वित्त मन्त्रालय
उपभोग र निवेशको दुई इन्जिनबाट सञ्चालित भारतको सकल घरेलु उत्पाद (जीडीपी) वृद्धि 7.4 प्रतिशत हुने अनुमान गरिएको छ।
वित्त वर्ष 2027 को लागि वास्तविक जीडीपी वृद्धि 6.8-7.2 प्रतिशत हुने अनुमान गरिएको छ।
वित्त वर्ष 2026 मा जीडीपीको अंशको रूपमा निजी अन्तिम उपभोग व्यय 61.5 प्रतिशतमा बढेको छ, जुन वित्त वर्ष 2012 पछिको उच्चतम स्तर हो।
औद्योगिक क्षेत्रले बलियो संकेत देखाएको छ, वित्त वर्ष 2026 को पहिलो छमाहीमा उत्पादन 8.4 प्रतिशतले बढेको छ।
2026 को पहिलो छमाहीमा सेवा क्षेत्रको लागि कुल मूल्य अभिवृद्धि 9.3 प्रतिशतले बढेको छ।
कुल गैर-कार्यकारी सम्पत्ति अनुपात 2.2 प्रतिशतको दशकौं - न्यून स्तरमा पुगेको छ।
भारतको कुल निर्यात (वस्तु र सेवाहरू) वित्त वर्ष 2025 मा रेकर्ड 825.3 बिलियन डलर पुगेको छ।
तीन वर्षको वार्तापछि, भारतले युरोपेली सङ्घसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ।
प्रविष्टि तिथि:
29 JAN 2026 2:19PM by PIB Gangtok
केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणले आज संसदमा आर्थिक समीक्षा 2025-26 पेश गर्दै भारतको सकल घरेलु उत्पाद (जीडीपी) वृद्धि दर 7.4 प्रतिशत रहने अनुमान गरिएको छ, जुन उपभोग र निवेशको दुई इन्जिनद्वारा सञ्चालित छ। यसले लगातार चौथो वर्ष भारतको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्रको रूपमा स्थितिलाई पुष्टि गर्दछ।
समीक्षाले वित्त वर्ष 2027 को लागि वास्तविक जीडीपी वृद्धि 6.8-7.2 प्रतिशत हुने अनुमान गरिएको छ, जबकि भारतको सम्भावित वृद्धि लगभग 7 प्रतिशत हुने अनुमान गरिएको छ।
समीक्षाले वित्त वर्ष 2026 मा घरेलु मागले आर्थिक वृद्धिलाई निरन्तरता दिएको उल्लेख गरेको छ। पहिलो अग्रिम अनुमान अनुसार, जीडीपीको अंशको रूपमा निजी अन्तिम उपभोग व्यय वित्त वर्ष 2026 मा 61.5 प्रतिशतमा बढेको छ, जुन वित्त वर्ष 2012 पछिको उच्चतम स्तर हो (वित्त वर्ष 2023 मा पनि 61.5 प्रतिशत रेकर्ड गरिएको थियो)। उपभोगमा यो शक्तिले सहयोगी समष्टिगत आर्थिक वातावरणलाई प्रतिबिम्बित गर्दछ, जसका प्रमुख विशेषताहरूमा कम मुद्रास्फीति, स्थिर रोजगारी अवस्था र बढ्दो वास्तविक क्रयशक्ति समावेश छन्। यस अतिरिक्त, स्थिर ग्रामीण उपभोग, बलियो कृषि प्रदर्शनद्वारा संचालित, र शहरी उपभोगमा निरन्तर सुधार, प्रत्यक्ष र अप्रत्यक्ष करहरूको विवेकीकरणद्वारा समर्थित, उपभोग मागमा रिकभरी व्यापक-आधारित छ भनेर पुष्टि गर्दछ।
