57th International Film Festival of India 2026
20 – 28 Nov 2026

57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवमा (आइएफएफआइ) भारतीय प्यानोरामा 2026 को शुभारम्भ; जुरी सदस्यहरू सम्मानित


भारतीय सिनेमामा विविधता प्रदर्शित गर्ने फिल्महरूको चयनमा योगदानको निम्ति कथानक एवं गैर कथानक फिल्म जुरीका सदस्यहरू सम्मानित

पोस्ट गरियो: 21 NOV 2026 3:31PMby PIB Gangtokरिलिज आईडी: 2341166Views: 14

नयाँ दिल्ली, 21 नोभेम्बर 2026:

भारतीय प्यानोरामा 2026 आज गोवाको पणजीमा आयोजित 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवमा (आइएफएफआइ) औपचारिक शुभारम्भ गरियो। यस अवसमरा कथानक साथै गैर कथानक फिल्म जुरीका प्रतिष्ठित सदस्यहरूलाई यस वर्षको आधिकारिक फिल्म चयन प्रक्रियामा योगदानको निम्ति सम्मानित गरियो।

जूरी सदस्यहरूलाई सूचना एवं प्रसारण सचिव श्री चञ्चल कुमार, राष्ट्रिय फिल्म विकास निगमका (एनएफडीसी) अध्यक्ष श्री जी कृष्णकुमार अनि महोत्सवका निर्देशक श्री आशुतोष गोवारिकरद्वारा सम्मानित गरियो।

भारतीय प्यानोरामा 2026 को शुभारम्भ गर्दै सूचना एवं प्रसारण सचिव श्री चञ्चल कुमारले भारतीय सिनेमाको स्थापनादेखि लिएर अहिलेसम्मका उल्लेखनीय विविधतामाथि प्रकाश पारे। सिनेमाको यस उत्सवले देशको प्रत्येक क्षेत्रले आफ्नो विशिष्ट भाषा, संस्कृति अनि कथाहरूका माध्यमद्वारा कसरी योगदान दिन्छ भन्ने सार्थक अवसर प्रदान गर्ने उनले बताए। जुरीका सदस्यहरूलाई विचारपूर्ण फिल्म चयनका साथै आयोजनको सफल सञ्चालनका लागि गोवा सरकार तथा महोत्सवको टीमलाई उनले बधाई दिए। यसका साथै भारतीय सिनेमाले वैश्विक स्तरमा निरन्तर पहिचान अनि सम्मान पाउने उनले कामना गरे।

सभालाई सम्बोधित गर्दै राष्ट्रिय फिल्म विकास निगमका (एनएफडीसी) अध्यक्ष श्री जी कुमारले वर्ष 1978 मा भारतीय प्यानोरामाको स्थापनापछिको गौरवशाली विरासत अनि विभिन्न भाषा तथा त्रमा भारतीय सिनेमाको विविधताको उत्सव मनाउनमा यसको भूमिकाबारे जानकारी दिए। आइएफएफआइको यस वर्षको शीर्षक “सीमानाबिनाका कथाहरू”बारे उळ्लेख गर्दै उनले सिनेमाप्रति मन्त्रालयको प्रतिबद्धता दोहोऱ्याउँदै निरन्तर सहयोगको निम्ति गोवा सरका अनि सूचना एवं प्रसारण मन्त्रालयप्रति उनले आभार व्यक्त गरे। महोत्सवमा भाग लिने फिल्म निर्माताहरूका साथै सिनेमाप्रेमीहरूलाई पनि उनले हार्दिक स्वागत जनाए।

आफ्नो स्वागत भाषणमा महोत्सवका निर्देशक श्री आशुतोष गोवारिकरले आइएफएफआइसँग जोडिएको आफ्नो शुरुवाती यादहरू साझा गर्नका साथै कसरी भारतीय प्यानोरामाले पछिल्लो केही दसकमा भारतको समृद्ध सांस्कृतिक एवं सिनेमाई विविधता प्रदर्शित गर्ने एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ भन्ने उल्लेख गरे। यस वर्षको फिल्म चयन प्रक्रियाले पाएको प्रतिक्रियाको उल्लेख गर्दै, महोत्सवको कथानक फिल्महरूको 762  गैर कथानक फिल्महरूको 358 प्रविष्टि प्राप्त भएको जानकारी उनले दिए। यसै गरी 18 भाषामा कूल 1,120 प्रविष्टि प्राप्त भएको पनि उनले अवगत गराए। अन्तिम चयनमा वेब शृङ्खलाका साथ हिन्दी, मराठी, कन्नड, तुलु, लद्दाखी, कश्मीरी अनि अङ्ग्रेजीसहित 14 भाषाका फिल्महरू सामेल छन्।

57 औं संस्करणको शीर्षक “सीमानाबिनाका कथाहरू” अनुरूप आफ्नो विचार व्यक्त गर्दै फिल्म निर्माता, प्राविधिज्ञ, अनि उदीयमान कथाकारहरू आफ्नो कथा सुनाउने सिलसिला जारी राख्न  श्री गोवारिकरले आग्रह गरे। यसका साथै दर्शकहरूलाई धेरैभन्दा धेरै फिल्म हेर्न र विवेकपूर्ण ढङ्गले त्यसको मूल्याङ्कन गर्न उनले प्रोत्साहित गरे।

 

भारतीय प्यानोरामा 2026 का जुरी सदस्यहरू

गैर कथानक फइल्म जुरीमा सात सदस्य सामेल छन् :

श्री हिमांशुशेखर खटुआ (वृत्तचित्र फिल्म निर्माता एवं गैर-कथानक फिल्म जुरीका अध्यक्ष), श्री शङ्खजीत डे (वृत्तचित्र फिल्म निर्माता), सुश्री रागिनी सोना (फिल्म निर्माता), श्री शिव सनी (फिल्म पत्रकार), श्री धनेश यादव टी. आर. (फिल्म सम्पादक), श्री अभिजीत दालवी (फिल्म निर्माता) और सुश्री आरती पटेल (निर्माता एवं मीडिया पेशेवर)।

कथानक फिल्म जुरीमा तेह्र सदस्य सामेलल छन् :

श्री मधुर भण्डारकर (कथानक फिल्म जुरीका अध्यक्ष), श्री यु रविन्दर (छायाकार), श्री सोहम पी. शाह (फिल्म निर्माता), श्री राहुल भोले (निर्देशक, लेखक एवं सम्पादक), श्री ओइनमगौतम सिंह (फिल्म निर्माता), श्री नीलाद्री रोय (फिल्म सम्पादक), श्री एमएस प्रभु (छायाकार), श्री केएस शिवरमन (छायाकार), श्री जयन्त गोस्वामी (निर्देशक), सुश्री बिन्दु चन्द्रमौली (अभिनेत्री), सुश्री भारती प्रधान (फिल्म समीक्षक), डा. अयाश आरिफ (लब्धप्रतिष्ठ अभिनेता एवं लेखक) और श्री अरुण गोङ्गडे (एनिमेटर)।

भारतीय प्यानोरामा 2026 का शुरुवाती फिल्महरू

सम्मान समारोहपछि भारतीय प्यानोरामा 2026 का शुरुवाती फिल्महरूको परिचय गराउँदै पहिलोपटक तिनीहरूको प्रदर्शनअघि फिल्म निर्माता एवं प्रतिनिधिहरूलाई सम्मानित गरियो।

गैर कथानक श्रेणीमा सुश्री लीना यादवद्वारा निर्देशित लद्दाखी फिल्म “बिकमिङ”लाई श्री जी कृष्णकुमार, सुश्री डेलिला लोबो अनि श्री आशुतोष गोवारिकरले सम्मानित गरे। यस फिल्मले लद्दाखका एक कलिला बालकको आध्यात्मिक यात्रालाई दर्शाउँछ, जुन समय, स्मृति अनि कैयौं जन्मको सीमादेखि पर जान्छ। फिल्मको परिचय दिँदै यसका निर्देशक सुश्री लीना यादवले जीवनको सीमाहरूदेखि टाढा हुनुको अवधारणामा आधारित यसको विषयवस्तुको जानकारी दिइन्।

कथानक फिल्म श्रेणीमा श्री आदित्य धरद्वारा निर्देशित फिल्म “धुरन्धर”लाई यस फिल्म समारोहमा वरिष्ठ अभिनेता श्री राकेश बेदीले प्रतिनिधित्त्व गरे, जसलाई श्री चञ्चल कुमार अनि श्री आशुतोष गोवारिकरले स्मृतिचिन्ह दिएर सम्मानित गरे। श्री बेदीले निर्देशक आदित्य धरका साथ काम गर्ने आफ्नो अनुभवका साथै फिल्ममा एक असामान्य जासुसको भूमिका खेलेको विषयमा आफ्नो विचार साझा गरे।

समारोहको समापन दुवै उद्घाटन फिल्मको प्रथम प्रदर्शनका साथ भयो। यसका साथै आइएफएफआइ 2026 मा भारतीय प्यानोरामा फिल्म प्रदर्शनी शृङ्खला शुभारम्भ भयो।

आइएफएफआएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341166
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026