प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राइजिङ नर्थ इस्ट इन्भेस्टर्स समिट 2025 को उद्घाटन गरे


पूर्वोत्तर हाम्रो विविधतापूर्ण राष्ट्रको सबैभन्दा विविधतापूर्ण क्षेत्र हो: प्रधानमन्त्री

हाम्रो लागि ईस्टको अर्थ हो - सशक्त बनाउनु, कार्य गर्नु, मजबुत बनाउनु र बदलाव ल्याउनु हो: प्रधानमन्त्री

एक समय थियो जब पूर्वोत्तरलाई केवल सीमावर्ती क्षेत्र भनिन्थ्यो... आज यो ’विकासको अग्रणी’ को रूपमा उदाइरहेको छ: प्रधानमन्त्री

पर्यटनको लागि पूर्वोत्तर एक पूर्ण प्याकेज हो: प्रधानमन्त्री

चाहे आतङ्कवाद होस् वा माओवादी तत्त्वले अशान्ति फैलाइरहेको छ, हाम्रो सरकार शून्य सहनशीलताको नीतिमा चल्छ: प्रधानमन्त्री

पूर्वोत्तर ऊर्जा र सेमीकण्डक्टर जस्ता क्षेत्रहरूको लागि एक प्रमुख गन्तव्य बनिरहेको छ: प्रधानमन्त्री

Posted On: 23 MAY 2025 12:57PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा राइजिङ नर्थ इस्ट इन्भेस्टर्स समिट 2025 को उद्घाटन गरे। कार्यक्रममा उपस्थित सबै विशिष्ट व्यक्तिहरूलाई हार्दिक स्वागत जनाउँदै प्रधानमन्त्रीले पूर्वोत्तर क्षेत्रको भविष्यमा गर्व, न्यानोपन र अपार विश्वास व्यक्त गरे। उनले भारत मण्डपममा हालैमा आयोजित अष्टलक्ष्मी महोत्सवको सम्झना गरे अनि आजको कार्यक्रमले पूर्वोत्तरमा निवेशको उत्सव मनाउने कुरामा जोड दिए। प्रधानमन्त्रीले शिखर सम्मेलनमा उद्योग जगतका नेताहरूको महत्त्वपूर्ण उपस्थितिमाथि प्रकाश पारे अनि यस क्षेत्रमा अवसरहरूलाई लिएर उत्साहलाई रेखाङ्कित गरे। उनले सबै मन्त्रालय र राज्य सरकारहरूलाई बधाई दिए अनि निवेशका लागि एक अनुकूल वातावरण बनाउनमा उनीहरूको प्रयासको सराहना गरे। आफ्नो शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले पूर्वोत्तर उदयीमान शिखर सम्मेलनको प्रशंसा गरे तथा यस क्षेत्रको निरन्तर विकास र समृद्धिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

विश्वको सबैभन्दा विविधतापूर्ण राष्ट्रको रूपमा भारतको स्थितिलाई रेखाङ्कित गर्दै श्री मोदीले भने, “पूर्वोत्तर हाम्रो विविधतापूर्ण राष्ट्रको सबैभन्दा विविधतापूर्ण क्षेत्र हो।उनले व्यापार, परम्परा, वस्त्र र पर्यटनमा फैलिएको विशाल सम्भावनालाई जोड दिँदै यस क्षेत्रको विविधता यसको सबैभन्दा ठूलो शक्ति रहेको कुरामा बल दिए। उनले टिप्पणी गरे अनुसार पूर्वोत्तर एक समृद्ध जैविक-अर्थव्यवस्था र बाँस उद्योग, चिया उत्पादन र पेट्रोलियम, खेलकुद र कौशल साथै इको-पर्यटनको लागि उदीयमान केन्द्रको पर्यायवाची हो। उनले थप उल्लेख गरे अनुसार यो क्षेत्रले जैविक उत्पादहरूको लागि मार्ग प्रशस्त गरिरहेको छ र ऊर्जाको एक पावरहाउसको रूपमा खडा छ। उनले पुष्टि गरे अनुसार पूर्वोत्तरले अष्टलक्ष्मीको सारलाई मूर्त रूप दिन्छ, जसले समृद्धि र अवसर ल्याउँछ। उनले भने, यस शक्तिका साथ प्रत्येक पूर्वोत्तर राज्यले निवेश र नेतृत्वको लागि आफ्नो तत्परता घोषणा गरिरहेको छ।

