57th International Film Festival of India 2026
20 – 28 Nov 2026

भारत-जापान सिर्जनात्मक सहकार्य सुदृढ़ गर्न ५७औँ आईएफएफआईमा आईआईसीटी र वाकम इण्डियाबीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर


एभीजीसी-एक्सआर प्रतिभालाई छात्रवृत्ति, व्यावसायिक उपकरण, विश्वव्यापी मार्गदर्शन र उद्योग क्षेत्रको अनुभवमार्फत सहयोग गर्ने पहल

पोस्ट गरियो: 23 NOV 2026 3:06PMby PIB Gangtokरिलिज आईडी: 2341739Views: 12

गोवा, 23 नोभेम्बर, 2026:

एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स र एक्सटेन्डेड रियालिटी (एभीजीसी-एक्सआर) का लागि भारतको राष्ट्रिय उत्कृष्टता केन्द्रका रूपमा रहेको इण्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजिज (आईआईसीटी) ले सिर्जनात्मक प्रविधि र सीप विकासमा भारत-जापान सहकार्य सुदृढ़ गर्ने उद्देश्यले ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) २०२६ मा वाकम इण्डियासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

यस साझेदारीको उद्देश्य भारतीय विद्यार्थीहरूका लागि व्यावसायिक उपकरण र उद्योगद्वारा सञ्चालित तालिममा पहुँच विस्तार गर्नु रहेको छ। सम्झौताअन्तर्गत आईआईसीटीका एनिमेसन फिल्म डिजाइन, इन्टरेक्टिभ भिडियो गेम डिजाइन एण्ड डेभलपमेन्ट तथा पोस्ट प्रोडक्सन र भीएफएक्स विषयका दुईवर्षीय तीनवटा डिप्लोमा कार्यक्रमका १८ जना विद्यार्थीले ५० प्रतिशत शिक्षण शुल्क छात्रवृत्ति प्राप्त गर्नेछन्। यसका साथै, योग्य बाहिरी क्षेत्रका विद्यार्थीहरूलाई आवासीय सुविधाका लागि सहयोग पनि उपलब्ध गराइनेछ।

यस सहकार्यअन्तर्गत दिसम्बर २०२७ सम्म जापानी र भारतीय कलाकार तथा विशेषज्ञहरूको नेतृत्वमा म्याङ्गा, एनिमे र अन्य सिर्जनात्मक विधासम्बन्धी १० वटा वाकम-ब्राण्डेड सिर्जनात्मक प्रतियोगिता तथा त्रैमासिक मास्टरक्लासमार्फत संरचित मार्गदर्शन र विश्वव्यापी अनुभव पनि प्रदान गरिनेछ। दुवै संस्थाले डिजिटल इलस्ट्रेसन, कन्सेप्ट आर्ट, क्यारेक्टर डिजाइन, एनिमेसन र गेम आर्ट समेटिएको विश्वव्यापी विद्यार्थी पोर्टफोलियो प्रदर्शनी संयुक्त रूपमा विकास गर्नेछन्, जसले विद्यार्थीहरूलाई उद्योगमा काम गर्न आवश्यक स्तरका पोर्टफोलियो तयार गर्न सक्षम बनाउनेछ। आपसी सहमतिमा तय गरिने कार्यान्वयन योजनाको अधीनमा रहेर आईआईसीटीलाई वाकम ट्याब्लेटको प्याकेजिङ र यसको पिक्सेल पर्च क्रिएटर प्लेटफर्ममा समावेश गर्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ।

यस अवसरमा बोल्दै आईआईसीटीका संस्थापक निर्देशक डा. आशिष कुलकर्णीले भारतको सिर्जनात्मक अर्थतन्त्रको विकासका लागि युवा सिर्जनाकर्मीहरूलाई विश्वव्यापी सञ्जालसँग जोड़्नु आवश्यक रहेको बताउनुभयो। उहाँले यस साझेदारीले एनिमेसन, म्याङ्गा र गेमिङमा जापानको सबल पक्षलाई भारतको विविध कथावाचन परम्परासँग जोड्ने र विद्यार्थीहरूलाई विश्वव्यापी दर्शकका लागि मौलिक बौद्धिक सम्पत्ति सिर्जना गर्न सक्षम बनाउने उल्लेख गर्नुभयो।

आईआईसीटीका प्रमुख कार्यकारी अधिकृत डा. विश्वास देवस्करले एभीजीसी-एक्सआर क्षेत्रमा रोजगारीका अवसर बढ़ाउन व्यावहारिक अनुभवको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले प्रतियोगिता, मास्टरक्लास, व्यावसायिक उपकरण र पोर्टफोलियो विकासले विद्यार्थीहरूलाई वास्तविक कामका लागि दिइने परियोजनाहरूमा काम गर्न तथा उद्योगमा काम गर्न आफूहरू तयार रहेको प्रमाणित गर्न सहयोग पुर्‍याउने बताउनुभयो।

वाकमका क्रिएटिभ एक्सपिरियन्स युनिटका विश्वव्यापी प्रमुख कोजी यानोले एनिमेसन, म्याङ्गा, गेमिङ र डिजिटल सामग्रीका क्षेत्रमा भारत र जापानबीच सिर्जनात्मक सहकार्य तथा ज्ञान आदानप्रदानको सम्भावनामाथि प्रकाश पार्नुभयो। उहाँले डिजिटल इङ्कलगायत वाकमका प्रविधिहरूले युवा भारतीय सिर्जनाकर्मीहरूलाई सहकार्य गर्न र विश्वव्यापी सिर्जनात्मक साझेदारीमा सहभागी हुन सक्षम बनाउने बताउनुभयो।

आईआईसीटीको बारेमा:

इण्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजिज (आईआईसीटी), एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स र एक्सटेन्डेड रियालिटी (एभीजीसी-एक्सआर) का लागि भारतको राष्ट्रिय उत्कृष्टता केन्द्र हो। यो संस्था भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय, महाराष्ट्र सरकार, फिक्की र सीआईआईको सहकार्यमा स्थापना गरिएको हो। यसको पहिलो क्याम्पसले जुलाई २०२५ मा मुम्बईस्थित एनएफडीसी कम्प्लेक्समा सञ्चालन शुरु गरेको थियो भने स्थायी क्याम्पस फिल्म सिटीमा निर्माणाधीन छ। आईआईसीटीले हाल १८ वटा पाठ्यक्रम सञ्चालन गरिरहेको छ र विश्वका अग्रणी प्रविधि तथा सञ्चारमाध्यम कम्पनीहरूसँग साझेदारी गरेको छ।

 

 

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:     https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341739
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026