WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

केन्द्रिय सूचना एवं प्रसारण राज्यमन्त्री एल मुरूगनले मुम्बईमा वेभ्सको समीक्षा बैठकको अध्यक्षता गर्दै शिखर सम्मेलन स्थलमा व्यावहारिक तयारीको मूल्याङ्कन गरे


 प्रविष्टि तिथि: 18 APR 2025 4:19PM |   Location: PIB Gangtok

मुम्बई, 18 अप्रेल 2025।

केन्द्रिय सूचना एवं प्रसारण राज्य मन्त्री एल मुरूगनले आज मुम्बईमा विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 को निम्ति समीक्षा बैठकको अध्यक्षता गरे। भारत सरकार अनि महाराष्ट्र राज्य सरकारका शीर्ष अधिकारीहरूले जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित समीक्षा बैठकमा भाग लिए। बैठकमा वेभ्सको चारै स्तम्भ अर्थात् प्रसारण एवं ज्ञानोरञ्जन, एभीजीसी-एक्सआर, डिजिटल मिडिया एवं नवाचार र फिल्म अन्तर्गत विभिन्न गतिविधिको प्रगतिमाथि चर्चा गरियो। वैभ्स बजार, वेभेक्स, भारत मण्डप, क्रिएट इन इण्डिया च्यालेञ्जेस र अन्य विभिन्न पहल अन्तर्गत भइरहेका कार्यहरूको मूल्याङ्कन गर्दै भावी मार्गमाथि विचार-विमर्श गरियो। विभिन्न क्षेत्रका नोडल अधिकारीहरूले तयारीको प्रगतिबारे राज्य मन्त्रीलाई जानकारी दिए। यस अवसरमा राज्य मन्त्री एल मुरूगनले शिखर सम्मेलन (विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन) स्थलमा कार्यक्रमको व्यावहारिक तयारीहरूको पनि आकलन गरे।

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टोली वेभ्स 2025/ सैयद/निकिता/दर्शन। 97


रिलीज़ आईडी: 2122753   |   Visitor Counter: 53

इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Odia , Khasi , English , Urdu , Marathi , हिन्दी , Punjabi , Gujarati , Tamil , Telugu , Kannada , Malayalam