प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले मुद्रा योजनाको 10औँ वार्षिकोत्सवमा यसको परिवर्तनकारी प्रभावको प्रशंसा गरे


Posted On: 08 APR 2025 9:08AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज राष्ट्रले #मुद्राको 10 वर्ष मनाउँदै गर्दा प्रधानमन्त्री मुद्रा योजना (पीएमएमवाई) का लाभार्थीहरूलाई हार्दिक बधाई दिएका छन्।

सपनाहरूलाई सशक्त बनाउने र समावेशी आर्थिक विकासलाई अगाडि बढाउने एक दशकको उत्सव  मनाउँदै, प्रधानमन्त्रीले सीमान्तकृत समुदायहरूको उत्थान र भारतभरि उद्यमशीलतालाई बढ़ावा दिनमा मुद्रा योजनाले खेलेको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पारे।

प्रधानमन्त्रीले एक्स थ्रेडमा भने;

 

आज, झभ हामी #मुद्राको 10 वर्ष मनाउँदै गर्दा, म ती सबैलाई बधाई दिन चाहन्छु, जसको जीवन यस योजनाको कारणले परिवर्तन भएको छ। यस दशकमा, मुद्रा योजनाले धेरै सपनाहरूलाई वास्तविकतामा परिणत गरेको छ, जसले पहिले आर्थिक सहयोगबाट बेवास्ता गरिएका मानिसहरूलाई चम्काउन सशक्त बनाएको छ। यसले भारतका जनताका लागि केही पनि असम्भव छैन भन्ने कुरा देखाउँछ!

यो विशेष गरी खुशीको कुरा हो कि मुद्रा लाभार्थीहरू मध्ये आधा एससी, एसटी र ओबीसी समुदायका छन्, 70% भन्दा अधिक लाभार्थी महिलाहरू छन्! प्रत्येक मुद्रा ऋणले आफूसित सम्मान, आत्म-सम्मान र अवसर लिएर आउँछ। वित्तीय समावेशीकरणको अतिरिक्त, यो योजनाले सामाजिक समावेशीकरण र आर्थिक स्वतन्त्रता पनि सुनिश्चित गरेको छ।

आगामी समयमा, हाम्रो सरकारले एक मजबुत पारिस्थितिक प्रणाली सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्नेछ जहाँ प्रत्येक महत्त्वाकांक्षी उद्यमीलाई ऋणसम्म पहुँच हुन सकोस्, जसले गर्दा उसलाई आत्मविश्वास र अघि बढ्ने अवसर मिल्नेछ।



******


(Release ID: 2119944) Visitor Counter : 25