वित्त मन्त्रालय
azadi ka amrit mahotsav

आगामी पाँच वर्षले “सबैको विकास” को दृष्टिकोणलाई वास्तविक रूप दिनका लागि विशिष्ट अवसर प्रदान गर्दछ : केन्द्रिय बजेट 2025-26


कृषि, एमएसएमई, निवेश एवं निर्यात विकासको यस यात्राका चार शक्तिशाली इञ्जिन हुन्

बजेटमा गरीब, युवा, अन्नदाता अनि नारीवर्गमाथि विशेष ध्यान

Posted On: 01 FEB 2025 1:01PM by PIB Gangtok

केन्द्रिय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले आज संसदमा केन्द्रिय बजेट 2025-26 पेश गर्दै आगामी पाँच वर्षले “सबैको विकास”को दृष्टिकोणलाई वास्तविक रूप दिनका लागि विशिष्ट अवसर प्रदान गर्ने बताइन्।

विश्वको सबैभन्दा विशाल अर्थव्यवस्थामध्ये हाम्रो अर्थव्यवस्था सबैभन्दा तेज गतिले वृद्धि गर्ने अर्थव्यवस्था रहेको केन्द्रिय वित्त मन्त्रीले रेखाङ्कित गरिन्। विगत दस वर्षको विकास अनि पूर्वाधार सुधारको हाम्रो रेकर्डले विश्वकोक ध्यान आकर्षित गरेको छ। यसै अवधिमा भारतको क्षमता अनि सामर्थ्यप्रति विश्व स्तरमा भरोसा पनि बढेको छ, उनले अवगत गराइन्।

केन्द्रिय बजेट 2025-26-ले वृद्धि, समावेशी विकास हासिल गर्न, निजी क्षेत्रमा निवेशलाई बढावा दिन, आवास क्षेत्रमा वृद्धि गर्न र देशका मध्यमवर्गको क्रयशक्ति क्षमतालाई बढावा दिनका लागि सरकारको प्रयासलाई रेखाङ्कित गर्दछ।

कृषि, एमएसएमई, निवेश र निर्यात भारतको विकास यात्राको चार शक्तिशाली इञ्जिन रहेको पनि उनले रेखाङ्कित गरिन्। यस बजेटमा 6 वटा क्षेत्रमा परिवर्तनकारी सुधार शुरु गर्ने उद्देश्य राखिएको छ। आगामी पाँच वर्षमा कराधान, बिजुली क्षेत्र, शहरी विकास, खनन, वित्तीय क्षेत्रमा नियामक सुधारले हाम्रो वृद्धिको क्षमता र वैश्विक प्रतिस्पर्धालाई बढावा दिने केन्द्रिय वित्त मन्त्रीले रेखाङ्कित गरिन्। विकासको यस यात्रामा हाम्रो सुधार नै इन्धन हो, जहाँ समावेशिता एउटा प्रेरक शक्ति र विकसित भारत हाम्रो गन्तव्य हो, वित्त मन्त्रीले उल्लेख गरिन्।

केन्द्रिय वित्त मन्त्रीले आफ्नो बजेट भाषण 2025-26 मा गरीब वर्ग, अन्नदाता अनि नारी क्षेत्रमाति विशेष ध्यान दिइने कुरामाथि जोड दिँदै, 10 बृहत क्षेत्रमा व्यापक विकास सम्बन्धी उपाय प्रस्तावित रहेको बताइन्। यसमा कृषि अनि उत्पादकतालाई बढावा दिनु, ग्रामीण क्षेत्रमा समृद्धि एवं लचिलोपनलाई बढावा दिनु, समावेशी वृद्धिको मार्गमा सबैलाई एक साथ लिएर अघि बढ्नु, विनिर्माण क्षेत्रलाई सुदृढता प्रदान गर्नु र मेक इन इण्डियालाई प्रोत्साहित गर्नु, एमएसएमईलाई सहारा प्रदान गर्नु, रोजगार केन्द्रित विकासलाई सक्षम बनाउनु, जनमानस, अर्थव्यवस्था, नवाचारको क्षेत्रमा निवेश गर्नु, ऊर्जा आपूर्ति सुनिश्चित गर्नु, निर्यातलाई बढावा दिनु र नवाचारका लागि उपयुक्त वातावरण तयार गर्नु सामेल छन्।

विकसित भारतको परिकल्पनामा शून्य निर्धनता, शत प्रतिशत उच्च गुणस्तरीय स्कूले शिक्षा, उच्च गुणस्तरीय किफायती एवं समग्र स्वास्थ्य हेरचाहसम्म पहुँच, सार्थक रोजगारका साथ शत प्रतिशत कुशल श्रमिक बल, आर्थिक गतिविधिमा 70 प्रतिशत महिला अनि भारतलाई विश्वको “खाद्यान्न भकारी” बनाउन हाम्रा किसानहरूको बृहत भूमिका सामेल रहेको केन्द्रिय वित्त मन्त्रीले बताइन्।

*********


(Release ID: 2098437) Visitor Counter : 18