सूचना तथा प्रसारण मन्त्रालय

विकसित भारत सङ्कल्प यात्राले पाउँदैछ अपार जनसमर्थन


यसमा 250 भन्दा धेरै ग्राम पञ्चायतमा एक लाखभन्दा धेरै मानिसको सहभागिता रह्यो

प्रधानमन्त्री उज्ज्वला योजनाको निम्ति 21 हजार मानिसले पञ्जिकरण गराए

Posted On: 17 NOV 2023 4:00PM by PIB Gangtok

भव्य शुरुवातका साथ प्रारम्भ भएको विकसित भारत सङ्कल्प यात्राको पहिलो दिन देशभरीको 259 ग्राम पञ्चायतमा एक लाखभन्दा धेरै मानिस पुगे। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा 15 नोभेम्बर, 2023 को दिन झारखण्डको खुँटीदेखि यस अभियानलाई हरियो झण्डा देखाएर प्रस्थान गराइएको थियो। यस अन्तर्गत देशभरी महत्त्वपूर्ण जनजातीय जनसङ्ख्या भएका विभिन्न स्थानबाट एकै समयमा भ्यानहरूलाई प्रस्थान गरिएको थियो।

विकसित भारत सङ्कल्प यात्राको पहिलो दिन राष्ट्रिय विकासको साझा परिकल्पनाको दिशामा सशक्तिकरण एवं सामूहिक सम्बद्धताका गाथालाई एक साथ जोड्ने घटनाहरू वा पहलहरूको सक्रिय मिश्रण देखियो।

यस यात्राको उद्देश्य केन्द्र सरकारको कल्याणकारी योजना अनि नीतिहरूबारे जागरूकता फैलाउनु एवं प्रमुख सरकारी योजनाहरूको शत-प्रतिशत परिपूर्णता हासिल गर्नुरहेको छ। यसै उद्देश्यलाई ध्यानमा राख्दै यात्राको पहिलो दिन 21 हजारभन्दा धेरै मानिसले पीएम उज्ज्वला योजनाको निम्ति पञ्जिकरण गराए।

यसै अवधिमा 12 सयभन्दा धेरै माइ भारतस्वयंसेवकहरू पञ्जिकरण गराउनका साथसाथै 80 हजारभन्दा धेरै मानिसले विकसित भारतको प्रतिज्ञा लिए। यस यात्रामा विशिष्ट व्यक्तिहरू, 3,448 महिला, 1,475 विद्यार्थी, 495 स्थानीय कलाकार अनि 298 खेलाडीका प्रयासलाई मान्यता प्रदान गर्दै उनीहरूकालाई प्रेरक व्यक्तित्त्वका रूपमा स्वीकार गरी उनीहरूतर्फ पनि ध्यान आकृष्ट गरियो।

भीबीएसवाई आइईसी भ्यानमा मानिसहरूको भीड लागेको थियो भने यस अवधिमा आयोजित गतिविधिमा उत्साहपूर्वक भाग लिए साथै मौकामा प्रदान गरिएका कैयौं सेवाको लाभ उठाए। यस अवधिमा आयोजित स्वास्थ्य शिविरमा 16 हजारभन्दा धेरै मानिसले भाग लिए, जसमा 6 हजारभन्दा धेरै क्षय रोगका लागि अनि 45 सयभन्दा धेरै मानिसको सिकल सेल रोगका लागि जाँच गरियो।

ड्रोन प्रदर्शन अतिनै सफल साबित भयो

भीबीएसलाईले कृषि क्षेत्रमा विकाससँग जोडिएको एउटा प्रदर्शन पनि प्रस्तुत गऱ्यो, जसको लाभ किसानहरूले आफ्नो उत्पादन अनि उत्पादकता बढाउनका लागि उठाउन सक्नेछन्। 120 भन्दा धेरै ड्रोन अनि माटोको स्वास्थ्य कार्डको प्रदर्शन पनि आयोजन गरियो। यसका साथै प्राकृतिक खेती गर्ने किसानहरूका साथ पनि रचनात्मक संवाद भयो।

विकसित भारत सङ्कल्प यात्रामा प्रमुख सरकारी योजनाहरूको शत-प्रतिशत परिपूर्णताका रूपमा हासिल गरिएका उपलब्धिहरू पनि उल्लेख गरियो। 83 ग्राम पञ्चायतमा आयुष्मान कार्डको शत-प्रतिशत परिपूर्णता, 89 ग्राम पञ्चायमा जेजेएमको शत-प्रतिशत परिपूर्णता, 97 ग्राम पञ्चायतमा शत प्रतिशत जन धन सन्तृप्ति र 124 ग्राम पञ्चायतमा खुल्लामा दिसा-पिसाबमुक्त + को दर्जा हासिल गरियो।

यस यात्राको समय व्यक्तिगत सफलताका गाथाहरू पनि सामेल गरियो र यस अन्तर्गत 200 भन्दा धेरै लाभार्थीले मेरो कथा, मेरो मुखबाटको प्रस्तुति दिए, जुन उनीहरूका जीवनमा सरकारको प्रमुख योजनाद्वारा आएको परिवर्तनको प्रत्यक्ष प्रमाण हो।

विकसित भारत सङ्कल्प यात्रा भारत सरकारको हालसम्मको सबैभन्दा व्यापक पहुँच रहेको पहल हो। समावेशी विकासको दृष्टिकोणमा आधारित यस यात्राको माध्यमद्वारा सरकारी योजनाहरूको लाभ देशको हरेक कुनासम्म शत-प्रतिशत परिपूर्णताका साथ पुऱ्याउन सुनिश्चित गर्ने निरन्तर प्रयास गरिएको छ। यो यात्रा व्यापक स्तरमा पहुँच बनाउनका साथसाथै सूचना प्रसार अनि देशको विकासमा सक्रिय  हितधारक बन्नका लागि नागरिकहरूलाई सशक्त बनाउनका लागि यस उध्देश्य प्राप्त गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो।

आइईसी भ्यानद्वारा कार्यान्वित धरातलीय स्तरका गतिविधि अनि मानिसहरूको भागीदारीको तथ्याङ्कलाई ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्यौगिकी मन्त्रालयको डिजिटल इण्डिया करपोरेशनद्वारा तयार एउटा पोर्टलमा वास्तविक समयमा दर्ता गरिन्छ।

भारतभरीका केही तस्वीर

विकसित भारत अभियानको समय जनकल्याणकारी योजनाहरूमाथि साहित्य वितरण गरियो

बिहारको एउटा गाउँमा विकसित भारत सङ्कल्प यात्राको आइईसी भ्यान

विकसित भारत अभियान अन्तर्गत ड्रोनको प्रदर्शन

पूर्वोत्तरमा विकसित भारत सङ्कल्प यात्राको आइईसी भ्यान

आसममा स्वास्थ्य शिविर

****



(Release ID: 1977783) Visitor Counter : 73