उपभोगसँगै, निवेशले वित्त वर्ष 2026 मा वृद्धिलाई निरन्तरता दियो, कुल स्थिर पूँजी निर्माण (जीएफसीएफ) को हिस्सा 30.0 प्रतिशत अनुमान गरिएको छ। जीएफसीएफको 7.6 प्रतिशत विस्तारित हुनका साथै निवेश कार्यकलाप वर्षको पहिलो तिमाहीमा मजबुत भयो, जुन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको गतिलाई पचि छोड्यो र 7.1 प्रतिशतको महामारीपूर्व औसतभन्दा माथि बनिरह्यो।

समीक्षाले वित्त वर्ष 2026 मा कृषि र सम्बद्ध सेवाहरू 3.1 प्रतिशतले बढ्ने अनुमान गरिएको छ भन्ने कुरालाई प्रकाश पार्छ। वित्त वर्ष 2026 को पहिलो तिमाहीमा कृषि सम्बन्धी गतिविधिलाई अनुकूल मनसुनबाट सहायता प्राप्त भयो। कृषि सम्बन्धी जीभीए 3.6 प्रतिशतको दरले बढ्यो, जुन वित्त वर्ष 2025 को पहिलो छमाहीमा रेकर्ड गरिएको 2.7 प्रतिशत वृद्धिभन्दा अधिक हो, तर 4.5 प्रतिशतको दीर्घ अवधि औसतभन्दा कम हो। सम्बद्ध कार्यकलापहरू, विशेष गरी पशुधन र मत्स्यपालनमा लगभग 5-6 प्रतिशतको अपेक्षाकृत रूपमा स्थिर दरमा वृद्धि भयो। यद्यरि कृषि जीभीएमा तिनीहरूको हिस्सा बढ्दै जाँदा समग्र कृषि सम्बन्धी वृद्धिले निरन्तर रूपमा उतारचढावपूर्ण फसल प्रदर्शन र सम्बद्ध क्षेत्रहरूमा अपेक्षाकृत स्थिर विस्तारको भारित परिणामलाई प्रतिबिम्बित गऱ्यो।
आर्थिक समीक्षाले औद्योगिक क्षेत्रले बलियो हुने सङ्केत देखाएको उल्लेख गरेको छ। वित्त वर्ष 2026 को पहिलो छमाहीमा उत्पादन क्षेत्र 8.4 प्रतिशतले बढ्यो, जुन वित्त वर्ष 2026 को लागि 7.0 प्रतिशत अनुमानभन्दा अधिक हो। यस अतिरिक्त, निर्माण उद्योग जीवन्त रह्यो, जुन दिगो सार्वजनिक पूँजी व्यय र पूर्वाधार परियोजनाहरूमा जारी गतिले समर्थित थियो। वास्तविक (स्थिर) मूल्यहरूमा उत्पादन क्षेत्रको हिस्सा 17-18 प्रतिशतमा बलियो रहन्छ। विनिर्माणको आउटपुटको कुल मूल्य (जीभीओ) सेवा क्षेत्रको तुलनामा 38 प्रतिशतमा व्यापक रूपमा स्थिर रह्यो, जसले विनिर्माणमा निरन्तर बलियोपनलाई सङ्केत गर्दछ। यस अतिरिक्त, वित्त वर्ष 2026 मा औद्योगिक क्षेत्रले गति लिने अपेक्षा गरिएको छ, जुन वित्त वर्ष 2025 मा 5.9 प्रतिशतबाट बढेर 6.2 प्रतिशतले बढेको छ। वित्त वर्ष 2026 को तेस्रो त्रैमासिकका लागि उच्च-फ्रिक्वेन्सी सूचकहरू, जसमा पीएमआई विनिर्माण, आईआईपी विनिर्माण, र ई-वे बिल जेनेरेशन सामेल छन्, यिनले बलियो मागको कारणले विनिर्माण गतिविधिलाई बलियो बनाउने कुरालाई औंल्याउँछ। स्टील खपत र सिमेन्ट उत्पादन जस्ता विनिर्माण सूचकहरूले दिगो वृद्धि देखेका छन्। अगाडि हेर्दै जाँदा औद्योगिक गतिविधिमा गति बलियो रहने अनुमान गरिएको छ, जुन जीएसटीको विवेकीकरण र अनुकूल माग दृष्टिकोणले प्रेरित छ।
