वित्त मन्त्रालय
azadi ka amrit mahotsav

युपीआइद्वारा डिजिटल भुक्तानी क्रान्तिको 10 साल पूरा – विश्वकै सबैभन्दा विशाल वास्तविक समय भुक्तानी प्रणालीको रूपमा मान्यता


लेनदेनको मात्रामा 13,000ल गुणा वृद्धि, वार्षिक लेनदेनको मात्रा वित्तीय वर्ष 2016-17 को 1.78 करोडबाट वृद्धि हुँदै 24,162 करोड लेनदेन

लेनदेनको मूल्य वित्तीय वर्ष 2016-17 को ₹0.07 लाख करोडबाट वृद्धि हुँदै वित्तीय वर्ष 2025-26 मा करिब ₹314 लाख करोड, जसले लगभग 4,000 गुणा वृद्धि दर्शाउँछ

युपीआइ हाल 11 वटा देशमा परिचालित, सीमापार डिजिटल भुक्तानीका लागि वैश्विक मञ्चका रूपमा स्थापित

युपीआइमा ब्याङ्क लाइभको सङ्ख्या वित्तीय वर्ष 2016-17 को 44 बाट वृद्धि हुँदै वित्तीय वर्ष 2025-26 मा 703 पुगेको थियो, जसले युपीआइको गहन भौगोलिक पहुँच अनि वित्तीय समावेशन सक्षम बनाएको छ

युपीआइको सफलताले यसको विस्तारयोग्य, समावेशी अनि नवोन्मेषी डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा भारतको नेतृत्त्व दर्शाउँछ

प्रविष्टि तिथि: 24 AUG 2026 1:57PM by PIB Gangtok

नयाँ दिल्ली, 24 अगस्त 2026।

भारतीय रिजर्भ ब्याङ्कको (आरबीआइ) नियामक पर्यवेक्षणमा भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआइ)द्वारा 25 अगस्त 2016 मा शुभारम्भ गरिएको युनिफाइड पेमेन्ट्स इन्टरफेसले (युपीआइ) भारतमा डिजिटल भुक्तानीमा परिवर्तन ल्याएको 10 वर्ष पूरा गरेको छ। युपीआइ भारतको डिजिटल भुक्तानी परितन्त्रको मेरुदण्डका रूपमा स्थापित हुनका साथै वित्तीय समावेशनको महत्त्वपूर्ण कारक बनेको छ।

परिचालनको एक दसकको अवधिमा, युपीआइले असाधारण परिमाण अनि गति प्रदर्शित गरेको छ। वार्षिक लेनेदनको मात्रा वित्तीय वर्ष 2016-17 को केवल 1.78 करोड लेनदेनबाट बढेर वित्तीय वर्ष 2025-26 मा 254,162 करोड लेनदेन पुग्दै करिब 13,000 गुणा लेनदेनको मात्रामा वृद्धि दर्ता गरेको छ। यसकै समानान्तरमा, लेनदेनको मूल्य वित्तीय वर्ष 2016-17 को ₹0.07 लाख करोडबाट बढेर वित्तीय वर्ष 2025-26 मा करिब ₹314 लाख करोड पुगेको थियो, जसको परिणामस्वरूप लेनदेनको मूल्य 4,000 गुणा बढेको बुझाउँछ।

युपीआइ भारतको डिजिटल सार्वजनिक पूर्वाधारको (डीपीआइ) अति सफल स्तम्भमध्ये एकका रूपमा स्थापित हुनका साथै यसले अन्तर-सञ्चालनीय, वास्तविक समय भुक्तानी मञ्च प्रदान गर्दै सिङ्गो अनुप्रयोगको माध्यमद्वारा एक-अर्काका साथै ग्राहक अनि व्यापारीबीच निर्बाध लेनदेन सक्षम बनाएको छ। आज यो लाखौं-लाख प्रयोगकर्ताका लागि यो भुक्तानीको मनपर्दो माध्यम बन्दै भारतको लेनदेनको प्रकृत्तिमै रूपान्तरण ल्याएको छ। डिजिटल अन्तर पाट्नका साथै वित्तीय समावेशन अघि बढाउन लगायत डिजिटल वित्तीय सेवासम्म पहुँच विस्तार गरी युपीआइले व्यापक रूपमा आर्थिक सहभागिता प्रोत्साहित गर्नका साथसाथै व्यक्ति अनि समुदायलाई पनि सशक्त बनाएको छ।

मात्रा अनि मूल्य दुवैमा यस अभिसरणले उच्च आवृत्ति रहेको खुद्रा भुक्तानीलाई समर्थन दिन युपीआइको बढ्दो भूमिकालाई रेखाङ्कित गर्दछ। युपीआइद्वारा प्राप्त अभूतपूर्व परिमाण, विश्वसनीयता अनि अन्तर-सञ्चालनीयताले वैश्विक मान्यता पाएको छ भने अन्तरराष्ट्रिय मुद्रा कोषले (आइएमएफ) यसलाई लेनदेन मात्राको आधारमा विश्वकै सबैभन्दा विशाल वास्तविक समय भुक्तानी प्रणालीका रूपमा मान्यता दिएको छ, जसले मापनीय, समावेशी अनि नवोन्मेषी डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा भारतको नेतृत्त्वलाई दर्शाउँछ।  

