संस्कृति मन्त्रालय

‘मेरी माटी मेरा देश’ अभियानको पहिलो चरणमा व्यापक मात्रामा जनसहभागिता देखियो


36 राज्य / केन्द्र शासित प्रदेशहरूमा स्वतन्त्रता सेनानी र सुरक्षा बलहरूलाई समर्पित 2.33 लाखभन्दा अधिक शिलाफलकमहरू बनाइए

4 करोड पञ्च प्राण प्रतिज्ञा; 2 लाख + बहादुर अभिनन्दन कार्यक्रम; 2.63 लाख अमृत वाटिका निर्माण गरियो

देशका प्रत्येक घरघरसम्म पुऱ्याउन दोस्रो चरणमा प्रवेश गर्नका लागि पूर्ण रूपले तयार

Posted On: 15 SEP 2023 11:32AM by PIB Gangtok

देशको लागि आफ्नो जीवन अर्पण गर्ने वीरहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि 9 अगस्त, 2023 मा एक राष्ट्रव्यापी अभियान मेरी माटी मेरा देशशुरु गरिएको थियो। यो अभियान आजादी का अमृत महोत्सवको समापन कार्यक्रम हो, जो 12 मार्च, 2021 मा शुरु भयो र सम्पूर्ण भारतमा 2 लाखभन्दा अधिक कार्यक्रमका साथमा व्यापक सार्वजनिक सहभागिता (जनभागिदारी) को साक्षी छ।

यो अभियानले स्वतन्त्रता सेनानी र सुरक्षा बलहरूलाई समर्पित शिलाफलकमको स्थापना जस्ता कार्यक्रमहरूका साथ-साथै पञ्च प्राण प्रतिज्ञा, वसुधा वन्दन, वीरों का वन्दन जस्ता पहल सामेल छन्, जसले हाम्रा बहादुरहरूको वीरतापूर्ण बलिदानलाई सम्मान गर्दछ।

मेरी माटी मेरा देश अभियानको पहिलो चरण व्यापक पहुँच तथा विशाल जनसहभागिताका साथ अभूतपूर्व सफल साबित भएको छ। हालसम्म 36 राज्य/ केन्द्र शासित प्रदेशहरूमा 2.33 लाखभन्दा अधिक शिलाफलकमहरू निर्माण गरिएका छन्। हालसम्म करिब 4 करोड पञ्च प्राण प्रतिज्ञा सेल्फी वेबसाइटमा अपलोड भइसकेका छन्। देशभरिमा 2 लाखभन्दा अधिक बहादुर अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ। वसुधा वन्दन थिम अन्तर्गत 2.36 करोडभन्दा अधिक स्वदेशी बिरुवा रोपिएको छ र 2.63 लाख अमृत वाटिकाको निर्माण गरिएको छ।

अब यो अभियान देशभरिमा अमृत कलश यात्राको योजनाका साथै आफ्ना दोस्रो चरणमा प्रवेश गर्नका लागि पूर्ण रूपले तयार छ। अखिल भारतीय आउटरीच अभियानको रूपमा यसको उद्देश्य देशको हरेक घरसम्म पुग्नु हो। भारतभरिका ग्रामीण क्षेत्रका 6 लाखभन्दा अधिकी गाउँ र शहरी क्षेत्रका वार्डहरूबाट माटो र चामलको दाना एकत्रित गरिँदैछ। ग्रामीण क्षेत्रमा यसलाई ब्लक स्तरमा जोडेर ब्लक स्तरीय कलश बनाइनेछ। राज्यको राजधानीबाट औपचारिक विदाईपछि यी कलशहरू राष्ट्रिय कार्यक्रमको लागि दिल्ली आउनेछन्। शहरी क्षेत्रहरूमा, माटोलाई वार्डबाट एकत्रित गरिँदैछ र राज्यको राजधानीको माध्यमबाट दिल्लीमा मिश्रण तथा परिवहनका लागि ठूला शहरी स्थानीय निकायहरूमा ल्याइँदैछ। अन्तिम कार्यक्रमका लागि अक्टोबरको अन्त्यसम्ममा 8500 भन्दा अधिक कलश दिल्ली पुग्ने आशा गरिएको छ। भारतका सबै कुनाबाट एकत्रित गरिएको माटोलाई अमृत वाटिका र अमृत स्मारकमा राखिनेछ, जसद्वारा आजादी का अमृत महोत्सव मनाउने विरासत तयार हुनेछ।

मेरी माटी मेरा देश अभियानका तस्बिरहरू तलको लिङ्कमा उपलब्ध छन्:

https://drive.google.com/drive/folders/1ZbRRp1YP893V6LBfibaQJeoK3vBOLoc9?usp=drive_link

*****



(Release ID: 1957894) Visitor Counter : 93