आर्थिक समीक्षाले आपूर्ति पक्षमा सेवा क्षेत्र विकासको मुख्य चालक रहेको कुरा प्रकाश पारेको छ। वित्त वर्ष 2026 को पहिलो छमाहीमा सेवाहरूको लागि कुल मूल्य अभिवृद्धि (जीभीए) 9.3 प्रतिशतले बढेको छ, जुन पूर्ण वित्त वर्षको लागि 9.1 प्रतिशत वृद्धि अनुमानको तुलनामा हो। यो प्रवृत्तिले क्षेत्रहरूमा व्यापक-आधारित विस्तारलाई सङ्केत गर्दछ। व्यापार, आतिथ्य, यातायात, सञ्चार र सम्बन्धित सेवाहरू बाहेक, जुन कोविड-19 बाट गम्भीर रूपमा प्रभावित थिए, सेवा क्षेत्र भित्रका सबै उप-श्रेणीहरू 9 प्रतिशतले बढेका छन्।
आर्थिक समीक्षाले के उल्लेख गरेको छ भने मुद्रास्फीतिमा उल्लेखनीय मध्यमता, अर्थतन्त्रमा माग-नेतृत्व वृद्धिसँगै वास्तविक क्रयशक्तिमा सुधार आएको छ र उपभोगलाई समर्थन गरेको छ। वित्त वर्ष 2026 (अप्रेल-दिसम्बर) मा घरेलु मुद्रास्फीतिले खाद्य मूल्यमा तीव्र गिरावटको कारणले व्यापक-आधारित मूल्य गिरावटलाई प्रतिबिम्बित गर्दछ। हेडलाइन सीपीआई मुद्रास्फीति 1.7 प्रतिशतमा झरेको छ, जुन मुख्यतया सब्जी र दालको मूल्यमा सुधारले प्रेरित छ। यो अनुकूल कृषि अवस्था, आपूर्ति-पक्ष मापन र बलियो आधारद्वारा पनि समर्थित थियो। कोर मुद्रास्फीति स्थिर रहँदा बहुमूल्य धातुको मूल्यमा तीव्र वृद्धिले पनि प्रभावित भएको छ। यी कारकहरूको लागि समायोजन गर्दा अन्तर्निहित मुद्रास्फीति दबाउ नरम देखिन्छ, जसले सीमित माग-पक्ष गतिलाई सङ्केत गर्दछ। अगाडि हेर्दै जाँदा मुद्रास्फीति दृष्टिकोण सौम्य रहने अपेक्षा गरिएको छ, अनुकूल आपूर्ति-पक्ष अवस्था र जीएसटी दर युक्तीकरण अवधि द्वारा समर्थित।
समीक्षाले वित्त वर्ष 2026 मा देखिएको घरेलु माग र पूँजी निर्माणमा गतिलाई स्थिर राजस्व सङ्कलन र मध्यम विवेकाधीन व्ययद्वारा विशेषता एक विवेकपूर्ण वित्तीय नीति रणनीतिद्वारा समर्थित गरिएको बताएको छ। वर्षभरि कुल कर राजस्व सङ्कलन बलियो रह्यो, प्रत्यक्ष कर सङ्कलन बजेट गरिएको वार्षिक लक्ष्यको लगभग 53 प्रतिशत (नोभेम्बर 2025 सम्म) पुग्यो। कम मुद्रास्फीति र आयात उतार-चढावको बावजुद अप्रत्यक्ष कर सङ्कलन पनि बलियो रह्यो। वर्षभरि कुल जीएसटी सङ्कलनले धेरै सर्वकालीन उच्च रेकर्ड गर्यो। व्यक्तिगत आयकरको पुनर्संरचना र जीएसटी दरहरूको युक्तीकरण सहित हालैका कर नीति सुधारहरूले उपभोग माग र दिगो राजस्वलाई समर्थन गरेको छ। त्रयय पक्षमा, पूँजीगत परिव्ययले वर्ष-दर-वर्ष बलियो वृद्धि रेकर्ड गर्यो, जुन नोभेम्बर 2025 बजेट विनियोजनको लगभग 60 प्रतिशत पुग्यो। यस अतिरिक्त, राजस्व व्यय वृद्धि मध्यम रह्यो, सार्वजनिक व्ययको गुणस्तरलाई बलियो बनायो।