 

I.  सङ्ख्यामा दसक

युपीआइको एक झलक : मुख्य साङ्ख्यिकी (एनपीसीआइ)

वार्षिक लेनदेनको मात्रा (वित्तीय वर्ष 2016-17)

1.78 करोड

वार्षिक लेनदेनको मात्रा वित्तीय वर्ष 2025-26)

24,162 करोड

सीएजीआर

188%

वार्षिक लेनदेनको मूल्य (वित्तीय वर्ष 2016-17)

₹0.07 लाख करोड

वार्षिक लेनदेनको मूल्य (वित्तीय वर्ष 2025-26)

₹314 लाख करोड

सीएजीआर

155%

वर्ष दर वर्ष मात्रामा वृद्धि (2025-2026)

30%

वर्ष दरक वर्ष मूल्यमा वृद्धि (2025-2026)

21%

दैनिक औसत लेनदेन (2026)

66 करोड

रेकर्ड मासिक मात्रा (जुलाई 2026)

2,366 करोड

रेकर्ड मासिक मूल्य (जुलाई 2026)

₹29.88 लाख करोड

युपीआइमा लाइभ ब्याङ्क (जुलाई 2026 सम्म)

741 ब्याङ्क

शुभारम्भमा ब्याङ्क (अप्रेल 2016)

21 ब्याङ्क

पहिलो महिनाको लेनदेन (अगस्त 2016)

90,000

भारतको डिजिटल भुक्तानीमा युपीआइको अंश

84% (वित्तीय वर्ष 2025-26)

वैश्विक वास्तविक समय मात्रामा अंश

विश्वको 49% (2025)

युपीआइ स्वीकार गर्ने देशहरू

11 देश

 

वार्षिक लेनदेनको मात्रा (वित्तीय वर्ष 2016-17 देखि वित्तीय वर्ष 2026-27*)

तस्वीर 1 : युपीआइको वार्षिक लेनदेनको मात्रा करोडमा              * 31 जुलाई 2026 सम्म

 

वार्षिक लेनदेनको मूल्य (वित्तीय वर्ष 2016-17 देखि वित्तीय वर्ष 2026-27*)

तस्वीर 2 : युपीआइको वार्षिक लेनदेनको मूल्य ₹ लाख करोडमा     * 31 जुलाई 2026 सम्म

 

II.  मासिक प्रदर्शनी, 2026

नवर्ष 2026 युपीआइको विकास मार्गमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भयो। मई, 2026 मा मासिक लेनदेनको सङ्ख्याले पहिलोपटक 2,300 करोड लेनदेन पार गरी 2,320 करोड पुगेको थियो जसले युपीआइको व्यापक उपयोगको सङ्केत गर्दछ। यो गति वर्षैभरी जारी रहनका साथै जुलाई 2026 मा 2,366 करोड लेनदेन दर्ता गरियो, जुन युपीआइको एक दसकको इतिहासमा सबैभन्दा बढी मासिक लेनदेनको सङ्ख्या थियो।

III.  परितन्त्रीय शक्ति, ब्याङ्क, एप्स अनि भूगोल

युपीआइमा लाइभ ब्याङ्क, अप्रत्याशित सहभागिता

युपीआइको शुरुवातदेखि नै संस्थागत साझेदारीमा लगातार अनि व्यापक विस्तार देखिएको छ। युपीआइमा सक्रिय ब्याङ्कहरूको सङ्ख्या परिचालनको पहिलो वर्ष, वित्तीय वर्ष 2016-17 मा 44 ब्याङ्कबाट बढेर वित्तीय वर्ष 2025-26 सम्म 703 पुगेको थियो। यस सामेलीमा सार्वजनिक क्षेत्रका ब्याङ्क, निजी ब्याङ्क, लघु वित्त ब्याङ्क, भुक्तानी ब्याङ्क अनि सहकारी ब्याङ्कहरू सामेल छन्, जसबाट युपीआइको भौगोलिक पहुँच अझ व्यापक बनेको छ। प्रत्येक ब्याङ्कले प्रेषक (बहिर्गामी लेनदेन संसाधित गर्ने) तथा/ वा लाभार्थीका (धन प्राप्त गर्ने) रूपमा काम गर्दछ र एनपीसीआइले सबै साझेदारको प्रदर्शन मानकको निगरानी गर्दछ।

तस्वीर 4 : युपीआइमा लाइभ ब्याङ्कको सङ्ख्या (वित्तीय वर्ष 2017–2026)

 

IV.  लेनदेन विभाजन, पी2पी र पी2एम विश्लेषण

युपीआइ लेनदेनको विश्लेषणबाट भुक्तानीका विभिन्न प्रकारमा मात्रा अनि मूल्यबीच स्पष्ट अन्तर देखिन्छ। व्यक्तिबाट व्यापारी (पी2एम) लेनदेन कूल लेनदेन मात्राको 63% छ, जसले उच्च आवृत्ति भएको, कम मूल्यको खुद्रा भुक्तानीका लागि युपीआइको व्यापक उपयोग दर्शाउँछ। यसको विपरीत, व्यक्तिबाट व्यक्ति (पी2पी) लेनदेन, लेनदेन मूल्यमा सबैभन्दा बढी छ, जसले 71% योगदान दिन्छ र यसले यस,ले यसको उपयोग व्यक्तिहरूबीच उच्च मूल्य हस्तान्तरणको निम्ति गर्ने गरिएको दर्शाउँछ। यस अन्तरले युपीआइको दोहोरो भूमिकालाई रेखाह्कित गर्दछ – एउटा व्यापक खुद्रा भुक्तानी मञ्च अनि ठूलो राशिको धन हस्तान्तरणका लागि एउटा विश्वसनीय माध्यमका रूपमा।

तस्वीर 5 : युपीआइ पी2पीको तुलनामा पी2एम विभाजन – मात्रा अनि मूल्य

 

टिकटको आकारको आधारमा लेनदेनको वितरण, सूक्ष्म भुक्तानीको प्रभुत्त्व

वित्तीय वर्ष 2026 मा, ₹24,162 करोडको कूल युपीआइ लेनदेनबाट, यो मञ्च देशभरी दैनिक डिजिटल भुक्तानीको उपयोगमा गहिराइका साथ  एकिकृत भइसकेको थाहा लाग्दछ, खास गरी व्यापारी वर्गमा यसको प्रबल वृद्धि देखिएको छ। पी2एम लेनदेन मुख्य रूपमा सानो राशिको भुक्तानीद्वारा सञ्चालित थियो, जसमा 86 प्रतिशत ₹500 भन्दा कम्तिको थियो, जसले युपीआइको दैनन्दिन खुद्रा अनि वाणिज्यमा गहण एकिकरणलाई दर्शाउँछ भने, उच्च मूल्यको लेनदेनमा पनि वृद्धि जारी रहेको थियो। पी2पी लेनदेनमा पनि कम मूल्यको हस्तान्तरणका (₹500 भन्दा कम्तिको 59%) लागि व्यापक उपयोग देखियो, जबकि ₹500 भन्दा धएरैको 41% लेनदेनले युपीआइको नियमित व्यक्तिगत भुक्तानी अनि उच्च मूल्यको धन हस्तान्तरण, दुवैलाई सुविधाजनक बनाउन बढ्दो बहुमुखी प्रतिभा दर्शाउँछ।

तस्वीर 6 : टिकटको आकारले युपीआइ लेनदेनको वितरण

 

V.  वैश्विक मञ्चमा युपीआइ

घरेलु भुक्तानी नवाचारका रूपमा शुरु भएको यो माध्यम आज डिजिटल भुक्तानीको क्षेत्रमा एउटा वैश्विक मानक बनेको छ।

2025 सम्म, युपीआइ विश्वको वास्तविक समय भुक्तानी लेनदेनको कूल मात्राको करिब  49% हिस्सा रहेको थियो, जुन अन्तरराष्ट्रिय मुद्रा कोषद्वारा मान्यता प्राप्त महत्त्वपूर्ण उपलब्धि रहेको थियो।

प्रतिदिन 66 करोडभन्दा धेरै लेनदेन संसाधित हुनका साथै युपीआइले वैश्विक भुक्तानी नेटवर्कलाई पछि छोड्दै त्वरित, सुरक्षित अनि समावेशी डिजिटल भुक्तानीमा भारतलको विश्वमा अग्रणी स्थितिलाई बलियो बनाएको थियो।

युपीआइ सीमापार डिजिटल भुक्तानीका लागि पनि एउटा वैश्विक मञ्चका रूपमा स्थापित भेको छ र हाल यो संयुक्त अरब अमिरात, फ्रान्स, भोटाङ, श्रीलङ्का, नेपाल, सिङ्गापुर, मरिशस, कतार, कम्बोडिया, ग्रीस अनि मालदीवसहित 11 देशमा परिचालित छ।

 

VI.  भावी मार्ग, युपीआइको आगामी दसक

युपीआइको आगामी दसक भारतको डिजिटल भुक्तानी क्षेत्रमा ठूलो परिवर्तन ल्याउन तयार छ। नयाँ उपयोगकर्ता अनि व्यापारीहरूलाई युपीआइ प्रणालीसँग जोड्दै, भारत सरकारले युपीआइ आधारित नवाचारको आगामी चरणलाई सक्षम बनाउन र निरन्तर नीतिगत समर्थन, तकनिकी प्रगति अनि बढी वित्तीय समावेशनको माध्यमद्वारा भारतको डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउन प्रतिबद्ध छ।

*********

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2302812) आगंतुक पटल : 8
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Khasi , English , Gujarati , Urdu , हिन्दी , Marathi , Bengali , Bengali-TR , Assamese , Tamil , Telugu , Kannada , Malayalam