गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

गणतन्त्र दिवस 2026 को अवसरमा 982 पुलिस, अग्निशमन, होमगार्ड, नागरिक सुरक्षा तथा सुधारात्मक सेवाकर्मीलाई वीरता/ सेवा पदक प्रदान


प्रविष्टि तिथि: 25 JAN 2026 8:44AM by PIB Gangtok

नयाँ दिल्ली, 25 जनवरी 2026।

गणतन्त्र दिवस 2026 को अवसरमा कूल 982 पुलिस, अग्नि, होमगार्ड तथा नागरिक सुरक्षा (एचजी एवं सीडी) तथा सुधार सेवाकर्मीलाई वीरता अनि सेवा पदक प्रदान गरिनेछ। यसको फाँटवारी तल दिइएका छन् :

वीरता पदक

पदकको नाम

प्रदान गरिने पदकको सङ्ख्या

वीरता पदक (जीएम)

125*

 

* पुलिस सेवा – 121 तथा अग्निसेवा - 04

वीरता पदक (जीएम), क्रमशः असाधारण बहादुरी अनि विशिष्ट वीरतापूर्ण कार्यको आधारमा जीवन अनि सम्पत्ति बचाउन वा अपराध रोक्न वा अपराधीलाई पक्राउ गर्नका लागि प्रदान गरिन्छ। यसमा उठाइएका जोखिमको आकलन सम्बन्धित अधिकारीको दायित्त्व अन कर्तव्यलाई ध्यानमा राख्दै गरिन्छ।

125 वीरता पुरस्कार प्राप्त गर्ने अधिकांशमध्ये, बामपन्थी उग्रवाद प्रभावित इलाकाबाट 35 जना, जम्मू-कश्मीर क्षेत्रबाट 45 जना, पूर्वोत्तर क्षेत्रबाट 05 जना तथा अन्य क्षेत्रका 40 जना कर्मीलाई वीरतापूर्ण कार्यको निम्ति प्रदान गरिनेछ।

वीरता पदक (जीएम) : कूल 125 वीरता पदकमध्ये, 121 पुलिसकर्मीलाई र 04 अग्निसेवा कर्मीलाई प्रदान गरिनेछ।

सेवा पदक

विशिष्ट सेवाका लागि राष्ट्रपति पदक (पीएसएम), सेवामा विशेष रूपमा विशिष्ट रेकर्डका लागि प्रदान गरिन्छ र सराहनीय सेवाका लागि पदक (एमएसएम) अनि कर्तव्यप्रति निष्ठाको विशेषता रहेको मूल्यवान सेवाको निम्ति प्रदान गरिन्छ।

विशिषेट सेवाको निम्ति कूल 101 राष्ट्रपति पदक (पीएसएम) मध्ये, 89 पुलिस सेवालाई, 05 अग्निशमन सेवालाई, 03 नागरिक सरक्षा एवं होमगार्ड सेवालाई र 04 सुधारात्मक सेवालाई प्रदान गरिएका छन्। यसै गरी सराहनीय सेवाको निम्ति कूल 756 पदक (एमएसएम) मध्ये, 664 पुलिस सेवालाई, 34 अग्निशमन सेवालाई, 33 नागरिक सुरक्षा एवं होमगार्ड सेवालाई र 25 सुधारात्मक सेवालाई प्रदान गरिएका छन्।

 

प्रदान गरिएका पदकहरूको सेवा अनुसार फाँटवारी

 

पदकको नाम

पुलिस सेवा

अग्निशमन सेवा

नागरिक सुरक्षा एवं होमगार्ड सेवा

सुधारात्मक सेवा

कूल

विशिष्ट सेवाका लागि राष्ट्रपति पदक (पीएसएम)

प्रदान गरिएका कूल पदक :101

89

05

03

04

101

सराहनीय सेवाका लागि पदक (एमएसएम)

(प्रदान गरिएका कूल पदक : 756)

664

34

33

25

756

 

पदक विजेताहरूको विस्तृत सूचीको विवरण तल दिइएका छन् :

 

क्र.स

विषय वस्तु

पुरस्कार पाउनेको सङ्ख्या

परिशिष्ट

1

वीरता पदक (जीएम)

125

सूची- I

2

विशिष्ट सेवाका लागि राष्ट्रपति पदक (पीएसएम)

101

सूची- II

3

सराहनीय सेवाका लागि पदक (एमएसएम)

756

सूची- III

4

घोषित वीरता एवं सेवा पदकको राज्य तथा बल अनुसार सूची

सूची अनुसार

सूची- IV

 

उल्लेख्य : आइटीबीपी क्षेत्र मुख्यालय गान्तोकका डीआइजी श्री सञ्जीवकुमार सिंहलाई विशिष्ट सेवाका लागि राष्ट्रपति पदक प्राप्त गरेका छन्।

पुलिस सेवाको निम्ति सिक्किमका अतिरिक्त महानिर्देशक श्री अश्विनीकुमार चन्दले विशिष्ट सेवाका लागि राष्ट्रपति पदक (पीएसएम) प्राप्त गरेका छन्।

सिक्किमका पुलिस अधीक्षक श्री छिरिङ शेर्पालाई सराहनीय सेवा पदक (एमएसएम)  प्राप्त गरेका छन्।

सिक्किमका एएसएफओ श्री दावा तामाङलाई अग्निशमन सेवाको निम्ति सराहनीय सेवा पदक (एमएसएम) प्राप्त गरेका छन्।

 

सूची- I हेर्न यहाँ क्लिक गर्नुहोस्

सूची- II हेर्न यहाँ क्लिक गर्नुहोस्

सूची-III हेर्न यहाँ क्लिक गर्नुहोस्

सूची-IV हेर्न यहाँ क्लिक गर्नुहोस्।

विस्तृत विवरण यहाँ उपलब्ध छ www.mha.gov.in and https://awards.gov.in.

 

******

एमपीएस/एमसी


(रिलीज़ आईडी: 2218441) आगंतुक पटल : 8
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Malayalam , Kannada , English , Urdu , हिन्दी , Assamese , Gujarati , Tamil