सूचना तथा प्रसारण मन्त्रालय

सरकारले “पाई-पाईद्वारा गरीबको भलाई”को भावनाका साथ काम गरिरहेको छ : केन्द्रिय मन्त्री अश्विनी वैष्णव


अश्विनी वैष्णवद्वारा राष्ट्रिय सङ्गोष्ठी – नौ साल – सेवा, सुशासन, गरीब कल्याणको उद्घाटन

भारत विग नौ वर्षमा कमजोर पाँचदेखि शीर्ष पाँचमा पुगेको छ : केन्द्रिय मन्त्री अनुराग ठाकुर

पीएम मोदीले तिरङ्गालाई विश्वकै शक्तिशाली ध्वज बनाएका छन् : अनुराग ठाकुर

Posted On: 27 MAY 2023 4:33PM by PIB Gangtok

केन्द्रिय रेलवे मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीको विज्ञान भवनमा राष्ट्रिय सङ्गोष्ठी - नौ साल सेवा, सुशासन, गरीब कल्याणको उद्घाटन गरे। यस असरमा केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुर, केन्द्रिय सूचना एवं प्रसारण राज्य मन्त्री डा. एल मुरूगन, सूचना एवं प्रसारण सचिव अपूर्व चन्द्र तथा प्रसार भारतीका सीईओ गौरव द्विवेदी पनि उपस्थित थिए।

केन्द्रिय मन्त्री अश्विनी वैष्णवले वर्ष 2014 अघि र त्यसपछिका सरकारको प्रदर्शनीको तुलनात्मक प्रदर्शनी प्रस्तुत गर्दै विगतका सरकारको प्रयास घोटालाहरूको पर्याय बनेको तर वर्तमान सरकारले पाई-पाईद्वारा गरीबको भलाईको भावनाका साथ काम गरिरहेको बताए। यो कुरा गरीब अनि कमजोरहरूलाई केन्द्रमा राखी योजना अनि कार्यक्रमहरूको कार्यान्वयनले पनि प्रतिबिम्बित गर्ने उनले बताए। गरीबहरूको जीवनमा रूपान्तरणकारी परिवर्तन आफ्नो घर हुनुको बोधले ल्याउने कुरा मन्त्रीले रेखाङ्कित गरे। यस सम्बन्धमा आजसम्म 3.5 करोड घर देशभरी पीएम आवास योजना अन्तर्गत निर्माण पूरा गर्दै गरीबहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याएको उनले बताए।

प्रत्येक घरसम्म पाइपको माध्यमद्वारा पानी पुऱ्याउने कार्यलाई विशालकाय विचार मानिएको र आजसम्म यसलाई हासिल गर्नु त टाढाको कुरा कोशिशसम्म नगरिएको उनले बताए। तर प्रधानमन्त्रीले यस चुनौतीलाई स्वीकार गरेको हुँदा आज 12 करोड मानिससँग पानीको कनेक्सन रहेको उनले बताए। यसै गरी सरकारले पारम्परिक चुल्हाको प्रहसन अन्त्य गर्ने निर्णयका साथ 9.6 करोड परिवारलाई ग्यास सिलिण्डर उपलब्ध गराएको पनि उनले बताए।

यसका साथै भुक्तभोगीहरूका लागि सरकार सधैं अघि आएको र कोभिड-19 महामारीसँग विश्वले सङ्घर्ष गरिरहेको बेला सरकारले विशाल प्रचालन चुनौतीलाई पार गर्दै 80 करोड जनतालाई निःशुल्क राशन वितरण गर्ने काम गरेको उनले बताए। कुनै पनि सरकारले स्वतन्त्रता दिवसको सम्बोधनमा समावेशी विकासको सूचक शौचालय जस्ता मानिसको मौलिक आवश्यकताबारे कुरा उठाएको छैन। तर पीएम मोदीले लाल किल्लाबाट आफ्नो भाषणणा प्रत्येक घरमा शौचालय निर्माण गर्नेबारे कुरा उठाए। यसले महिला सुरक्षा अनि स्वच्छताको क्षेत्रमा क्रान्ति ल्याएको छ र आजसम्म 11.72 करोड शौचालय निर्माण भएका छन्, उनले भने।

आज भारतमा आयुष्मान भारत अन्तर्गत विश्वकै सबैभन्दा विशाल स्वास्थ्य स्याहार बीमा कार्यक्रम चलिरहेको र यसले गरीबहरूका लागि पाँच लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य स्याहारको प्रावधान रचना गरेको उल्लेख गर्दै यसले अमेरिका र रूसको जनसङ्ख्या मिलाउँदा आउने सङ्ख्याभन्दा धेरैलाई समेटेको पनि मन्त्री वैष्णवले बताए।

सामाजिक न्यायको नयाँ परिभाषा रचना गर्दै तुष्टिकरणदेखि इतर सशक्तिकरणमाथि बल दिनुको श्रेय मन्त्री वैष्णवले प्रधानमन्त्रीलाई दिए।

वर्ष 2014 उपरान्त घरेलु पूर्वाधार क्षेत्रले अप्रत्याशित फड्को मारेको उल्लेख गर्दै यो कुरा पहिले उचित मनस्तिथिति अनि चिन्तन प्रक्रियाको अभावका कारण खट्किएको पनि मन्त्रीले बताए। नौ वर्षको अवधिमा 74 वटा हवाई अड्डाको निर्माण गरिएको उल्लेख गर्दै 2014 सम्म यति नै सङ्ख्यामा रहेको बताए। स्वतन्त्रतापछि 91 हजार किलोमिटर सडक निर्मनाण गरिएको तर 2014 उपरान्त 54 हजार किलोमिटर सडक निर्माण गरिएको उनले बताए। भारतमा 2014 सम्म कुनै जलमार्ग नरहेको तर हालमा आएर 111 वटा स्थापित हुनका साथै भारतीय रेलवे स्टेशनहरूमा आज हवाई अड्डा बराबरको विश्व स्तरी सुविधा उपलब्ध भइरहेको उनले बताए।

धेरै समयमसम्म भारत विश्वको आर्थिक स्तराङ्कन सूचीमा धेरै पछि रहे तापनि आज भारत विश्वको पाँचौं बृहत् अर्थनीति बन्नपुगेको उनले बताए। यसका साथै आगामी दुई वर्षभित्र चौथो र 6 वर्षभित्र तेस्रो बृहत् अर्थनीति बन्ने दिशामा अघि बढिरहेको उनले बताए।

मन्त्रीले सरकारको राष्ट्रिय सुरक्षाप्रति सुदृढ प्रतिबद्धताबारे बोल्दै विगतमा भारत ठूला-ठूला आतङ्की गतिविधिको शिकार बन्ने गरेको भए तापनि आज आफ्नो हिसाबले जवाफ दिने माध्यम अनि इच्छाशक्ति रहेको उनले बताए।

केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुरले उपस्थित दर्शकलाई सम्बोधित गर्दै विगत नौ वर्षमा भारतका आम जनमानसको जीवनमा रूपान्तरणकारी परिवर्तन आएको र सरकारको उपलब्धिले उनीहरूको अपेक्षा पार गरेको बताए।

विगतमा भारत भ्रष्टाचार व्याप्क कमजोर अनि शिथिल अर्थनीति रहेको तर हालमा आएर कमजोर पाँचदेखि विश्वको शीर्ष पाँच अर्थनीतिमा स्थान ओगट्न सफल भएको उदाहरण उनले दिए।

पहिले सरकारी योजनाहरूको लाभ केही गिने-चुनेकासम्म मात्र पुग्ने गरेको भए तापनि आजको सरकारले अन्त्योदयको ध्येयका साथ काम गर्दै अन्तिम पङ्क्तिमा खडा व्यक्तिसम्मको उत्थानप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए। यसै प्रयासको परिणामस्वरूप 27 प्रतिशत जनमानसलाई गरीबीबाट मुक्ति दिलाउन सकेको उनले बताए। सेवाको भाव, महान विचार, सुशासन, प्रविधिको सामेली तथा पारदर्शी अनि जवाफदेय वितरण तन्त्रको निर्माणले जनसेवालाई अन्तिम व्यक्तिसम्म पुऱ्याउन सक्षम तुल्याएको उनले बताए।

औपनिवेशिक विरासतहरू त्याग गरी आधुनिक अनि घरेलु प्रतीकहरू अप्नाउने दिशामा तेज गतिले सरकारले काम गरिरहेको मन्त्रीले बताए। यो कुरा कर्तव्य पथको रचना तथा नयाँ संसद भवनबाट प्रत्यक्ष हुने उनले बताए।

