प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा राष्ट्रिय गीत “वन्दे मातरम” को १५० वर्षको वर्षव्यापी स्मरण समारोहको उद्घाटन
वन्दे मातरम्को सार नै भारत हो, माता भारती हो, भारतको सनातन विचारधारा हो: पीएम
उपनिवेशकालीन समयमा वन्दे मातरम त्यो घोषणा बनेको थियो जसले यो प्रतिज्ञा गर्यो- भारत स्वतन्त्र हुनेछ, बन्धनका जञ्जीरहरू माता भारतीका हातहरूले तोड़िनेछन्, र उनका सन्तानहरू आफ्नै भविष्यका शिल्पी बन्नेछन्: पीएम
वन्दे मातरम भारतको स्वतन्त्रता संघर्षको स्वर बन्यो, हरेक क्रान्तिकारीका ओठमा गुञ्जिएको नारा, प्रत्येक भारतीयको भावनाको आवाज: पीएम
स्वतन्त्रताका शहिदहरूको गान मात्र नभई, वन्दे मातरम एक शाश्वत प्रेरणाको स्रोत हो, यसले हामीलाई केवल स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने सम्झाउँदैन, तर यसलाई कसरी सुरक्षित राख्नुपर्छ भन्ने पनि सम्झाउँछ: पीएम
जब जब राष्ट्रिय ध्वज फहराइन्छ, यी शब्दहरू स्वाभाविक रूपमा हाम्रो हृदयबाट निस्कन्छन् — “भारत माता की जय! वन्दे मातरम!” : पीएम
Posted On:
07 NOV 2025 12:17PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा राष्ट्रिय गीत “वन्दे मातरम” को १५० वर्षको वर्षव्यापी स्मरण समारोहको उद्घाटन गरे। यस अवसरमा उपस्थित समूहलाई सम्बोधन गर्दै श्री मोदीले भने कि वन्दे मातरम केवल एउटा शब्द होइन—यो एउटा मन्त्र, एउटा ऊर्जा, एउटा सपना, र एउटा गम्भीर संकल्प हो। उनले जोड़ दिंदै भनो कि वन्दे मातरम, माता भारतीप्रति भक्ति र आध्यात्मिक समर्पणको प्रतीक हो। प्रधानमन्त्रीले भने कि यो एक शब्दले हामीलाई हाम्रो इतिहासंग जोड़दछ, हाम्रो वर्तमानलाई आत्मविश्वासले भरिदिन्छ, र हाम्रो भविष्यलाई यो साहसले प्रेरित गर्छ कि कुनै पनि संकल्प अधूरो रहँदैन, र कुनै पनि लक्ष्य हाम्रो पहुँचदेखि टाड़ा छैन।
वन्दे मातरमको सामूहिक गायनलाई अभिव्यक्तिको सीमा भन्दा परको एक अत्यन्तै पवित्र र आत्मिक अनुभवको रूपमा वर्णन गर्दै, श्री मोदीले भने कि असंख्य आवाजहरूको बिचमा पनि एउटा अद्वितीय लय, एकीकृत स्वर, साझा रोमाञ्च र निरन्तर प्रवाहको अनुभूति उत्पन्न भएको थियो। उनले त्यस सामूहिक स्वरले उत्पन्न गरेको झङ्कार र सौहार्दका तरंगहरूको चर्चा गरे , जसले हृदयलाई ऊर्जा र उत्साहले भरिदिन्छ। प्रधानमन्त्रीले भने कि ७ नोभेम्बर एउटा ऐतिहासिक दिन हो, जब राष्ट्रले वन्दे मातरमको १५० वर्ष मनाइरहेको छ। उनले यो सुनिश्चित गरे कि यो पवित्र अवसरले हाम्रा नागरिकहरूमा नयाँ प्रेरणा जगाउनेछ र तिनमा ताजा ऊर्जा सञ्चार गर्नेछ। यस ऐतिहासिक दिनलाई अमर बनाउन, वन्दे मातरमप्रति समर्पित एक विशेष स्मारक सिक्का र डाक टिकट पनि जारी गरिएको थियो। माता भारतीका निम्ति आफ्नो जीवनको बलिदान दिने सबै वीर र विभूतिहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, श्री मोदीले उपस्थित सबैलाई बधाई दिए र वन्दे मातरमको १५० वर्ष पूरा भएको अवसरमा सम्पूर्ण देशवासीहरूप्रति शुभकामना व्यक्त गरे।