विकसित भारतलाई प्राप्त गर्नमा पूर्वी भारतको महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै प्रधानमन्त्रीले पूर्वोत्तरलाई यसको सबैभन्दा महत्त्वपूर्ण घटकको रूपमा रेखाङ्कित गरे। उनले भने, “हाम्रो लागि, पूर्व एक दिशा मात्र होइन, तर एक दृष्टिकोण हो - सशक्त बनाउनु, कार्य गर्नु, मजबुत बनाउनु र बदलाव - जसले यस क्षेत्रको लागि नीतिगत ढाँचालाई परिभाषित गर्दछ।उनले यो दृष्टिकोणले पूर्वी भारत, विशेष गरी पूर्वोत्तरलाई भारतको विकास पथको केन्द्रमा राखेको कुरा प्रकाश पारे।

प्रधानमन्त्रीले पछिल्ला 11 वर्षमा पूर्वोत्तरमा देखिएका परिवर्तनकारी परिवर्तनहरूमाथि प्रकाश पार्दै प्रगति केवल तथ्याङ्कमा प्रतिबिम्बित नभएर जमिनी स्तरमा मूर्त छ भन्ने कुरामा जोड दिए। उनले भने कि यस क्षेत्रसँग सरकारको संलग्नता नीतिगत उपायहरूभन्दा धेरै अघि छ, यहाका जनतासँग हार्दिक सम्बन्धलाई बढावा दिन्छ। प्रधानमन्त्रीले केन्द्रीय मन्त्रीहरूले पूर्वोत्तरमा गरेका 700 भन्दा अधिक भ्रमणहरूलाई रेखाङ्कित गरे, जसले यस भूमिलाई बुझ्ने, जनताका आँखामा आकांक्षाहरूलाई देख्ने र त्यो विश्वासलाई विकास नीतिहरूमा रूपान्तरण गर्ने प्रतिबद्धतालाई प्रदर्शन गर्दछ। उनले के कुरामा जोड दिए भने पूर्वाधार परियोजनाहरू केवल इँटा र सिमेन्टको बारेमा मात्र होइनन्, तर भावनात्मक सम्पर्कको माध्यमको रूपमा काम गर्छन्। उनले लुक ईस्टबाट एक्ट ईस्टमा परिवर्तनलाई पुन: पुष्टि गर्दै भने, “यो सक्रिय दृष्टिकोणले दृश्यात्मक परिणामहरू दिइरहेको छ। पूर्वोत्तरलाई पहिले केवल सीमावर्ती क्षेत्रको रूपमा मात्र मानिन्थ्यो, तर अहिले यो भारतको विकास गाथामा अग्रणीको रूपमा उदाइरहेको छ।

