वित्त मन्त्रालय

वित्त मन्त्रीद्वारा नयाँ उदीयमान क्षेत्रमा अनुसन्धान अनि नयाँ पहलमा निजी निवेशलाई बढावा दिन एक लाक करोड रुपियाँको नयाँ कर्पस स्थापित गर्ने प्रस्ताव


“हाम्रा तकनिकीप्रेमी युवाका लागि यो एउटा स्वर्णिम काल हुनेछ” – वित्त मन्त्री श्रीमती निर्मला सीतारमण

पचास वर्षीय ब्याजमुक्त ऋणबाट एक लाख करोड रुपियाँको कर्पस स्थापित गरिनेछ

रक्षा क्षेत्रमा गहन प्रौद्यौगिकीलाई सुदृढ बनाउन र आत्मनिर्भरतामा तेजी ल्याउन नयाँ योजना शुरु गर्ने प्रस्ताव

नयाँ युगको प्रौद्योगिकी अनि डाटाले मानिसहरूको जीवन अनि व्यापारमा परिवर्तन ल्याइरहेको छ : वित्त मन्त्री श्रीमती सीतारमण

Posted On: 01 FEB 2024 12:52PM by PIB Gangtok

वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले आज लोकसभामा अन्तरिम बजेट 2024-25 पेश गर्दै नयाँ उदीयमान क्षेत्रमा अनुसन्धान अनि नयाँ पहलमा निजी निवेशलाई बढावा दिनका लागि एक लाख करोड रुपियाँको नयाँ कर्पस स्थापित गर्ने प्रस्ताव पेश गरिन्।

2024-25 का लागि अन्तरिम बजेट पेश गर्दै श्रीमती सीतारमणले हाम्रा तकनिकीप्रेमी युवाहरूको निम्ति यो स्वर्णिम काल हुने बताइन्।

पचास वर्षीय ब्याजमुक्त ऋणबाट एक लाख करोड रुपियाँको कर्पस स्थापित गरिनेछ। यस कर्पसबाट दीर्घकालीन वित्तपोषण वा पुनःवित्तपोषण कम वा शून्य ब्याज दरमा उपलब्ध गराइनेछ। यसबाट नयाँ उदीयमान क्षेत्रमा अनुसन्धान अनि नवोन्मेष बढाउनका लागि निजी क्षेत्रले प्रोत्साहन पाउनेछ। हामीले यस्तो कार्यक्रम बनाउनुपर्नेछ, जसले युवाशक्ति अनि प्रौद्योगिकीलाई जोड्नेछ, उनले बताइन्।

रक्षा प्रयोजनका लागि गहन प्रौद्योगिकीलाई सुदृढ बनाउन र आत्मनिर्भरतामा तेजी ल्याउनका लागि नयाँ योजना पनि वित्त मन्त्री श्रीमती सीतारमणले प्रस्तावित गरिन्।

प्रौद्योगिकीमा परिवर्तन

वित्त मन्त्रीले नयाँ युगको प्रौद्योगिकी अनि डाटाले मानिसहरूको जीवनका साथै व्यापारमा परिवर्तन ल्याइरहेको बताइन्। यी प्रौद्योगिकीले नयाँ आर्थिक अवसर पनि सम्भव भइरहेको र सामाजिक संरचनाको अन्तिम पङ्क्तिमा रहेका मानिसहरूसहित सबैका लागि किफायती दरमा उच्च गुणस्तरको सेवा प्रदान गरिरहेको बताइन्। वैश्विक स्तरमा भारतको निम्ति भइरहेको अवसरको विस्तारमाथि चर्चा गर्दै भारतले आफ्ना मानिसहरूको नयाँ पहल अनि उद्यमशीलताको माध्यमद्वारा समाधान दर्शाइरहेको श्रीमती सीतारमणले बताइन्।

अनुसन्धान अनि नवाचार

आर्थिक उन्नति, रोजगार अनि विकासलाई बढावा दिनका लागि अनुसन्धान अनि नवाचारमाथि बल दिँदै प्रधानमन्त्री लालबहादुर शास्त्रीले “जय जवान जय किसान”को नारा दिएको र प्रधानमन्त्री अटलबिहारी वाजपेयीले त्यसलाई “जय जवान, जय किसान जय विज्ञान”को नारा बनाएको श्रीमती निर्मला सीतारमणले बताइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीजीले यस नारालाई विस्तार गर्दै यसलाई “जय जवान, जय किसान, जय विज्ञान अनि जय अनुसन्धान” बनाएको कारण नयाँ पहल नै विकासको आधार रहेको उनले उल्लेख गरिन्। (पीआइबी)

****



(Release ID: 2001752) Visitor Counter : 65