प्रधानमन्त्रीको कार्यालय
२५ औँ एससीओ शिखर सम्मेलन, तियानजिनमा प्रधानमन्त्रीको वक्तव्य
Posted On:
01 SEP 2025 10:14AM by PIB Gangtok
SCO को पच्चीसऔँ शिखर सम्मेलनमा भाग लिनु पाउँदा मलाई खुशी लागिरहेको छ। हाम्रो शानदार स्वागत र आतिथ्य सत्कारका लागि म राष्ट्रपति शी-प्रति हार्दिक आभार व्यक्त गर्दछ।
आज उज़्बेकिस्तानको Independence day हो। हिजो किर्गिज़स्तानको राष्ट्रीय दिवस थियो। यस अवसरमा म दुवै लीडर्सलाई बधाई तथा शुभकामना दिन चाहन्छु।
Excellencies,
पछिल्ला चौबीस वर्षमा SCO को पूरा यूरेशिया क्षेत्रको extended family लाई जोड़्नमा धेरै महत्वपूर्ण योगदान रहेको छ। भारतले एक सक्रिय सदस्यका रूपमा सदैव constructive तथा सकारात्मक भूमिका निर्वाह गरेको छ।
SCO लाई लिएर भारतको सोच र नीति तीन मुख्य स्तम्भमा आधारित छ:
S - सिक्यूरिटी,
C - कनेक्टिभिटी,
O – अपर्चुनिटी।
पहिले स्तम्भ, "S, अर्थात्, Security” को सन्दर्भमा, म के भन्न चाहन्छु भने सुरक्षा, शान्ति र स्थिरता कुनै पनि देशको विकासका आधार हुन्। तर यस मार्गमा आतङ्कवाद, अलगाववाद र अतिवाद, ठूला चुनौतीहरू हुन्।
आतङ्कवाद केवल कुनै देशको सुरक्षा मात्र होइन, तर पूरा मानवताका लागि एक साझा चुनौती हो। कुनै देश, कुनै समाज, कुनै नागरिक आफै आफमा यसबाट सुरक्षित रहन सक्दैन। यसैले आतङ्कवाद विरुद्ध लड़ाईँमा भारतले एकजुटतामा बल दिएको छ।
यसमा SCO-RATS को धेरै महत्वपूर्ण भूमिका रहेको छ। यस वर्ष भारतले Joint Information Operation लाई lead गर्दै "अल-कायदा” र यससित जोड़िएका आतङ्की सङ्गठनहरूसित लड़्ने initiative लिएको छ। हामीले radicalisation को विरुद्ध समन्वय बढ़ाउने र मिलेर कदम उठाउने पनि प्रस्ताव राख्यौँ।
Terror financing को विरुद्ध आवाज उठाएका छौँ। यसमा प्राप्त समर्थनका लागि म आभार व्यक्त गर्न चाहन्छु।
Excellencies,
भारतले पछिल्ला चार दशकदेखि निर्मम आतङ्कवादको दंश झेलिरहेको छ। जति पनि माताहरूले आफ्ना बच्चा गुमाए अनि धेरै बच्चाहरू अनाथ भए।
हालैमा हमने पहलगाममा terrorism को धेरै घिनलाग्दो रूप देख्यौँ। यस दु:खको घड़ीमा, जति पनि मित्र देश हामीसित खड़ा रहे, म उनीहरूप्रति आभार व्यक्त गर्दछु। यो हमला केवल भारतको अन्तरात्मामा मात्रै आघात थिएन, यो मानवतामा विश्वास राख्ने हरेक देश, हरेक व्यक्तिलाई खुल्ला चुनौती थियो।
यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक हो: के केही देशहरूद्वारा आतङ्कवादको खुल्ला समर्थन हामीलाई स्वीकार्य हुन सक्छ?
Excellencies,
हामीले स्पष्ट रूपमा अनि एक स्वरमा भन्नैपर्छ कि आतङ्कवादमाथि कुनै पनि double standards स्वीकार्य हुने छैन। हामीले मिलेर आतङ्कवादको हरेक रङमा, हरेक रूपमा विरोध गर्नुपर्छ। यो मानवताप्रति हाम्रो दायित्व हो।
Excellencies,
अब म दोस्रो स्तम्भ, C, अर्थात् Connectivity माथि आफ्नो विचार राख्न चाहन्छु। भारतको पहिलादेखि नै के मत रहँदै आएको छ भने मजबुत कनेक्टिभिटीले केवल व्यापार मात्र होइन, तर विश्वास र विकासको द्वार पनि खुल्दछ।
यसै सोचका साथ हामी चाबाहार पोर्ट र International North - South Transport Corridor जस्ता initiatives माथि काम गरिरहेका छौँ। यसमा हामी अफगानिस्तान र मध्य एशियाका साथ सम्पर्क बढ़ाउन सक्छौँ।
हाम्रो के विश्वास छ भने कनेक्टिभिटीको हरेक प्रयासमा सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्छ।
यही कुरा SCO चार्टरका मूल सिद्धान्तहरूमा पनि विधित छ।
Connectivity, that by-passes sovereignty, loses trust and meaning.
