प्रधानमन्त्रीको कार्यालय
                
                
                
                
                
                    
                    
                        प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग गरे कुराकानी
                    
                    
                        
नेपालमा हालै भएका विरोध प्रदर्शनका क्रममा भएको दुःखद मृत्युप्रति प्रधानमन्त्रीले समवेदना व्यक्त गरे
नेपालको शान्ति, स्थिरता र नेपाली जनताको प्रगतिको लागि भारतको पूर्ण समर्थन रहेको प्रधानमन्त्रीले बताए
                    
                
                
                    Posted On:
                18 SEP 2025 1:05PM by PIB Gangtok
                
                
                
                
                
                
                प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सम्माननीय श्रीमती सुशीला कार्कीसँग टेलिफोन वार्ता गरेका छन्।
प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई दिनुका साथै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना व्यक्त गरे।
नेपालमा हालै भएका विरोध प्रदर्शनका क्रममा भएको दुःखद मृत्युप्रति प्रधानमन्त्रीले हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले दुई देशबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन र शान्ति र स्थिरता पुनर्स्थापित गर्ने तथा नेपालका जनताको प्रगतिको लागि नेपालको प्रयासमा भारतको पूर्ण सहयोगको लागि भारतको तत्परता व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले नेपाललाई भारतको दृढ समर्थनको लागि प्रधानमन्त्रीलाई धन्यवाद दिइन् र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्रीको इच्छालाई पनि प्रत्युत्तर दिइन्।
प्रधानमन्त्रीले नेपालको आगामी राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरे।
दुवै नेताहरूले सम्पर्कमा रहन सहमति जनाए।
 
*******
                
                
                
                
                
                (Release ID: 2168008)
                Visitor Counter : 9
                
                
                
                    
                
                
                    
                
                Read this release in: 
                
                        
                        
                            Odia 
                    
                        ,
                    
                        
                        
                            English 
                    
                        ,
                    
                        
                        
                            Urdu 
                    
                        ,
                    
                        
                        
                            Marathi 
                    
                        ,
                    
                        
                        
                            हिन्दी 
                    
                        ,
                    
                        
                        
                            Bengali 
                    
                        ,
                    
                        
                        
                            Bengali-TR 
                    
                        ,
                    
                        
                        
                            Manipuri 
                    
                        ,
                    
                        
                        
                            Assamese 
                    
                        ,
                    
                        
                        
                            Punjabi 
                    
                        ,
                    
                        
                        
                            Gujarati 
                    
                        ,
                    
                        
                        
                            Tamil 
                    
                        ,
                    
                        
                        
                            Telugu 
                    
                        ,
                    
                        
                        
                            Kannada 
                    
                        ,
                    
                        
                        
                            Malayalam