गृह मामिला मन्त्रालय
केन्द्रीय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले पहलगाम आतङ्की हमलामा भारतको दृढ़, सफल अनि निर्णायक जवाब ‘अपरेशन सिन्दूर’ माथि लोक सभामा आज भएको विशेष चर्चामा भाग लिए
Posted On:
29 JUL 2025 5:23PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ‘अपरेशन सिन्दूर’ - को माध्यमबाट आतङ्ककारीका शिविरहरू र उनीहरूका आकाहरूलाई समाप्त गरिदिए ‘अपरेशन महादेव’ मार्फत पहलगाम हमलामा संलग्न आङ्ककारीहरूलाई समाप्त गरिदिए
सेना, सीआरपीएफ अनि जम्मू कश्मिर पुलिसको संयुक्त ‘अपरेशन महादेव’ मा पहलगाम हमलाका तीनै आतङ्ककारी सुलेमान उर्फ फैजल जट, हमजा अफगानी र जिब्रानलाई मारियो
आतंकङ्ककारीलाई मारिएको सूचना पाएर विपक्षीमा समेत खुशीको लहर छाउनु पर्ने हो, तर त्यसको सट्टा उनीहरूको अनुहारमा उदासीको छायाँ देखियो
विपक्षी सरकारमा रहेका गृहमन्त्रीले ‘आतकङकारीहरू पाकिस्तानबाट आएका हुन्’ भन्ने प्रमाण माग्दै थिए, जसले पाकिस्तानलाई क्लिन चिट दिएको थियो
विपक्षीद्वारा पाकिस्तानलाई बचाउने षड़यन्त्र 140 करोड़ भारतवासीले बुझी सकेका छन्, विपक्षी अब बाँच्ने छैन
मोदी सरकारमा हाम्रा सेनाले विपक्षी सरकारको समयमा भएको आतङ्ककारी हमलाहरूका दोषीहरूलाई पनि पाकिस्तानमा पसेर मारे
मोदी सरकारमा आतङ्कवादी हमलाको जवाबमा डोजियर पठाइँदैन, तर आतङ्ककारीहरू अनि तिनीहरूका सुरक्षित ठाउँहरूलाई समाप्त गरिन्छ।
अपरेशन सिन्दूरले सम्पूर्ण विश्वमा पाकिस्तानलाई एक्सपोज गरिदियो अनि हाम्रा सेनाले पाकिस्तानको युद्ध क्षमतालाई तहस-नहस गरिदियो
आज यदि कश्मिरको एउटा भागमाथि पाकिस्तानको अवैध कब्जा रहेको छ भने त्यसको एक्लो जिम्मेवार पण्डित जवाहरलाल नेहरू हुन्
पीओकेको अस्तित्वको कारण जवाहरलाल नेहरूको गल्ती हो
1971 को लड़ाईमा सेनाले त पाकिस्तानलाई पराजित गऱ्यो, तर विपक्षको तत्कालिन सरकारले 15,000 किलोमिटरको जितेको भूमि पनि फर्काइदियो अनि पीओके पनि लिनसकेन
सम्पूर्ण आतङ्कवादीको जड़ पाकिस्तान हो, जो विपक्षको एउटा भूल हो, यदि देशको विभाजन नभएको भए आज पाकिस्तान नै हुने थिएन
आज चीन यूएनएससीको सदस्य अनि भारत यूएनएससीबाट बाहिर छ, यसको जिम्मेवार केवल नेहरू हुन्
जब भारतको सेना डोकलममा चीनसित लड़ी रहेको थियो, तब विपक्षका नेता चीनी अधिकारीहरूसित भेट गरिरहेका थिए
2004 मा विपक्षी सरकारले पीओटीए (पोटा) कानून रद्द गरेर आतंकवाद विरूद्ध भारतको लड़ाई कमजोर गरिदियो
मोदी सरकारमा कश्मिर केन्द्रित आतङ्की घटनाहरूलाई छोड़ेर देशका रहल हिस्साहरूमा कुनै ठूलो आतङ्ककारी घटना भएको छैन
हिजसम्म विपक्षले भन्दै थियो बैसरनको आतङ्ककारी पाकिस्तान भागे, तर हामीले आतङ्ककारीहरूलाई समाप्त गरिदियौं
दाउद इब्राहिम, सैयद सलाहुद्दीन, टाइगर मेमन, अनीस इब्राहिम, रियाज भटकल, इकबाल भटकल, मिर्जा सादा बेग...यी सबै आतङ्ककारी विपक्षी सरकारको कार्यकालको अवधि देशबाट भागे
2004-2014 को 10 वर्षहरूमा 7,217 आतङ्ककारी घटनाहरू भए जबकि मोदी सरकारमा यो 70 प्रतिशतसम्म कम भएको छ
धारा 370 समाप्त भएपछि कश्मिरमा आतंकवादी इकोसिस्टमलाई नष्ट गरिदिएको छ
पहिला आतङ्कारीहरूको शवयात्रामा भीड़ जमा हुन्थ्यो, आज आतङ्ककारी जहाँ मारिन्छन्, त्यही दफनाइन्छ
विपक्षी सरकारको कार्यकालमा एक वर्षमा 2,654 ढुङ्दा हान्ने घटनाहरू भए, मोदी सरकारमा ढुङ्गा हान्ने घटनाहरू शुन्य भयो
