57th International Film Festival of India 2026
20 – 28 Nov 2026

पूर्वोत्तरका सिनेमाहरूले 57 औं आइएफएफआइमा ल्यायो सांस्कृतिक विरासत, अस्मिता अनि सामाजिक यथार्थका कथाहरू


निर्देशक आइमी बरूवा अनि दुयू ताब्योले पूर्वोत्तर भारतको रैथाने विरासत, भाषा अनि नभनिएका कथाहरूको संरक्षणमा सिनेमाको भूमिका प्रकाश पारे

पोस्ट गरियो: 22 NOV 2026 4:26PMby PIB Gangtokरिलिज आईडी: 2341203Views: 4

गोवा, 22 नोभेम्बर 2026:

आफ्नो सांस्कृतिक विरासत संरक्षित गर्न कोशिश गरिरहेका आसमको पारम्परिक हतकर्घा समुदायदेखि लिएर शोकाकुल पिताको अरुणाचल प्रदेशको पाहाडतिर मनोवैज्ञानिक यात्रासम्म, पूर्वोत्तर भारतका यी दुई फिल्मले 5 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवमा (आइएफएफआइ) पहिचान, सहनशीलता अनि मानवीय भावनाको बिछुट्टै कथा लिएर आएका छन्।

आसामी वृत्तचित्र रेड कार्पेट (रातो गलैंचा) भारतीय प्यानोरामा गैर कथानक खण्डमा सामेल गरिकएको छ भने ऊरूम भारतीय प्यानोरामा कथानक फिल्म श्रेणीमा राखिएको छ।

आइमी बरूवाद्वारा निर्देशित रेड कार्पेट (आसामी) तथा दुयू ताब्योद्वारा निर्देशित ऊरूमलाई आज गोवामा आयोजित पत्रकार सम्मेलनमा प्रकाश पारियो, जहाँ निर्देशकद्वयले उनीहरूका फिल्म अनि फिल्म निर्माण यात्राबारे आफ्नो परखज्ञान साझा गरे।

रेड कार्पेटले आसमको कार्बी आङलोङका कार्बी समुदायको पारम्परिक हतकर्घा विरासतको खोज गर्दछ, जहाँ शताब्दियौं पुराना शिल्पले आधुनिकीकरण अनि बद्लिँदो जीवनशैलीको चुनौतीको सामना गर्नुपरिरहेको छ। यस वृत्तचित्रमा डोङ्कामोकम गाउँदेखि केन्सको रेड कार्पेटसम्म पारम्परिक बुनकरको यात्रालाई समेट्दै यो हातद्वारा बनाइने कपडा कसरी सांस्कृतिक पहिचान, गौरव अनि आशाको प्रतीक बनेको छ भन्ने प्रदर्शित गरिएको छ।

फिल्मबारे आफ्नो दृष्टिकोण साझा गर्दै विद्यावारिधिको अध्ययन गरिरहेकी पुरस्कार विजेता भारतीय अभिनेत्री, निर्माता एवं फिल्म निर्देशक आइमी बरूवाले आसमको सानो गाउँदेखि पारम्परिक हातद्वारा बुनिने कपडालाई केन्सको प्रतिष्ठित रेड कार्पेटसम्म यात्राबारे जानकारी दिइन्।

स्थानीय बुनकरहरूको शिल्पकलाका साथै पारम्परिक वस्त्रमा समाहित पारम्परिक वस्त्रबारे प्रकाश पार्दै यस कपडाले अन्तरराष्ट्रिय मान्यता पाउनुले क्षेत्रको रैथाने विरासतमा बढी दृश्यता ल्याएको अवगत गराइन्।

पारम्परिक बुनकरको प्रचलनलाई संरक्षण गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले युवा पिँढीलाई आफ्नो भाषा, संस्कृति अनि परम्पराप्रति गर्व गर्दै आफ्नो विरासतलाई अघि बढाउन आग्रह गरिन्।

