शिक्षा मन्त्रालय
मन्त्री धर्मेन्द्र प्रधानद्वारा 29 जनवरी, 2024 को दिन भारत मण्डपममा आयोजित हुने परीक्षा पे चर्चाको सातौं संस्करणको तयारीको समीक्षा
सातौं संसकरणका लागि माइगभ पोर्टलमा 2.26 करोड पञ्जिकरण दर्ता, जसले देशभरीका विद्यार्थीमा व्यापक उत्साह दर्शाउँदछ
एकलव्य मोडल आवासीय विद्यालयका एक सय विद्यार्थी पहिलोपटक यस कार्यक्रममा सामेल हुने
12 जनवरीदेखि 23 जनवरी, 2024 सम्म देशभरी स्कूले स्तरमा विभिन्न गतिविधि आयोजित
23 जनवरी, 2024 को दिन 774 जिल्लाका 657 केन्द्रिय विद्यालय अनि 122 नवोदय विद्यालयमा चित्रकला प्रतियोगिता आयोजित गरियो, जसमा 60 हजारभन्दा धेरै विद्यार्थीले भाग लिए
Posted On:
27 JAN 2024 2:25PM by PIB Gangtok
केन्द्रिय शिक्षा तथा कौशल विकास एवं उद्यमिता मन्त्री धर्मेन्द्र प्रधानले हिजो परीक्षा पे चर्चा 2024 को निम्ति चलिरहेको तयारीको समीक्षा गरे।
परीक्षा पे चर्चा अब एउटा वार्षिक परम्परा बनेको मन्त्री प्रधानले बताए। परीक्षाको चिन्ताबाट बाहिरिन र यसमा राम्रो गर्नका लागि परीक्षार्थी, माता-पिता अनि शिक्षकले परीक्षा पे चर्चा कार्यक्रम अधीर भई प्रतीक्षा गरिरहेको उनले बताए।
परीक्षा पे चर्चा (पीपीसी) 2024 मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गर्न मानिसहरूले व्यापक उत्साह व्यक्त गरेको उनले बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा परीक्षा पे चर्चा (पीपीसी), परीक्षासँग जोडिएका तनाउ हटाउन र परीक्षा योद्धाहरूको तयारीका साथ तालमेल कायम गर्दै जीवनप्रति उत्सवपूर्ण दृष्टिकोणलाई बढावा दिने अनौठो पहल हो।
परीक्षा पे चर्चा कार्यक्रमको आयोजन शिक्षा मन्त्रालयको स्कूले शिक्षा एवं साक्षरता विभागले गर्दछ, जसमा विगत 6 वर्षदेखि विद्यार्थी, अभिभावक अनि शिक्षकहरूलाई सफलतापूर्वक सामेल गरिँदै आएको छ। कोभिड-19 महामारीका कारण पीपीसीको चौथो संस्करण अनलाइन आयोजित गरिएको थियो। त्यसपछि पाँचौं र छैटौं संस्करण नगर भवन प्रारूपमा आयोजित गरिएको थियो। गत वर्ष यस कार्यक्रममा 31.24 लाख विद्यार्थी, 5.60 लाख शिक्षक अनि 1.95 लाख अभिभावकको उत्साहपूर्ण भागीदारी रहेको थियो।
यस सातौं संस्करणका लागि माइगभ पोर्टलमा 2.26 करोड पञ्जिकरण दर्ता गरिएको छ, जसले देशभरी विद्यार्थीहरूबीच व्यापक उत्साह रहेको दर्शाउँदछ। नयाँ दिल्लीको प्रगति मैदान स्थित आइटीपीओको भारत मण्डपममा 29 जनवरी, 2024 को दिन नगर भवन प्रारूपमा आयोजित हुने परीक्षा पे चर्चा कार्यक्रममा प्रधानमन्त्रीसँग संवाद गर्न करिब 3,00 प्रतिभागी सामेल रहनेछन्। यस कार्यक्रममा कला उत्सवका विजेताका साथसाथै प्रत्येक राज्य अनि केन्द्र शासित प्रदेशबाट दुई विद्यार्थी अनि एक शिक्षकलाई आमन्त्रित गरिएको छ। यसमा एकलव्य मोडल आवासीय विद्यालयका (ईएमआरएस) एक सय विद्यार्थीले पहिलोपटक भाग लिनेछन्।
11 दिसम्बर, 2023 देखि 12 जनवरी, 2024 सम्म माइगभ पोर्टलमा अनलाइन बहुविकल्पीय प्रश्नोत्तरी (एमसीक्यु) प्रतियोगितामा प्रदर्शनको आधारमा प्रतिभागीहरूको चयन गरिएको छ। चयनित प्रतिभागीहरूलाई परीक्षा पे चर्चाको एउटा किट प्राप्त हुनेछ, जसमा प्रधानमन्त्रीद्वारा लिखित “एक्जाम वारियर्स” पुस्तक र एउटा प्रमाण पत्र सामेल छ।
12 जनवरीदेखि 23 जनवरी, 2024 सम्म देशभरी म्यारथन दौड, सङ्गीत तथा मीम प्रतियोगिता, सडक नाटक अनि विद्यार्थीहरूबीच चर्चा जस्ता विभिन्न स्कूल स्तरीय गतिविधि आयोजित गरियो। 23 जनवरी, 2024 को दिन 774 जिल्लाका 657 केन्द्रिय विद्यालय अनि 122 नवोदय विद्यालयमा “एक्जाम वारियर्स”
12 जनवरी से 23 जनवरी 2024 तक, देश भर में मैराथन दौड़, संगीत और मीम प्रतियोगिताएं, नुक्कड़ पुस्तकमा परीक्षा मन्त्रसित सम्बन्धित विषयमाथि चित्रकला प्रतियोगिता आयोजित गरियो, जसमा 60 हजारभन्दा धेरै विद्यार्थीले भाग लिए।
2.26 करोड पञ्जिकरणका साथ 29 जनवरी, 2024 को दिन परीक्षा पे चर्चाको आगामी सातौं संस्करणलाई लिएर धेरै आशा साँचिएको छ, जसले परीक्षाको तनाउ हटाउन र सकारात्मक सिक्ने संस्कृतिलाई बढावा दिनमा कार्यक्रमको भूमिकालाई उजागर गर्दछ।
******
(Release ID: 2000862)
Visitor Counter : 92
Read this release in:
Odia
,
Tamil
,
Assamese
,
Bengali-TR
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Manipuri
,
Punjabi
,
Kannada