विपक्षी सरकारको कार्यकालको अवधि एक वर्षमा 132 दिन पाक प्रायोजित हड़तालको कारण घाटी बन्द रहन्थ्यो, मोदी सरकारमा पछिल्लो तीन वर्षदेखि अहिलेसम्म घाटीमा एउटै पनि हड़ताल भएको छैन
मोदी सरकारले 2019 पछि कश्मिरमा आतङ्ककारीहरूलाई पोषित गर्ने दर्जनौं संगठनहरूमाथि प्रतिबन्ध लगायो
जसले पनि हाम्रो सीमामा घुसपैठ गर्नेछ, मारिन्छ, हामी आतङ्कवादलाई समाप्त गर्नेछौं
पीओटीए (पोटा) रद्द गर्ने अनि आतङ्कवादीहरूलाई बचाएर भोट बैंकको राजनीति गर्नेहरूलाई मोदीज्यूको आतङ्क विरोधी नीति मन पर्दैन
पहलगामपछि बिहारमा दिइएको मोदीज्यू भाषणमा आतङ्कवाद विरूद्ध लड़ाईमा 140 करोड़ मानिसहरूको प्रतिशोध छ, जो विपक्षले देख्दैनन्...जसको जस्तो चश्मा हुन्छ, उसको दृष्टि त्यस्तै हुन्छ
विपक्षी सरकारको विपरीत, मोदी सरकारले आतङ्कवादीहरूलाई आश्रय दिनेहरूलाई पीड़ितको प्रमाण पत्र दिँदैन
केन्द्रीय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले पहलगाम आङ्ककारी हमलाको जवाबमा भारतको दृढ़, सफल अनि निर्णाय ‘अपरेशन सिन्दूर’- माथि आज लोक सभामा भएको विशेष चर्चामा भाग लिए।
चर्चामा भाग लिंदै केन्द्रीय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले पहलगाममा निर्दोष नागरिकहरूको धर्म सोधेर गरिएको हत्याको घोर निन्दा गर्दै मारिएका मानिसहरूका परिजनहरूप्रति संवेदना व्यक्त गरे। उनले अपरेश सिन्दूरको जवाबमा पाकिस्तानद्वारा भारतको नागरिक ठिकानाहरूमाथि गरिएको गोलीबारीमा मारिएका अनि घाइते भएका भारतीय नागरिकहरूप्रति पनि गहिरो संवेदना प्रकट गरे।
केन्द्रीय गृह मन्त्रीले लोक सभालाई हिज कश्मिरको दाचीगाममा सेना, सीआरपीएफ अनि जम्मू कश्मिर पुलिसको संयुक्त अभियान ‘अपरेशन महादेव’ मा तीन आतङ्कवादीहरू- सुनेमान, अफगान र जिब्रान मारिएको जानकारी दिए। उनले भने कि सुलेमान लश्करका ‘ए’ श्रेणीका कमाण्डर थिए जो पहलगाम अनि गगनगीरमा भएको आतङकवादी हमलाहरूमा लिप्त थिए। अफगान अनि जिब्रान पनि लश्करका ‘ए’ श्रेणीका आतङ्कवादी थिए जसले बैसरन घाटीमा हाम्रा निर्दोष नागरिकहरूलाई मारेका थिए अनि हिज यी तीनैजना आतङ्वादी मारिएका छन्। गृह मन्त्रीले सेनाको 4 पैरा, सीआरपीएफ अनि जम्मू कश्मिर पुलिसका जवानहरूलाई सदन अनि सम्पूर्ण देशको तर्फबाट यस सफलताको लागि बधाई दिए।
केद्रीय गृह मन्त्रीले भने कि अपरेशन महादेवको शुरूवात 22 मई, 2025 मा भएको थियो। उनले अझ भने कि पहलगाम हमला 22 अप्रैल, 2025 को दिन दिउँसो 1 बजी भएको थियो अनि तिनीहरू साँझ साढ़े 5 बजी श्रीनगर पुगीसकेका थिए। उनले भने कि 23 अप्रैलमा सुरक्षा बैठक भयो, जसमा सबै सुरक्षा बल, सेना, सीआरपीएफ अनि जम्मू कश्मिर पुलिस सामेल थिए अनि यस बैठकमा निर्णय लिइयो कि पहलगाम आतङ्ककारी हमलामा सामेल आतङ्कवादी देश छोड़ेर पाकिस्तान भाग्न नसकोस् अनि हामीले त्यसको पुख्ता व्यवस्था गऱ्यौं अनि तिनीहरूलाई देशबाट भाग्न दिएनौ। उनले भने कि 22 मई, 2025 मा गुप्तचर ब्यूरो (आईबी) समक्ष आएको एउटा मानव गुप्तचरको माध्यमबाट दाचीगाम क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचना प्राप्त भयो। उनले बताए कि आईबी अनि सेनाद्वारा दाचीगाममा अल्ट्रा सिग्नल कैप्चर गर्नको लागि हाम्रा एजेन्सीहरूद्वारा बनाइएका उपकरणहरूबाट प्राप्त भएको यो सूचनालाई पुष्टि गर्नको लागि 22 मईदेखि 22 जुलाईसम्म लगातार प्रयास गरियो। चिसो अनि ऊँचाईहरूमा आईबी, सेना अनि सीआरपीएफका हाम्रा अधिकारी अनि जवान तिनीहरूको सिग्नल प्राप्त गर्नको लागि पैदल घुमीरहे। उनले भने कि 22 जुलाईको दिन सेंसर्सको माध्यमबाट हामीलाई सफलता प्राप्त भयो अनि आतङ्कवादीहरूको उपस्थितिको पुष्टि भयो। उनले भने कि तब 4 पैराको नेतृत्वमा सीआरपीएफ अनि जम्मू कश्मिर पुलिसका जवानहरूले एक साथ आतङ्ककारीहरूलाई घेरे अनि हिज भएको अपरेशनमा हाम्रा निर्दोष नागरिकहरूलाई मार्ने तीनैजना आतङ्कवादीहरूलाई मारिदिए।