बजारहरूले पनि कम सावरेन बन्ड प्रतिफलको माध्यमद्वारा वित्तीय अनुशासनप्रति सरकारको प्रतिबद्धतालाई मान्यता दिएका छन् र पुरस्कृत गरेका छन्, जसले अमेरिकी बन्डहरूमा फैलावट आधाभन्दा बढी घटाएको छ। यी घट्दो प्रतिफलहरू, कम रिपो दरसँग मिलेर भएको छ, जसले अर्थतन्त्रभरि ऋण लागतको लागि बेन्चमार्कको रूपमा काम गर्दछ र यसले पनि वित्तीय प्रोत्साहनको रूपमा काम गर्नेछ। क्रेडिट रेटिङ एजेन्सी एस एण्ड पी रेटिङहरूले वित्तीय सुधारप्रति विश्वसनीयता र प्रतिबद्धतालाई स्वीकार गरेको छ र भारतको मूल्याङ्कन बीबीबी- बाट बीबीबीमा स्तरोन्नति गरेको छ। केयर एज ग्लोबलले भारतको कभरेज शुरु गर्दै भारतको बलियो आर्थिक प्रदर्शन र वित्तीय अनुशासनलाई हाइलाइट गर्दै बीबीबी+ को मूल्याङ्कन तोकेको छ।
उच्च सार्वजनिक पूँजीगत व्यय र कर कटौतीद्वारा प्रदान गरिएको वित्तीय प्रोत्साहन फरवरी 2025 देखि नीतिगत रिपो दरमा 125 आधार बिन्दुको सञ्चयी कटौतीको माध्यमद्वारा मौद्रिक समर्थनको साथ थियो। यसलाई नगद आरक्षित अनुपात कटौती (2.5 लाख करोड रुपियाँ), खुला बजार सञ्चालन (6.95 लाख करोड रुपियाँ), र लगभग 25 बिलियन डलरको विदेशी मुद्रा स्वैपमार्फत टिकाऊ तरलताद्वारा पनि समर्थन गरिएको थियो। यी उपायहरू प्रभावकारी रूपमा ब्याङ्किङ प्रणालीमा हस्तान्तरण गरिएका छन्। अनुसूचित वाणिज्य ब्याङ्कहरूद्वारा नयाँ रुपियाँ ऋणमा भारित औसत ऋण दर (डब्ल्यूएलआर) 59 आधार बिन्दु (बीपीएस) ले कम भयो, जबकि बाँकी रुपियाँ ऋणमा डब्ल्यूएलआर 69 आधार बिन्दु (बीपीएस) ले कम भयो। ब्याङ्किङ क्षेत्रले आफ्नो ब्यालेन्स शीटलाई क्रमशः बलियो बनाएको छ, कुल गैर-कार्यकारी सम्पत्ति (एनपीए) अनुपात 2.2 प्रतिशतको बहु-दशकको न्यूनतम स्तरमा झरेको छ, अर्ध-वार्षिक स्लिपेज अनुपात 0.7 प्रतिशतमा स्थिर रहेको छ, र लाभ प्रदतामा सुधार आएको छ। यसको पछाड़ि उच्चतर करोपरान्त लाभ र मजबुत निवल ब्याज मार्जिनको भूमिका रह्यो।
आर्थिक समीक्षाले के उल्लेख गरेको छ भने वैश्विक व्यापार अनिश्चितताको पृष्ठभूमिमा, भारतको कुल निर्यात (व्यापार र सेवाहरू) वित्त वर्ष 2025 मा रेकर्ड 825.3 बिलियन डलर पुगेको छ र यो गति वित्त वर्ष 2026 मा जारी रहने अनुमान गरिएको छ। अमेरिकाले लगाएको उच्च शुल्कको बावजुद, व्यापारिक निर्यात 2.4 प्रतिशत (अप्रेल-दिसम्बर 2025) ले वृद्धि भयो, जबकि सेवा निर्यात 6.5 प्रतिशतले वृद्धि भयो। अप्रेल-दिसम्बर 2025 को लागि व्यापारिक वस्तु आयात 5.9 प्रतिशतले बढेको छ। अघिल्ला वर्षहरू जस्तै, व्यापारिक वस्तु व्यापार घाटामा भएको वृद्धि सेवा क्षेत्रको बढ्दो व्यापार अधिशेषले अफसेट गरेको छ, जबकि रेमिट्यान्समा भएको वृद्धिले यो सन्तुलनलाई बलियो बनाएको छ। धेरैजसो वर्षहरूमा रेमिट्यान्सले कुल एफडीआई प्रवाहलाई पार गरेको छ, जसले बाह्य वित्तपोषणको प्रमुख स्रोतको रूपमा यसको महत्त्वलाई जोड दिन्छ। फलस्वरूप, वित्त वर्ष 2026 को पहिलो छमाहीमा चालू खाता घाटा सकल घरेलु उत्पादको 0.8 प्रतिशतमा मध्यम रह्यो।
भारतको बाह्य क्षेत्र छोटो अवधिमा बलियो स्थितिमा छ। 16 जनवरी, 2026 सम्मको 11 महिनाको आयात विदेशी मुद्रा सञ्चितिले समेको छ र बाह्य ऋण सेप्टेम्बर 2025 को अन्त्यमा लगभग 94.0 प्रतिशत बाँकी छ, जसले आरामदायी तरलता कुशन प्रदान गर्दछ। विविध व्यापार रणनीतिको खोजी संयुक्त अधिराज्य, ओमान र न्यूजील्याण्डसँग व्यापार सम्झौताहरूमा हस्ताक्षर र तीन वर्षको वार्तापछि युरोपेली सङ्घसँग हालै गरिएको स्वतन्त्र व्यापार सम्झौताबाट प्रमाणित हुन्छ, जसलाई अब युरोपेली संसदले अनुमोदन गर्न आवश्यक पर्नेछ। यस अतिरिक्त, संयुक्त राज्य अमेरिकासँग सक्रिय वार्ता भारतको लागि राम्रो सङ्केत हो।
श्रम संहिताको कार्यान्वयनलाई सूचित गर्ने केन्द्र सरकारको ऐतिहासिक कदम नियामक ढाँचामा उल्लेखनीय सुधारको प्रमाण हो। 29 केन्द्रीय कानूनहरूलाई चार श्रम संहितामा समेकित गर्नुको उद्देश्य अनुपालनलाई सरल बनाउनु, श्रम बजार लचिलोपन बढाउनु र कार्यबलको व्यापक वर्गलाई सुरक्षा प्रदान गर्नु हो। साथै ज्याला, व्यावसायिक सुरक्षा र सामाजिक सुरक्षा पनि प्रदान गर्नु हो।
वित्त वर्ष 2026 बाह्य मोर्चामा अर्थतन्त्रको लागि असामान्य रूपमा चुनौतीपूर्ण वर्ष थियो। वैश्विक व्यापारमा चरम अनिश्चितता र उच्च, दण्डात्मक शुल्कले उत्पादक, विशेष गरी निर्यातकर्ताहरूमा दबाउ सिर्जना गर्यो र व्यावसायिक भावनालाई असर गर्यो। सरकारले यस सङ्कटलाई जीएसटी युक्तीकरण, नियमहरूमा द्रुत प्रगति र क्षेत्रहरूमा अनुपालन आवश्यकताहरूको थप सरलीकरण जस्ता प्रमुख उपायहरूको माध्यमद्वारा सुधार गर्ने अवसरको रूपमा प्रयोग गर्यो। त्यसकारण, वित्त वर्ष 2027 समायोजनको वर्ष हुने अपेक्षा गरिएको छ किनकि कम्पनी र व्यक्तिहरूले यी परिवर्तनहरू अनुकूलन गर्छन्, घरेलु माग र निवेश बढ्दै जान्छ। साथै, के स्वीकार गर्नुपर्छ भने बाह्य वातावरण अनिश्चित रहन्छ, जसले समग्र दृष्टिकोणलाई असर गर्छ।
वैश्विक आर्थिक दृष्टिकोण मध्यम अवधिमा उदास देखिन्छ, नकारात्मक पक्ष जोखिमहरू हावी छन्। वैश्विक स्तरमा विकास सुस्त रहने अपेक्षा गरिएको छ, जसले गर्दा वस्तु मूल्य प्रवृत्ति व्यापक रूपमा स्थिर हुनेछ। सबै देशहरूमा मुद्रास्फीति कम रहन्छ, त्यसैले मौद्रिक नीतिहरू बढी समावेशी र विकासको सहयोगी हुने अपेक्षा गरिएको छ।
