प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीद्वारा रोजगार मेला अन्तरिगत 51,000 भन्दा धेरै नियुक्ति पत्र वितरित


“तपाईंहरू यस अमृत कालका अमृत रक्षक हुनुहुन्छ”

बितेका केही वर्षमा हामीले अर्ध सैनिक बलहरूको भर्ती प्रक्रियामा कैयौं परिवर्तन गरेका छौं

“कानूनको शासनद्वारा एउटा सुरक्षित परिवेशले विकासको गतिलाई तेज गर्दछ”

“गत नौ वर्षमा परिवर्तनको एउटा नयाँ युग देख्न सकिन्छ”

“नौ सालअघि आजकै दिन शुरु गरिएको जनधन योजनाले गाउँ अनि गरीबको आर्थिक सशक्तिकरणमा ठूलो भूमिका खेलेको छ”

“जन धन योजनाले देशमा सामाजिक अनि आर्थिक रूपान्तरणको गति प्रदान गर्न जुन भूमिका खेलेको छ, त्यो वास्तवमा अध्ययनको विषय हो”

“तपाईं सबै युवाहरू सरकार अनि शासनमा परिवर्तन ल्याउने मिशनमा मेरो सबैभन्दा ठूलो ताकत हुनुहुन्छ”

Posted On: 28 AUG 2023 11:58AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा 51 हजारभन्दा धेरै नयाँ भर्ती गरिएका अभ्यार्थीहरूलाई नियुक्ति पत्र वितरित गरे। देशको 45 स्थानमा रोजगार मेला आयोजित गरिएको थियो। यस रोजगार मेला आयोजनको माध्यमद्वारा गृह मन्त्रालयको विभिन्न केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) जस्तै केन्द्रिय रिजर्भ बल (सीआरपीएफ), सीमा सुरक्षा बल (बीएसएफ), सशस्त्र सीमा बल (एसएसबी), असम राइफल्स, केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआइएसएफ), भारत-तिब्बत सीमा पुलिस (आइटीबीपी), र नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायत दिल्ली पुलिसमा कर्मचारीहरूको भर्ती गरिएको छ। सम्पूर्ण देशबाट चुनिएका नयाँ रङरूट गृह मन्त्रालय अन्तर्गत विभिन्न पुलिस बलमा कन्स्टेबल (जेनरल ड्युटी), सब इन्स्पेक्टर (जेनरल ड्युटी) र नन जेनरल ड्युटी क्याडर जस्ता विभिन्न पदमा भर्ती हुनेछन्।

यस अवसरमा सम्बोधित गर्दै प्रधानमन्त्रीले अमृत कालको समय अमृत रक्षकका रूपमा नवनियुक्त अभ्यार्थीहरूलाई उनीहरूको चयनका लागि बधाई दिए। उनले यसलाई अमृत रक्षकबताए कारण नवनियुक्त अभ्यार्थीहरूले देशको सेवा मात्र नगरेर, देश अनि देशवासीको रक्षा पनि गर्नेछन्। प्रधानमन्त्रीले भने, “तपाईंहरू यस अमृतकालका अमृत रक्षक हुनुहुन्छ।

प्रधानमन्त्रीले रोजगार मेलाको यो संस्करण राष्ट्र गर्व अनि आत्मविश्वासले भरिएको यस्तो समयमा भइरहेको पनि रेखाङ्कित गरे। उनले भने, चन्द्रयान-3 अनि प्रज्ञान रोभरले लगातार चन्द्रमाको नवीनतम फोटो प्रसारित गरिरहेको छ। यस प्रतिष्ठित क्षणमा प्रधानमन्त्रीले भने, नयाँ रङरूटले आफ्नो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण यात्रा शुरु गरिरहेका छन्। उनले सबै नवनियुक्त अभ्यार्थी अनि उनीहरूका परिवारलाई पनि शुभकामना दिए।

प्रधानमन्त्रीले रक्षा वा सुरक्षा अनि पुलिस बलमा चयनका साथसाथै आउने जिम्मेवारीमाथि जोड दिँदै सरकार सुरक्षा बलको आवश्यकताबारे अति नै गम्भीर रहेको बताए। उनले अर्धसैनिक बलको भर्तीमा ठूलो परिवर्तनको उल्लेख गरे। आवेदनदेखि लिएर अन्तिम चयनसम्म भर्ती प्रक्रियामा तेजी आएको उनले बताए। पहिले परीक्षा अङ्ग्रेजी वा हिन्दीमा हुने गरेको, तर अहिले आएर त्यसको ठाउँमा 13 वटा स्थानीय भाषामा पनि परीक्षा आयोजित भइरहेको उनले बताए। उनले छत्तीसगढको नक्सल प्रभावित क्षेत्रमा मापदण्डमा छूट दिएर सयकडौं आदिवासी युवाहरूको भर्तीको पनि उल्लेख गरे। उनले सीमावर्ती क्षेत्र अनि उग्रवाद प्रभावित क्षेत्रका युवाहरूको निम्ति विशेष कोटाबारे पनि जानकारी दिए।

