मन्त्रीमण्डल

केन्द्रिय क्याबिनेटद्वारा बीएसएनएललाई 4-जी/5-जी स्पेक्ट्रम आबन्टन गर्न अनुमोदन


तेस्रो पुनरूद्धार प्याकेजको कूल परिव्यय ₹ 89,047 करोड

बीएसएनएलको अधिकृत पूँजीलाई ₹ 1,50,000 करोडबाट बढाएर ₹ 2,10,000 करोड बनाइने

Posted On: 07 JUN 2023 2:56PM by PIB Gangtok

पुनरूद्धार रणनीतिको अंशका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रिय क्याबिनेटको बैठकले कूल ₹ 89,047 करोडको कूल परिव्ययका साथ बीएसएनएलको निम्ति तेस्रो पुनरूद्धार प्याकेज अनुमोदन गर्ने महत्त्वपूर्ण कदम चालेको छ। यसमा ईक्विटी सञ्चारणका साथ बीएसएनएलका लागि 4-जी/ 5-जी स्पेक्ट्रम अनुमोदन गर्ने विषय पनि सामेल छ।

बीएसएनएलको अधिकृत पूँजी ₹ 1,50,000 करोडबाट बढाएर ₹ 2,10,000 करोड बनाइनेछ।

यस पुनरूद्धार प्याकेजका साथ, भारतको सुदूर इलाकाहरूमा कनेक्टिभिटी प्रदान गर्न केन्द्रित स्थिर दूरसञ्चार सेवा प्रदाताका रूपमा बीएसएनएल स्थापित हुनेछ।

स्पेक्ट्रमका विवरण निम्न प्रकार छन् :

ब्याण्ड

आबन्टित स्पेक्ट्रम

बजेटीय सहयोग

700 मेगाहर्ज

22 एलएसएएसमा 10 मेगाहर्ज

₹ 46,338.60 करोड

3300 मेगाहर्ज

22 एलएसएएसमा 70 मेगाहर्ज

₹ 26,184.20 करोड

26 मेगाहर्ज

21 एलएसएएसमा 800 मेगाहर्ज र 1 एलएसएमा 650 मेगाहर्ज

₹ 6,564.93 करोड

2500 मेगाहर्ज

6 एलएसएएसमा 20 मेगाहर्ज र 2 एलएसएएसमा 10 मेगाहर्ज

₹ 9,428.20 करोड

 

अन्यान्य वस्तु

₹ 531.89 करोड

कूल

₹  89,047.82 करोड

 

यस सप्केट्रम आबन्टनका साथ बीएसएनएलले निम्न सेवा प्रदान गर्नसक्नेछ :

क.        भारतभरी 4-जी र 5-जी सेवा प्रदान गर्न,

ख.        विभिन्न कनेक्टिभिटी परियोजना अन्तर्गत ग्रामीण साथै नसमेटिएका इलाकामा 4-जी सेवा प्रदान गर्न,

ग.         उच्च गतिको इन्टरनेट सेवाका लागि फिक्स्ड वायरलेस एक्सेस (एफडब्लुए) प्रदान गर्न,

घ.         क्याप्टिभ नन पब्लिक नेटवर्कका (सीएनपीएन) लागि सेवा/ स्पेक्ट्रम प्रदान गर्न।

बीएसएनएल/ एमटीएनएलको पुनरूद्धार :

•           सरकारले बीएसएनएल/ एमटीएनएलको पहिलो पुनरूद्धार प्याकेज 2019 मा अनुमोदन गरेको थियो। यो कूल ₹ 69,000 करोड थियो जसले बीएसएनएल/ एमटीएनएलमा स्थिरता ल्यायो।

•           2022 मा, सरकारद्वारा बीएसएनएल/ एमटीएनएललाई ₹1.64 लाख करोड बराबरको दोस्रो पुनरूद्धार प्याकेज अनुमोदन गरियो। यसले पूँजीगत व्यय, ग्रामीण दूरभाषका लागि सम्भाव्यता अन्तरको वित्तपोषण, तुलनपत्रलाई तनाउमुक्त गर्न वित्तीय सहयोग र एजीआर बक्यौतीको फर्छ्योट, बीबीएनएललाई बीएसएनएलसँग विलय आदिका लागि वित्तीय सहयोग प्रदान गरेको थियो।

•           यी दुई प्याकेजको परिणामस्वरूप बीएसएनएलले वित्त वर्ष 2021-22 देखि परिचालन लाभ कमाउन थालेको छ। बीएसएनएलको कूल कर्जा ₹32,944 करोडबाट घटेर ₹ 22,289 करोड पुगेको छ।

•           बीएसएनएलका प्रमुख वित्त निम्न प्रकार छन् :

 

 

वित्त वर्ष 2020-21

वित्त वर्ष 2021-22

वित्त वर्ष 2022-23

राजस्व

18,595 करोड

19,053 करोड

20,699 करोड

परिचालन लाभ 

1,177 करोड

944 करोड

1,559 करोड

 

•           बीएसएनएलले होम फाइबर क्षेत्रमा व्यापक वृद्धि दर्ता गरेको छ। यसले प्रत्येक महिना एक लाख नयाँ कनेक्सन प्रदान गरिरहेको छ। बीएसएनएलको कूल होम फाइबर ग्राहक मई 2023 सम्म 30.88 लाख पुगेको थियो। होम फाइबरबाट गत वर्ष ₹2,071 करोड राजस्व आर्जन गरेको थियो। 

स्वदेशी 4-जी/ 5-जी प्रविधि

•           दूरसञ्चार प्रविधि सामरिक रणनीति हो जसको विश्वमा सीमित सङ्ख्यामा मात्र शुरुदेखि अन्त्यसम्मका प्रविधि प्रदाताहरू छन्।

•           प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर परिकल्पना अन्तर्गत भारतले आफ्नै 4-जी/5-जी प्रविधि सफलतापूर्वक विकास गरेको छ।

•           यसको तैनाथी शुरु भइसकेको छ। केही महिना स्थलगत तैनाथीपछि, यो देशव्यापी रूपमा बीएसएनएलको नेटवर्कमा विस्तार गरिनेछ।

****



(Release ID: 1930535) Visitor Counter : 99