श्री अमित शाहले सदनलाई बताए कि राष्ट्रीय जाँच एजेन्सी (एनआईए) ले पहिलेदेखि नै यी तीन आतङ्कवादीहरूलाई शरण दिने मानिसहरूलाई पक्राउ गरेको थियो। उनले बताए कि जब यी तीनैजा आतङ्कवादीहरूका शब श्रीनगर ल्याइयो तब चारजना मानिसहरूले यिनीहरूको पहिचान गरेर बताए कि यीनै तीनजना आतङ्कवादीहरूले पहलगाममा आतङककारी हमला गरेका थिए। उनले भने कि यसपछि पहलगाम आतङ्की हमलाको घटनास्थलमा भेटाइएको कारतूसहरूको एफएसएल रिपोर्टको आधारमा दाचीगाममा यी तीन आतङ्कवादीहरूबाट प्राप्त तीन राइफलहरूसंग मिलान गरिएको थियो। उनले बताए कि यी तीनैवटा राइफलहरूलाई एउटा विशेष विमानद्वारा हिज राति चण्डीगढ़ पुऱ्याइयो अनि फायरिंग गरेर यसको खाली गोलीका खोका फेला परे। उनले भने कि यसपछि पहलगाम हमलामा फेला परेका प्रमाणहरूको मिलान राइफलको नली र गोली प्रहारपछि निस्किएका खाली खोल (खोका) संग गरिएको थियो अनि त्यसपछि तय भयो कि यिनै तीन राइफलहरूद्वारा पहलगाममा हाम्रा निर्दोष नागरिकहरूको हत्या गरिएको थियो।
केन्द्रीय गृह एवं सहकारिता मन्त्रीले भने कि प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले अपरेशन सिन्दूरको माध्यमबाट पहलगाम हमलामा सामेल आतङ्कवादीहरूका आकाहरूलाई माटोमा मिलाउने काम गरे अनि हिज हाम्रा सेना अनि सीआरपीएफले ती तीनजना आतङ्कवादीलाई पनि समाप्त गरिदिए। उनले भने कि अपरेशन महादेव, हाम्रो देशका सेना, सीआरपीएफ अनि जम्मू कश्मिर पुलिसको एउटा एकदमै ठूलो साझा सफलता हो जसमाथि देशको 140 करोड़ जनतालाई गर्व छ। उनले बताए कि आतङ्ककारी हमलापछि उनी स्वयं पहलगाम गएर त्यहाँ मृतकहरूका परिजनहरूसित भेट गरेका थिए। उनले भने कि प्रधानमन्त्री मोदीज्यूले अपरेशन सिन्दूरद्वारा आतङ्ककारीहरूलाई पठाउनेहरूलाई मारियो अनि हाम्रा सुरक्षाबलहरूले ती आतङ्ककारीहरूलाई पनि मारिदिए। उनले भने कि अपरेशन सिन्दूरको माध्यमबाट आतङ्ककारी अनि तिनीहरूका आकाहरूलाई यस्तो पाठ पढ़ाइयो कि अब आउँदो लामो समयसम्म कसैले पनि यस्तो हिम्मत गर्नेछैन।
श्री अमित शाहले भने कि जुन दिन लश्कर अनि यसको पोशाक टीआरएफले पहलगाम हमलाको जिम्मा लिएको थियो, त्यसै दिन हामीले यो तय गरेका थियौं कि यस हमलाको जाँच एनआईएले गर्नेछ। उनले भने कि एनआईएलाई आतङ्कवादको मामिलाहरूको वैज्ञानिक तरिकाले जाँच गर्ने अनि सजा दिलाउनमा एउटा वैश्विक मान्यता प्राप्त एजेंसीको रूपमा मानिन्छ अनि एनआईएको सजाय गराउने दर 96 प्रतिशतभन्दा अधिक छ। उनले भने कि पहलगाम हमलाको जाँच तुरन्तै एनआईएलाई सुम्पियो अनि आतङ्कवादीहरू देश छोड़ेर पाकिस्तान भाग्न नसकोस् भनेर सेना, बीएसएफ, सीआरपीएफ र जम्मू कश्मिर पुलिसले पूरा व्यवस्था गरिदियो। उनले सदनलाई बताए कि जाँचको शुरूमा मृतकहरूका परिजनसित चर्चा गरियो, पर्यटकहरू, घोड़ावालाहरू, फोटोग्राफर, कर्मचारीहरू अनि दोकानहरूमा काम गर्नेहरू कुल 1055 मानिसहरूसित 3000 घण्टाभन्दा अधिक लामो सोधपुछ गरियो अनि यी सबैको भिडियो रिकार्डिङ गरियो। श्री शाहले बताए कि सोधपुछबाट प्राप्त जानकारीको आधारमा आङ्ककारीहरूको स्केच बनाइयो अनि 22 जून, 2025 मा बशीर अनि परवेजलाई चिन्हित गरियो जसले पहलगाम हमलाको अघिल्लो दिन