हरेक गीत र हरेक कवितामा एउटा मूल भावना र केन्द्रीय सन्देश निहित रहेको कुरा प्रधानमन्त्रीले उल्लेख गरे। यस क्रममा उनल वन्दे मातरमको सार के हो भनी प्रश्न गरे। उत्तरमा उनले भने — यसको सार भारत हो, माता भारती हो — भारतको सनातन अवधारणा हो। प्रधानमन्त्रीले विस्तृत रूपमा व्याख्या गर्दै भने कि यो विचारले मानव सभ्यताको प्रारम्भदेखि नै आकार लिन थाल्यो — प्रत्येक युगलाई एउटा अध्यायको रूपमा पढ्दै, विभिन्न राष्ट्रहरूको उत्थान, विविध शक्तिहरूको उदय, नयाँ सभ्यताहरूको विकास, शून्यताबाट महानतासम्मको उनीहरूको यात्रा र अन्ततः पुनः शून्यतामा विलय हुने चक्रको साक्षी रह्यो। उनले अझ भने कि भारतले इतिहासको निर्माण र विनाश, संसारको बदलिँदो भूगोललाई अवलोकन गर्यो। यसरी अनन्त मानव यात्राबाट भारतले सिक्यो, नयाँ निष्कर्षहरू निकाल्यो, र ती आधारमा आफ्नै सभ्यताको मूल्य र आदर्शहरू निर्माण गर्यो, जसले एउटा विशिष्ट सांस्कृतिक पहिचानको सृजना गर्यो। श्री मोदीले जोड़ दिंदै भने कि भारतले शक्ति र नैतिकताको सन्तुलन बुझ्यो, र त्यसै कारण यो एउटा परिष्कृत राष्ट्रको रूपमा अघि आयो।
भारतको अवधारणा र त्यसको दार्शनिक शक्ति विश्वका विभिन्न शक्तिहरूको उत्थान र पतनभन्दा पूर्ण रूपमा भिन्न रहेर, स्वतन्त्र अस्तित्वको गहिरो चेतनामा जरा गाड़ेको छ भन्ने कुरामाथि प्रकाश पार्दै मोदीले भने कि जब यो चेतना लिखित र लयात्मक रूपमा व्यक्त भयो, त्यसले वन्दे मातरम जस्तो एउटा महान सृजनालाई जन्म दियो। उनले भने, “त्यसैले उपनिवेशकालीन समयमा वन्दे मातरम त्यो घोषणा बन्यो जसले यो दृढ संकल्प प्रकट गर्यो — भारत स्वतन्त्र हुनेछ, बन्धनका जञ्जीरहरू माता भारतीका हातहरूले तोड़िनेछन्, र उनका सन्तानहरू आफ्नै भाग्यका निर्माता बन्नेछन्।”
गुरुदेव रबिन्द्रनाथ ठाकुरका ती शब्दहरू स्मरण गर्दै उनले भने— “बङ्किमचन्द्रको आनन्दमठ केवल एउटा उपन्यास होइन, यो स्वतन्त्र भारतको सपना हो”। प्रधानमन्त्रीले आनन्दमठमा रहेको वन्दे मातरमको महत्वमाथि जोड़ दिए। उनवले भने कि बङ्किम बाबुको यस रचनाको हरेक पङ्क्ति, हरेक शब्द र हरेक भावनाले अत्यन्त गहिरो अर्थ बोकेको छ। प्रधानमन्त्रीले भने कि यद्यपी यो गीत उपनिवेशकालीन समयमा रचिएको थियो, यसको शब्दहरू कहिल्यै दासत्वका शताब्दीहरूको छायामा सीमित रहेनन्। यो गीत अधीनताको स्मृतिबाट स्वतन्त्र रह्यो, र त्यसैले वन्दे मातरम प्रत्येक युग र प्रत्येक कालमा सान्दर्भिक रहँदै आएको छ। श्री मोदीले गीतको पहिलो पङ्क्ति उद्धृत गरे — “सुजलाम् सुफलाम् मलयज शीतलाम् सस्य श्यामलाम मातरम” — र यसको अर्थ खोल्दै भने कि यो हाम्रो मातृभूमिलाई समर्पित श्रद्धाञ्जली हो, जो प्रकृतिका दैवी वरदानहरूले सुशोभित छ।