दुयू ताब्योद्वारा निर्देशित दोस्रो फिल्म ऊरूमले सन्ताप, अरुणाचल प्रदेशको सुदूर पाहाडी समुदायमा आफ्नो तरुनी छोरीको दुखद मृत्युबाट जुझिरहेका एकजना पिताको कथाको माध्यमद्वारा फिल्मले सन्ताप, आघात अनि ती अदृश्य शक्तिहरूबीच ती मानिसहरूको जीवनलाई प्रभावित गर्ने शान्तिको उनको खोजलाई दर्शाउँछ।

रैथाने पहिचान, स्मृति अनि सामाजिक वास्तविकता दर्शाउने निर्देशक दुयू ताब्यो अरुणाचल प्रदेशका एक स्वतन्त्र लेखक-निर्देशकका साथै सांस्कृतिक अध्येताले अरुणाचल प्रदेशको जीरोमा आफ्नो बाल्यकालमा देखेको घटनाको स्मरण गरेका छन्, जसमा एकजना पिता आफ्नो छोरी गुमाउनुको दुखसँग जुझिरहेका छन्। उक्त स्मृति वर्षौंसम्म उनको मनमा रहेर अन्त्यमा फिल्मको आधार बनेको छ। फिल्मको माध्यमद्वारा उनले कुनै विशिष्ट नैतिक सन्देश व्यक्त गर्नुको साटो एकजना शोकाकुल पिताको मनोवैज्ञानिक अनि भावनात्मक स्थितिलाई बुझ्ने प्रयास गरेको उनले बताए। ताब्योले आइएफएफआइप्रति आभार व्यक्त गर्दै आफ्नो फिल्मको चयनलाई अरुणाचल प्रदेशमा उदाइरहेको फिल्म उद्योगका लागि महत्त्वपूर्ण मान्यता बताए। यसबाट राज्यका अनरू युवा फिल्म निर्माताहरूले आफ्नो कथा सुनाउन प्रोत्साहन पाउने उनले आशा व्यक्त गरे।

भाषिक एवं सांस्कृति संरक्षणको महत्त्वमाथि जोड दिँदै रैथाने निशी भाषामा फिल्म बनाउनु, यसको प्रामाणिकतालाई संरक्षित गर्नका साथै भाषालाई अरू बढी पहिचान दिलाउने सचेत निर्णय रहेको ताब्योले बताए। युवा पिँढी आफ्नो रैथाने भाषादेखि टाढा भइरहेको समय फिल्मलाई निशी समुदायको भाषिक विरासतलाई संरक्षित गर्ने प्रयास रहेको उनले दाबी गरे।

पूर्वोत्तर भारतमा सिनेमाको बढ्दो सम्भावनाबारे बताउँदै ताब्योले यो क्षेत्र अहिलेसम्म नछोइएको सिनेमाई परिदृश्य कायम रहेको र संसारलाई दिनका लागि धेरै कुरा रहेको उल्लेख गरे। यस क्षेत्रमा मुख्यधाराका फिल्म निर्माता अनि प्रोडक्सन हाउसहरूको बढ्दो रुचिबारे उल्लेख गर्दै सिनेमा मनोरञ्जनदेखि अलग गएर सामाजिक जागरूकता अनि परिवर्तनको एउटा शक्तिशाली माध्यम बन्नसक्ने उनले बताए। रैथाने कथा, भाषा अनि जीवनशैलीको दस्तावेजीकरणको महत्त्वमाथि प्रकाश पार्दै यस्ता प्रयासले युवा पिँढीलाई आफ्नो जरासँग फेरि जोडिनका साथै  अनि आफ्नो सांस्कृतिक अस्मिताको समृद्धिलाई बुझ्न मद्दत गर्नसक्ने उनले बताए।

यी दुवै फिल्मले पूर्वोत्तर भारतको अनौठो कथाहरूलाई राष्ट्रिय सिनेमाई मञ्चमा ल्याउनका साथै यस क्षेत्रको विविध सांस्कृतिक अनुभव, रैथाने परम्परा अनि समकालीन वास्तविकतालाई पनि दर्शाउँछ। 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवमा यी फिल्महरू सामेल हुनुले यस वर्षको महोत्सवको सिनेमाई विविधतालाई पनि अरू व्यापक बनाउँछ।

पत्रकार सम्मेलनको सञ्चालन श्रीमती स्मिता साइकियाले गरेकी थिइन्।

पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस् :

आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341203
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026