प्रधानमन्त्रीरले देशको भविष्यलाई आकार दिन युवाहरूले महत् भूमिका खेल्नुपर्ने उल्लेख गरेको पनि मन्त्रीले प्रकाश पारे। यस परिप्रेक्ष्यमा युवाहरूलाई कोशेढुङ्गा पार गरेकोमा श्रेय दिँदै आज भारतले एक सयभन्दा धेरै युनिकर्नका साथ करिब एक लाख स्टार्टअप्स रहेको गर्व गर्नेसक्ने बताए।

देशले जहाँ एकातिर प्रधानमन्त्रीको हर घर तिरङ्गाको आह्वान आत्मसात गरेको र अर्कातिर यसै तिरङ्गालाई सङ्घर्ष क्षेत्रबाट बाहिर निक्लिन अपरेशन गङ्गाको समय विद्यार्थीहरूले उपयोग गरेको पनि मन्त्रीले उल्लेख गरे। सर्वेक्षणहरूले उनलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेको र उनले तिरङ्गालाई विश्वकै सबैभन्दा शक्तिशाली ध्वजा बनाएको पनि उनले दाबी गरे।

सचिव अपूर्व चन्द्रले विभिन्न शीर्षक अन्तर्गत सत्रका लागि अतिथिहरूलाई स्वागत जनाए। समाजको विभिन्न वर्गका श्रोताहरूलाई पनि उनले स्वागत जनाए।

सरकारको 9 सालमा आयोजित राष्ट्रिय सम्मेलनदो उद्घाटन सत्रपछि तीन विषयगत सत्र अनि समापन सत्र सामेल छन्।

सत्र 1 : “भारत अघि बढ्दैको सञ्चालन वरिष्ठ पत्रकार नितिन गोखलेले गरे, जसमा निम्नलिखित व्यक्तित्त्व सहभागी थिए :

  • भारती एन्टरप्राइजेजका संस्थापक एवं अध्यक्ष सुनील भारती मित्तल
  • अपोलो अस्पतालकी संयुक्त प्रबन्ध निर्देशक सुश्री सङ्गीता रेड्डी
  • नासकमकी अध्यक्ष सुश्री देबजानी घोष
  • अन्तरराष्ट्रिय मुद्रा कोष, भारतका पूर्व कार्यकारी निर्देशक सुरजीत भल्ला
  • भारतीय स्टेट ब्याङ्कको समूह मुख्य आर्थिक सल्लाहकार सौम्यकान्ति घोष
  • आइडब्लुआइएल इण्डियाकी अध्यक्ष एवं संरक्षक सुश्री दीपा सयाल

सत्र 2 : जन-जनको विश्वासको सञ्चालन पत्रकार ऋचा अनिरूद्धद्वारा गरियो, जसमा निम्नलिखित व्यक्तित्त्वको सहभागी थिए -

  • अभिनेता नवाजुद्दीन सिद्दीकी
  • भारतमा युनिसेफकी प्रतिनिधि सिन्थिया म्याकक्याफ्री
  • बायोकन लिमिटेडकी कार्यकारी अध्यक्ष सुश्री किरण मजुमदार शा (भिडियो सन्देश)
  • नर्स पद्मश्री शान्ति टेरेसा लकडा
  • बक्सर सुश्री निखत जरीन
  • पर्यावरणविद अनिलप्रकाश जोशी
  • सीखोकी सह-संस्थापक सुश्री दिव्या जैन

सत्र 3 : युवा शक्ति : भारतको प्रेरणाको सञ्चालन निम्नलिखित व्यक्तित्त्वका साथ रेड एफएमका रेडियो जकी रौनकद्वारा गरियो

  • ओयो रूम्सका सीईओ रितेश अग्रवाल, अभिनेता ऋषभ सेट्टी
  • सङ्गीतकार अमानअलि बङ्गस
  • भारतीय हकीका पूर्व कप्तान वीरेन रस्किना
  • संगीतकार श्री अमान अली बंगश
  • भारतीय हॉकी के पूर्व कप्तान श्री वीरेनरसकिन्हा
  • एस्प्रेसो टेक्नोलजिजकी निर्देशक सुश्री यशोधरा बाजोरिया
  • बक्सर श्री अखिल कुमार

 

****



(Release ID: 1927774) Visitor Counter : 108