यो हजारौं वर्षदेखि भारतको पहिचान रहेको कुरामाथि प्रकाश पार्दै श्री मोदीले भने कि भारतका नदी, पहाड़, वन, रुखबिरुवा र उर्वर माटो सधैं समृद्धिको स्रोत बनेका छन्। शताब्दीयौँसम्म संसारले भारतको समृद्धिको कथा सुन्दै आएको छ। केही शताब्दीअघि मात्रै भारतले विश्वको कुल सकल घरेलु उत्पादको लगभग एक-चौथाइ भाग ओगटेको थियो। यद्पी उनले भने, जब बङ्किम बाबुले वन्दे मातरमको रचना गर्नुभयो, त्यतिबेलासम्म भारत त्यो स्वर्ण युगबाट धेरै टाड़ा भइसकेको थियो। विदेशी आक्रमण, लुटपाट र उपनिवेशवादी नीतिहरूले देशलाई गरीबी र भोकमरीले ग्रस्त बनाएको थियो। तर बङ्किम बाबुले आफ्नो विश्वास र दृष्टिकोणद्वारा एक समृद्ध भारतको सपना देखाए, उनले विश्वास गरे कि चुनौती कति नै ठूलो किन नहोस्, भारतले पुनः आफ्नो स्वर्ण युग फर्काउन सक्छ। र त्यसै विश्वासबाट उनले एउटा गम्भीर र प्रेरणादायी आह्वान गरेका थिए — “वन्दे मातरम्।”, प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले अझ भने कि उपनिवेशकालीन समयमा ब्रिटिश शासकहरूले भारतलाई हीन, कमजोर र पछि परेको राष्ट्रका रूपमा चित्रित गरेर आफ्नै शासनलाई उचित ठहराउने प्रयास गरेका थिए। उनले जोड़ दिए कि वन्दे मातरमको पहिलो पङ्क्तिले नै यो भ्रमपूर्ण प्रचारलाई शक्तिशाली रूपमा तोड़िदियो। त्यसैले, वन्दे मातरम केवल स्वतन्त्रताको गीत मात्र होइन, यसले लाखौं भारतीयहरूलाई एउटा दृष्टि दिएको थियो कि स्वतन्त्र भारत कस्तो हुन सक्छ — सुजलाम् सुफलाम् भारतको सपना।
श्री मोदीले भने कि यस दिनले वन्दे मातरमको असाधारण यात्रा र प्रभावलाई बुझ्ने अवसर दिंदछ। जब बङ्किम बाबुले सन् १८७५ मा बङ्गदर्शन मा वन्दे मातरम प्रकाशित गरे, धेरैले यसलाई केवल एउटा गीत मात्र ठाने। तर चाँडै, वन्दे मातरम भारतको स्वतन्त्रता सङ्ग्रामको स्वर बन्यो। हरेक क्रान्तिकारीको मुखमा एक जाप, हरेक भारतीयको भावनाको अभिव्यक्ति बन्यो। उलने भने कि स्वतन्त्रता आन्दोलनको यस्तो कुनौ पनि अध्याय छैन जहाँ वन्दे मातरम कुनै न कुनै उपस्थित नभएको होस्। सन् १८९६ मा, गुरुदेव रवीन्द्रनाथ ठाकुरले कलकत्ता अधिवेशनमा वन्दे मातरम गाए। सन् १९०५ मा, जब बंगालको विभाजन भयो। ब्रिटिशहरूले राष्ट्रलाई विभाजन गर्ने खतरनाक गरे, वन्दे मातरम ती योजनाहरूको सामना गर्दै ढुङ्गाजस्तो अडिग रह्यो। प्रधानमन्त्रीले स्मरण गरे कि बंगाल विभाजनको विरोधमा भएको प्रदर्शनका क्रममा सड़कहरूमा एउटै स्वर गुञ्जिन्थ्यो—वन्दे मातरम।
बरिसाल अधिवेशनको क्रममा प्रदर्शनकारीहरूमाथि गोली चलाइए पनि उनीहरूको मुखमा शब्दहरू अझै वन्दे मातरम नै रहेको सम्झना गर्दै श्री मोदीले जोड़ दिए कि विदेशबाट काम गरिरहेका स्वतन्त्रता सेनानीहरू, जस्तै वीर सावरकर, एक अर्कालाई वन्दे मातरम भनी अभिवादन गर्थे। धेरै क्रान्तिकारीहरूले, फाँसीको तख्तामा उभिँदा पनि, वन्दे मातरम् उचारण गर्थे। प्रधानमन्त्रीले जोड़ दिए कि यस्ता असंख्य घटनाहरू, इतिहासका धेरै मितिहरू, विविध क्षेत्र र भाषाका विशाल राष्ट्रभरि भएका आन्दोलनहरूमा एउटै नाराः एउटै सङ्कल्पः एउटै गीत—वन्दे मातरम। हरेक मुखमा गुन्जिन्थ्यो। उनले महात्मा गान्धीको सन् १९२७ को टिप्पणी उद्धृत गर्दै भने कि वन्दे मातरमले हाम्रो अघि एउटा अविभाज्य भारतको चित्र प्रस्तुत गर्दछ। उनले भने कि श्री अरविन्दोले वन्दे मातरमलाई केवल गीत मात्र नभई एक मन्त्रको रूपमा वर्णन गरेका छन्—जसले भित्री शक्ति जागृत गर्दछ। प्रधानमन्त्रीले थप उल्लेख गरे कि भिकाजी कामाले डिजाइन गरेको झण्डाको केन्द्रमा वन्दे मातरम शब्द अंकित थियो।
प्रधानमन्त्री श्री मोदीले भने कि भारतको राष्ट्रिय झण्डा समयसँगै विकास हुँदै आएको छ। यसका प्रारम्भिक रूपदेखि लिएर आजको तिरंगासम्। तर एउटा कुरा भने अपरिवर्तित रहँदै आएको छ। झण्डा जब हरेक पटक उचालिन्छ, प्रत्येक भारतीयको मुटुबाट स्वाभाविक रूपमा उठ्ने शब्दहरू हुन्—भारत माता की जय! र वन्दे मातरम! उनले यसमा जोड़ दिए कि जब राष्ट्रले राष्ट्रिय गीत वन्दे मातरमको १५० वर्ष मनाइरहेको छ, यो देशका महान नायकहरूप्रति सम्मान पनि हो। यो असंख्य शहीदहरू प्रति श्रद्धाञ्जली हो, जसले वन्दे मातरम उच्चारण गर्दै फाँसीको सामना गरे, जसले वन्दे मातरम गुञ्जाउँदै चाबुकको चोट सहनु पर्यो, र जसले वन्दे मातरम मन्त्र पढ्दै बरफको ढोकामा अडिग बसे।
प्रधानमन्त्रीले घोषणा गरे कि आज, सबै १४० करोड़ भारतीयहरू त्यस हरेक ज्ञात, अज्ञात र अप्रसिद्ध व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दछन्। जसले राष्ट्रको लागि वन्दे मातरम् उच्चारण गर्दै आफ्नो जीवनको बलिदान दिए, जसका नामहरू कहिल्यै इतिहासका पृष्ठहरूमा लेखिएका थिएनन्।
वैदिक श्लोक उद्धृत गर्दै, “यो भूमि हाम्रो आमा हो, यो राष्ट्र हाम्रो आमा हो, र हामी उसका सन्तान हौँ,” भन्दै प्रधानमन्त्री मोदीले भने कि वैदिक युगदेखि नै भारतका जनताले राष्ट्रलाई मातृरूपमा पूज्दै आएका छन्। उनले अझ भने कि यही वैदिक विचारले वन्दे मातरम मार्फत स्वतन्त्रता संग्राममा नयाँ चेतना प्रवाहित गरेको थियो।
प्रधानमन्त्री मोदीले उल्लेख गरे कि जो व्यक्तिहरू राष्ट्रलाई केवल भूराजनीतिक एकाइको रूपमा हेर्छन्, उनीहरूका लागि राष्ट्रलाई आमा भनेर हेर्ने विचार अचम्म लाग्न सक्छ। तर भारत फरक छ। भारतमा आमा जन्म दिने, पालन पोषण गर्ने र जब उनका सन्तान संकटमा हुन्छन्, तब उनी दुष्टतालाई नष्ट गर्ने शक्तिशाली हुन्छिन्। उनले वन्दे मातरमको पंक्तिहरू उद्धृत गर्दै भने कि मातृभारतीमा अत्यधिक शक्ति छ, उनले कठिनाइमा मार्गदर्शन गर्छिन् र शत्रुहरूलाई परास्त गर्छिन्। प्रधानमन्त्रीले उल्लेख गरे कि राष्ट्रलाई आमा र आमालाई शक्ति सम्पन्न दिव्य अवतारको रूपमा हेर्ने विचारले स्वतन्त्रता संग्रामलाई यस्तो रूप दिन प्रेरित गर्यो जसले पुरुष र महिलालाई समान रूपमा समेट्ने प्रतिज्ञा गर्यो। उनले अझ भने कि यस दृष्टिकोणले भारतलाई फेरि एउटा यस्तो राष्ट्रको सपना देख्न सक्षम बनायो जहाँ महिलाशक्ति राष्ट्र निर्माणको अग्रपंक्तिमा हुन्छ।
प्रधानमन्त्री मोदीले भने कि वन्दे मातरम स्वतन्त्रताको शहीदहरूको गान भएको मात्र होइन हामीलाई त्यो स्वतन्त्रता रक्षा गर्न प्रेरित गर्ने स्रोत पनि हो। उनले बङ्किम बाबुको मूल रचनाबाट पंक्तिहरू उद्धृत गर्दै भने कि मातृभारती सरस्वतीको अवतार, ज्ञान दिने, लक्ष्मीको अवतार, समृद्धि दिने, र दुर्गाको अवतार, हतियार र शक्ति सम्हाल्ने रूपमा छन्। प्रधानमन्त्रीले जोड़ दिए कि यो दृष्टिकोणले यस्तो राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको थियो जसले ज्ञान, विज्ञान, र प्रविधिको अग्रपंक्तिमा उभिन्छ। शिक्षा र नवप्रवर्तनको शक्तिले सम्पन्न राष्ट्र हो र राष्ट्रिय सुरक्षा सम्बन्धी मामिलामा आत्मनिर्भर राष्ट्र हो।
हालका वर्षहरूमा विश्वले भारतलाई यसको वास्तविक स्वरूपमा देखा परेको देखेको उल्लेख गर्दै, प्रधानमन्त्री मोदीले विज्ञान र प्रविधिको क्षेत्रमा भारतको अभूतपूर्व प्रगति र विश्वको पाँचौं ठूलो अर्थतन्त्रको रूपमा प्रमुखताका साथ प्रस्तुत गरे बतकाए। उनले भने कि जब विरोधीहरूले आतंकवादमार्फत भारतको सुरक्षा र सम्मानमाथि आक्रमणको साहस गरे तब विश्वले देख्यो कि नयाँ भारत मानवताको सेवामा कमला र विमला भावनाको प्रतीक भए पनि, आतंकको विनाशका लागि दस हतियारधारी दुर्गा बन्न पनि जान्दछ।
वन्दे मातरमसंग सम्बन्धित अर्को महत्वपूर्ण पक्षलाई सम्बोधन गर्दै, उनले यसको महत्त्वमाथि जोड़ दिए। श्री मोदीले भने कि स्वतन्त्रता संग्रामको समयमा वन्दे मातरमको भावनाले सम्पूर्ण राष्ट्रलाई प्रकाशमान बनाएको थियो। तर, उनले दुःख व्यक्त गर्दै भने कि सन् १९३७ मा वन्दे मातरमका महत्वपूर्ण श्लोकहरू—यसको आत्मा नै विभाजित गरिएका थिए। गीत टुक्रिएको थियो। उनले दाबी गरे कि यस विभाजनले देशको विभाजनको बीउ रोप्यो। प्रधानमन्त्रीले प्रश्न गरे कि यस महान राष्ट्रिय मन्त्रसँग यस्तो अन्याय किन गरियो र उनले जोड़ दिए कि आजको पुस्ताले यस इतिहासलाई बुझ्नै पर्छ। उनले चेतावनी दिए कि त्यही विभाजनकारी मानसिकता आज पनि राष्ट्रका लागि चुनौतीको रूपमा रहेको छ।
