वित्त मन्त्रालय
तीन जन सुरक्षा योजनाहरू - प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई), प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई) र अटल पेन्शन योजना (एपीवाई) ले सामाजिक सुरक्षा कवच प्रदान गरेको 11 वर्ष पूरा गरेका छन्।
पीएमजेजेबीवाई अन्तर्गत कुल नामाङ्कन 27.43 करोड़भन्दा अधिक भएका छन् र 29.04.2026 सम्म 21,512.50 करोड़ रुपियाँको राशिको भुक्तानी गरिसकेको छ।
पीएमएसबीवाई अन्तर्गत कुल नामाङ्कन 58.09 करोड़भन्दा अधिक भएका छन् र सोही अवधिको क्रममा 1,84,662 दावीहरूको लागि 3,667.52 करोड़ रुपियाँको राशि भुक्तान गरिएको छ।
30.04.2026 सम्म, 9.04 करोड़भन्दा अधिक व्यक्तिहरूले एपीवाई योजनामा नामाङ्कन गरेका छन्।
पोस्ट गरियो:
09 MAY 2026 9:07AM by PIB Gangtok
9 मई 2015 मा प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको जन सुरक्षा योजनाहरू - प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई), प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई) र अटल पेन्शन योजना (एपीवाई) सबैलाई, विशेष गरी समाजका वञ्चित र कमजोर वर्गहरूलाई किफायती वित्तीय सुरक्षा प्रदान गर्ने परिकल्पना गरिएको थियो। यी मुख्य योजनाहरूले नागरिकहरूलाई जीवनका अनिश्चितताहरूबाट जोगाएर अनि दीर्घकालीन वित्तीय मजबुतीलाई बढ़ावा दिएर बीमा र पेन्शनको दायराको विस्तार गर्ने लक्ष्य राखेका छन्।
तीन जन सुरक्षा योजनाहरूका मार्गदर्शक सिद्धान्तहरूलाई प्रकाश पार्दै केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणले भनिन्, “माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले कम लागतको बीमा र पेन्शन लाभ प्रदान गर्नका लागि जन सुरक्षा योजनाहरू शुरु गरेका छन्, जसमा पीएम जीवन ज्योति बीमा योजना, पीएम सुरक्षा बीमा योजना र अटल पेन्शन योजना सामेल छन्।”
जन सुरक्षा योजनाहरूको 11औँ वार्षिकोत्सवको आँकड़ालाई उद्धृत गर्दै श्रीमती सीतारमणले भनिन् कि पीएमजेजेबीवाई, पीएमएसबीवाई र एपीवाई अन्तर्गत क्रमशः 27 करोड़, 58 करोड़ र 9 करोड़भन्दा अधिक नामाङ्कन गरिएको छ।
पीएमजेजेबीवाई योजनाको बारेमा वित्त मन्त्रीले भनिन् कि यस योजना अन्तर्गत 10.7 लाखभन्दा अधिक परिवारहरूको 21,500 करोड़भन्दा अधिकको दाबीको निपटारा गरिएको छ।
पीएमएसबीवाई योजना अन्तर्गत, श्रीमती सीतारमणले भने अनुसार यस योजना अन्तर्गत 1.84 लाखभन्दा अधिक परिवारहरूको लगभग 3,660 करोड़भन्दा अधिकको दाबीको निपटारा गरिएको छ।
श्रीमती सीतरमणले भनिन्, “जन सुरक्षा योजनाहरूको 11 औँ वार्षिकोत्सवको अवसरमा म सबै हितधारकहरू, जसमा ब्याङ्क र बीमा कम्पनीहरूका क्षेत्रीय अधिकारीहरू पनि सामेल छन्, उनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। उनीहरूको समर्पित प्रयासको कारण नै यी योजनाहरू यति ठूलो रूपमा सफल भएका छन्।”
यस अवसरमा केन्द्रीय वित्त राज्य मन्त्री श्री पङ्कज चौधरीले भने, “यी योजनाहरूको उद्देश्य सबैभन्दा गरीब मानिसहरूलाई बीमा कभरेज र पेन्शन सहायता प्रदान गर्नु हो। यी योजनाहरूको एक मुख्य उद्देश्य नामाङ्कन र दावीहरूको प्रक्रियाको डिजिटलीकरण र सरलीकरण रहेको छ। अनलाइन जन सुरक्षा पोर्टलको शुरुआतले नागरिकहरूको लागि ब्याङ्क शाखा वा डाकघरहरूमा नगई सहज रूपमा नामाङ्कन गर्न सम्भव बनाएको छ। दाबी प्रक्रियालाई डिजिटलीकरण गर्नाले छिटो भुक्तानी सुनिश्चित भएको छ, जसले गर्दा शोक सन्तप्त परिवारहरूलाई त्यस समयमा सही रूपमा सहायता प्राप्त हुन्छ, जब उनीहरूलाई यसको सबैभन्दा अधिक आवश्यकता पर्दछ।”
जस्तो कि हामी तीन-सामाजिक सुरक्षा (जन सुरक्षा) योजनाहरू - प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई), प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई) र अटल पेन्शन योजना (एपीवाई) को 11 औँ वार्षिकोत्सव मनाइरहेका छौँ, आउनुहोस् हामी यी योजनाहरूले मानिसहरूलाई कसरी किफायती बीमा र सुरक्षा (जन सुरक्षा), प्रदान गरिरहेका छन् र यिनीहरूबाट के-के उपलब्धि र मुख्य विशेषताहरू प्रदान भइरहेको छ भन्ने कुरालाई याद राखौँ।
1. प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई)
प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई) लाई कुनै पनि कारणले हुने मृत्युका लागि जीवन बीमा कभर प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो, जसको प्रीमियम प्रति दिन 2/- रुपियाँभन्दा पनि कम छ।
योजनाको मुख्य विशेषता: पीएमजेजेबीवाई एक वर्षको कभर हो, जसलाई हरेक वर्ष रिन्यू (नवीकरण) गर्न सकिन्छ। यो योजना एलआईसी र अन्य जीवन बीमा कम्पनीहरूको माध्यमद्वारा पेश/प्रबन्धित गरिएको छ, जुन यस उद्देश्यका लागि ब्याङ्कहरू/डाकघरहरूसँग आवश्यक अनुमोदन र गठबन्धन गरेर समान शर्तहरूमा त्यस उत्पादलाई पेश गर्न इच्छुक छन्। भाग लिने ब्याङ्कहरू/डाकघरहरूले आफ्ना ग्राहकहरूको लागि यो योजनालाई लागू गर्न हेतु कुनै पनि जीवन बीमा कम्पनीलाई नियुक्त गर्नका लागि स्वतन्त्र छन्।
पात्रता शर्तहरू: भाग लिने ब्याङ्कहरू/डाकघरका 18 देखि 50 वर्ष उमेर समूहका सबै व्यक्तिगत ब्याङ्क/डाकघर खाता धारकहरू, जसले यस योजनामा सामेल हुन/आटो-डेबिटको सुविधा चालू गर्नका लागि आफ्नो सहमति दिन्छन्, उनीहरू यो योजनामा सामेल हुने हकदार छन्। यदि कुनै व्यक्तिले एक वा अलग-अलग ब्याङ्क/डाकघरमा धेरै खाता खोलेका भने ती व्यक्ति केवल एक ब्याङ्क/डाकघरको माध्यमद्वारा नै यस योजनामा सामेल हुन पात्र हुनेछ।
नामाङ्कनको अवधि: यो कभर एक वर्षको अवधिको लागि हुनेछ, जो 1 जूनदेखि 31 मईसम्म लागि हुनेछ। यसको लागि निर्धारित फारममा हस्ताक्षर गरेर नामित व्यक्तिगत ब्याङ्क/डाकघर खाताबाट अटो-डेबिटको माध्यमद्वारा भुक्तान गर्ने/योजनामा सामेल हुने विकल्प दिनु आवश्यक पर्नेछ।
प्रिमियम: 436/- रुपियाँ प्रति वर्ष प्रति सदस्य। यो प्रीमियम धाता धारकको ब्याङ्क/डाकघरबाट ‘अटो डेबिट’ सुविधाको माध्यमद्वारा योजना अन्तर्गत नामाङ्कनको समयमा दिइएको विकल्प अनुसार, एकै किस्टीमा कटौती गरिनेछ। भविष्यको अभरेजको लागि विलम्बित नामाङ्कन, तल वर्णन गरिए अनुसार आनुपातिक प्रिमियमको भुक्तानी गरेर सम्भव छ;
क) जून, जुलाई र अगस्तमा नामाङ्कनको लागि - 436/- रुपियाँको पूर्ण वार्षिक प्रिमियम देय हुनेछ।
ख) सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नामाङ्कनको लागि - 342/- रुपियाँको आनुपातिक प्रिमियम देय हुनेछ।
ग) दिसम्बर, जनवरी र फरवरीमा नामाङ्कनको लागि - 228/- रुपियाँको आनुपातिक प्रिमियम देय हुनेछ।
घ) मार्च, अप्रेल र मईमा नामाङ्कनको लागि - 114/- रुपियाँको आनुपातिक प्रिमियम देय हुनेछ।
लाभ: सब्सक्राइबरको कुनै पनि कारणले ग्राहकको मृत्यु भएमा 2 लाख रुपियाँ राशि देय छ। नामाङ्कनको तारिकदेखि 30 दिनको प्रतीक्षा अवधि लागू हुनेछ।
उपलब्धिहरू: 29.04.2026 सम्म, पीएमजेजेबीवाई अन्तर्गत कुल नामाङ्कन 27.43 करोड़भन्दा अधिक भएको छ र 10,75,625 दावीहरूको लागि 21,512.50 करोड़ रुपियाँको राशि भुक्तानी गरिएको छ।
29.04.2026 सम्म, यो योजनामा 12.72 करोड़ महिला नामाङ्कन र पीएमजेडीवाई खाता धारकहरूबाट 8.09 करोड़ नामाङ्कन दर्ता गरिएको छ।

स्रोत: कुल नामाङ्कनको लागि ब्याङ्क र बीमा कम्पनीहरू; महिला लाभार्थीहरू र पीएमजेडीवाई खाताधारकहरूको लागि ब्याङ्कहरू
स्रोत: बीमा कम्पनीहरू
2. प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई)
प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई) लाई कसरी बनाइएको छ भने यो 18-70 वर्ष उमेरका मानिसहरूलाई दुर्घटनाको कारणले मृत्यु वा विकलाङ्गता भएमा 2 लाख रुपियाँसम्मको आकस्मिक मृत्यु र विकलाङ्गता कभर प्रदान गर्दछ। यसका लागि अत्यन्त कम प्रीमियर दिनुपर्नेछ, जुन प्रति महिला 2 रुपियाँभन्दा कम हुनेछ।
योजनाको मुख्य विशेषता: पीएमएसबीवाई एक वर्षको बीमा हो, जुन हरेक वर्ष रिन्यू गराउन सकिनेछ। यो योजना सार्वजनिक क्षेत्रको सामान्य बीमा कम्पनीहरू (पीएसजीआईसी) र अन्य सामान्य बीमा कम्पनीहरूको माध्यमद्वारा पेश/प्रबन्धित गरिन्छ, जुन आवश्यक स्वीकृतिहरूका साथै र अन्य उद्देश्यका लागि ब्याङ्क/डाकघरसित टाई-अप गरेर समान शर्तहरूमा यस उत्पादलाई पेश गर्न तयार छ। भाग लिने ब्याङ्कहरू/डाकघरले आफ्ना ग्राहकहरूको लागि यो योजनालाई लागू गर्न हेतु कुनै पनि यस्तो बीमा कम्पनीलाई छान्नका लागि स्वतन्त्र हुनेछ।
पात्रता शर्तहरू: भाग लिने ब्याङ्कहरू/डाकघरका 18 देखि 70 वर्ष उमेर समूहका सबै व्यक्तिगत ब्याङ्क/डाकघरखाता धारकहरू, जसले यो योजनामा सामेल हुने/अटो-डेबिडको सुविधा चालू गर्नका लागि आफ्नो सहमति दिन्छन्, उनीहरू यो योजनामा सामेल हुनेहकदार छन्। यदि कुनै एक व्यक्ति वा अलग-अलग ब्याङ्क/डाकघरहरूमा धेरै ब्याङ्क/डाकघर खाताहरू छन् भने ती व्यक्ति केवल एउटा ब्याङ्क/डाकघरको माध्यमद्वारा मात्र यो योजनामा सामेल हुनका लागि पात्र हुनेछन्।
नामाङ्कन अवधि: यो कभर एक वर्ष अवधिको लागि हुनेछ, जो 1 जूनदेखि 31 मईसम्म चल्नेछ। यसका लागि निर्धारित फारममा चुनिएको व्यक्तिगत ब्याङ्क/डाकघर खाताबाट अटो-डेबिटको माध्यमद्वारा भुक्तान गर्ने/योजनामा सामेल हुने विकल्प दिनु आवश्यक हुनेछ।
प्रिमियम: प्रति सदस्य प्रति वर्ष 20/- रुपियाँ। यो प्रीमियम खाता धारकको ब्याङ्क/डाकघर खाताबाट ‘अटो-डेबिट’ सुविधाको माध्यमद्वारा एकै किस्तीमा काटिनेछ, जस्तो कि योजना अन्तर्गत नामाङ्कनको समयमा विकल्प दिइएको थियो।
लाभ: तल दिइएको तालिका अनुसार:
|
|
लाभहरूको तालिका
|
बीमा राशि
|
|
ए.
|
मृत्यु
|
रु. 2 लाख
|
|
बी.
|
दुवै आँखाको पूर्ण र अपरिवर्तनीय क्षति, वा दुवै हात वा खुट्टाको उपयोगको क्षति, वा एक आँखाको दृष्टिको क्षति अनि एक हात वा खुट्टाको उपयोगको क्षति।
|
रु. 2 लाख
|
|
सी.
|
एउटा आँखाको पूर्ण र निको हुन सक्ने गरी दृष्टि गुमाउनु वा एउटा हात वा खुट्टाको प्रयोग गर्न नसक्ने गरी गुमाउनु
|
रु. 1 लाख
|
उपलब्धिहरू: 29.04.2026 सम्म, पीएमएसबीवाई अन्तर्गत कुल नामाङ्कन 58.09 करोड़भन्दा अधिक भइसकेको छ र 1,84,662 दावीहरूको लागि 3,667.52 करोड़ रुपियाँ राशिको भुक्तानी गरिएको छ।
29.04.2026 सम्म, यो योजनामा 27.45 करोड़ महिलाहरूको नामाङ्कन र पीएमजेडीवाई खाता धारकहरूबाट 19.30 करोड़ नामाङ्कन दर्ता गरिएको छ।

स्रोत: कुल नामाङ्कनको लागि ब्याङ्क र बीमा कम्पनीहरू; महिला लाभार्थीहरू र पीएमजेडीवाई खाता धारकहरूका लागि ब्याङ्कहरू

स्रोत: बीमा कम्पनीहरू
3. अटल पेन्शन योजना (एपीवाई)
अटल पेन्शन योजना (एपीवाई) सबै भारतीयहरू, विशेष गरी गरीब, वञ्चित र असङ्गठित क्षेत्रका कामगारहरूका लागि एक सार्वभौमिक सामाजिक सुरक्षा प्रणाली बनाउने उद्देश्यले शुरु गरिएको थियो। यो असङ्गठित क्षेत्रका मानिसहरूका लागि वित्तीय सुरक्षा प्रदान गर्न र भविष्यका आकस्मिक आावश्यकताहरूलाई पूरा गर्नका लागि सरकारको एक पहल हो। एपीवाईको प्रबन्धन पेन्शन कोष नियामक तथा विकास प्राधिकरण (पीएफआरडीए) द्वारा राष्ट्रिय पेन्शन प्रणाली (एनपीएस) को समग्र प्रशासनिक र संस्थागत संरचना अन्तर्गत प्रशासित छ।
पात्रता: एपीवाई 18 देखि 40 वर्ष उमेर समूहका ती सबै ब्याङ्क खाता धारकहरूका लागि खुल्ला छ जो आयकर दाता होइनन्; यसमा योगदानको राशि चुनिएको पेन्शन राशिको आधारमा अलग-अलग हुन्छन्।
लाभहरू: यस योजनामा सामेल भएपछि सब्सक्राइबरद्वारा गरिएको योगदानको आधारमा, सदस्यहरूले 60 वर्षको उमेरपछि 1000 रुपियाँ वा 2000 रुपियाँ वा 3000 रुपियाँ वा 4000 रुपियाँ वा 5000 रुपियाँको ग्यारेन्टी गरिएको मासिक पेन्शन प्राप्त गर्नेछन्।
योजनाको लाभको वितरण: मासिक पेन्शन सब्सक्राइबरलाई उपलब्ध हुनेछ र उनको पछि उनको जीवनसाथीलाई; अनि दुवैको मृत्युपछि, सब्सक्राइबरको 60 वर्षको उमेरसम्म जम्मा भएको पेन्शन कोर्पस, सब्सक्राइबरको नोमिनीलाई फिर्ता गरिनेछ।
यदि सब्सक्राइबरको समयभन्दा पहिला नै मृत्यु भएको खण्डमा (60 वर्ष उमेर अघि मृत्यु), तब सब्सक्राइबरको जीवनसाथी, एपीवाई खातामा बाँकी रहेको अवधिका लागि योजना जारी राख्न सक्नेछ - तबसम्म कि मूल सब्सक्राइबर 60 वर्षको हुँदैन।
भुक्तानको आवृत्ति: सब्सक्राइबरले एपीवाईमा मासिक / त्रमासिक/अर्धवार्षिक आधारमा योगदान गर्न सक्छ।
योजनाबाट निकासी: केही शर्तहरूको अधीन, सब्सक्राइबर आफ्नो इच्छाले एपीवाईबाट बाहिर निस्किन सक्छ; यसो गरेको खण्डमा सरकारद्वारा गरिएको सह-योगदान र त्यसमा मिलेको रिटर्न/ब्याजको कटौती गरिनेछ।
योजनाको प्रगति - कुल नामाङ्कन (लाखमा):

यो योजना अन्तर्गत कुल नामाङ्कनमा महिलाहरूको हिस्सेदारी लगभग 49% छ।
उपलब्धि: 30.04.2026 सम्म, 9.04 करोड़भन्दा अधिक मानिसहरूले यो योजनामा नामाङ्कन गरिसकेका छन्।
*****
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2259427)
आगन्तुक काउन्टर : 8
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam