सूचना तथा प्रसारण मन्त्रालय
भारत मण्डप : कलादेखि कोडसम्म – वेभ्स 2025 मा व्यापक प्रतिक्रिया
Posted On:
04 MAY 2025 5:10PM
|
Location:
PIB Gangtok
मुम्बई, 4 मई 2025
भारत मण्डप, दर्शकहरूका लागि उदीयमान क्षेत्र हो जसले आगन्तुकहरूलाई वेभ्स 2025 मा भारतको कथा भन्ने-सुनाउने परम्पराको निरन्तरतासँग सम्मुखिन गराउँदछ। यसले जनताबाट व्यापक प्रतिक्रिया अनि स्वागत पाएको छ। “कलादेखि कोडसम्म” विषयवस्तु अन्तर्गत मण्डपले मिडिया अनि मनोरञ्जनमा भारतको विकासको एउटा आकर्षक कथा “मौखिक अनि दृश्य परम्परादेखि लिएर अत्याधुनिक डिजिटल नवाचार”सम्म पेश गरेको छ।

भारत मण्डपले भारतको आत्मालाई प्रस्तुत गरेको छ, जसमा हाम्रो समृद्ध सांस्कृतिक विरासतलाई तकनिकी प्रगतिको नयाँ प्रयोगका साथ सन्तुलित गरिएको छ। वेभ्स 2025 को उद्घाटनका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले मण्डपको दौडाहा गरे। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीस, विदेश मन्त्री एस जयशङ्कर, केन्द्रिय मन्त्री अश्विनी वैष्णव तथा कैयौं अन्य गणमान्य व्यक्तिले मण्डपको दौडाहा गरी भारतको गाथा वर्णन गर्नमा यसको भूमिकाको सराहना गरे। धेरै सङ्ख्यामा मानिसहरू मण्डपमा पुगे र देशका कैयौं समृद्ध खजानाबारे जानेर विस्मय अनि आश्चर्यमा परे।

भारतको रचनात्मक यात्राको उत्सव मनाउँदै, भारत मण्डप विषयवस्तुको प्रदर्शनी मात्र नभएर रचनाकारका रूपमा भारतको एउटा शक्तिशाली अभिव्यक्ति पनि थियो। यसले भारतको सांस्कृतिक गहिराई, कलात्मक उत्कृष्टता अनि वैश्विक कथा भन्ने सन्दर्भमा उदीयमान प्रभावलाई दर्शाएको थियो। मण्डपलाई चार विषयगत क्षेत्रमा बाँडिएको थियो, जसमध्ये प्रत्येकले भारतको रचनात्मक विरासतको अलग आयामलाई दर्शाउँछ :
श्रुति – मौखिक परम्परामा आधारित : भारतको प्राचीन मौखिक कथा विरासतलाई सम्मान गर्दै यस क्षेत्रले कसरी लय अनि माधुर्यले सामूहिक स्मृतिलाई संरक्षित गर्दछ भन्ने पत्तो लगाएको छ।
मुख्य विशेषता :
- गुरु-शिष्य परम्परा : मौखिक ज्ञान प्रणालीहरूलाई श्रद्धाञ्जलि।
- रहस्यमय सुसेली : वैदिक मन्त्र अनि आध्यात्मिक परम्पराहरू।
- धुन : धुनहरूको सङ्ग्रहालय – शास्त्री बारतीय वाद्ययन्त्रहरूको प्रदर्शन।
- लोक प्रतिध्वनिहरू : लोक सङ्गीतका मनमोहक ध्वनिहरू।
- सङ्गीत स्वर लहर बनाउनु : गौहर जानदेखि लिएर वैश्विक उस्तादहरूसम्म।
- स्पटिफाई स्टेज : अमानअलि बङ्गश, अयानअलि बङ्गश एवं परिवारका साना सदस्यहरूद्वारा सजीव शास्त्रीय प्रदर्शन।
- इण्डिया अन एयर : आकाशवाणीको विरासत
- प्लेब्याक नेशन : प्रतिष्ठित पार्श्व गायनको 100 साल।
- क्यासेट टु क्लाउड : सङ्गीत प्रारूपहरूको विकास।
- पोडकास्ट सेन्ट्रल : बोलिएका शब्द अडियोको विकास।
- विस्पर्स अव् विस्डम : भारतमा अडियोबुकको विकास।