पर्यटन क्षेत्रलाई आकर्षक बनाउन र निवेशकहरूमाझ विश्वास पैदा गर्नमा मजबुत पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने कुरालाई जोड दिँदै श्री मोदीले राम्रोसँग विकसित सडक, विद्युत् पूर्वाधार र रसद सञ्जालहरूले कुनै पनि उद्योगको मेरुदण्ड बनाउँछन्, जसले निर्बाध व्यापार र आर्थिक विकासलाई सहज बनाउँछ भन्ने कुरामा जोड दिए। उनले भने, “पूर्वाधार विकासको आधार हो र सरकारले पूर्वोत्तरमा पूर्वाधार क्रान्ति शुरु गरेको छ।उनले यस क्षेत्रका पछिल्ला चुनौतीहरूलाई स्वीकार गरे, तर यो अहिले अवसरहरूको भूमिको रूपमा उदाइरहेको दाबी गरे। उनले अरुणाचल प्रदेशको सेला सुरुङ र असमको भूपेन हजारिका पुल जस्ता परियोजनाहरूलाई उद्धृत गर्दै कनेक्टिभिटी बढाउन हजारौँ करोड रुपियाँ निवेश गरिएको बताए। श्री मोदीले पछिल्लो एक दशकमा भएका प्रमुख प्रगतिहरूमाथि पनि प्रकाश पारे, जसमा 11,000 किलोमिटर राजमार्गहरूको निर्माण, विस्तृत नयाँ रेलवे लाइन, विमानस्थल सङ्ख्या दुई गुणा गर्ने, ब्रह्मपुत्र र बराक नदीहरूमा जलमार्गहरूको विकास र सयौँ मोबाइल टावरहरूको स्थापना सामेल छन्। उनले उद्योगहरूको लागि भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्दै 1,600 किलोमिटर लामो पूर्वोत्तर ग्यास ग्रिडको स्थापनाको पनि उल्लेख गरे। श्री मोदीले जोड दिए अनुसार राजमार्ग, रेलवे, जलमार्ग र डिजिटल कनेक्टिभिटीले पूर्वोत्तरको पूर्वाधारलाई मजबुत बनाउँदैछ, जसले उद्योगहरूको लागि फर्स्ट मुभर एडभान्टेज प्रयोग गर्न ऊर्वर भूमि तयार भइरहेको छ। उनले अघिल्लो दशकमा, यस क्षेत्रको व्यापार सम्भावना उल्लेखनीय रूपमा बढ्नेछ भन्ने कुरा पुष्टि गरे। उनले थप औंल्याए अनुसार आसियानसँग भारतको व्यापार मात्रा वर्तमानमालगभग 125 बिलियन डलर छ र आगामी वर्षहरूमा 200 बिलियन डलरभन्दा अधिक हुने अपेक्षा गरिएको छ, जसले पूर्वोत्तरलाई रणनीतिक व्यापार पुल र आसियान बजारहरूको प्रवेशद्वारको रूपमा राख्दछ। उनले क्षेत्रीय कनेक्टिभिटी बढाउनका लागि पूर्वाधार परियोजनाहरूलाई तीव्र पार्ने सरकारको प्रतिबद्धता दोहोर्याए। भारत म्यानमार - थाइल्याण्ड त्रिपक्षीय राजमार्गको महत्त्वमाथि जोड दिए, जसले म्यानमारबाट थाइल्याण्डसम्म प्रत्यक्ष पहुँच प्रदान गर्नेछ, जसमा थाइल्याण्ड, भियतनाम र लाओससँग भारतको कनेक्टिभिटीलाई मजबुत बनाउनेछ। श्री मोदीले कलादान बहुविध ट्रान्जिट परियोजनालाई तीव्रता ल्याउनता लागि सरकारको प्रयासमाथि प्रकाश पारे, जसले कोलकाता बन्दरगाहलाई म्यानमारको सित्तवे बन्दरगाहसँग जोड्नेछ, जसले मिजोरमको माध्यमद्वारा एक महत्त्वपूर्ण व्यापार मार्ग प्रदान गर्नेछ। उनले भने, यो परियोजनाले पश्चिम बङ्गाल र मिजोरम बीचको यात्रा दूरीलाई उल्लेखनीय रूपमा घटाउनेछ, जसले व्यापार र औद्योगिक विकासलाई बढावा दिनेछ।

गुवाहाटी, इम्फाल र अगरतलाको मल्टी-मोडल रसद केन्द्रको रूपमा भइरहेको विकासमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले मेघालय र मिजोरममा भूमि सीमा शुल्क स्टेशनहरूको स्थापनाले अन्तर्राष्ट्रिय व्यापार अवसरहरूलाई थप विस्तार गरिरहेको उल्लेख गरे। उनले जोड दिए कि यी प्रगतिहरूले पूर्वोत्तरलाई इण्डो-पेसिफिक राष्ट्रहरूसँग व्यापारमा बढ्दो शक्तिको रूपमा स्थापित गरिरहेका छन्, जसले निवेश र आर्थिक विकासको लागि नयाँ मार्ग खुलिरहेको छ।

