गोवा, 21 नोभेम्बर 2026:
सूचना एवं प्रसारण मन्त्रालयको पहलमा “क्रिएटिभ माइण्ड्स अव् टुमरो (सीएमओटी)”को छैटौं संस्करणको आज 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव (आइएफएफआइ) अन्तर्गत गोवाको कला अकादमीमा उद्घाटन गरियो। यस पहलको कार्यान्वयन राष्ट्रिय फिल्म विकास निगमद्वारा (एनएफडीसी) गरिनेछ।
यस पहलले देशभरीका 100 युवा रचनात्मक प्रतिभाली एक साथ ल्याउनका साथै एक-अर्कालाई सहयोग गर्न, आफ्नो प्रतिभा प्रदर्शित गर्न र फिल्म उद्योगसँग जोडिन लगायत अनुभव प्राप्त गर्न मञ्च प्रदान गर्दछ।
उद्घाटन समारोहमा सूचना एवं प्रसारण सचिव श्री चञ्चल कुमार, सूचना एवं प्रसारण मन्त्रालयका अतिरिक्त सचिव श्री प्रभात, एफटीआइआइका कूलसचिव श्री लौकिक परख, सूचना एवं प्रसारण मन्त्रालयका संयुक्त सचिव श्री केके निराला, एनएफडीसीका अध्यक्ष श्री जी कृष्णकुमार तथा एनएफडीसीका महाप्रबन्धक श्री गौतम भनोत उपस्थित थिए।

सूचना एवं प्रसारण सचिव श्री चञ्चल कुमारले उपस्थित जनभेलालाई सम्बोधित ग्रदै प्रत्येक प्रतिभागीले पहिले नै आफ्नो प्रतिभाको छाप छोडिसकेको बताए। आगामी 48 घण्टामा आफ्नो प्रतिभालाई एउटा फिल्मका रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनले बताए।
हाम्रो जरा, संस्कृति, भाषा अनि अनुभवसँग जोडिएको भए तापनि हाम्रो सपना कल्पनाशीलता, जिज्ञासा अनि केही नयाँ गर्ने साहसबाट जन्म लिने उनले उल्लेख गरे। फ्रान्सिसी दार्शनिक जोसेफ जुबेरको उल्लेख गर्दै उनले कल्पनाशीलताले हामीलाई सपना देख्न मद्दत गर्ने, कला-कौशल सिके ती सपनाले दिशा पाउने र हाम्रो जराले हाम्रो कथाहरूलाई भावनात्मक गहिराई प्रदान गर्ने उनले बताए।
आफ्नो उत्पत्ति अनि परिवेशबाट प्रेरणा लिन प्रतिभागीहरूलाई आग्रह गर्दै, तर आफ्नो कथाको पहुँचलाई सीमित नराख्न उनले बताए। भारतको कुनै पनि सानो गाउँबाट निक्लिने कथालाई यदि इमान्दारीका साथ बताइए, संसारभरीका दर्शकको मन छुनसक्ने उनले उल्लेख गरे।

सिनेमा एउटा सामूहिक कला रहेको कुरामाथि जोड दिँदै प्रतिभागीहरूलाई एक-अर्काको कुरा सुन्ने, आफ्नो साथीहरूमाथि भरोसा गर्ने, प्रयोग गर्ने, रचनात्मक जोखिम उठाउने र यस सम्पूर्ण प्रक्रियाको आनन्द लिने उनले आह्वान गरे। अन्त्यमा उनले प्रतिभागीहरूलाई आफ्नो जरालाई साथमा लिएर अघि बढ्नका साथै कल्पनाको उडान भर्न दिन र आफ्नो कथालाई विश्वका सामु प्रस्तुत गर्न पनि उनले आग्रह गरे।
उद्घाटन समारोहको प्रमुख आकर्षण 48 घण्टाको फिल्म चुनौतीको औपचारिक शुभारम्भ रहेको थियो। सचिवले विशेष रूपमा तयार फिल्म क्ल्यापबोर्डमा औपचारिक रूपमा ताली बजाएर यस चुनौतीको छैटौं संस्करणको शुरुवात गरे।
वर्ष 2026 का प्रतिभागीहरूको समूहमा 100 प्रतिभागी सामेल छन्, जसले फिल्म निर्माणको 13 विधालाई प्रतिनिधित्त्व गर्छन्। यसमा निर्देशन, अभिनय, सिनेमाटोग्राफी, सम्पादन एवं सब-टाइटलिङ, पटकथा लेखन, पार्श्व गायन, सङ्गीत रचना, ध्वनि रेकर्डिङ, भेषभूषा डिजाइन, हेयर एवं मेकअप, कला निर्देशन, एनिमेशन, भिजुअल ईफेक्ट्स (भीएफएक्स), अगमेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर) तथा भोइस ओभर एवं डबिङ सामेल छन्।
पूणेस्थित फिल्म एवं टेलिभिजन संस्थानद्वारा (एफटीआइआइ) एनएफडीसीको सहयोगमा आयोजित यस 48 घण्टाको फिल्म निर्माण चुनौतीमा प्रतिभागीहरूको 5 टीमले मेर 48 घण्टाको निर्माण अवधिभित्र लघु फिल्मको परिकल्पना एवं निर्माण गर्नेछ। तयार फिल्महरूलाई आइएफएफआइमा विशेष प्रदर्शन गरिनेछ भने फिल्म उद्योगका प्रतिष्ठित विशेषज्ञको जुरीद्वारा तिनीहरूको मूल्याङ्कन गरिनेछ।

सीएमओटी ट्यालेन्ट क्याम्पले प्रतिभागीहरूलाई मिडिया एवं मनोरञ्जन उद्योगसँग अरू प्रबल रूपमा जोड्नेछ। यसको माध्यमद्वारा उनीहरूलाई प्रोडक्सन हाउस, स्टुडियो, म्युजिक लेबल, ओटीटी प्लेटफर्म, प्रसारको उद्योगका अन्य हितधारकसँग बातचित गर्ने अवसर जुट्नेछ।
वर्ष 2021 मा आफ्नो शुरुवातपछि सीएमओटी उदीयमान रचनात्मक पेशेवरहरूलाई मिडिया अनि मनोरञ्जन उद्योगसँग जोड्ने मञ्चका रूपमा विकसित भएको छ। यसअघि पूर्व प्रतिभागीहरूले अन्तरराष्ट्रिय फिल्म निर्माण परियोजनाहरूमा काम गर्नका साथै कान्स, बर्लिन, टोरन्टो अन्तरराष्ट्रिय फिल्म महोत्सव तथा अन्तरराष्ट्रिय एमी पुरस्कार जस्ता प्रतिष्ठित मञ्च अनि समारोहमा पहिचान हासिल गरिसकेका छन्। यस पहलको उल्लेखनीय उपलब्धिका रूपमा पछिल्लो संस्करणका 18 प्रतिभागीको चयन मुकेस छाबडा कास्टिङ कम्पनीद्वारा (एमसीसीसी) गरिएको थियो। यो सीएमओटीको माध्यमद्वारा विकसित प्रतिभाहरूवलाई पेशेवर अवसरमा परिणत गर्ने दिशामा एउटा उत्साहजनक कदम हो।
आइएफएफआएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
**********
MPS/TWB