गोवा, २२ नोभेम्बर २०२६:
नेशनल फिल्म डेभलपमेन्ट करपोरेशन (एनएफडीसी) र सोनी पिक्चर्स नेटवर्क्स इण्डिया (एसपीएनआई) ले आज गोवामा आयोजित 57औँ इन्टरनेशनल फिल्म फेस्टिभल अफ् इण्डिया (आईएफएफआई) मा वेभ्स बाज़ार × एसपीएनआई कन्टेन्ट क्रिएटर सबमिशन पहल' शुरु गर्नाका लागि एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ।
यस पहलले भारतभरिका लेखक, क्रिएटर्स र प्रोडक्शन हाउसहरूलाई हिन्दी, अङ्ग्रेजी, तमिल, तेलुगु र बङ्गाली भाषामा आफ्ना मौलिक काल्पनिक तथा गैर-काल्पनिक अवधारणाहरू एसपीएनआईसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

यसमा काल्पनिक शृङ्खला, प्रिमियम टीभी+ सामग्री, रियालिटी शो, खेल तथा प्रतिस्पर्धात्मक ढाँचा, प्रतिभामा आधारित कार्यक्रम र अन्य अनस्क्रिप्टेड' (पहिले नै लिपिबद्ध नगरिएका) अवधारणा लगायत विभिन्न ढाँचाहरूमा प्रस्ताव आमन्त्रित गरिएका छन्। छनोटमा परेका आवेदकहरूलाई आफ्ना अवधारणाबारे एसपीएनआईसमक्ष प्रस्तुति दिन आमन्त्रित गरिनेछ, जसलाई उनीहरूले विचार गरी विकासको प्रक्रियामा लैजान सक्नेछन्।
सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत एनएफडीसीको उद्योग मञ्च वेभ्स बजार, क्रिएटिभ ट्यालेन्टलाई भारतको मिडिया तथा मनोरञ्जन क्षेत्रसित जोड़िएका मानिस (सरोकारवाला) हरूसँग जोड्ने काम गर्छ। यस साझेदारीको उद्देश्य मौलिक कथावाचनका लागि अवसरहरूको विस्तार गर्नु हो, विशेष गरी क्षेत्रीय बजारहरूबाट अनि अलग-अलग किसिमका आवाज तथा दृष्टिकोणहरूलाई अझ व्यापक दर्शकमाझ पुर्याउनु हो।
समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा एनएफडीसीका अध्यक्ष जी. कृष्णकुमारले भने, "आईएफएफआई भनेको सिनेमा र यसलाई सम्भव बनाउने मानिसहरूको उत्सव हो। यसले विश्वभरिका कहानी, संस्कृति र क्रिएटिभ आवाजहरूलाई एकै ठाउँमा ल्याउँछ। चलचित्र र आवाजहरूको विविधताले नै यस संस्करणलाई विशेष बनाएको छ। स्टोरिज विदआउट बोर्डर्स भन्ने यसको नाराले सिनेमाको मर्मलाई निकै सुन्दर ढङ्गले समेटेको छ।"

एनएफडीसीका प्रबन्ध निर्देशक धीरज सिंहले भने, "वेभ्स बजारले क्रिएटिभ प्रतिभा र उद्योगबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ। सोनी पिक्चर्स नेटवर्क्स इण्डियासँगको यो सहकार्यले लेखक, क्रिएटर्स र प्रोडक्शन हाउसहरूका लागि विभिन्न भाषा र ढाँचाहरूमा आफ्ना मौलिक अवधारणा प्रस्तुत गर्ने नयाँ ढोका खोलेको छ।"
सोनी पिक्चर्स नेटवर्क इण्डियाका प्रबन्ध निर्देशक तथा सीईओ गौरव ब्यानर्जीले भने, “देशभरि नै अपार क्रिएटिभ प्रतिभाहरू छन्, जसका विचारहरू सधैँ स्थापित मञ्चहरूसम्म पुग्न सक्दैनन्। वेभ्स बजारको माध्यमद्वारा एनएफडीसीसँगको हाम्रो साझेदारीले लेखक तथा क्रिएटर्सका लागि आफ्ना मौलिक अवधारणा—चाहे ती जुनसुकै भाषा वा ढाँचाका हुन्—हामीसमक्ष ल्याउन थप अवसरहरू सिर्जना गर्ने दिशामा एउटा कदम हो। हामी दर्शकहरूका लागि नयाँ दृष्टिकोण र उत्कृष्ट विचारहरू फेला पार्न उत्सुक छौं।”
एनएफडीसीले वेभ्स बजार पोर्टल (https://wavesbazaar.com/) को माध्यमद्वारा प्राप्त प्रस्तावहरूको व्यवस्थापन गर्नेछ र आपसी सहमतिमा तय गरिएका मापदण्डका आधारमा प्रविष्टिहरूलाई छनोट गर्नेछ। छनोटमा परेका आवेदकहरूलाई एसपीएनआईसमक्ष आफ्ना अवधारणाहरू प्रस्तुत गर्न आमन्त्रित गरिनेछ।

आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
*******
MPS/TWB