राष्ट्रपतिको सचिवालय
भारतका राष्ट्रपतिद्वारा शिक्षकहरूलाई राष्ट्रिय पुरस्कार प्रदान
भारतलाई ज्ञान वैश्विक महाशक्ति बनाउनका लागि हाम्रा शिक्षकहरूको पहिचान विश्वकै सर्वश्रेष्ठ शिक्षकहरूको रूपमा हुनुपर्छ: राष्ट्रपति मुर्मु
Posted On:
05 SEP 2025 2:20PM by PIB Gangtok
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज (सेप्टेम्बर ५, २०२५) शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित एउटा समारोहमा देशभरिका शिक्षकहरूलाई राष्ट्रिय पुरस्कार प्रदान गरिन्।

सभालाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मुले भनिन् कि भोजन, वस्त्र र आवास जत्तिकै शिक्षा पनि व्यक्तिको गरिमा र सुरक्षाका लागि अत्यावश्यक हुन्छ। संवेदनशील शिक्षकहरूले बालबालिकामा गरिमा र सुरक्षाको भावना विकास गर्ने काम गर्छन्। उनले आफू शिक्षिका रहेका दिनहरूको स्मरण गर्दै भनिन् कि त्यो समय मेरो जीवनको एउटा अत्यन्तै अर्थपूर्ण कालखण्ड थियो।

राष्ट्रपतिले भनिन् कि शिक्षाले व्यक्तिलाई सक्षम बनाउँदछ। विपन्न पृष्ठभूमिका बाल बालिकाहरूले पनि शिक्षाको बलमा प्रगतिको शिखर छुन सक्छन्। बाल बालिकाहरूको उड़ानलाई बल प्रदान गर्न स्नेही, समर्पित शिक्षकहरूले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। शिक्षकहरूका निम्ति सबैभन्दा ठूलो पुरस्कार भनेको उनीहरूका विद्यार्थीहरूले जीवनभरि सम्झीरहुन् अनि परिवार, समाज तथा देशको लागि प्रशंसनीय योगदान दिऊन्।

राष्ट्रपतिले भनिन् कि विद्यार्थीहरूको चरित्र निर्माण गर्नु शिक्षकहरूको प्रमुख कर्तव्य हो। नैतिक आचरण पालन गर्ने संवेदनशील, जिम्मेवार र समर्पित विद्यार्थीहरू केवल प्रतिस्पर्धा, किताबी ज्ञान र स्वार्थमामात्र केन्द्रित विद्यार्थीहरू भन्दा राम्रो हुन्छन्। एउटा असल शिक्षकमा भावना र बुद्धिमता दुवै पक्ष प्रबल हुँदछ। भावना र बुद्धिमताको समन्वयको प्रभाव विद्यार्थीहरूमा पनि पर्दछ।

राष्ट्रपतिले भनिन् कि स्मार्ट ब्ल्याकबोर्ड, स्मार्ट कक्षाहरू र अन्य आधुनिक सुवाधाहरूको आफ्नै महत्व छ। तर सबैभन्दा महत्वूपूर्ण कुरा भनेको स्मार्ट शिक्षकहरू हुन्। स्मार्ट शिक्षकहरू यस्ता हुँदछन् जसले आफ्ना विद्यार्थीहरूको समग्र विकासका आवश्यकताहरू बुझ्न सक्छन्। स्मार्ट शिक्षकहरूले माया र संवेदनशीलताका साथ अध्ययनका प्रक्रियालाई रोचक र प्रभावी बनाउँदछन्। यस्ता शिक्षकहरूले विद्यार्थीहरूलाई समाज र राष्ट्रका आवश्यकताहरू पूरा गर्न सक्षम बनाउँछन्।

राष्ट्रपतिले भनिन् कि छोरीहरूको शिक्षालाई सबैभन्दा बढ़ी महत्व दिनुपर्छ। छोरीहरूको शिक्षामा निवेश गर्नु भनेको आफ्नो परिवार, समाज अनि राष्ट्रको निर्माणमा अमूल्य निवेश गर्नु हो। उनले भनिन् कि छोरीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्नु नै महिला नेतृत्व विकास प्रवर्द्धन गर्ने सबैभन्दा प्रभावकारी उपाय हो। उनले राष्ट्रिय शिक्षा नीति २०२० माथि प्रकाश पार्दै यस नीतिले कस्तुरबा गान्धी बालिका विद्यालयहरूको विस्तार र वञ्चित वर्गका छोरीहरूका निम्ति विशेष शैक्षिक सुविधाहरू उपलब्ध गराउन बल दिएको छ। तर शिक्षासित सम्बन्धित कुनै पनि पहलको सफलताको मुख्य आधार शिक्षक नै हुने राष्ट्रपतिले बताइन्। उनले शिक्षकहरूलाई सम्बोधन गर्दै भनिन् कि जति अधिक योगदान शिक्षकहरूले छोरीहरूको शिक्षामा दिइन्छन्, शिक्षकको रूपमा उनीहरूको जीवन त्यति नै सार्थक हुनेछ। उनले लजालु वा वञ्चित पृष्ठभूमिबाट आएका विद्यार्थीहरू, विशेष गरी छोरीहरूप्रति विशेष ध्यान दिने शिक्षकहरूसित आग्रह गरिन्।

राष्ट्रपतिले भनिन् कि राष्ट्रिय शिक्षा नीतिको उद्देश्य भारतलाई वैश्विक ज्ञान महाशक्ति बनाउनो हो। यसको लागि हाम्रा शिक्षकहरूको पहिचान विश्वकै उत्कृष्ट शिक्षकको रूपमा हुनुपर्छ। हाम्रा शैक्षिक संस्थानहरू र शिक्षकहरूले विद्यालय शिक्षा, उच्च शिक्षा सीपमूलक शिक्षाका तीनैवटा क्षेत्रमा सक्रिय रूपमा योगदान दिनुपर्ने छ। उनले विश्वास व्यक्त गर्दै भनिन् कि हाम्रा शिक्षकहरूले आफ्नो महत्वपूर्ण योगदानमार्फत भारतलाई एउटा वैश्विक ज्ञान महाशक्तिको रूपमा स्थापित गर्नेछन्।
राष्ट्रपतिको भाषण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्-
**********
(Release ID: 2164249)
Visitor Counter : 2
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam