WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

केन्द्रिय राज्यमन्त्री डा. एल मुरूगनले भारतको “लाइभ ईभेन्ट्स” अर्थव्यवस्थामाथि श्वेतपत्र जारी गर्ने : वेभ्स 2025 मा एक आवश्यक रणनीतिक विकास


भारत 2030 सम्म शीर्ष पाँच वैश्विक मनोरञ्जन गन्तव्यका रूपमा स्थापित हुने निश्चित

“लाइभ ईभेन्ट्स” भारतको मिडिया एवं मनोरञ्जन परितन्त्रमा सबैभन्दा तेजीका साथ बढ्ने बजार बन्ने

 Posted On: 01 MAY 2025 1:27PM |   Location: PIB Gangtok

मुम्बई, 01 मई 2025

केन्द्रिय सूचना एवं प्रसारण तथा संसदीय मामिला राज्यमन्त्री डा. एल मुरूगनले भारतको लाइभ ईभेन्ट्स अर्थनीति : एक आवश्यक रणनीतिक विकास माथि श्वेतपत्र लोकार्पण गर्नेछन्, जुन सूचना एवं प्रसारण मन्त्रालयद्वारा जारी यस प्रकारको प्रथम श्वेतपत्र हुनेछ।

श्वेतपत्र आधिकारिक रूपमा 3 मई, 2025 को दिन मुम्बईमा वेभ्स शिखर सम्मेलन, 2025 मा लोकार्पण गरिनेछ। श्वेतपत्रमा भारतको तेज गतिले विस्तार भइरहेको मनोरञ्जन उद्योगको विस्तृत विश्लेषण प्रस्तुत गर्नका साथै उदीयमान प्रवृत्ति, विकास पथ तथा क्षेत्रको निरन्तर विकासका लागि रणनीतिक सिफारिशहरूबारे प्रकाश पारिएको छ।

भारतको लाइभ ईभेन्ट्स परिक्षेत्र एक विखण्डित क्षएत्रदेखि देशको सांस्कृतिक अनि रचनात्मक अर्थव्यवस्थामा सुगठित अनि प्रभावशाली स्तम्भमा परिवर्तित भइरहेको छ। वर्ष 2024 देखि 2025 निर्णायक रहेको छ, जसमा कोल्डप्ले जस्ता अन्तरराष्ट्रिय कलाकारले अहमदाबाद अनि मुम्बईमा प्रदर्शन गर्दै विश्व स्तरीय कार्यक्रमहरू आयोजन गर्न भारतको तत्परतालाई सूचित गरेको थियो।

यस क्षेत्रको प्रमुख प्रवृत्ति हो कार्यक्रम पर्यटनमा वृद्धि, जसमा आधा मिलियनभन्दा धेरै मानिसहरू विशेष गरी प्रत्यक्ष साङ्गीतिक कार्यक्रमका लागि यात्रा गर्दछन्, जले विशाल सङ्गीत-पर्यटन अर्थनीतिको उदय इङ्गित गर्दछ। भीआइपी अनुभव, विशेष पहुँच र विलासी आतिथ्य जस्ता प्रीमियम टिकट खण्डमा विगत वर्षको तुलनामा 100 प्रतिशतको वृद्धि देखिएको छ, जसले विशिष्ट अनुभव चाहने दर्शकहरूको बढ्दो सङ्ख्यालाई दर्शाउँछ। विभिन्न नगरीय पर्यटन अनि क्षेत्रीय उत्सवको बढ्दो लोकप्रियताका कारण द्वितीय श्रेणीका शहरहरूको भागीदारी पनि बढेको छ।

वर्ष 2024 मा लाइभ ईभेन्ट खण्डमा 15 प्रतिशतको वृद्धि दर्ता भएको थियो, जसबाट ₹13 बिलियनको अतिरिक्त राजस्व सिर्जना भएको थियो। यसको परिणामस्वरूप, यो भारतको मिडिया एवं मनोरञ्जन परिक्षेत्रमा सबैभन्दा तेजीका साथ बढ्ने बजारमध्ये एक बनेको थियो।

वर्तमान परिक्षेत्रमा ठूला आयोजनहरूले प्रायः 2 हजारदेखि 5 हजारसम्म अस्थायी रोजगार सिर्जना गर्दछ, जसले रोजगार अनि कौशल विकासमा यस क्षेत्रको बढ्दो योगदानलाई रेखाङ्कित गर्दछ।

केन्द्रित निवेश, नीति समर्थन र बुनियादी पूर्वाधारमा सुधारका साथ भारत 2030 सम्म वैश्विक स्तरमा शीर्ष पाँच प्रत्यक्ष मनोरञ्जन स्थलमध्ये एक बन्ने मार्गमा छ भने यसबाट आर्थिक विकास, रोजगार अवसर सिर्जना, पर्यटन अनि बढ्दो वैश्विक सांस्कृतिक उपस्थितिको निम्ति नयाँ अवसरहरू खोलिनेछ।

*******

पीआईबी टीम वेभ्स 2025 । राजित/ / दर्शना । 121


Release ID: (Release ID: 2125790)   |   Visitor Counter: 8