आङ्ककारीहरूलाई शरण दिएका थिए। उनले भने कि बशीर र परवेजलाई पक्राउ गरियो अनि तिनीहरूले खुलासा गरे कि 21 अप्रैल, 2025 को राति 8 बजी तीन आङ्ककारी तिनी कहाँ आएका थिए अनि तिनीहरूसित एके 47 एम 9 कार्बाइन थियो। श्री शाहले सदनलाई जानकी दिंदै भने कि बशीर अनि परवेजकी आमाले पनि मारिएका तीनैजना आतङ्ककारीहरूलाई चिनिन् अनि अब एफएसएलबाट पनि यस कुराको पुष्टि भएको छ। उनले भने कि यी तीनजना नै पहलगाम हमलामा सामिल आतङ्ककारी थिए अनि यस हमलामा तिनीहरूबाट प्राप्त 2 वटा एके 47 अनि एउटा एम 9 कार्बाइनको उपयोग भएको थियो।
केन्द्रीय गृह मन्त्रीले भने कि देशका पूर्व गृह मन्त्रीले के तिनीहरू पाकिस्तानबाट आएका थिए भनी हिज प्रश्न उठाएका थिए। उनले भने कि हामीसित सबै प्रमाणहरू छ कि यी तीनैजना पाकिस्तानी थिए किनकि तीनमध्ये दुई आतङ्ककारीहरूको पाकिस्तानी वोटर नम्बर पनि उपलब्ध छ, राइफलहरू पनि उपलब्ध छ, यिनीहरूबाट प्राप्त चकलेट पनि पाकिस्तान मै बनिएको हो। उनले भने कि सम्पूर्ण विश्वको सामु देशका पूर्व गृह मन्त्रीले पाकिस्तानलाई क्लिन चिट दिइरहेका छन् अनि यसो गरेर उनले हामीले पाकिस्तानमाथि किन हमला गऱ्यौं भनेर प्रश्न पनि गरिरहेका छन्। श्री शाहले भने कि सम्पूर्ण विश्व, जहाँ जहाँ हाम्रा सांसद गएका थिए, यो स्वाकारेका छन् कि पहलगाम आतङ्ककारी हमला पाकिस्तानले गरेको थियो। उनले भने कि देशका पूर्व गृह मन्त्रीले आज यस कुराको प्रमाण मागिरहेका छन् तर पाकिस्तानलाई बचाउने उनको षड़यन्त्रलाई आज देशका 140 करोड़ जनताले बुझीसकेका छन्। श्री अमित शाहले लोक सभालाई बताए कि 22 अप्रैल, 2025 मा पहलगाममा आतङ्ककारी हमला भएको थियो जसमा 26 जना मानिसहरू मारिएका थिए। यी मृतकहरूमा 25 भारतीय अनि एकजना नेपाली नागरिक सामेल थिए। उनले भने कि उनी स्वयं त्यसै समय श्रीनगर प्रस्थान गरेका थिए अनि राति नै सुरक्षाबलहरू र सबै एजेन्सीहरूको साथ बैठक गरेर हमलामा सामेल आतङ्ककारीहरू देश छोड़ेर भाग्न नपाउन् भनी निर्देश दिए। उनले भने कि प्रधानमन्त्री मोदीज्यूले 23 अनि 30 अप्रैलमा सुरक्षा सम्बन्धि मन्त्री परिषद समिति (सीसीएस) को बैठकको अध्यक्षता गरे। 23 अप्रैलको दिन बसेको बैठकमा सबैभन्दा पहिला प्रधानमन्त्री मोदीज्यूले सिन्धु जल सन्धिलाई स्थगित गर्ने काम गरेको उनले बताए। यसपछि अटारीको माध्यमबाट चलिरहेको एकीकृत जाँच चौकीलाई बन्द गरियो, पाकिस्तानी नागरिकहरूको सार्क विजालाई निलम्बित गरेर सबैलाई पाकिस्तान फर्काउने काम गरियो, पाकिस्तानी उच्चायोगमा कार्यरत रक्षा, सैन्य, नौसेनाका सल्लाहकारहरूलाई अवांछनीय व्यक्ति घोषित गरियो अनि उनीहरूको संख्या 55 बाट घटाएर 30 गरियो। उनले भने कि सीसीएस बैठकमा यो संकल्प गरियो कि जहाँ पनि यी आतङ्ककारी लुकेका छन् तिनीहरू र तिनीहरूलाई प्रशिक्षण दिनेहरूलाई सेना, जम्मू कश्मिर पुलिस, सीआरपीएफ अनि बीएसएफद्वारा उचित जवाब दिइनेछ।
श्री अमित शाहले भने कि हाम्रा सेनाले जुन जवाबी कार्यवाई गरेका छन् त्यो भन्दा ठूलो संयमित कार्यवाई हुनसक्दैन। उनले भने कि हाम्रा सेनाले आतङ्ककारीहरूका साथै तिनीहरूको 9 वटा अड्डाहरूलाई ध्वस्त पारिदिएको छ अनि भारतको कार्रवाईमा एउटै पनि नागरिक मारिएका छैनन्। उनले भने कि सर्जिकल स्ट्राइक अनि एयर स्ट्राइकमा पनि हामीले पीओकेमा नै हमला गरेका थियौं। पाक-अधिकृत कश्मिर (पीओके) हाम्रै हो, उनले भने। उनले अझ भने कि यसपल्ट अपरेशन सिन्दूर अन्तर्गत हामीले पाकिस्तानभित्र 100 किलोमिटरसम्म पसेर आतङ्ककारीहरूलाई समाप्त गऱ्यौं। उनले भने कि भारतीय सेनाहरूद्वारा पाकिस्तानभित्र आतङ्ककारीहरूको ठेगानामा गरिएको हमलाहरूमा धेरै वांछित अनि दुष्टचारी आङ्ककारीहरू मारिए। श्री शाहले भने कि विपक्षको सरकारको समय भारतको धरतीमा आतङ्ककारी हमला गरेपछि आतङ्कीहरू लुकेर बस्थे, अब ती सबैलाई हाम्रा सेनाले एक-एक गरी समाप्त गरिदिएका छन्। उनले भने कि अपरेशन सिन्दूर अन्तर्गत कम्तिमा पनि सवा सौभन्दा अधिक आतङ्ककारीहरूलाई समाप्त गरिएको छ।
