प्रधानमन्त्रीको कार्यालय

रोजगार मेला अन्तर्गत प्रधानमन्त्रीले 16 मईमा सरकारी विभाग र संस्थानमा भर्ना भएका करिब 71,000 जनालाई नियुक्ति पत्र वितरण गर्ने

Posted On: 15 MAY 2023 11:41AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 16 मई, 2023 मा बिहान 10:30 बजी नयाँ भर्ना भएका लगभग 71,000 जनालाई भिडियो कन्फ्रेन्समार्फत नियुक्ति पत्र वितरण गर्नेछन्। सो अवसरमा प्रधानमन्त्रीले ती नवनियुक्तिहरूलाई सम्बोधन पनि गर्नेछन्।

रोजगार मेला देशभरिका 45 स्थानमा हुनेछ। यो नियुक्ति प्रक्रिया केन्द्र सरकारका सबै विभागहरूमा भइरहेको छ, साथ-साथै राज्य सरकार/केन्द्र शासित प्रदेशहरूले यो पहललाई सहयोग पुर्याइरहेका छन्। देशभरिबाट छनोट भएका नयाँ नियुक्तिहरूमा ग्रामीण डाक सेवक, पद निरीक्षक, वाणिज्य-तथा-टिकट क्लर्क, जुनियर क्लर्क-तथा-टाइपिस्ट, जुनियर लेखा क्लर्क, ट्र्याक मरम्मतकर्ता, सहायक शाखा अधिकारी, लोअर डिभिजन क्लर्क, महकुमा अधिकारी, कर सहायक, सहायक प्रवर्तन अधिकारी, निरीक्षक, नर्सिङ अधिकारी, सहायक सुरक्षा अधिकारी, फायरम्यान, सहायक एकाउन्ट अधिकारी, सहायक लेखा अधिकारी,, डिभिजनल लेखापाल, लेखा परीक्षक, कन्स्टेबल, हेड कन्स्टेबल, सहायक कमाण्डेन्ट, प्राचार्य, प्रशिक्षित स्नातक शिक्षक, सहायक पञ्जीकार, सहायक प्राध्यापक लगायत अन्य विभिन्न पदहरूमा सामेल हुनेछन्।

रोजगार मेला प्रधानमन्त्रीको रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता पूरा गर्ने कदम हो। रोजगार मेलाले थप रोजगारी सिर्जनामा उत्प्रेरकको रूपमा काम गर्ने र युवाहरूलाई उनीहरूको सशक्तिकरण र राष्ट्रिय विकासमा सहभागिताका लागि अर्थपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

भर्खरै नियुक्त भएकाहरूले कर्मयोगी प्रारम्भमार्फत आफूलाई तालिम दिने अवसर पनि पाउनेछन्, जुन विभिन्न सरकारी विभागहरूमा सबै नयाँ नियुक्तिका लागि अनलाइन अभिमुखीकरण पाठ्यक्रम हो।

****

 



(Release ID: 1924206) Visitor Counter : 146