प्रधानमन्त्रीको कार्यालय
पोप फ्रान्सिसको निधनमा पीएमद्वारा शोक व्यक्त
Posted On:
21 APR 2025 2:20PM by PIB Gangtok
पोप फ्रान्सिसको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। पोपलाई करुणा, नम्रता अनि आध्यात्मिक साहसको प्रकाशस्तम्भका रूपमा उनले प्रशंसा गरेका छन्।
उनले एक्सको पोस्टमा लेखेका छन् :
"परम पूज्य पोप फ्रान्सिसको निधनबाट गहिरो दुख लागेको छ। दुःख र स्मरणको यस घडीमा, विश्वव्यापी क्याथोलिक समुदायप्रति मेरो हार्दिक समवेदना छ। पोप फ्रान्सिसलाई विश्वभरका लाखौं मानिसहरूले सदैव करुणा, नम्रता र आध्यात्मिक साहसको प्रकाशको रूपमा सम्झनेछन्। सानो उमेरदेखि नै उनले प्रभु ख्रीष्टका आदर्शहरू साकार गर्नमा आफूलाई समर्पित गरे। उनले लगनशील भई गरिब र दलितहरूको सेवा गरे। पीडितहरूका लागि, उनले आशाको भावनालाई प्रज्ज्वलित गरे।
उनीसँगको मेरो भेटघाटलाई म प्रेमपूर्वक सम्झन्छु र समावेशी अनि सर्वाङ्गीण विकासका लागि उनको प्रतिबद्धताबाट धेरै नै प्रेरित भएको छु। बारतका जनताप्रतिको उनको स्नेह सधैं नै स्मरणीय रहनेछ। उनको आत्माले ईश्वरको अङ्कमालमा अनन्त शान्ति पाउनसकोस्।“
********
(Release ID: 2123140)
Visitor Counter : 11
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam