सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

वेभ्स फिल्म बजारले गोवामा 19 औँ संस्करणमा सह-निर्माण बजारको लागि 20,000 डलर नगद अनुदानको घोषणा गर्यो


Posted On: 30 AUG 2025 1:46PM by PIB Gangtok

मुम्बई, 30 अगस्त, 2025 - दक्षिण एशियाको सबैभन्दा ठूलो फिल्म बजार तथा भारतको अन्तर्राष्ट्रिय फिल्म आउटरिचको एक अभिन्न अङ्ग, वेभ्स फिल्म बजारले 19 औँ संस्करणमा आफ्नो सह-निर्माण बजारको लागि आधिकारिक रूपमा आवेदन आमन्त्रित गरेको छ। यो कार्यक्रम 20-24 नोभेम्बर, 2025 सम्म गोवाको मेरियट रिसोर्टमा आयोजन हुनेछ।

इन्टरनेशनल फिल्म फेस्टिवल अफ् इण्डिया (आईएफएफआई) का साथ-साथै आयोजित हुने फिल्म बजारको नाम परिवर्तन गरी वेभ्स फिल्म बजार गरिएको छ। यो भारतलाई विषयवस्तु, रचनात्मकता तथा सह-निर्माणको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने एक व्यापक रणनीतिक दृष्टिको हिस्सा हो। वेभ्स फिल्म बजारले भारतीय र दक्षिण एशियाली फिल्म निर्माण प्रतिभालाई अन्तर्राष्ट्रिय पेशेवरहरूसँग जोड्ने एक प्रमुख प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको छ। गत वर्ष, यसले 40 भन्दा अधिक देशका 1,800 भन्दा ज्यादा सहभागीहरूलाई आकर्षित गर्यो, जसले फिल्म उद्योगमा यसको महत्त्व र बढ़्दो प्रभावलाई प्रकाश पार्यो।

वेभ्स फिल्म बजारको एक प्रमुख विशेषता, सह-निर्माण बजारले फिचर र वृत्तचित्र परियोजनाहरूको लागि प्रविष्टिहरू आमन्त्रित गर्दछ। 2007 मा आफ्नो स्थापना भएदेखि, यो मञ्चले फिल्म निर्माताहरूलाई कलात्मक र वित्तीय सहायता प्राप्त गर्नका लागि चयनित अवसरहरू प्रदान गरेको छ। यो बजारले विश्वभरिका फिल्म पेशेवरलाई एकजुट गर्ने, अन्तर्राष्ट्रिय साझेदारी र सहयोगी सह-निर्माणलाई बढावा दिने प्रयास गर्दछ।

द लन्चबक्स, दम लगके हैशा, न्यूटन, शिरकोआ: इन लाइज वी ट्रस्ट, गर्ल्स विल बी गर्ल्स र इन द बेली अफ् अ टाइगर जस्ता धेरै प्रशंसित फिल्महरूले आफ्नो सफलताको केही अंश वेभ्स फिल्म बजारलाई दिएका छन्, जसले वैश्विक सिनेमा परिदृश्यमा यसको प्रभावलाई प्रतिबिम्बित गर्दछ।

2025 को सह-निर्माण बजारको लागि नगद अनुदान:

2025 संस्करणको लागि, वेभ्स फिल्म बजारले सह-निर्माण बजारबाट तीन विजेता परियोजनाहरूलाई कुल 20,000 डलर नगद अनुदान प्रदान गर्नेछ, जुन निम्नानुसार वितरण गरिएको छ:

पहिलो पुरस्कार: सह-निर्माण बजार फिचर - 10,000 डलर

दोस्रो पुरस्कार: सह-निर्माण बजार फिचर - 5,000 डलर

विशेष नगद अनुदान: सह-निर्माण बजार वृत्तचित्र - 5,000 डलर

2024 मा शुरु गरिएको यो नगद अनुदान पहलले महत्त्वपूर्ण विकास निधि प्रदान गरेर रचनात्मक दृष्टि र निर्माण बीचको खाडललाई कम गर्ने लक्ष्य राखेको छ। अघिल्लो संस्करणमा, पायल सेठीद्वारा निर्देशित कुरिन्जी (द डिसएपियरिङ फ्लावर) ले पहिलो पुरस्कार जितेको थियो। दोस्रो पुरस्कार सञ्जु सुरेन्द्रनद्वारा निर्देशित र प्रमोद शङ्करद्वारा निर्मित कोठियान - फिशर्स अफ् मेनलाई प्रदान गरिएको थियो, जबकि प्राञ्जल दुआद्वारा निर्देशित र बिच-क्वान ट्रानद्वारा निर्मित अल टेन हेड्स अफ् रावणले तेस्रो पुरस्कार प्राप्त गरेको थियो।

जमा गराउने अन्तिम मिति:

फिचर फिल्म परियोजनाहरूको लागि जमा गर्ने अन्तिम मिति 7 सेप्टेम्बर, 2025 हो, जबकि वृत्तचित्र परियोजनाका लागि जमा गर्ने अन्तिम मिति 13 सेप्टेम्बर, 2025 हो। छनोट गरिएका फिल्म निर्माताहरूलाई सहयोग र सह-निर्माण सम्झौताहरूलाई बढ़ावा दिनका लागि निर्माता, वितरक, बिक्री एजेन्ट र वित्तपोषकहरूसँग जोड़िने बहुमूल्य अवसरहरू प्राप्त गर्नेछन्।

वेभ्स फिल्म बजारका अतिरिक्त गतिविधिहरू:

सह-निर्माण बजारको अतिरिक्त, वेभ्स फिल्म बजारले बजार स्क्रिनिङ, दृश्य कक्ष - लगभग 200 नयाँ र नदेखिने भारतीय र दक्षिण एशियाली फिल्महरू प्रदर्शन गर्ने एक भिडियो पुस्तकालय - का साथ-साथै कार्य-प्रगति प्रयोगशाला, ज्ञान शृङ्खला, निर्माताको कार्यशाला, कन्ट्री पेभेलियन र मार्केट स्टलहरू जस्ता धेरै उद्योग-केन्द्रित कार्यक्रमहरू प्रदान गर्दछ। यी गतिविधिहरूले प्रतिभाहरूको पोषण गर्ने, उद्योग संवादलाई बढावा दिने र वैश्विक मञ्चमा दक्षिण एशियाली सिनेमालाई माथि उठाउने वेभ्स फिल्म बजारको प्रतिबद्धतालाई सुदृढ बनाउँछ।

अधिक जानकारी र सबमिशनहरूको लागि, films.wavesbazaar.com मा जानुहोस्

********

सैय्यद रबीहाश्मी / यश राणे / परशुराम कोर


(Release ID: 2162252) Visitor Counter : 16