समीक्षाले वैश्विक वातावरण अनिश्चित रहेको उल्लेख गरेको छ, जहाँ किासको अपेक्षा भन्दा राम्रो छ तर भूराजनीतिक तनाउ, व्यापार घर्षण र वित्तीय कमजोरीहरूको बीचमा जोखिम उच्च रहन्छ। यी झटकाको प्रभाव देख्न बाँकी छ। भारतको लागि, वैश्विक अवस्थाले तत्काल समष्टिगत आर्थिक दबाउको सट्टा बाह्य अनिश्चितताहरूलाई प्रतिबिम्बित गर्दछ। प्रमुख व्यापारिक साझेदारहरूमा सुस्त विकास, व्यापारमा भन्सार-सम्बन्धित अवरोध र पूँजी प्रवाहमा उतारचढावहरूले निर्यात र निवेशकर्ताको भावनालाई असर गर्न सक्छन्। यस अतिरिक्त, अमेरिकासँग जारी व्यापार वार्ताहरू वर्षभरि सम्पन्न हुने अपेक्षा गरिएको छ, जसले बाह्य मोर्चामा अनिश्चितता कम गर्न मद्दत गर्दछ। यी जोखिमहरू व्यवस्थित छन्, तिनीहरूले पर्याप्त बफर र नीतिगत विश्वसनीयता कायम राख्नुको महत्त्वलाई जोड दिन्छन्।
यस पृष्ठभूमिमा, घरेलु अर्थतन्त्र स्थिर रहन्छ। मुद्रास्फीति ऐतिहासिक रूपमा कम स्तरमा छ, यद्यपि भविष्यमा केही सुदृढीकरण सम्भव छ। परिवार, कम्पनी र ब्याङ्कहरूको ब्यालेन्स पानाहरू मजबुत छन् र सार्वजनिक निवेशले दिगो गतिविधिलाई समर्थन गरिरहेको छ। उपभोग माग गतिशील रहन्छ र निजी निवेशको मनसाय सुधार हुँदैछ। यी अवस्थाहरूले बाह्य झट्काको विरुद्ध लचिलोपन प्रदान गर्दछ र विकास गतिको निरन्तरतालाई समर्थन गर्दछ। आगामी वर्षमा सीपीआई शृङ्खलाको आधारको पुनर्निर्धारणले मुद्रास्फीति प्रक्षेपणहरूलाई पनि असर गर्नेछ र यसका लागि मूल्य गतिशीलताको सावधानीपूर्वक व्याख्या आवश्यक पर्दछ।
महत्वपूर्ण कुरा के छ भने पछिल्ला केही वर्षहरूमा नीतिगत सुधारहरूको सञ्चयी प्रभावले अर्थतन्त्रको मध्यम-अवधिको विकास दृष्टिकोणलाई 7 प्रतिशतमा पुर्याएको देखिएको छ। घरेलु वाहकहरूले प्रमुख भूमिका खेल्ने र समष्टिगत आर्थिक स्थिरता बलियो हुँदै जाँदा विकास वरपरका जोखिमहरूको सन्तुलन व्यापक रूपमा सन्तुलित रहन्छ। यी सबै विचारहरूलाई ध्यानमा राख्दै आर्थिक समीक्षाले वित्त वर्ष 2027 को लागि वास्तविक जीडीपी वृद्धि 6.8 देखि 7.2 प्रतिशतको दायरामा प्रक्षेपण गरेको छ। त्यसैले, यो प्रक्षेपणले वैश्विक मागको बीचमा दिगो विकासको सङ्केत गर्दछ, जसको लागि निराशावाद होइन, सावधानी आवश्यक छ।
*******
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2220462)
आगंतुक पटल : 9
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Odia
,
English
,
Khasi
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Gujarati
,
Telugu
,
Kannada
,
Malayalam