राष्ट्रको विकास सुनिश्चित गर्नमा नयाँ भर्ती गरिएका अभ्यार्थीहरूको जिम्मेवारीबारे प्रकाश पार्दै प्रधानमन्त्रीले कानूनको शासनद्वारा एउटा सुरक्षित परिवेशले विकासको गतिलाई तेज बनाउने उनले बताए। उत्तर प्रदेशको उदाहरण दिँदै प्रधानमन्त्रीले भने, यो राज्य कुनै समय विकासमा पछि परेको र अपराधको मामिलामा अग्रणी राज्यमा सामेल रहेको बताए। उत्तर प्रदेशमा कानूनको शासन शुरु भएपछि राज्यले विकासको नयाँ शिखर चुमिरहेको र यहाँ भयमुक्त नयाँ समाजको स्थापना भइरहेको उल्लेख उनले गरे। उनले भने, “कानून-व्यवस्थाको यस्तो व्यवस्थाले मानिसहरूमा विश्वासलाई बलियो बनाउँदछ। अपराध दरमा गिरावटका साथै राज्यमा निवेश बढिरहेको छ। जुन राज्यमा अपराध दर बढी छ, त्यसमा धेरै कम निवेश हुने गर्दछ र अर्कातिर रोजगारका सबै अवसर पनि रोकिएका छन्।

सबैभन्दा तेज गतिले बढ्दो अर्थव्यवस्थाको रूपमा भारतको स्थितिबारे उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत यस दसकको अवधिमा विश्वको शीर्ष तीन अर्थव्यवस्थामा सामेल हुने कुरा दोहोऱ्याए। मोदीले पूरा जिम्मेवारीका साथ यस्तो ग्यारेन्टी दिने गर्दछ, उनले भने। आम नागरिकमाथि बढ्दो अर्थव्यवस्थाको प्रभावबारे बोल्दै अर्थव्यवस्थालाई सुनिश्चित गर्न हरेक क्षेत्रको विकास हुन महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीले बताए। महामारीको समय फार्मा उद्योगको भूमिकाबारे उल्लेख पनि उनले गरे। आज भारतको फार्मा उद्योग लगभग चार लाख करोड रुपियाँ मूल्यको रहेको र आगामी 2030 सम्म यो उद्योग करिब 10 लाख करोडको पुग्ने उनले बताए। यस वृद्धिको अर्थ फार्मा उद्योगमा आगामी वर्षहरूमा धेरै युवाहरूको आवश्यकता पर्नेछ, जसले रोजगारका अनेकौं अवसर सिर्जना हुनेछन्, उनले बताए।

अटोमोबाइल अनि अटो कम्पोनेन्ट उद्योगको विस्तारमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले दुवै उद्योग 12 लाख करोड रुपियाँ मूल्यभन्दा बढीको रहेको र आगामी वर्षहरूमा यो अझ बढ्ने आशा रहेको बताए. यस विकास दरलाई कायम राख्नका लागि अटोमोबाइल उद्योगलाई धेरै युवाहरूको आवश्यकता पर्ने र यसले देशमा रोजगार अवसरहरू सिर्जना हुने उनले रेखाङ्कित गरे। खाद्य प्रसंस्करण उद्योगको उल्लेख गर्दै गत वर्ष करिब 26 लाख रुपियाँ बराबर रहेको र आगामी साडे तीन वर्षमा यो बढेर 35 लाख करोड रुपियाँ मूल्य बराबरको हुने सम्भावना उनले व्यक्त गरे। विस्तारका साथसाथै रोजगारका अवसरहरू पनि बढ्ने उनले बताए।

पूर्वाधार विकासको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत नौ वर्षमा केन्द्र सरकारले यसमाथि 30 लाख करोड रुपियाँभन्दा धेरै व्यय गरेको बताए। यसले कनेक्टिभिटीका साथसाथै पर्यटन अनि आतिथ्यले प्रोत्साहन पाइरहेको र नयाँ रोजगार सिर्जना भइरहेको उल्लेख गरे।

