प्रधानमन्त्रीको कार्यालय

संसद सत्रभन्दा अघि प्रधानमन्त्रीले मिडियालाई गरे सम्बोधन


“राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको मार्गदर्शन र श्रीमती निर्मला सीतारमणको अन्तरिम बजेट नारी शक्तिको उत्सवको प्रतीक हो”

“यद्यपि रचनात्मक आलोचना स्वागतयोग्य छ, विघटनकारी व्यवहार अस्पष्टतामा बदलिनेछ”

“आउनुहोस् हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने प्रयास गरौँ, सदनलाई आफ्ना विचारहरूद्वारा समृद्ध बनाऔँ र राष्ट्रलाई उत्साह र आशावादले भरिपूर्ण बनाओँ”

“सामान्यतया जब चुनाउको समय आउँछ, तब पूर्ण बजेट पेश गरिँदैन, हामी पनि त्यही परम्परालाई पालन गर्नेछौँ र नयाँ सरकार बनेपछि पूर्ण बजेट तपाईँहरू समक्ष ल्याउँछौँ”

Posted On: 31 JAN 2024 12:04PM by PIB Gangtok

बजेट सत्र शुरु हुनु अघि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मिडियालाई एक बयान दिए।

यस अवसरमा बोल्दै प्रधानमन्त्रीले नयाँ संसदको पहिलो सत्रको स्मरण गराए तथा पहिलो सत्रमा लिइएका महत्त्वपूर्ण निर्णयहरूको प्रकाश पारे। महिला सशक्तिकरण र अनुकरण अधिनियम पारित हुनु हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण क्षण होश्री मोदीले भने। 26 जनवरीमा गणतन्त्र दिवस समारोहको जिकिर गर्दै उनले नारी शक्तिको ताकत, पराक्रम र दृढ़ सङ्कल्पलाई देशले स्वीकार गरेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूको अभिभाषण र वित्त मन्त्री निर्मला सीतारमणद्वारा अन्तरिम बजेट पेश गरिनुको महत्त्वलाई रेखाङ्कित गर्दै यसलाई महिला सशक्तिकरणको उत्सवको संज्ञा दिए।

पछिल्लो दशकलाई प्रतिबिम्बित गर्दै प्रधानमन्त्री मोदीले संसदका प्रत्येक सदस्यको योगदानलाई स्वीकार गरे। तर, उनले प्रजातान्त्रिक मूल्य मान्यताबाट टाढिएका र हङ्गामा तथा अवरोध गर्नेहरूलाई आत्मनिरीक्षण गर्न आग्रह गरे। प्रधानमन्त्रीले भने, “लोकतन्त्रमा आलोचना र विरोध आवश्यक हुन्छ, तर जति पनि मानिसहरूले सदनलाई रचनात्मक विचारहरूले समृद्ध बनाए, उनीहरूलाई एउटा ठूलो वर्गले सम्झिरहनेछ। कसैले पनि ती मानिसहरूलाई स्मरण गर्दैनन्, जसले केवल अवरोध सिर्जना गर्दछन्।

आफ्नो विचारलाई अगाडि बढ़ाउँदै प्रधानमन्त्री मोदीले संसदीय बहसको स्थायी प्रभावमाथि जोड दिँदै भने, “यहाँ बोलिने हरेक शब्द इतिहासको इतिहासमा प्रतिध्वनित हुनेछ।उनले सदस्यहरूलाई सकारात्मक योगदान दिन आह्वान गर्दै भने, “यद्यपि रचात्मक आलोचना स्वागतयोग्य भए पनि विघटनकारी व्यवहार अस्पष्टतामा परिणत हुनेछ।बजेट सत्र शुरु हुनाका साथै प्रधानमन्त्री मोदीले सबै सम्मानित सदस्यहरूलाई सकारात्मक छाप छोड्ने अवसरको सदुपयोग गर्न आग्रह गरे। उनले राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गर्दै भने, “आउनुहोस् हामी आफ्नो सर्वश्रेष्ठ दिने प्रयास गरौँ, सदनलाई आफ्ना विचारहरूले समृद्ध बनाऔँ र राष्ट्रलाई उत्साह र आशावादले भरिपूर्ण बनाऔँ।

आगामी बजेटलाई लिएर प्रधानमन्त्रीले भने, ‘सामान्यतया जब चुनाउको समय नजिक आउँछ, तब पूर्ण बजेट पेश हुँदैन, हामी पनि त्यही परम्परालाई पालन गर्नेछौँ र नयाँ सरकार गठन भएपछि पूर्ण बजेट तपाईँहरू समक्ष ल्याउनेछौँ।यसचोटि देशकी वित्त मन्त्री निर्मला जीले केही मार्गदर्शक बुँदाहरूका साथ आफ्नो बजेट भोलि हामी सबैका अगाडि  पेश गर्नुहुनेछ।

प्रधानमन्त्री मोदीले निष्कर्षमा भने, “नागरिकको आशीर्वादले प्रेरित भएर भारतको समावेशी तथा व्यापक विकासको यात्रा जारी रहनेछ।

*****



(Release ID: 2000894) Visitor Counter : 52