सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

आईएफएफआई गोवा २०२६ मा वेभएक्स स्टार्टअप प्याभिलियनका लागि पञ्जीकरण भोलि बन्द हुँदै


चलचित्र तथा सम्बद्ध प्रविधि क्षेत्रका डीपीआईआईटी-दर्ता प्राप्त स्टार्टअपहरूले १३ नोभेम्बरसम्म पञ्जीकरण गर्न र प्रदर्शनी पड बुक गर्न सक्नेछन्

वेभ्स बजारले स्टार्टअपहरूलाई आफ्ना आविष्कारहरू प्रदर्शन गर्ने र विश्वव्यापी चलचित्र तथा मिडिया उद्योगसँग जोडिने अवसर प्रदान गर्नेछ

पोस्ट गरियो: 12 NOV 2026 12:59PM by PIB Gangtok

नयाँ दिल्ली: १२ नोभेम्बर २०२६:

सूचना तथा प्रसारण मन्त्रालयले योग्य स्टार्टअपहरूलाई वेभ्स बजारमा रहने वेभएक्स स्टार्टअप प्याभिलियनका लागि पञ्जीकरण प्रक्रिया पूरा गर्न र प्रदर्शनी पड बुक गर्न अन्तिम स्मरण गराएको छ। यो कार्यक्रम ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई), गोवाको अवसरमा आयोजन गरिँदैछ। पञ्जीकरण गर्ने समयसीमा भोलि १३ नोभेम्बर २०२६ मा समाप्त हुँदैछ।

मन्त्रालयले आफ्नो प्रमुख स्टार्टअप प्रवर्द्धन पहल वेभएक्स अन्तर्गत, चलचित्र, मिडिया र सम्बद्ध प्रविधि क्षेत्रहरू - जसमा एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स र एक्सटेन्डेड रियालिटी (एभीजीसी-एक्सआर) सामेल छन्—मा काम गरिरहेका र डीपीआईआईटीमा पञ्जीकरण भएका स्टार्टअपहरूलाई यस कार्यक्रममा आफ्ना उत्पादन, प्रविधि र नवीन समाधान प्रदर्शन गर्न आमन्त्रित गरेको छ।

वेभएक्स स्टार्टअप प्याभिलियनले छानिएका स्टार्टअपहरूलाई वेभ्स बजारमा आफ्ना आविष्कारहरू प्रदर्शन गर्ने अवसर दिनेछ। यो एक महत्त्वपूर्ण नेटवर्किङ केन्द्र हुनेछ, जहाँ विश्वव्यापी मिडिया तथा मनोरञ्जन उद्योगका प्रमुख सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। यसका साथै, स्टार्टअपहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माता, प्रोडक्शन हाउस, स्टुडियो र निवेशकहरूसँग अन्तर्क्रिया गर्ने मौका पाउनेछन्, जसले सहकार्य र व्यावसायिक साझेदारीका लागि नयाँ ढोका खोल्नेछ।

५७औँ आईएफएफआई गोवामा २० देखि २८ नोभेम्बर २०२६ सम्म आयोजन हुनेछ, जबकि वेभ्स बजार स्टार्टअप प्रदर्शनी २० देखि २४ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

पञ्जीकरण र योग्यता

यो पञ्जीकरण प्रक्रिया विशेष गरी चलचित्र, मिडिया र सम्बद्ध प्रविधि क्षेत्रमा कार्यरत र डीपीआईआईटीमा पञ्जीकरण भएका स्टार्टअपहरूका लागि मात्र खुल्ला छ। प्राप्त आवेदनहरूको मूल्याङ्कन गरिनेछ र वेभएक्सद्वारा गठित छनोट समितिले योग्य स्टार्टअपहरूलाई छनोट गर्नेछ। इच्छुक स्टार्टअपहरूले १३ नोभेम्बर, २०२६ सम्ममा आधिकारिक पोर्टल: wavex.wavesbazaar.com मार्फत आफ्नो पञ्जीकरण र प्रदर्शनी पोड पूरा गर्न सक्छन्।

वेभएक्सको बारेमा

वेभएक्स सूचना तथा प्रसारण मन्त्रालयको समर्पित स्टार्टअप एक्सेलेरेटर पहल हो जुन भारतको मिडिया र मनोरञ्जन र एभीजीसी-एक्सआर इकोसिस्टममा नवप्रवर्तन, उद्यमशीलता र प्राविधिक प्रगतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।

आईएफएफआईको बारेमा

गोवामा वार्षिक रूपमा आयोजन हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) एशियाका मुख्य फिल्म महोत्सवहरू मध्ये एक हो। यसले भारत र विश्वभरका फिल्म निर्माता, उद्योग पेशेवर र सिनेमा उत्साहीहरूलाई सिनेमाई उत्कृष्टता मनाउन र रचनात्मक आदान-प्रदान र अन्तर्राष्ट्रिय सहयोगलाई बढ़ावा दिन प्लेटफर्म प्रदान गर्दछ।

****

MPS/TWB


(रिलिज आईडी: 2335568) आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्: Telugu , Punjabi , Gujarati , English , Urdu , हिन्दी , Marathi , Bengali , Assamese , Tamil , Kannada , Malayalam