केन्द्रीय गृह मन्त्रीले भने कि 7 मईको राति 1 बजेर 22 मिनटमा हाम्रा डीजीएमओले पाकिस्तानका डीजीएमओलाई बताइदिए कि हामीले केवल आतङ्कवादीहरूको ठेगाना अनि उनीहरूको मुख्यालयमा हमला गरेका छौं जो हाम्रो आत्मरक्षाको अधिकार हो। उनले भने कि आज देशमा नरेन्द्र मोदीज्यूको सरकार छ अनि अब यस्तो हुनसक्दैन कि उनीहरू आएर मारून अनि हामी चुपचाप बसेर चर्चा गरिरहौं। श्री शाहले भने कि उरी आङ्ककारी हमलापछि हामीले सर्जिकल स्ट्राइक गऱ्यौं, पुलवामा आतङ्ककारी हमलापछि एयर स्ट्राइक गऱ्यौं अनि अहिले पहलगाम आतङ्ककारी हमलापछि पाकिस्तानको सीमामा 100 किलोमिटरसम्म भित्र पसेर आतङ्ककारीहरूको नौवटा ठेगाना र 100 भन्दा अधिक आतङ्कवादीहरूलाई समाप्त गरिएको छ।
श्री अमित शाहले भने कि हामीले पाकिस्तानस्थित आतङ्वादीहरूको ठेगानाहरूमा हमला गऱ्यौं जसलाई पाकिस्तानले आफूमाथि हमला माने अनि सम्पूर्ण विश्वलाई भन्न थाल्यो कि पाकिस्तानको आतङ्कवादसित केही सम्बन्ध छैन। तर जब आतङ्कवादीहरूको शवयात्रामा पाकिस्तान सेनाका उच्च अधिकारी उपस्थित भए, तब सम्पूर्ण विश्व अघि पाकिस्तान आतङ्कवादको राज्य प्रायोजक हो भन्ने खुलासा भयो, उनले भने। श्री शाहले भने कि 8 मईको दिन पाकिस्तानले हाम्रा आवासीय क्षेत्रहरूमा अनि सैन्य प्रतिष्ठानहरूमाथि हमला गऱ्यो अनि यस हमलाको कारण एउटा गुरूद्वारालाई समेत नोक्सान पुग्यो, एउटा मन्दिर भत्कियो अनि हाम्रा केही नागरिक हताहत भए। उनले भने कि यसपछि अघिल्लो दिन भारतीय वायुसेनाले पाकिस्तानलाई कड़ा जवाब दिँदै तिनीहरूको 11 एयरबेसलाई क्षतिग्रस्त पारिदियो।
केन्द्रीय गृह एवं सहकारिता मन्त्रीले भने कि पाकिस्तानले हाम्रो आवासीय क्षेत्रहरूमा हमला गऱ्यो तर पनि हामीले पाकिस्तानको आवासीय क्षेत्रहरूमा कहिल्यै हमला गरेनौ। उनले भने कि भारतले केवल पाकिस्तानको एयरबेस अनि हवाई सुरक्षा प्रणालीलाई निशाना बनायो अनि तिनीहरूको आक्रमण गर्ने क्षमतालाई असक्त गरिदियो। उनले भने कि यसपछि पाकिस्तानसित शरणमा आउनुको सट्टा अरू कुनै उपाय बाँकी थिएन अनि यसैले 10 मईको दिन पाकिस्तानका डीजीएमओले भारतका डीजीएमओलाई फोन गरे अनि पाँच बजी हामीले यस संघर्षलाई विराम दियौं। श्री शाहले भने कि विपक्षले यस कुरामाथि प्रश्न उठाइरहेको छ कि यदि हामी यस्तो राम्रो स्थितिमा हुँदा हुँदै पनि हामीले युद्ध किन गरेनौ? उनले भने कि युद्दका धेरै परिणाम हुँदछन् अनि यसको निर्णय सोंचेर गर्नुपर्छ। उनले भने कि यदि हामीले देशको इतिहासलाई हेऱ्यौं भने 1948 मा कश्मिरमा हाम्रो सेना निर्णायक चरणमा थियो अनि त्यस समय सरदार पटेलले मनाही गर्दा पनि जवाहर लाल नेहरूज्यूले एकतर्फा युद्ध विराम गरेका थिए। उनले भने कि आज यदि पीओकेको अस्तित्व छ त त्यो जवाहरलाल नेहरूको युद्ध विरामको निर्णयको कारण हो। उनले भने कि यस्तै प्रकारले, 1960 मा सिन्धु जलमाथि भौगोलिक अनि रणनीतिक रूपले हामी एकदमै दृढ़ थियौं तर त्यसबेला पनि सरदार पटेलले विरोध गर्दागर्दै नेहरूजीले सिन्धु सम्झौता गरे अनि भारतको 80 प्रतिशत पानी पाकिस्तानलाई दिए।
श्री अमित शाहले भने कि 1965 को लड़ाईमा हाजी पीर जस्ता रणनीतिक स्थानमाथि हामीले नियन्त्रण गरेका थियौं तर 1966 मा त्यो पाकिस्तानलाई फिर्ता दियौं। उनले भने कि 1971 को युद्धमा पाकिस्तानको 93,000 युद्धबन्दी अनि 15,000 वर्ग किलोमिटरको पाकिस्तानको क्षेत्र हामीसित थियो। तर तत्कालिन सरकारलले शिमला सम्झौता गऱ्यो अनि हामीले पाक अधिकृत कश्मिर लिनु भूल्यौं। यदि त्यसबेला पाक ‘अधिकृत कश्मिर’ लिएको भए आज यो स्थिति नै उत्पन्न हुने थिएन, उनले भने। यतिमात्र होइन, हामीले पाक अधिकृत कश्मिर त लिएनौ तर हाम्रो नियन्त्रणमा आइसकेको 15,000 वर्ग किलोमिटर भूमि पनि पाकिस्तानलाई फिर्ता दियौं, उनले भने।
श्री अमित शाहले विपक्षलाई प्रश्न गरे कि 1962 को युद्धमा के भएको थियो अनि चीनको 38 हजार वर्गमीटर अक्साई चीनको हिस्सा किन दिइयो? उनले भने कि संसदमा भएको एउटा चर्चाको अवधि तत्कालिन प्रधानमन्त्री श्री जवाहरलाल नेहरूले भनेका थिए कि त्यहाँ घाँसको एउटा तिनो पनि उम्रिंदैन, त्यो जगह के गर्नु। श्री शाहले भने कि नेहरूजीले आकाशवाणीमा असमलाई पनि बाय-बाय भनेका थिए।
केन्द्रीय गृह मन्त्री श्री अमित शाहले जवाहरलाल नेहरूका चयनित कृतिहरूको श्रृंखलाको खण्ड 29 को पृष्ठ 231 को प्रसंग उठाउँदै भने कि अमेरिकाले सुझाव दिएको थियो कि चीनलाई संयुक्त राष्ट्र संघमा त सामेल गरियोस तर सुरक्षा परिषदमा भने सामेल नगरियोस्, तर नेहरूजीले भने कि यो स्वीकार्य छैन किनकि यसको कारण चीनसित हाम्रो सम्बन्ध बिग्रनेछ अनि चीन जस्ता महान देशलाई नराम्रो लाग्नेछ। श्री शाहले भने कि आज चीन सुरक्षा परिषदमा छ अनि भारत बाहिर छ।
श्री अमित शाहले भने कि राजीव गान्धी फाउण्डेशनले चीनसित एमओयू गऱ्यो तर एमओयूमा के थियो भन्ने कुरा बताइन्दैन। उनले भने कि जब डोकलाममा हाम्रा सेनाका जवान चीनको सेनासित आँखा जुझाएर बसेको थियो, प्रतिपक्ष नेता श्री राहुल गान्धी चीनका राजदूतसित सभा गरिरहेका थिए। उनले भने कि सबै आतङ्कवादको जड़ पाकिस्तान हो अनि पाकिस्तान विपक्षी पार्टीको भूल हो। यदि विपक्षी पार्टीले देशको विभाजन स्वीकार नगरेको भए पाकिस्तान कहिल्यै अस्तित्वमा आउने थिएन। विपक्षी पार्टीले आफ्नो शासनकालमा विभाजन स्वीकार गरेर देशलाई तोड़ेको छ।
केन्द्रीय गृह मन्त्रीले भने कि वर्ष 2002 मा आतङ्कवादलाई समाप्त गर्नको लागि तत्कालिन प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीज्यूको सरकार पीओटीए (पोटा) कानून लिएर आयो, जसको विपक्षी पार्टीले विरोध गऱ्यो। उनले भने कि अटलज्यूको सरकारसित राज्यसभामा बहुमत थिएन, जसको कारण त्यो कानून पारित हुनसकेन। पछिबाट दुवै सदनको संयुक्त सत्र बोलाइयो अनि तब गएर पीओटीए (पोटा) कानून पारित भयो। देशले यो कुरा कहिल्यै भूल्न सक्दैन। श्री शाहले प्रश्न गरे कि पोटा कानूनलाई स्वीकृति नदिएर विपक्षी पार्टी कसलाई बचाउन चाहन्थ्यो? पोटा त आतङ्कवादीहरू विरूद्ध थियो, तर विपक्षले पोटालाई रोकेर आफ्नो भोट ब्याङ्कको स्वार्थ सिद्ध गरेर, आतङ्कवादीहरूलाई बचाउन चाहन्थ्यो।
उनले भने कि 2004 मा विपक्षी पार्टीको सरकार आएपछि उनीहरूले पोटा कानून रद्द गरिदिए। उनले प्रश्न गरे कि कसको फायदाको लागि विपक्षी पार्टीले पोटा कानून रद्द् गऱ्यो? दिसम्बर 2004 मा पोटा कानून रद्द् भयो, 2005 मा अयोध्यामा रामललाको टेन्टमा हमला भयो अनि आतङ्कवादी मारिए। मुम्बई लोकल ट्रेनमा 2006 मा भएको बम विस्फोटमा 187 मानिसहरू मारिए। 2006 मा नै डोडा-उधमपुरमा हिन्दुहरूमाथि हमला भयो, जसमा 34 मानिसहरू मारिए। वर्ष 2007 मा हैदराबादमा भएको विस्फोटमा 44 मानिसहरू मारिए। 2007 मा लखनऊ अनि वाराणसीमा 13 मानिस मारिए। वर्ष 2008 मा रामपुर सीआरपीएफ क्याम्पमाथि हमला भयो, 2008 मा नै श्रीनगरमा सोनाको काफिलामाथि हमला भयो अनि 10 सुरक्षा बल मारिए। वर्ष 2008 मा मुम्बईमा आतङ्कवादी हमला भयो जसमा 246 मानिसहरू मारिए। जयपुरमा आठवटा बम विस्फोट भए, जसमा 64 मानिसहरू मारिए। वर्ष 2008 मा अहमदाबादमा 21 बम विस्फोट भयो, जसमा 57 मानिसहरू मारिए। दिल्लीमा 2008 मा 5 विस्फोट भयो, जसमा 22 मानिसहरू मारिए। पुणेको जर्मन बेकरीमा 17 मानिसहरू मारिए। वर्ष 2010 मा वाराणसीमा विस्फोट भयो, 2011 मा मुम्बईमा 3 विस्फोट भयो, जसमा 27 मानिसहरू मारिए।
श्री अमित शाहले भने कि यसमा प्रश्न यो छ कि विपक्षी पार्टीको शासनकालमा वर्ष 2005 देखि 2011 सम्म आतङ्कवादीहरूले 27 जघन्य हमला गऱ्यो, जसमा लगभग 1000 मानिसहरू मारिए, तर तत्कालिन सरकारले के गऱ्यो? उनले प्रतिपक्ष नेतालाई चुनौति दिँदै भने कि उनले सदनमा उभिएर यो बताउनुपर्छ कि तत्कालिन सरकारले ती आतङ्ककारी हमला विरूद्ध के कदम उठायो। उनीहरूले यहाँबाट आतङ्कवादीहरूलाई फोटो अनि डोजियर पाकिस्तानलाई पठाइरहे। केन्द्रीय गृह मन्त्रीले भने कि हाम्रो समयमा जुन आतङ्कवादी घटनाहरू भयो, त्यो पाकिस्तान प्रेरित थियो अनि मुख्यत त्यो कश्मिर केन्द्रित रह्यो। देशको कुनै अन्य भागमा 2014 देखि 2025 सम्म सायदै कुनै आतङ्ककारी घटना भयो। उनले भने कि यो नरेन्द्र मोदी सरकार हो जसको कारण अब कश्मिरमा आतङ्कवादी बन्दैनन् यस्तो स्थिति भइसकेको छ कि आतङ्कवादी पाकिस्तानबाट पठाउन पर्छ।
श्री अमित शाहले भने कि जब दाऊद इब्राहिम 1986 मा देशबाट भागे, त्यस समय विपक्षी पार्टीको सरकार थियो। जब सैय्यद सलाऊद्दीन 1993 मा भागे, त्यस समय विपक्षी पार्टीको सरकार थियो। जब टाइगर मेमन 1993 मा भागे, तब विपक्षी पार्टीको सरकार थियो। जब अनीस इब्राहिम कासकर 1993 मा भागे, त्यसबेला पनि विपक्षीकै सरकार थियो। जब इकबाल भटकल 2010 मा भागे, त्यस समय पनि विपक्षी पार्टीकै सरकार थियो। श्री शाहले भने कि नेता प्रतिपक्षले यस मामिलामा जवाब दिनुपर्नेछ।
केन्द्रीय गृह मन्त्री श्री अमित शाहले भने कि मोदी सरकार जनता, संसद अनि देशहितप्रति जवाबदेही छ। उनले भने कि कश्मिरमा 2004 देखि 2014 बिच 7217 आतङ्कवादी घटनाहरू भएको थियो, जबकि 2015 देखि 2025 बिच 2150 आतङ्कवादी घटनाहरू भए, जो आतङ्कवादी घटनाहरूमा 70 प्रतिशतको कमी हो। उनले भने कि 2004 देखि 2014 बिच 1770 नागरिकहरूको मृत्यु भयो, जबकि 2015 देखि 2025 बिच यो संख्या 357 रह्यो, जो 80 प्रतिशतको कमी हो। श्री शाहले भने कि 2004 देखि 2014 बिच 1060 सुरक्षाकर्मीहरूको मृत्यु भयो, जबकि 2015 देखि 2025 बिच 542 सुरक्षा कर्मीहरूको मृत्यु भयो। उनले भने कि हाम्रो सरकारको समय पछिल्लो सरकारको तुलनामा आतङ्कवादीहरूको मृत्युमा 123 प्रतिशतको वृद्धि भएको छ। जुन धारा 370 लाई विपक्षी पार्टीको सरकारहरूले लामो समयसम्म बचाएर राख्यो, त्यो धारा 370 हटेपछि कश्मिरमा आतङ्कवादी इकोसिस्टम नष्ट भएको छ, उनले भने।
श्री अमित शाहले भने कि हाम्रो सरकारले जीरो टेरर प्लान बनाएको छ, एरिया डोमिनेशन प्लान बनाएको छ, मल्टीलेवल डिप्लोयमेन्ट गरेको छ, सुरक्षा जेलहरू बनाएको छ, 98 प्रतिशत ट्रायल अब भिडियो कन्फ्रेंसिंगको माध्यमबाट भइरहेको छ। हामीले सञ्चारको साधन बनाएका छौं अनि 702 फोन विक्रेताहरूलाई जेलमा थुनेका छौं अनि 2666 सिम कार्ड ब्लक गरेका छौं।
केन्द्रीय गृह मन्त्री श्री अमित शाहले भने कि अहिले जुन आतङ्कवादी जहाँ मारिन्छ, त्यसलाई त्यही दफनाइन्छ। कुनै पनि आतङ्कवादीको महिमामंडन गर्नको लागि शवयात्रा निकाल्ने अनुमति नरेन्द्र मोदीज्यूको शासनमा छैन। उनले भने कि आतङ्कवादीहरूका आफन्त अनि समर्थकहरूलाई हामीले एक-एक गरी जेलमा हालेका छौं अनि पासपोर्ट रद्द गरेका छौं, साथै उनीहरूलाई प्राप्त सरकारी ठिका रद्द गरिएको छ। 75 भन्दा अधिक आतङ्कवादी समर्थकहरूलाई अदालतबाट आदेश प्राप्त गरी सरकारी नोकरीबाट बर्खास्त गरियो। श्री शाहले भने कि बार काउन्सिल आतङ्कवादीहरूको समर्थकहरूले भरिएको थियो, त्यसलाई निरम्बित गरेर नयाँ लोकप्रिय चुनाव हामीले गरायौं अनि धरै संगठनमा प्रतिबन्ध लगाइयो। विशेष यूएपीए अदालतको गठन गरेर मार्च 2022 देखि 2025 बिच यूएपीएको लगभग 2260 मामिला हामीले दर्ता गऱ्यौं। 374 कुर्की पनि गरियो। पहिले संगठित रूपले ढुङ्गा हानाहान हुन्थ्यो, अहिले यसको संख्या शुन्य भएको छ। पहिला पाकिस्तानबाट संगठित हड़तालको घोषणा हुन्थ्यो, कश्मिर घाटीमा बन्द हुन्थ्यो, तर अहिले पाकिस्तान अनि कश्मिर घाटीमा यसो गर्ने कसैको पनि हिम्मत छैन। विपक्षी पार्टीको शासनकालमा वर्षमा 132 दिन घाटी बन्द रहन्थ्यो, तर पछिल्लो तीन वर्षमा संगठित हड़तालको संख्या जीरो भएको छ। पहिला ढुङ्गा हानाहानमा हरेक वर्ष 100 भन्दा अधिक मानिस मरेर जान्थे, अहिले नागरिकहरूको मृत्यु अनि उनीहरू घाइते बन्ने संख्या शुन्य भएको छ।
श्री अमित शाहले भने कि एक समय हुर्रियतका नेताहरूले यहाँ वीआईपी ट्रिटमेन्ट पाउँथे, हुर्रियतसित चर्चा हुन्थ्यो, हुर्रियतहरू आउँदा रेड कार्पेट बिछाइन्थ्यो। तर हामीले हुर्रियतका सबै घटकमा प्रतिबन्ध लगाइदियौं अनि उनीहरूका सबै नेता जेलको सलाखाहरूपछि छन्। हामी हुर्रियतसित कुनै बात गर्न चाहँदैनौ। उनले भने कि उनी सदनमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको नीतिलाई दोहोऱ्याउन चाहन्छन् कि हुर्रियत आतङ्कवादी संगठनहरूको पहिरन हो अनि हामी उनीहरूसित बात गर्दैनौ, हामी घाटीका युवाहरूसित बात गर्छौं। उनले भने कि कश्मिरमा चुनाउको अवधि पहिला डरको माहौल हुँदथ्यो, अहिले पञ्चायत चुनाउमा 98.3 प्रतिशत मतदान भयो। वर्ष 2019 पछि टीआरएफ, पिपल एन्टी फासिस्ट फ्रण्ट, तहरीक उल मुजाहिद्दीन, जमात-उल-मुजाहिद्दीन, बंग्लादेश-हिन्दुस्तान जम्मू-कश्मिर गजनवी फोर्स, खालिस्तान टाइगर फोर्स, हिज्ब उल तहरीर सहित अन्य धेरै आतङ्कवादी संगठनहरूलाई हाम्रो सरकारले निषेध गरेको छ।
केन्द्रीय गृह मन्त्रीले भने कि हाम्रा जवान माइनस 43 डिग्री तापमानमा पहाड़ अनि नदी-नालाहरूको नजिक रहेर देशको सुरक्षा गर्दछन्। कसैले प्रवेश गरी हाले त्यो बाँच्दैन, हामी त्यसलाई कि पक्राउ गर्छौं कि त एनकाउण्टरमा मारिन्छ। उनले भने कि पोटाको विरोध गर्नेहरूलाई नरेन्द्र मोदीज्यूको आतङ्कवादी विरोधि नीति मनपर्ने छैन, आतङ्कवादीको बचाव गरेर भोट ब्याँक बनाउनेहरूलाई यो नीति मनपर्ने छैन। यो नरेन्द्र मोदी सरकार हो, आतङ्कवाद विरूद्ध हाम्रो जीरो टोलरेन्सको नीति छ।
******
(Release ID: 2150158)
Read this release in:
Odia
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Bengali-TR
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Kannada
,
Malayalam