यस शताब्दीलाई भारतको शताब्दी बनाउनुपर्नेमा जोड दिँदै, प्रधानमन्त्रीले पुष्टि गरे कि यस उपलब्धिको शक्ति भारत र यसको जनताभित्र नै निहित छ। उनले यो सङ्कल्प पूरा गर्न आत्मविश्वासको आवश्यकतामाथि जोड़ दिए। श्री मोदीले चेतावनी दिए कि यस यात्रामा हामीसित भ्रम फैलाउन खोज्ने र नकारात्मक मानसिकता भएका व्यक्तिहरूको सामना हुनेछ, जसले शंका र हिचकिचाहट सृजना गर्ने प्रयास गर्नेछन्। यस्ता क्षणमा, उनले राष्ट्रलाई आनन्दमठको दृश्य सम्झिने आग्रह गरे, जहाँ भवानन्दले वन्दे मातरम गाउँछन् र अर्को पात्रले सोध्छ—“एउटा मान्छेले मात्र के हासिल गर्न सक्छ?” त्यसपछि वन्दे मातरमबाट प्रेरणा उठ्छ—कसरी करोडौं छोराछोरी र करोडौं हात भएका आमा कहिल्यै असहाय हुन सक्छन्? प्रधानमन्त्रीले भने कि आज भारत माताको १४० करोड़ छोराछोरी र २८० करोड़ हात छन्, जसमा ६० प्रतिशतभन्दा बढ़ी युवा छन्। उनले जोड दिए कि भारतसँग विश्वकै सबैभन्दा ठूलो जनसांख्यिक लाभ छ, जुन हाम्रो राष्ट्र र माँ भारतीको शक्ति हो। श्री मोदीले प्रश्न राखे —आज हाम्रो लागि साँच्चिकै असम्भव के छ? वन्दे मातरमको मूल सपना पूरा गर्न केले रोक्न सक्छ?
प्रधानमन्त्रीले जोड़ दिए कि आज आत्मनिर्भर भारतको दृष्टिकोण सफल हुँदैछ, राष्ट्र मेक इन इन्डियाको सङ्कल्पसँग अघि बढ़ीरहेको छ, र हामी २०४७ सम्म विकसित भारतको लक्ष्यतर्फ दृढ़तापूर्वक अघि बढ़ीरहेका छौं। यस अपूर्व युगमा हरेक नयाँ उपलब्धिले स्वतः उत्पन्न हुने उद्घोष—वन्दे मातरम!—उत्पन्न गर्छ।
उनले जोड दिए कि जब भारत चन्द्रमाको दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बन्छ, जब नयाँ भारतको प्रतिध्वनि अन्तरिक्षका सबै टाढ़ा-टाढ़ा कुनाहरूमा पुग्छ, तब हरेक नागरिक गर्वसँग उद्घोष गर्छन्—वन्दे मातरम! प्रधानमन्त्रीले अझ भने कि जब हामी आफ्ना छोरीहरूलाई अन्तरिक्ष प्रविधि देखि खेलकुदका विभिन्न क्षेत्रमा उच्च शिखरमा पुगेको देख्छौं, जब उनीहरू युद्धको विमान उडाउँदै गरेको देख्छौं, तब हरेक गर्वित भारतीयको मुखबाट उठ्ने उद्घोष हुन्छ —वन्दे मातरम!।
प्रधानमन्त्रीले उल्लेख गरे कि आज वन रैंक, वन पेन्सन लागू भएको ११ वर्ष पूरा भएको छ। श्री मोदीले भने कि जब हाम्रा सशस्त्र बलहरूले शत्रुका दुष्ट योजनाहरूलाई नष्ट गर्छन्, जब आतंकवाद, नक्सलवाद, र माओवादी विद्रोहलाई निर्णायक रूपमा परास्त गरिन्छ, तब हाम्रा सुरक्षा बलहरूले उद्घोष गर्दछन्- वन्दे मातरम!
प्रधानमन्त्रीले जोड़ दिए कि माता भारतीप्रति श्रद्धाको यो भावनाले हामीलाई विकसित भारतको लक्ष्यतर्फ मार्गदर्शन गर्नेछ। उनले विश्वास व्यक्त गरे कि वन्दे मातरमको मन्त्रले यस अमृत कालको यात्रामा माता भारतीका असंख्य सन्तानहरूलाई सधैं शक्ति र प्रेरणा प्रदान गर्नेछ। अन्तमा, उनले पुनः वन्दे मातरमको १५० वर्ष पूरा भएको अवसरमा सबै नागरिकहरूलाई बधाई दिए।
यस कार्यक्रममा कृषि मन्त्री श्री गजेन्द्र सिंह शेखावत, दिल्लीका राज्यपाल श्री विनै कुमार सहेना, दिल्लीकी मुख्यमन्त्री श्रीमती रेखा गुप्ता लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
पृष्ठभूमि
प्रधानमन्त्रीले यस अवसरमा स्मारक डाक टिकट र सिक्का पनि जारी गरे। यो कार्यक्रम ७ नोभेम्बर २०२५ देखि ७ नोभेम्बर २०२६ सम्मको वर्षव्यापी राष्ट्रिय स्मरण कार्यक्रमको औपचारिक शुभारम्भ हो, जसले भारतको स्वतन्त्रता संग्रामलाई प्रेरित गरेको र आज पनि राष्ट्रिय गर्व तथा एकताको भावना जगाउने यो शाश्वत रचना १५० वर्ष पूरा भएको अवसर मनाउँछ।
उत्सवमा मुख्य कार्यक्रमसँगै समाजका सबै वर्गका नागरिकहरूको सहभागितामा सार्वजनिक स्थानहरूमा “वन्दे मातरम” को पूर्ण संस्करणको सामूहिक गायन गरिएको थियो।
सन् २०२५ मा “वन्दे मातरम” को १५० वर्ष पूरा भएको छ। हाम्रो राष्ट्रिय गीत “वन्दे मातरम”, बङ्किमचन्द्र चट्टर्जीले ७ नोभेम्बर १८७५ को दिन अक्षया नवमीको शुभ अवसरमा लेखेका थिए। वन्दे मातरम पहिलो पटक उनका उपन्यास आनन्दमठ को भागका रूपमा साहित्यिक पत्रिका बंगदर्शन मा प्रकाशित भएको थियो। मातृभूमिलाई शक्ति, समृद्धि र दिव्यताको अवतारको रूपमा प्रस्तुत गर्दै यो गीतले भारतको एकता र आत्म-सम्मानको जागरुकताको काव्यात्मक अभिव्यक्ति दिएको थियो। यो चाँड़ै राष्ट्रप्रतिको दिगो प्रतीकका रूपमा स्थापित भयो।
********
एमपीएस/टीडब्ल्यूबी
(Release ID: 2188942)
Visitor Counter : 8
Read this release in:
Marathi
,
Tamil
,
Khasi
,
English
,
Urdu
,
हिन्दी
,
Bengali
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Telugu
,
Kannada
,
Malayalam