रेल मन्त्रालय
रेलवेद्वारा 1 जुलाई 2025 देखि प्रभावी हुने गरी यात्रीवाहक रेल सेवाको बुनियादी भाडा पुनर्गठन
सामान्य श्रेणीमा 500 किमि.-सम्म कुनै वृद्धि छैन, 501 देखि 1500 किमि.-सम्म ₹5 र 2,500 किमि.-सम्म ₹10 तथा 2,501 देखि 3,000 किमि.-सम्म ₹15 वृद्धि हुने
प्रविष्टि तिथि:
30 JUN 2025 6:01PM by PIB Gangtok
रेल भाडाको ढाँचा सुप्रवाहित गर्ने उद्देश्यका साथै यात्री सेवाको वित्तीय वहनीयता बढाउन, रेल मन्त्रालयले 01 जुलाई, 2025 देखि प्रभावी हुने गरी यात्रीवाहक रेल सेवाको बुनियादी भाडा पुनर्गठन गरेको छ। संशोधित भाडा भारतीय रेलवे सम्मेलन सङ्घ (आइआरसीए) द्वारा जारी नवीनतम यात्री भाडा सारणीमा आधारित छ।
भाडा पुनर्गठनको प्रमुख अंश (1 जुलाई, 2025 देखि प्रभावी) :
उपनगरीय एकल यात्रा भाडा तथा मियादी टिकटमा (दुवै उपनगरीय तथा गैर उपनगरीय मार्गका लागि) कुनै परिवर्तन छैन।
सामान्य गैर वातानुकूलित श्रेणी (गैर उपनगरीय रेल) :
- दोस्रो श्रेणी : 500 किमि.-सम्म कुनै वृद्धि नहुने शर्तका साथ प्रति किलोमिटर आधा पैसाले वृद्धि।
- 501 देखि 1,500 किमि.सम्मको दूरीका लागि ₹5 वृद्धि।
- 1,501 देखि 2,500 किमि.सम्मका लागि ₹10 वृद्धि
- 2,501 देखि 3,000 किमि.सम्मका लागि ₹15 वृद्धि।
- शयन श्रेणी : 0.5 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
- प्रथम श्रेणी : 0.5 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
मेल/ एक्सप्रेस रेलका लागि (गैर एसी) :
- दोस्रो श्रेणी : 01 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
- शयन श्रेणी : 01 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
- प्रथम श्रेणी : 01 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
एसी श्रेणीका लागि (मेल/ एक्सप्रेस रेल) :
एसी चेयर कार, एसी 3 टियर/ 3-ईकोनमी, एसी 2-टियर र एसी प्रथम/ कार्यकारी श्रेणी/ कार्यकारी अनुभूति : 02 पैसा प्रति किलोमिटरको हिसाबले वृद्धि।
भाडामा संशोधन प्रमुख अनि विशेष रेल सेवा जस्तै राजधानी, शताब्दी, दूरन्तो, वन्दे भारत, तेजस, हमसफर, अमृत भारत, महामना, गतिमान, अन्त्योदय, जनशताब्दी, युवा एक्सप्रेस, एसी भिस्टाडोम कोच, अनुभूति कोच तथा साधारण गैर उपनगरीय सेवामाथि पनि संशोधित श्रेणी अनुसार भाडाको ढाँचा अनुसार लागू हुनेछ।
सहायक प्रभारमा कुनै परिवर्तन छैन :
- आरक्षण शुल्क, सुपरफास्ट अधिभार तथा अन्य प्रभार अपरिवर्तित रहनेछ।
- जीएसटी लागू हुने नियम अनुसार लगाउन जारी रहनेछ।
- भाडा पूर्णाङ्कनको सिद्धान विद्यमान नियम अनुसार जारी रहनेछ।
कार्यान्वयन
संशोधित भाडा 01.07.2025 को दिन वा यसपछि खरिद गरिने टिकटमाथि लागू हुनेछ। यस मितिभन्दा अघि जारी टिकटमा भाडाको कुनै संयोजनबिना विद्यमान भाडा वैध रहनेछ। पीआरएस, युटीएस तथा हस्तचलित टिकेटिङ प्रणालीको सोही अनुरूप अद्यतन गरिँदैछ।
मन्त्रालयले सबै क्षेत्रीय रेलवेलाई संशोधित भाडा ढाँचाको सुचारू कार्यान्वयन सुनिश्चित गर्न आवश्यक निर्देश जारी गरेको छ। क्षेत्रीय रेलवेहरूलाई सबै स्टेशनमा अद्यतन गरिएको भाडा प्रदर्शित गर्न पनि निर्देशित गरिएको छ।
संशोधित यात्री भाडा हेर्न यहाँ क्लिक गर्नुहोस्
******
(रिलीज़ आईडी: 2141069)
आगंतुक पटल : 13
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Bengali-TR
,
Bengali
,
Tamil
,
Kannada
,
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Telugu
,
Malayalam