पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय

सबै एलपीजी उपभोक्ता (33 करोड जड़ान) का लागि एलपीजी सिलिण्डरको मूल्य प्रति सिलिण्डर 200 रुपियाँले घटाउने प्रधानमन्त्रीको साहसी कदम


प्रधानमन्त्री उज्ज्वला योजनाका उपभोक्ताहरूले आफ्नो खातामा प्रति सिलिण्डर 200 रुपियाँको अनुदान प्राप्त गर्न जारी राख्नेछन्

सरकारले 75 लाख अतिरिक्त उज्ज्वला जडानलाई पनि अनुमोदन गरेको छ, जसले कुल पीएमयूवाई लाभार्थीहरूलाई 10.35 करोडमा पुर्याउँछ

Posted On: 29 AUG 2023 5:10PM by PIB Gangtok

देशभरिका घरपरिवारलाई राहत दिने कदममा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले खाना पकाउने ग्यासको मूल्यमा उल्लेख्य कमीको घोषणा गरेको छ। 30 अगस्त, 2023 देखि लागू हुने गरी 14.2 केजी ग्यास सिलिण्डरको मूल्य देशभरिका सबै बजारमा 200 रुपियाँले घटाइनेछ। उदाहरणका लागि, दिल्लीमा यो निर्णयले 14.2 किलोग्रामको सिलिण्डरको मूल्य अहिलेको 1103 रुपियाँ प्रति सिलिण्डरबाट घटाएर 903 रुपियाँ प्रति सिलिण्डरमा झन् किफायती हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “रक्षा बन्धनको अवसरमा देशका मेरा करोडौँ दिदी - बहिनीहरूलाई यो उपहार हो। हाम्रो सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउने अनि गरीब तथा मध्यम वर्गलाई फाइदा पुग्ने सबै कुरा सधैँ गर्नेछ।

यो कटौती पीएमयूवाई परिवारहरूलाई रु. 200 प्रति सिलिण्डरको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, जुन जारी रहनेछ। यसैले पीएमयूवाई परिवारहरूको लागि यस कटौतीपछि दिल्लीमा प्रभावकारी मूल्य प्रति सिलिण्डर 703 रुपियाँ हुनेछ।

स्मरणीय कुरा के छ भने देशमा 31 करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरू छन् जसमा 9.6 उी पीएमयूवाई लाभार्थी परिवार छन् र यो कटौतीले देशका सबै एलपीजी उपभोक्ताहरूलाई मद्दत मिल्ने। लम्बितपीएणयूवाई आवेदनलाई हटाउन र सबै योग्य परिवारहरूलाई जम्मा नि: शुल्क एलपीजी जडान प्रदान गर्नका लागि सरकारले छिट्टै एलपीजी जडान नभएका गरीब परिवारका 75 लाख महिलाहरूलाई पीएमयूवाई जडान वितरण शुरु गर्नेछ। यसले पीएमयूवाई अन्तर्गत लाभार्थीहरूको कुल सङ्ख्या 9.6 करोडबाट बढ़ेर 10.35 करोड हुनेछ।

यी निर्णयहरू नागरिकहरूमाथिको आर्थिक भारलाई कम गर्न र परिवारको कल्याणलाई बढ़ावा दिनका लागि सरकारको जारी प्रयासको एक भागको रूपमा आउँछन्। खाना पकाउने ग्यासको मूल्यमा आएको कमीले आफ्ना नागरिकको हितलाई प्राथमिकता दिने र उचित मूल्यमा अत्यावश्यक वस्तुहरूमा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता झल्काउँछ।

माननीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री श्री हरदीप सिंह पुरीले यस निर्णयमा खुशी व्यक्त गर्दै भने, “हामी आफ्नो बजेट व्यवस्थापन गर्न घरपरिवारसमक्ष आउने चुनौतीहरू बुझ्दछौँ। खाना पकाउने ग्यासको मूल्य घटाउनुको उद्देश्य परिवार र व्यक्तिहरूलाई प्रत्यक्ष राहत प्रदान गर्नु हो, साथै अत्यावश्यक वस्तुहरूमा किफायती पहुँच सुनिश्चित गर्ने सरकारको ठूलो लक्ष्यलाई समर्थन गर्नु हो।

खाना पकाउने ग्यासको मूल्यमा भएको कमीले समाजको व्यापक वर्गको जीवनयापनको लागतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरकारको सक्रिय कदमले नागरिकहरूको प्रयोज्य आम्दानीमा सराहनीय योगदान गर्दै घरपरिवारहरूको लागि महत्त्वपूर्ण खर्च बचत गर्ने अनुमान गरिएको छ।

सरकारले जनताको भार कम गर्न विभिन्न कदम चाल्दै आएको र खाना पकाउने ग्यासको मूल्य घटाउनु जनताको आवश्यकताप्रति सरकारको उत्तरदायित्व र हितप्रतिको अटल समर्पणको प्रमाण हो।

****



(Release ID: 1953264) Visitor Counter : 130