शिक्षा मन्त्रालय

केन्द्रिय शिक्षा राज्यममन्त्री डा. सुभाष सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको संवादको अनौठो कार्यक्रम – परीक्षा पे चर्चा 2024 माथि संवाददाता सम्मेलनलाई सम्बोधित गरे


परीक्षा पे चर्चा कार्यक्रमको सातौं संस्करणका लागि माइगभ पोर्टलमा रेकर्ड 2.26 करोड पञ्जिकरण : डा. सुभाष सरकार

Posted On: 28 JAN 2024 7:00PM by PIB Gangtok

केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको संवादको अनौठो कार्यक्रम परीक्षा पे चर्चा (पीपीसी)-को सम्बन्धमा नयाँ दिल्लीमा संवाददाता सम्मेलनलाई सम्बोधित गरे। यस कार्यक्रममा देशभरीका अनि विदेशबाट विद्यार्थी, अभिभावक अनि शिक्षकले प्रधानमन्त्रीका साथ परीक्षाबाट उत्पन्न हुने तनाउमाथि चर्चा गर्नका साथै त्यसको समाधानका लागि उनीसँग संवाद गरी जीवनलाई उत्सवको रूपमा मनाउँदछन्।

शिक्षा मन्त्रालको स्कूले शिक्षा एवं साक्षरता विभागद्वारा गत 6 वर्षदेखि यो कार्यक्रम सफलतापूर्वक आयोजित गरिएको डा. सरकारले बताए। परीक्षा पे चर्चाको पहिलो तीन संस्करण नयाँ दिल्लीमा नगरभवन संवादको प्रारूपमा आयोजित गरिएको थियो। कोभिड-19 महामारीका कारण चौथो संस्करण दूरदर्शन अनि सबै प्रमुख टिभी च्यानलको अनलाइन माध्यमद्वारा आयोजित गरिएको थियो।

परीक्षा पे चर्चा कार्यक्रमको पाँचौं अनि छैटौं संस्करण फेरि नयाँ दिल्लीको तालकटोरा स्टेडियममा नगरभवन प्रारूपमा आयोजित गरिएको थियो। गत वर्ष (2023) परीक्षा प्रतियोगितामा करिब 31.25 लाख विद्यार्थी, 5.60 लाख शिक्षक अनि 1.95 लाख अभिभावकले उत्साहपूर्वक भाग लिएको पनि उनले जानकारी दिए।

परीक्षा पे चर्चाको सातौं संस्करणको निम्ति माइगभ पोर्टलमा 2.26 करोड मानिसको भारी सङ्ख्यामा पञ्जिकरण दर्ता गरिएको पनि डा. सरकारले बताए। यस देशभरीका विद्यार्थीबीच व्यापक उत्साहका साथै यसले विशिष्ट कार्यक्रममा भाग लिन र प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद ग्रन उत्सुक रहेको दर्शाउनले उनले बताए।

यस वर्ष परीक्षा पे चर्चा कार्यक्रम 29 जनवरी, 2024 को बिहान 11 बजेदेखि भारत मण्डपम, आइटीपीओ, प्रगति मैदान, नयाँ दिल्लीमा नगर भवन प्रारूपमा आयोजित गरिने उनले बताए। कार्यक्रममा करिब 3,000 प्रतिभागीले प्रधानमन्त्रीसँग संवाद गर्नेछन्।

प्रत्येक राज्य अनि केन्द्र शासित प्रदेशबाट दुई विद्यार्थी अनि एक शिक्षक तथा कला उत्सवका विजेताहरूलाई मुख्य कार्यक्रमका लागि विशेष अतिथिका रूपमा आमन्त्रित गरिएको उनले जानकारी दिए। देशको विभिन्न भागबाट एकलव्य मोडल आवासीय विद्यालयका (ईएमआरएस) सय विद्यार्थीले स्थापनापछि पहिलोपटक यस कार्यक्रममा भाग लिएको पनि उनले अवगत गराए।

प्रतियोगितामा भाग लिनका लागि कक्षा 6 देखि 12सम्मका विद्यार्थी, शिक्षक अनि अभिभावकका लागि 11 दिसम्बर, 2023 देखि 12 जनवरी, 2024 बीच माइगभ पोर्टलमा अनलाइन बहुविकल्पीय प्रश्नोत्तरी प्रतियोगिता (एमसीक्यु) आयोजित गरिएको उनले बताए। प्रतिभागीहरूको चयन माइगभ पोर्टलमा ती प्रश्नहरूको आधारमा गरिएको थियो। उनीहरूलाई विशेष परीक्षा पे चर्चा किट उपहार प्रदान गरियो, जसमा प्रधानमन्त्रीद्वारा लिखित हिन्दी अनि अङ्ग्रेजीमा एक्जाम वारियर्स पुस्तक अनि एउटा प्रमाण पत्र सामेल रहेको पनि उनले बताए।

परीक्षा पे चर्चा युवाहरूका लागि तनाउमुक्त वातावरण बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा ठूलो आन्दोलन – “एक्जाम वारियर्सको अंश रहेको उनले जनाए।

उनले भने, यो एउटा आन्दोलन हो, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको विद्यार्थी, अभिभावक, शिक्षक अनि समाजलाई एक साथ प्रयासले प्रेरित छ, ताकि यस्तो वातावरणलाई प्रोत्साहन दिनसकियोस्, जहाँ बालकहरूको अद्वितीय व्यक्तित्त्वको उत्सव मनाइयोस्, प्रोत्साहित गरियोस् र स्वयंलाई पूर्णरूपले व्यक्त गर्ने अनुमति दिइयोस्।

यसै कुरालाई ध्यानमा राख्दै 12 जनवरी, 2024 अर्थात् युवा दिवसदेखि शुरु गरी 23 जनवरी, 2024 सम्म मुख्य कार्यक्रमका अग्रदूतका रूपमा स्कूले स्तरमा कैयौं गतिविधि आयोजन गरिएको, र यसमा आनन्ददायक सिक्ने गतिविधि जस्तै म्यारथन दौड, सङ्गीत प्रतियोगिता, मीम प्रतियोगिता, सडक नाटक, छात्र-एङ्कर-छात्र-अतिथि चर्चा आदि सामेल रहेको उनले बताए।

यसका साथै 23 जनवरी, 2024 को दिन देशभरीको 774 जिल्लाका 657 केन्द्रिय विद्यालय अनि 122 नवोदय विद्यालयमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आयोजन गरिएको उनले जानकारी दिए। यस विशाल कार्यक्रममा 60 हजारभन्दा धेरै विद्यार्थीले भाग लिए, जसको विषय प्रधानमन्त्री मोदीद्वारा लिखित पुस्तक एक्जाम वारियर्सको परीक्षा मन्त्रमाथि आधारित थियो। चित्रकला प्रतियोगितामा विद्यार्थी अनि शिक्षकहरूले बढो उत्साह अनि उमङ्गका साथ भाग लिएका थिए।

*****



(Release ID: 2000843) Visitor Counter : 54