प्रधानमन्त्रीको कार्यालय

हामीले भ्रष्टाचार, नातावाद र तुष्टीकरणका तीन विकृति विरुद्ध सबै शक्ति लगाएर लड्नुपर्छ : प्रधानमन्त्री


Posted On: 15 AUG 2023 12:33PM by PIB Gangtok

77 औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभएको छ, “यदि सपना पूरा गर्ने हो भने सङ्कल्प हासिल गर्ने हो भने भ्रष्टाचार, नातावाद र तुष्टीकरणका तीन विकृति विरुद्ध लड्नु अहिलेको आवश्यकता हो।

प्रधानमन्त्रीले भन्नुभयो कि पहिलो खराबी भ्रष्टाचार हो जो हाम्रो देशका सबै समस्याहरूको जड़ हो। भ्रष्टाचारबाट मुक्ति, हरेक ठाउँ र हरेक क्षेत्रमा भ्रष्टाचार विरुद्ध लड्नु समयको आवश्यकता हो। अनि देशवासीहरू, मेरा प्रिय परिवारका सदस्यहरू, यो मोदीको प्रतिबद्धता हो; भ्रष्टाचार विरुद्धको लडाईंलाई निरन्तरता दिने मेरो व्यक्तिगत प्रतिबद्धता हो,” प्रधानमन्त्रीले भन्नुभयो।

दोस्रो, वंशवादले हाम्रो देशलाई ध्वस्त बनाएको छ, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले भन्नुभयो, “यो वंशवादी व्यवस्थाले देशलाई जकड़ेको छ र देशका जनताको अधिकार खोसिएको छ।

तेस्रो खराबी, तुष्टीकरण रहेको कुरामा श्री मोदीले जोड दिनुभयो। यस तुष्टीकरणले देशको आधारभूत सोच, हाम्रो सामन्जस्यपूर्ण राष्ट्रिय चरित्रलाई पनि दाग लगाएको छ। यी मानिसहरूले सबै नष्ट गरे। अनि त्यसकारण, हामीले यी तीनवटा खराबीहरू विरुद्ध आफ्नो सम्पूर्ण शक्तिका साथ लड्नुपर्छ। भ्रष्टाचार, नातावाद र तुष्टीकरण; यी चुनौतीहरू बढ्दै गएका छन् जसले हाम्रो देशका जनताको आकांक्षालाई दबाएको छ।

उहाँले भन्नुभयो, केही मानिसहरूसित जे जति क्षमताहरू छन्, तिनीहरूले हाम्रो देशलाई लुटिरहेका छन्। यी चीजहरू हुन् जसले हाम्रा जनताको आशा र आकांक्षामा प्रश्न चिन्ह लगाउँदछन्। हाम्रा गरीब होस्, दलित होस्, पिछडिएको होस्, पास्माण्डा समुदाय होस्, हाम्रा आदिवासी दाजुभाइ दिदीबहिनी होऊन्, आमा-बहिनी होऊन्, हामी सबैले आफ्नो अधिकारका लागि यी तीन विकृतिबाट मुक्ति पाउनैपर्छ।

भ्रष्टाचारको खतरामाथि प्रहार गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “भ्रष्टाचारप्रति घृणाको वातावरण बनाउनुपर्छ। सार्वजनिक जीवनमा योभन्दा ठूलो फोहोर अरू केही हुन सक्दैन।प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने कुरा गर्नुभयो। विभिन्न योजनाबाट 10 करोड नक्कली लाभार्थीलाई कसरी हटाइयो र आर्थिक फरार व्यक्तिको 20 गुणा बढ़ीको सम्पत्ति जफत भएको पनि उहाँले जानकारी दिनुभयो।

नातावाद र वंशवादका सम्बन्धमा प्रधानमन्त्रीले वंशवाद अफसोस व्यक्त गर्नु हुँदै वंशवादी राजनीतिक दल परिवारका लागि, परिवारका लागि र परिवारका लागि भएकाले यसले प्रतिभा समाप्त गरेको बताउनु भयो। उहाँले भन्नुभयो, “लोकतन्त्रले यो दुष्टताबाट मुक्ति पाउन जरुरी छ।

त्यसैगरी तुष्टीकरणले सामाजिक न्यायमा ठूलो क्षति पुर्याएको छ। यो सोच र तुष्टीकरणको राजनीति, तुष्टीकरणका लागि सरकारी योजनाहरूको विधिले सामाजिक न्यायको हत्या गरेको छ। त्यसकारण हामीले तुष्टीकरण र भ्रष्टाचारलाई विकासका सबैभन्दा ठूलो शत्रु ठान्छौँ। यदि देश विकास चाहन्छ र 2047 सम्म विकसित भारतको सपना पूरा गर्न चाहन्छ भने हाम्रो लागि यो आवश्यक छ कि हामीले कुनै पनि हालतमा देशमा भ्रष्टाचार सहने छैनौं, हामी यही मनोभावका साथ अगाडि बढ्नुपर्छ”, श्री मोदीले भन्नुभयो।

 

****



(Release ID: 1949042) Visitor Counter : 79