वैश्विक स्वास्थ्य तथा कल्याण समाधान प्रदायक बन्ने भारतको दृष्टिकोणमाथि जोड दिँदै प्रधानमन्त्रीले भने, भारतमा स्वास्थ्य पहल वैश्विक आन्दोलनको रूपमा विकसित भइरहेको छ। उनले पूर्वोत्तरको समृद्ध जैव विविधता, प्राकृतिक पर्यावरण र जैविक जीवन शैलीमाथि प्रकाश पारे अनि यसलाई कल्याणको लागि एक आदर्श गन्तव्यको रूपमा वर्णन गरे। प्रधानमन्त्रीले निवेशकहरूलाई भारतको भारतमा स्वास्थ्य अभियानको एक महत्त्वपूर्ण घटकको रूपमा पूर्वोत्तरको अन्वेषण गर्न आग्रह गरे, यस क्षेत्रको जलवायु र पारिस्थितिक विविधताले कल्याण-सञ्चालित उद्योगहरूको लागि अपार सम्भावना प्रदान गर्दछ भनेर पुन: पुष्टि गर्दछ।

श्री मोदीले पूर्वोत्तरको समृद्ध सांस्कृतिक विरासतमाथि प्रकाश पार्दै सङ्गीत, नृत्य र समारोहहरूसँग यसको गहिरो सम्बन्धलाई जोड दिए। उनले यो क्षेत्र वैश्विक सम्मेलन, कन्सर्ट र गन्तव्य विवाहको लागि एक आदर्श गन्तव्य भएको उल्लेख गरे, जसले यसलाई एक पूर्ण पर्यटन प्याकेजको रूपमा स्थापित गर्दछ। उनले भने कि जसोजसो विकास पूर्वोत्तरको हरेक कुनासम्म पुगिरहेको छ, पर्यटनमा यसको सकारात्मक प्रभाव स्पष्ट हुन्छ, आगन्तुकहरूको सङ्ख्या दुई गुणा हुँदै गइरहेको छ। उनले टिप्पणी गरे, यी केवल तथ्याङ्क मात्र होइनन् - यो उछालको कारण गाउँहरूमा होमस्टेको सङ्ख्या बढ़िरहेको छ, युवा गाइडहरूको लागि नयाँ रोजगारीका अवसर पैदा भइरहेको छ र टूर एण्ड ट्राभल पारिस्थितिक प्रणालीको विस्तार भएको छ। पूर्वोत्तर पर्यटनलाई अझ बढ़ाउने आवश्यकतामाथि जोड दिँदै उनले इको-टुरिज्म र सांस्कृतिक पर्यटनमा विशाल निवेश क्षमतातर्फ इशारा गरे। शान्ति र कानून र व्यवस्था कुनै पनि क्षेत्रको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण कारक हो भनेर पुन: पुष्टि गर्दै श्री मोदीले भने, “हाम्रो सरकारको आतङ्कवाद र विद्रोह विरुद्ध शून्य-सहिष्णुता नीति छ।उनले उल्लेख गरे अनुसार पूर्वोत्तर एक समय नाकाबन्दी र सङ्घर्षसँग जुझिरहेको थियो, जसले यहाँका युवाहरूको लागि अवसरहरूलाई गम्भीर रूपमा असर गर्यो। उनले शान्ति सम्झौताहरूको लागि सरकारको निरन्तर प्रयासहरूलाई रेखाङ्कित गर्दै भने, पछिल्ला 10-11 वर्षमा 10,000 भन्दा अधिक युवाहरूले शान्तिलाई अँगाल्नका लागि हतियार त्यागेका छन्। उनले जोड दिए कि यो परिवर्तनले यस क्षेत्रभित्र नयाँ रोजगारी र उद्यमशीलताका अवसरहरू खोलेको छ। श्री मोदीले मुद्रा योजनाको प्रभावलाई थप प्रकाश पारे, जसले पूर्वोत्तरका लाखौँ युवाहरूलाई हजारौँ करोड रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ। उनले शिक्षा संस्थानहरूको उदयलाई पनि उल्लेख गरे, जसले युवा व्यक्तिहरूलाई भविष्यको लागि कौशल विकास गर्न मद्दत गर्दछ। उनले भने, पूर्वोत्तरका युवाहरू केवल इन्टरनेट प्रयोगकर्ताहरू मात्र होइनन् तर उदीयमान डिजिटल आविष्कारकहरू हुन्। उनले 13,000 किलोमिटरभन्दा अधिक अप्टिकल फाइबर विस्तार, 4जी र 5जी कभरेज र प्रविधि क्षेत्रमा बढ्दो अवसरहरू जस्ता प्रगतिहरूमाथि जोड दिए। युवा उद्यमीहरूले अब क्षेत्रभित्र प्रमुख स्टार्टअपहरू शुरु गर्दैछन्, जसले भारतको डिजिटल प्रवेशद्वारको रूपमा पूर्वोत्तरको भूमिकालाई सुदृढ पारिरहेको छ”, उनले थपे।

