गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले आज “हर घर तिरङ्गा” अभियान अन्तर्गत नयाँ दिल्लीस्थित आफ्नो आवासमा तिरङ्गा फहराए


प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्वमा शुरु भएको “हर घर तिरङ्गा” अभियान आज देशलाई एकताको सूत्रमा बाँध्नका साथै राष्ट्रप्रेमको भावनालाई अझ प्रबल बनाउने जनअभियान बनेको छ


यस अभियानले असङ्ख्य स्वतन्त्रता सेनानीले आफ्नो त्याग, तप अनि समर्पणद्वारा जुन स्वतन्त्र भारतको सपना साकार गरेका थिए, त्यसलाई विकसित अनि सर्वश्रेष्ठ बनाउनका लागि 140 करोड देशवासी सङ्कल्पित रहेको दर्शाउँछ

Posted On: 13 AUG 2025 11:08AM by PIB Gangtok

केन्द्रिय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले आज “हर घर तिरङ्गा” अभियान अन्तर्गत नयाँ दिल्लीस्थित आफ्नो आवासमा तिरङ्गा फहराए।

एक्स प्लेटफर्ममा एउटा पोस्टमा केन्द्रिय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले भनेका छन्, “आज #HarGharTiranga अभियान अन्तर्गत आफ्नो आवासमा तिरङ्गा फहराए। मोदीजीको नेतृत्त्वमा शुरु भएको हर घर तिरङ्गा अभियान आज देशलाई एकताको सूत्रमा बाँध्ने र राष्ट्रप्रेमको भावनालाई अझ प्रबल बनाउने जनअभियान बनेको छ। यस अभियानले असङ्ख्य स्वतन्त्रता सेनानीले आफ्नो त्याग, तप अनि समर्पणद्वारा जुन स्वतन्त्र भारतको सपना साकार गरेका थिए, त्यसलाई विकसित अनि सर्वश्रेष्ठ बनाउनका लागि 140 करोड देशवासी सङ्कल्पित छन्।”

******


(Release ID: 2156011)