कृति
- शिलालेख एवं लिखित परम्परा : यस क्षेत्रले भारतको सभ्यतागत स्मृतिलाई संरक्षित गर्नमा लिखित शब्दको भूमिका प्रदर्शित गरेको छ।
- मुख्य आकर्षण :
- प्रथम सङ्केत : प्रारम्भिक गुफाचित्र एवं सञ्चार।
- सिन्धुको छाप : संवादात्मक सिन्धु घाटीको अनुभव।
- सभ्यताको पारि रामायण : एशियाको माध्यमद्वारा महाकाव्यको यात्रा।
- भारतको शिलालेख : अशोकको शिलालेख।
- संरक्षित ज्ञान : प्राचीन पुस्तकालयबाट पाण्डुलिपिहरू।
- धातुको संस्मरण : ताम्रपत्र प्रलेखन।
- प्रिन्टको शक्ति : भारतीय पत्रकारिताको उदय।
- भारतीय शेल्फ : प्रतिष्ठित पुस्तकहरूको संवादात्मक डिजिटल लाइब्रेरी।
- कभर स्टोरी : भारतीय पत्रिकाहरूको उत्सव।
- कमिक्स कर्नर : क्लासिक कमिक्सदेखि लिएर ग्राफिक्स उपन्याससम्म।

दृष्टि – दृश्य परम्परा
दृश्य कथावाचनमाथि केन्द्रित यस क्षेत्रले गुफा कलादेखि लिएर आधुनिक सिनेमासम्मको विकास दर्शाएको छ।
मुख्य आकर्षण :
- कला यात्रा : एलईडी सुरूङको माध्यमद्वारा भारतको दृश्य कलाको विकासको प्रदर्शन।
- अनन्त लय : हरप्पाकी नृत्याङ्गनाको होलोग्राफिक प्रदर्शन।
- भावनाको सार : नवरसको अन्तरक्रियात्मक अन्वेषण।
- नटराज प्रदर्शन : ब्रह्माण्डीय नर्तकका रूपमा शिवलाई दृश्य श्रद्धाञ्जलि।
- लोक इतिहास : लोक नृत्य, कठपुतली अनि आदिवासी भाव।
- अतीतको फ्रेम : फिल्म विकास स्क्रीनिङ।
- वाल अव् फेम : भारतीय सिनेमाको आदर्शको उत्सव।
- लाइट्स-क्यामेरा परम्परा : फिल्म निर्माता अनि तकनिशियनहरूलाई श्रद्धाञ्जलि।
- टेलिभिजनको क्रमिक विकास : दूरदर्शनदेखि लिएर स्ट्रीमिङ युगसम्मको प्रदर्शन।
रचनाकारको छलाङ
यस क्षेत्रले भविष्यको कथा भन्ने-सुनाउने तकनिकीमा भारतको नवाचारलाई प्रदर्शित गरेको छ।
मुख्य आकर्षण :
- एआइ, एक्सआर, गेमिङ, मेटाभर्स र एनिमेशनमा भारतीय प्रगतिको प्रदर्शन।
- उदीयमान भारतीय बौद्धिक गुणहरूको प्रदर्शन।
- कथा भन्ने-सुनाउनेको भविष्यलाई दर्शाउने अन्तरक्रियात्मक डेमो।
वेभ्स 2025 मा भारत मण्डपले भारतको कथा भन्ने-सुनाउने परम्परा अनि नवाचारलाई बहु-संवेदी उत्सव पेश गरेको छ। यसले विरासतमा निहित अनि भविष्यतर्फ हेर्ने एउटा रचनात्मक शक्तिका रूपमा भारतको पहिचानको पुष्टि गरेको छ।


वास्तविक समयमा आधिकारिक अपडेटका लागि कृपया हामीलाई फलो गर्नुहोस् :
एक्समा :
https://x.com/WAVESummitIndia
https://x.com/MIB_India
https://x.com/PIB_India
https://x.com/PIBmumbai
इन्स्टाग्राममा :
https://www.instagram.com/wavesummitindia
https://www.instagram.com/mib_india
https://www.instagram.com/pibindia
*****
पीआईबी टीम वेभ्स 2025 । राजिथ/ लक्ष्मीप्रिया/दर्शना। 176
Release ID:
(Release ID: 2127046)
| Visitor Counter:
10
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Assamese
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam