गोवा, १९ नोभेम्बर २०२६
स्क्रीनमा आउने हरेक फिल्मको पछाडि रचनात्मक दिमागहरूको एक टोली हुन्छ, जसको योगदानले यसको कहानी, ध्वनि र दृश्य पहिचानलाई आकार दिन्छ। यस सामूहिक प्रतिभाको महत्त्वलाई मान्यता दिँदै क्रिएटिभ माइण्ड्स अफ् टुमारो (सीएमओटी), जो सूचना तथा प्रसारण मन्त्रालयको एक पहल हो तथा जसलाई राष्ट्रिय फिल्म विकास निगम (एनएफडीसी) द्वारा लागू गरिन्छ, आफ्नो छैटौँ एडिशनको लागि ५७औं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई), गोवामा सम्पूर्ण भारतका १०० युवा प्रतिभाका साथमा वापस आइरहेको छ।
२०२६ को समूहले १३ फिल्म निर्माणका उदीयमान प्रोफेशनल्सलाई एक साथ ल्याउँछ, जसमा निर्देशन, अभिनय, छायाङ्कन, सम्पादन र उपशीर्षक, पटकथा लेखन, प्लेब्याक गायन, सङ्गीत रचना, ध्वनि रेकर्डिङ, पोशाक डिजाइन, कपाल र मेकअप, कला निर्देशन, एनिमेशन, भिजुअल इफेक्ट (भीएफएक्स), संवर्धित वास्तविकता (एआर), भर्चुअल रियालिटी (भीआर) र भोइस-ओभर र डबिङका सामेल छन्। अलग-अलग रचनात्मक विषयका सहभागीहरूलाई एकै ठाउँमा ल्याएर यो पहलले फिल्म निर्माण अनुभवको केन्द्रमा सहकार्यलाई राख्छ।
छनोट प्रक्रियाले फिल्म शिक्षा र उद्योग अभ्यासका दृष्टिकोणहरूलाई संयोजन गर्दछ। फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ् इण्डिया (एफटीआईआई) का सङ्काय सदस्यहरू सम्मिलित १३ सदस्यीय छनोट निर्णायक मण्डलले सम्बन्धित शिल्पहरूमा आवेदनहरूको मूल्याङ्कन गर्दछ। अर्को चरण स्थापित उद्योग व्यवसायीहरूको १२ सदस्यीय ग्राण्ड निर्णायक मण्डलद्वारा गरिन्छ, जसले चयन गरिएका सहभागीहरूलाई पहिचान गर्दछ। फिल्म निर्माण चुनौती र यसको अन्तिम पुरस्कारहरू पछि प्रतिष्ठित फिल्म पेशेवरहरू समावेश गर्ने पाँच सदस्यीय ग्राण्ड निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरिन्छ।

कार्यक्रमको एक प्रमुख घटक ४८-घण्टा फिल्म निर्माण चुनौती हो, जुन एफटीआईआई, पुणेले एनएफडीसीसँगको सहकार्यमा सञ्चालन गर्दछ। विभिन्न शिल्पका सहभागीहरूले ४८-घण्टा उत्पादन विण्डो भित्र लघु फिल्महरूको अवधारणा र उत्पादन गर्न एक साथ काम गर्नेछन्। विशेषज्ञ परामर्श र संस्थागत मार्गदर्शनद्वारा समर्थित चुनौतीले व्यावसायिक उत्पादन अवरोध अन्तर्गत फिल्म निर्माण टोलीको रूपमा काम गर्ने गहन व्यावहारिक अनुभव प्रदान गर्दछ। सम्पन्न भएका चलचित्रहरू विशेष गरी आईएफएफआईमा प्रदर्शन गरिनेछ र चलचित्र उद्योगका पेशेवरहरूको एक प्रख्यात निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरिनेछ, जसमा विभिन्न श्रेणीहरूमा उत्कृष्टतालाई मान्यता दिँदै पुरस्कार प्रदान गरिनेछ।
सीएमओटी प्रतिभा शिविरले सहभागीहरूलाई व्यापक मिडिया र मनोरञ्जन उद्योगसँग थप जोड्नेछ, जसले गर्दा उनीहरूलाई प्रोडक्शन हाउस, स्टुडियो, सङ्गीत लेबल, ओटीटी प्लेटफर्म, प्रसारक र अन्य उद्योग हितधारकहरूसँग सम्पर्कमा ल्याउनेछ। यसले युवा रचनाकारहरूलाई आफ्नो मौलिक काम प्रस्तुत गर्न, उद्योग प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्न र व्यावसायिक अवसर अन्वेषण गर्न सक्षम बनाउनेछ।
२०२१ मा यसको स्थापना भएदेखि, सीएमओटी उदीयमान रचनात्मक पेशेवरहरूलाई मिडिया र मनोरञ्जन उद्योगसँग जोड्ने प्लेटफर्मको रूपमा विकसित भएको छ। यसका पूर्व विद्यार्थीहरूले अन्तर्राष्ट्रिय निर्माणहरूमा काम गरिरहेका छन् र कान्स, बर्लिनेल, टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र अन्तर्राष्ट्रिय एमी अवार्ड लगायतका प्लेटफर्म र महोत्सवहरूमा मान्यता प्राप्त गरिरहेका छन्।
जसो-जसो भारतको रचनात्मक अर्थतन्त्र बढ़िरहेको छ, चलचित्र निर्माणका अलग-अलग क्षेत्रमा कुशल तथा नवीन पेशेवरहरूलाई तयार गर्न अझ जरुरी हुँदै गइरहेको छ। सिकाइ, व्यावहारिक सहयोग र उद्योग संलग्नतालाई संयोजन गरेर सीएमओटीले उदीयमान प्रतिभाहरूका लागि रचनात्मक क्षमतालाई व्यावसायिक अवसरहरूमा परिणत गर्ने मार्गहरू सिर्जना गर्न चाहन्छ।
गोवा आइपुगेका १०० सहभागीहरूका लागि आईएफएफआई विश्व सिनेमाको प्रदर्शनी मात्र हुनेछैन। यो सहकार्य गर्ने, सिक्ने र भारतीय फिल्म निर्माणको भविष्यलाई आकार दिने दिशामा आफ्नो पहिलो कदम चाल्ने अवसर हुनेछ।
*******
MPS/TWB