विकासलाई अगाडि बढाउन र राम्रो भविष्य सुनिश्चित गर्नमा कौशल विकासको महत्वपूर्ण भूमिकालाई जोड दिँदै प्रधानमन्त्रीले भने, पूर्वोत्तरले यस प्रगतिको लागि अनुकूल वातावरण प्रदान गर्दछ, जसमा केन्द्र सरकारले शिक्षा र कौशल निर्माण पहलहरूमा पर्याप्त निवेश गरिरहेको छ। प्रधानमन्त्रीले पछिल्लो एक दशकमा पूर्वोत्तरको शिक्षा क्षेत्रमा 21,000 करोड रुपियाँ निवेश भएको कुरामा प्रकाश पारे। उनले 800 भन्दा अधिक नयाँ विद्यालय, क्षेत्रको पहिलो एम्स, नौ नयाँ मेडिकल कलेज र दुई नयाँ आईआईआईटीको स्थापना सहित प्रमुख विकासहरूको उल्लेख गरे। यस अतिरिक्त, उनले मिजोरममा भारतीय जनसञ्चार संस्थान क्याम्पस र पूरै क्षेत्रमा लगभग 200 नयाँ कौशल विकास संस्थानहरूको निर्माणको उल्लेख गरे। उनले खेलो इण्डिया कार्यक्रम अन्तर्गत महत्त्वपूर्ण निवेश सहित पूर्वोत्तरमा भारतको पहिलो खेलकुद विश्वविद्यालय विकास भइरहेको टिप्पणी गरे। उनले बताए अनुसार आठ खेलो इण्डिया उत्कृष्टता केन्द्र र 250 भन्दा अधिक खेलो इण्डिया केन्द्रहरू स्थापना गरिएका छन्, जसले क्षेत्रभरि खेलकुद प्रतिभालाई बढावा दिइरहेका छन्। प्रधानमन्त्रीले आश्वासन दिए अनुसार पूर्वोत्तरले अब विभिन्न क्षेत्रहरूमा उच्च स्तरका प्रतिभा प्रदान गर्दछ, जसले उद्योग र निवेशकहरूलाई क्षेत्रको अपार सम्भावनाको लाभ उठाउनका लागि प्रोत्साहित गर्दछ।

श्री मोदीले जैविक खाद्य पदार्थको बढ्दो वैश्विक मागमाथि जोड दिँदै भने कि उनको लक्ष्य भनेको विश्वभरिका हरेक भोजन टेबलमा भारतीय खाद्य ब्राण्डको उपस्थिति सुनिश्चित गर्नु हो। उनले यो सपनालाई साकार पार्नमा पूर्वोत्तरको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले भने, पछिल्लो एक दशकमा पूर्वोत्तरमा जैविक खेतीको दायरा दोब्बर भएको छ, यस क्षेत्रले उच्च गुणस्तरीय चिया, अनानास, सुन्तला, निम्बू, हर्दी र अदुवा उत्पादन गर्दछ। उनले पुष्टि गरे अनुसार यी उत्पादहरूको असाधारण स्वाद र उच्च गुणस्तरको कारण अन्तर्राष्ट्रिय माग बढेर गएको छ। उनले हितधारकहरूलाई यो बढ्दो बजारको फाइदा उठाउन पनि प्रोत्साहित गरे, भारतको जैविक खाद्य निर्यातको प्रमुख चालकको रूपमा पूर्वोत्तरको सम्भावनालाई मान्यता दिए।

पूर्वोत्तरमा खाद्य प्रशोधन एकाइहरूको स्थापनालाई सहज बनाउनका लागि सरकारको प्रतिबद्धतालाई जोड दिँदै प्रधानमन्त्रीले भने कि जहाँ राम्रो सम्पर्कले पहिले नै यस पहललाई समर्थन गरिरहेको छ, त्यहाँ मेगा फूड पार्क विकसित गर्न, शीत भण्डारण नेटवर्कहरूको विस्तार गर्न र परीक्षण प्रयोगशाला सुविधाहरू प्रदान गर्नका लागि अतिरिक्त प्रयास भइरहेको छ। उनले तेल पाम मिशनको शुरुआतलाई प्रकाश पारे, जसमा पूर्वोत्तरको माटो र जलवायुलाई पाम तेल खेतीको लागि अत्यधिक उपयुक्त मानेको छ। उनले यो पहलले किसानहरूका लागि बलियो आयको अवसर प्रदान गर्ने र भारतको खाद्य तेल आयातमा निर्भरता घटाउने उल्लेख गरे। उनले थपे कि पाम तेल खेतीले उद्योगहरूको लागि प्रमुख अवसर प्रस्तुत गर्दछ, जसले हितधारकहरूलाई यस क्षेत्रको कृषि सम्भावनाको फाइदा उठाउन प्रोत्साहित गर्दछ।

श्री मोदीले जोड़ दिँदै भने, पूर्वोत्तर दुई रणनीतिक क्षेत्रहरू - ऊर्जा र सेमीकण्डक्टरको लागि एक प्रमुख गन्तव्यको रूपमा उदाइरहेको छ। उनले पूर्वोत्तरका सबै राज्यहरूमा जलविद्युत् र सौर्य ऊर्जामा सरकारको व्यापक निवेशमाथि प्रकाश पारे, जसमा हजारौँ करोड रुपियाँ मूल्यका परियोजनाहरू पहिलाबाटै स्वीकृत भइसकेका छन्। उनले संयन्त्र र पूर्वाधारमा निवेशका अवसरहरूभन्दा पर, सौर्य मोड्युल, सेल, भण्डारण समाधान र अनुसन्धान सहित विनिर्माणमा महत्त्वपूर्ण सम्भावना रहेको उल्लेख गरे। उनले यी क्षेत्रहरूमा निवेशलाई अधिकतम बनाउने महत्त्वमाथि जोड दिँदै आज ठूलो आत्मनिर्भरताले भविष्यमा विदेशी आयातमा निर्भरता कम गर्नेछ भनी बताए। श्री मोदीले भारतको सेमीकण्डक्टर पारिस्थितिक प्रणालीलाई बलियो बनाउनमा असमको बढ्दो भूमिकाको बारेमा थप टिप्पणी गरे। उनले घोषणा गरे कि पूर्वोत्तर आधारित समीकण्डक्टर संयन्त्रबाट पहिलो मेड इन इण्डिया चिप चाँडै नै पेश गरिनेछ, जसले यस क्षेत्रको लागि एक प्रमुख कोसेढुङ्गा सङ्केत गर्दछ। उनले पुष्टि गरे कि यो विकासले अत्याधुनिक प्रविधिको लागि अवसरहरू खोल्दैछ र भारतको उच्च प्रविधि औद्योगिक विकासमा पूर्वोत्तरको स्थितिलाई बलियो बनाउँदैछ।

राइजिङ नर्थइस्ट केवल निवेशकहरूको शिखर सम्मेलन मात्र होइन - यो एक आन्दोलन र कारबाहीको लागि आह्वान हो”, प्रधानमन्त्रीले जोड दिँदै भने कि भारतको भविष्य पूर्वोत्तरको प्रगति र समृद्धिको माध्यमद्वारा नयाँ उँचाइमा पुग्नेछ। प्रधानमन्त्रीले उपस्थित व्यापारिक नेताहरूप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूलाई विकासलाई अगाडि बढाउन एकजुट हुन आग्रह गरे। आफ्नो सम्बोधनको अन्त्य गर्दै उनले हितधारकहरूलाई पूर्वोत्तरको सम्भावनाको प्रतीक अष्टलक्ष्मीलाई विकसित भारतको लागि मार्गदर्शक शक्तिमा रूपान्तरण गर्न एकसाथ काम गर्न आह्वान गरे। उनले अर्को राइजिङ नर्थइस्टसम्ममा भारत धेरै अगाडि बढिसकेको हुने विश्वास व्यक्त गरे।

यस अवसरमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य एम. सिन्धिया, मणिपुरका राज्यपाल श्री अजय कुमार भल्ला, असमका मुख्यमन्त्री श्री हिमन्त विश्व शर्मा, अरुणाचल प्रदेशका मुख्यमन्त्री श्री पेमा खाण्डु, मेघालयका मुख्यमन्त्री श्री कोनराड साङ्मा, मिजोरमका मुख्यमन्त्री श्री लालदुहोमा, नागाल्याण्डका मुख्यमन्त्री श्री नेफ्यू रियो, सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ, त्रिपुराका मुख्यमन्त्री श्री माणिक साहा, पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डा. सुकान्त मजुमदार लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

पृष्ठभूमि

पूर्वोत्तर क्षेत्रलाई अवसरको भूमिको रूपमा उजागर गर्ने, वैश्विक र घरेलु निवेशलाई आकर्षित गर्ने तथा प्रमुख हितधारक, निवेशक र नीति निर्माताहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा राइजिङ नर्थ इस्ट इन्भेस्टर्स समिटको उद्घाटन गरे।

23 देखि 24 मईसम्म हुने दुई दिवसीय कार्यक्रम, राइजिङ नर्थ इस्ट इन्भेस्टर्स समिट, विभिन्न पूर्व-शिखर सम्मेलन गतिविधिहरूको समापन हो, जस्तै रोड शोहरूको शृङ्खला तथा राज्यहरूको गोलमेच सम्मेलन, जसमा राजदूतहरूको बैठक र द्विपक्षीय चेम्बरहरूको बैठक सामेल छन्, जसको आयोजन केन्द्र सरकारद्वारा पूर्वोत्तर क्षेत्रका राज्य सरकारहरूको सक्रिय समर्थनमा गरिएको छ। शिखर सम्मेलनमा मन्त्रीस्तरीय सत्र, व्यवसाय-देखि-सरकार सत्र, व्यवसाय-देखि-व्यवसाय बैठक, स्टार्टअप र निवेश प्रोत्साहनका लागि राज्य सरकार र केन्द्रीय मन्त्रालयहरूद्वारा लिइएका नीति र सम्बन्धित पहलहरूको प्रदर्शनी सामेल हुनेछन्।

निवेश प्रोत्सागनका मुख्य केन्द्रित क्षेत्रहरूमा पर्यटन र आतिथ्य, कृषि-खाद्य प्रशोधन र सम्बद्ध क्षेत्रहरू; कपडा, हतकर्घा र हस्तशिल्प; स्वास्थ्य सेवा; शिक्षा र कौशल विकास; सूचना प्रविधि वा सूचना प्रविधि सक्षम सेवा; पूर्वाधार र रसद; ऊर्जा; र मनोरञ्जन तथा खेलकुद सामेल छन्।

 

********


(Release ID: 2130938)