आगामी 2030 सम्म पर्यटन क्षेत्रको अर्थव्यवस्थामा 20 लाख करोडभन्दा धेरैको योगदान रहने र अनुमानित 13-14 करोड रोजगार सिर्जना हुने उनले बताए। यो सङ्ख्या मात्र नभएर यस घटनाक्रमले रोजगार सिर्जना गरी, जीवन यापनमा सुगमता ल्याउनका साथै आमदानी वृद्धिको माध्यमद्वारा आम नागरिकको जीवनलाई पनि यसले प्रभावित पार्ने उनले बताए।

विगत नौ वर्षमा सरकारको प्रयासको कारण रूपान्तरणको एउटा नयाँ युग शुरु भएको प्रधानमन्त्रीले बताए। भारतद्वारा गत वर्ष रेकर्ड निर्यात गर्नुले वैश्विक बजारमा भारत निर्मित वस्तुहरूको बढ्दो मागको सङ्केत दिने उनले बताए। यसको परिणामस्वरूप उथ्पाद बढ्नका साथै रोजगार वृद्धि भएको र यस प्रकारले परिवारको आमदानीमा पनि वृद्धि भएको बताए। भारत विश्वको दोस्रो सबैभन्दा ठूलो मोबाइल विनिर्माता देश बनेको र भारतमा मोबाइल फोनको माग बढेको पनि उनले उल्लेख गरे। मोबाइल विनिर्माणमा कैयौं गुणा वृद्धिको निम्ति उनले सरकारको प्रयासलाई श्रेय दिए। देशले अब अन्य ईलेक्ट्रनिक उपकरणमाथि पनि ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै भारतले आइटी अनि हार्डवेयर विनिर्माणको क्षेत्रमा मोबाइल विनिर्माण क्षेत्रको सफलता दोहोऱ्याउने कुरा उनले विश्वास व्यक्त गरे। मेड इन इण्डिया ल्यापटप अनि पर्सनल कम्प्युटले हामीलाई गौरवान्वित गर्ने दिन अब टाढा नरहेको प्रधानमन्त्रीले बताए। भोकल फर लोकलको मन्त्र उल्लेख गर्दै सरकारले भारतमा बनेका ल्यापटप अनि कम्प्युटर खरिद गर्न जोड दिइरहेको प्रधानमन्त्रीले उल्लेख गरे र यसको परिणामस्वरूप उत्पादन अनि रोजगार बढ्ने बताए। राष्ट्रमा भइरहेको आर्थिक विकासको निम्ति सुरक्षित वातावरण प्रदान गर्नका लागि नयाँ भर्ती भएका व्यक्तिहरूको काँधमा सुम्पिएको उत्तरदायित्त्व उनले पुनः दोहोऱ्याए।

प्रधानमन्त्रीले नौ वर्षअघि आजकै दिन प्रधानमन्त्री जनधन योजनाको शुरुवातको पनि स्मरण गरे। प्रधानमन्त्रीले भने, “यस योजनाले गाउँ अनि गरीबहरूको आर्थिक सशक्तिकरणका साथसाथै रोजगार सिर्जना गर्नमा पनि ठूलो भूमिका खेलेको छ।योजना अन्तर्गत गत नौ वर्षको अवधिमा 50 करोडभन्दा धेरै ब्याङ्क खाता खोलिएको उनले बताए। यस योजनाले गरीब अनि वञ्चितहरूलाई प्रत्यक्ष लाभ पुऱ्याउन सहयोग गरेको साथै जनजातीय, महिला, दलित अनि अन्य वञ्चित वर्कसम्म रोजगार अनि स्वरोजगारमा सघाउ पुऱ्याएको बताए। कैयौं युवाले ब्याङ्कमित्र, ब्याङ्किङ करेस्पोण्डेन्टका रूपमा रोजगार प्राप्त गरेका छन्। 21 लाखभन्दा धेरै युवा ब्याङ्कमित्र वा ब्याङ्क सखीका रूपमा कार्यरत छन्, उनले भने। जनधन योजनाले मुद्रा योजनालाई पनि बल प्रदान गरेको उनले बताए। मुद्रा योजना अन्तर्गत हालसम्म 24 लाख करोड रुपियाँभन्दा धेरै धरौटीमुक्त ऋण वितरित गरिसकिएको उनले बताए। लाभार्थीहरूमा 8 करोड पहिलोपटकका उद्यमी रहेको उनले उल्लेख गरे। पीएम स्वनिधि अन्तर्गत करिब 45 लाख पथ पसलेहरूलाई धरौटीमुक्त ऋण स्वीकृत गरिएको छ। यी योजनाहरूका लाभार्थीहरूमा धेरै महिला, दलित, पछौटे अनि जनजातीय युवाहरू छन्, उनले बताए। जनधन खाताद्वारा गाउँका महिला स्वयंसहायता समूहले सुदृढता प्राप्त गरेको पनि प्रधानमन्त्रीले उल्लेख गरे। जनधन योजनाले देशमा सामाजिक अनि आर्थिक परिवर्तनलाई गति प्रदान गर्न जुन भूमिका खेलेको छ, त्यो वास्तवमा अध्ययनको विषय हो, उनले भने।

प्रधानमन्त्रीले कैयौं रोजगारमा मेलामा लाखौं युवाहरूलाई सम्बोधित गरेको उल्लेख गर्दै सार्वजनिक सेवा वा अन्य क्षेत्रमा उनीहरूले रोजगार पाएको बताए। सरकार अनि शासनमा परिवर्तन ल्याउने मिशनमा युवाहरू आफ्नो सबैभन्दा ठूलो ताकत रहेको प्रधानमन्त्रीले बताए। आजका युवाहरू एउटा यस्तो पिँढीका छन्, जहाँ सबै कुरा एउटै क्लिकको दूरीमा छ भन्ने उल्लेख गर्दै तेजीका साथ वितरणको महत्त्वमाथि बल दिए। आजका पिँढी समस्याको स्थायी समाधानको खोजमा छन्, खण्डित समाधानको होइन, उनले भने। लोक सेवकका रूपमा नवनियुक्तहरूले दीर्घकालिक रूपमा मानिसहरूको हितमा हुने निर्णय लिनुपर्ने कुरा प्रधानमन्त्रीले रेखाङ्कित गरे। उनले भने, “तपाईंहरू जुन पिँढीसित सम्बन्धित हुनुहुन्छ, त्यो केही अर्जित गर्न प्रतिबद्ध छन्। यो पिँढीले कसैको कृपा चाहँदैन केवल आफ्नो बाटोमा कुनै बाधा नबनोस् भन्ने चाहन्छ।लोक सेवकका रूपमा मानिसहरूको आकाङ्क्षा पूरा गर्ने महत्त्व पनि प्रधानमन्त्रीले रेखाङ्कित गरे। यदि कसैले यस बुझाईका साथ काम गरे, काम गर्दा कानून-व्यवस्था कायम सघाउ पुग्ने उनले बताए।

आफ्नो सम्बोधनको समापन गर्दै प्रधानमन्त्रीले अर्ध सैनिक बलका रूपमा सिक्ने दृष्टिकोण कायम राख्नुपर्ने कुरामाथि पनि बल दिए र आइजीओटी कर्मयोगी पोर्टलमा उपलब्ध 600 भन्दा धेरै पाठ्यक्रममाथि प्रकाश पारे। 20 लाखभन्दा धेरै सरकारी कर्मचारीले यस पोर्टलमा पञ्जिकरण गराइसकेका छन्। म सबैलाई यस पोर्टलसँग जोडिएर यसको फाइदा उठाउन आग्रह गर्न चाहन्छु, उनले भने। अन्त्यमा प्रधानमन्त्रीले शारीरिक फिटनेसको आवश्यकता अनि नयाँ रङरूटको जीवनमा दैनिक अभ्यासका रूपमा योग सामेल गर्नुपर्ने आवश्यकतामाथि पनि बल दिए।

पृष्ठभूमि

सीएपीएफका साथसाथै दिल्ली पुलिसलाई सुदृढ बनाउनले यी बलहरूलाई आन्तरिक सुरक्षामा सहगोग गर्न, आतङ्कवाद, उग्रवाद, बामपन्थी उग्रवादको सामना गर्न र राष्ट्रको सीमाहरूको रक्षा गर्नमा सहयोग गर्न जस्ता आफ्नो बहुआयामी भूमिकालाई बढी प्रभावी ढङ्गले निर्वाह गर्न सघाउ पुग्नेछ।

रोजगार मेला रोजगार सिर्जनालाई सर्वोच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्ने दिशामा एउटा कदम हो। रोजगार मेलाले रोजगार सिर्जनामा उत्प्रेरकका रूपमा काम गर्ने र युवाहरूलाई सशक्तिकरण अनि राष्ट्रिय विकासमा भागीदारीका लागि सार्थक अवसर प्रदान गर्ने आशा गरिएको छ।

नवनियुक्त अभ्यार्थीहरूलाई आइजीओटी कर्मयोगी पोर्टलमा एउटा अनलाइन मोड्युल कर्मयोगी शुरुवातको माध्यमद्वारा स्वयंलाई प्रशिक्षित गर्ने अवसर प्राप्त हुनेछ, जहाँ 673 भन्दा धेरै ई-लर्निङ पाठ्यक्रम कहींबाट पनि कुनै पनि उपकरणमार्फत् सिक्ने प्रारूपमा उपलब्ध गराइएको छ।

*****



(Release ID: 1952969) Visitor Counter : 97