछन्। यहाँ 200 भन्दा धेरै भाषा-भाषिका बोलिन्छ र 50 भन्दा धेरै विशिष्ट उत्सव मनाउने गरिन्छ भने 30 भन्दा धेरै पारम्परिक नृत्य र 100 भन्दा धेरै व्यञ्जन यस क्षेत्रमा आज पनि अस्तित्त्वमा छ, शाहले बताए। यो सम्पूर्ण भारतको निम्ति अति नै विशाल समृद्ध विरासतको खजाना हो र पूरा देशले यसमाथि गर्व गर्दछ। पूर्वोत्तरबिना भारत र भारतबिना पूर्वोत्तर अधुरो छ, शाहले भने।

यस पूर्वोत्तर एकता उत्सवको ध्येयवाक्य “एक आवाज, एक राष्ट्र” र हाम्रो देश अनेकौं भाषा, संस्कृति, व्यञ्जन अनि भेषभूषाको अद्भूत मिश्रण हो र यही अनेकतामा एकता हाम्रो देशको विशेषता अनि सबैभन्दा ठूलो तागत हो, केन्द्रिय गृह एवं सहकारिता मन्त्री शाहले बताए। एकता उत्सवको यस पाँच दिवसीय समारोहले पूर्वोत्तरको एकता अनि सांस्कृतिक समृद्धिलाई दिल्लीमा प्रस्थापित गर्ने काम गरेको छ। आसम राइफल्स भारतको सबैभन्दा पुराना अर्धसैनिक बल हो र आसम राइफल्सको पहिचान पूर्वोत्तरको साँचो मित्रका रूपमा गरिन्छ, उनले भने। आसम राइफल्सले पूर्वोत्तरलाई अनेकौं सङ्कटबाट मुक्ति दिन महत् भूमिका खेलेको छ भन्दै आज यस आयोजनको माध्यमद्वारा आसम राइफल्सले पूर्वोत्तरको एकता अनि सांस्कृतिक तागदलाई सम्पूर्ण देश अनि विश्वका सामु प्रस्तुत गर्न सफल भएको शाहले बताए।

यस आयोजन अन्तर्गत खेल स्पर्धामा 212 टोली र 1500 विद्यार्थी र सांस्कृतिक कार्यक्रममा 150 भन्दा धेरै विद्यार्थीले भाग लिएका छन्। आज जितिएको अधिकांश पुरस्कार मणिपुरको भागमा परेको छ जसले मणिपुरमा खेललाई महत्त्व दिने गरिएको दर्शाउँदछ, उनले बताए। पूर्वोत्तरमा खेलको लोकप्रियतालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले देशको सबैभन्दा पहिलो खेल विश्वविद्यालय मणिपुरमा बनाउने निर्णय लिएका छन्, उनले बताए। “सबैका लागि खेल, उत्कृष्टताका लागि खेल” भारतमा खेलको विकास सूत्र बनेको छ। आउँदो 2036 मा भारतले ओलम्पिक खेल आयोजन गर्नेछ, जसमा भारत शीर्ष 10 मा हुनेछ र यसमा पूर्वोत्तरका राज्यहरूको महत् भूमिका रहनेछ, शाहले विश्वास व्यक्त गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा विगत 10 वर्ष अनि विशेष गरी बितेका पाँछ वर्षमा पूर्वोत्तरमा कानून-व्यवस्थाको स्थितिमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे। पूर्वोत्तरमा हिंसक घटना अनि सुरक्षाबलको मृत्युमा 70 प्रतिशत तथा नागरिकहरूको मृत्युमा 85 प्रतिशत कमी आएको उनले अवगत गराए। हिंसाको आँकडामा यस कमीले पूर्वोत्तरमा अब बिस्तारै शान्ति स्थापित हुँदै विकास तथा सांस्कृतिक विकासको नयाँ युग शुरु भइरहेको स्पष्ट हुँदछ, शाहले बताए।

वर्ष 2014 देखि हालसम्म पूर्वोत्तरमा 10,500 भन्दा धेरै उग्रवादीले हतियार बिसाएर मुख्यधारामा सामेल भएको र 2019 देखि 2024 बीच यस क्षेत्रमा 12 शान्ति सम्झौता भएको शाहले अवगत गराए। यहाँ दसकौंदेखि अनेकौं विवाद चलिआएको भए तापनि मोदी सरकारले दुई कदम अघि बढ्दै युवाहरूका लागि धेरै अवसर उपलब्ध रहेको विश्वास दिलाएको उनले बताए। हिंसामा लिप्त युवाहरू हतियार बिसाएर मुख्यधारामा सामेल हुन पनि केन्द्रिय मन्त्री शाहले अपील गरे।

आज पूर्वोत्तरलाई आफ्नो नमान्ने र पूर्वोत्तरका मानिसहरूलाई माया नगर्ने भारतको कुनै पनि भाग नरहेको केन्द्रिय गृह एवं सहकारिता मन्त्री शाहले बताए। देशको हरेक राज्यका मानिसहरूको मनमा पूर्वोत्तरका मानिसहरूको निम्ति विशेष ठाउँ रहेको र पूर्वोत्तरका हरेक राज्यले पनि अघि बढेर देशको विकासमा आफ्नो योगदान दिनुपर्ने उनले बताए। पूर्वोत्तरले अब शान्ति अनि विकासको चाहना राख्दै भारतको अभिन्न अङ्गका रूपमा काम गर्न चाहने गरेको केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले बताए।

********


(Release ID: 2105191) Visitor Counter : 13