Excellencies,
तेस्रो स्तम्भ हो : O, अर्थात् Opportunity. Opportunity for Cooperation and Reform.
2023 मा, भारतको अध्यक्षताको दौरान, नयाँ ऊर्जा र विचारहरूको सञ्चार भएको थियो। स्टार्ट-अप्स र इनोभेशन, ट्रेडिशनल मेडिसन, युथ empowerment, डिजिटल इन्क्लूशन र shared बुद्धिष्ट heritage जस्ता नयाँ विषयहरूलाई आफ्नो सहयोगमा जोड़िएको थियो।
हाम्रो प्रयास के थियो भने SCO लाई सरकारहरू भन्दा पनि पर लिएर जानुपर्छ। सामान्य मानवी, young scientists, स्कलर्स र start-ups लाई पनि आपसमा जोड़्नुपर्छ।
हाम्रो people-to-people ties लाई दृढ़ता दिनका लागि म आज एक अर्को सुझाउ राख्न चाहन्छु - SCO अन्तर्गत एक Civilizational डायलग फोरम बनाउन सकिन्छ। यबाट हामीले आफ्ना प्राचीन सभ्यता, कला, साहित्य र परम्पराहरूलाई वैश्विक मञ्चमा साझा गर्न सक्छौँ।
Excellencies,
आज भारत Reform, Perform र Transform को मूलमन्त्रा अघि बढ़िरहेको छ। कोविड होस् वा वैश्विक आर्थिक अस्थिरता, हामीले हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरेका छौँ।
हामीले लगातार wide-ranging reforms माथि काम गरिरहेका छौँ। यसबाट देशमा विकासका साथ-साथै अन्तर्राष्ट्रीय सहयोगका लागि पनि नयाँ अवसर खुलिरहेको छ। म तपाईँहरू सबैलाई भारतको विकास यात्रासित जोड्नका लागि आमन्त्रित गर्न चाहन्छु।
Excellencies,
यो खुशीको कुरा हो कि SCO पनि समय अनुरूप ईभोल्भ भइरहेको छ। Organized Crime, ड्रग Trafficking र साइबर सिक्युरिटी जस्ता समकालीन चुनौतीहरूबाट निपटनका लागि चार नयाँ केन्द्र बनाइँदैछ। हामी यस reform oriented mindset लाई स्वागत गर्दछौँ।
वैश्विक संस्थानहरूमा reforms को लागि SCO सदस्यले आपसी सहयोग बढ़ाउन सक्छन्। संयुक्त राष्ट्रको अस्सीऔँ वर्षगाँठको अवसरमा हामी एकमत भएर UN reform को आह्वान गर्न सक्छौँ।
ग्लोबल साउथका आकांक्षाहरूलाई outdated frameworks मा कैद राख्नु भावी पिँढ़ीहरूप्रति घोर अन्याय हो। नयाँ पिँढ़ीका बहुरङ्गी सपनहरूलाई हामी पुरानो जमानाको black-and-white स्क्रीनमा हेर्न सक्दैनौँ। स्क्रीन बदलिनुपर्छ।
SCO, multilateralism र inclusive वर्ल्ड अर्डरको मार्गदर्शक बन्न सक्छ। मलाई खुशी लागेको छ कि यस महत्वपूर्ण विषयमा आज एक Statement जारी गरिँदैछ।
Excellencies,
हामी सबै पार्टनर्सका साथ समन्वय र सहयोगका साथ अघि बढ़िरहेका छौँ। म SCO को अघिल्लो अध्यक्ष, किर्गिज़स्तानका राष्ट्रपति तथा मेरा मित्र, प्रेसिडेन्ट जपारोवलाई शुभकामना दिँदछु।
धेरै-धेरै धन्यवाद।
अस्वीकरण: यो प्रधानमन्त्रीको वक्तव्यको अनुमानित अनुवाद हो। मूल वक्तव्य हिन्दीमा दिइएको थियो।
***********
एमजेपीएस/एसआर
(Release ID: 2162629)
Visitor Counter : 2
Read this release in:
Hindi
,
Marathi
,
Manipuri
,
Tamil
,
Kannada
,
Malayalam
,
Assamese
,
Bengali
,
Odia
,
English
,
Khasi
,
Urdu
,
Punjabi
,
Gujarati
,
Telugu