प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

गुजरातको हंसालपुरमा ग्रीन मोबिलिटी पहलको शुभारम्भको अवसरमा प्रधानमन्त्रीको सम्बोधनको पाठ


Posted On: 26 AUG 2025 2:21PM by PIB Gangtok

गुजरातका लोकप्रिय मुख्यमन्त्री श्रीमान भूपेन्द्रभाई पटेल, भारतमा जापानका राजदूत श्रीमान कोइची ओनो सान, सुजुकी मोटर करपोरेशनका प्रेसिडेन्ट तोशीहिरो सुजुकी सान, मारूति सुजुकी इण्डिया लिमिटेडका एमडी हिसाशी ताकेउची सान, चेयरम्यान आरसी भार्गव, हंसलपुर प्लान्टका सबै कर्मचारी, अन्य महानुभव, देवी अनि सज्जनवृन्द।

गणेशोत्सवको यस उल्लासमा आज भारतको “मेक इन इण्डिया”, यस यात्रामा एउटा नयाँ अध्याय जोडिँदैछ। यो “मेक इन इण्डिया, मेक फर दी वर्ल्ड” हाम्रो यस लक्ष्यतर्फ एउटा ठूलो छलाङ हो। आजदेखि भारतमा बनेको ईलेक्ट्रिक भेहिकल्स 100 देशलाई एक्सपोर्ट गरिनेछ। यसका साथै आज हाइब्रिड ब्याट्री ईलेक्ट्रोड म्यानुफेक्चरिङ पनि शुरु भइरहेको छ। आजको यो दिनले भारत अनि जापानको मित्रलाई पनि नयाँ आयाम दिइरहेको छ। म सबै देशवासीलाई, जापानलाई, सुजुकी कम्पनीलाई धेरै धेरै बधाई दिन चाहन्छु। एक प्रकारले तेह्र, टीनएजको आरम्भ हुन्छ र टीनएज प्वाँख फैलाउने कालखण्ड हुन्छ, सपनाको उडान भर्ने कालखण्ड हुन्छ। र टीनएजमा अनेकौं सपना हुने गर्दछ। एक प्रकारले खुट्टा भूइँमा हुँदैन टीनएजमा। मलाई खुशी लागेको छ, आज मारूति टीनएजमा प्रवेश भइरहेको छ। गुजरातको मारूतिको टीनएजमा प्रवेश, अर्थात्, आउने दिनहरूमा मारूतिले नयाँ प्वाँख फैलाउनेछ, नयाँ उमङ्ग अनि उत्साहका साथ अघि बढ्नेछ, यस्तो मलाई पूर्ण विश्वास छ।

साथीहरू,

भारतको यस सक्सेस स्टोरीको बिउ करिब-करिब 13 सालअघि रोपिएको थियो। 2012 मा जब म यहाँको मुख्यमन्त्री थिए, तब हीले मारूति-सुजुकीलाई हंसलपुरमा जमीन आबन्टन गरेका थियौं। भिजन त्यस समय पनि आत्मनिर्भर भारतको थियो, मेक इन इण्डियाको थियो। हाम्रो तबको प्रयासले आज देशको सङ्कल्प पूरा गर्न यति ठूलो भूमिका खेलिरहेको छ।

साथीहरू,

म यस अवसरमा, स्वर्गीटय ओसामू सुजुकी सानलाई हृदयबाट याद गर्न चाहन्छु। हाम्रो सरकारलाई उनलाई पद्मविभूषणले सम्मानित गर्ने सौभाग्य प्राप्त भएको थियो। मलाई खुशी छ, उनले मारूति-सुजुकी इण्डियाको जुन भिजन देखेका थिए, त्यो आज हामी त्यसको यति ठूलो विस्तारको साक्षी बनिरहेका छौं।

साथीहरू,

भारतसँग डेमोक्रेसीको शक्ति छ, र भारतसँग डेमोग्राफीको एडभान्टेज छ। हामीसँग कुशल कार्यबलको धेरै ठूलो भण्डार छ। यसैले हाम्रा हरेक पार्टनरका लागि विन-विन सिचुएशन यसले बनाउँदछ। आज हेर्नुहोस्, सुजुकी जापानले भारतमा म्यानुफेक्चरिङ गरिरहेको छ, र जुन गाडी बनिरहेका छन्, त्यो फेरि जापानमा एक्सपोर्ट गरिँदैछ। यो जापान अनि भारतको सम्बन्धको प्रगाढता नै न हो, भारतलाई लिएर वैश्विक कम्पनीहरूको भरोसालाई पनि यसले तपाईंहरूका सामु प्रस्तुत गर्दछ। एक प्रकारले, मारूति-सुजुकी जस्ता कम्पनी मेक इन इण्डियाको ब्राण्ड एम्बासेडर बनिसकेको छ। लगातार 4 सालदेखि मारूति भारतको सबैभन्दा ठूलो कार निर्यातक रहेको छ। अब आजदेखि ईभी एक्सपोर्टलाई पनि त्यसै स्केलमा लैजाने शुरुवात भइरहेको छ। अब विश्वका दर्जनौं देशमा जुन ईभी चल्नेछ, त्यसमा लेखिएको हुनेछ “मेड इन इण्डिया।”

साथीहरू,

हामी सबै जान्दछौं, ईभी ईकोसिस्टमको सबैभन्दा क्रिटिकल पार्ट ब्याट्री हो। केही साल अघिसम्म भारतमा ब्याट्री पूर्णरूपले आयात हुने गर्थ्यो। ईभी म्यानुफेक्चरिङलाई प्रबलता दिनका लागि यो जरुरी थियो, भारतले ब्याट्री पनि निर्माण गर्नुष यसै भिजनलाई लिएर 2017 मा हामीले यहाँ टीडीएसजी ब्याट्री प्लान्टको जग राखेका थियौं। टीडीएसजीको नै नयाँ पहल हो, यस फ्याक्ट्रीमा तीन जापानी कम्पनीले मिलेर भारतमा पहिलोपलट सेल निर्माण गर्नेछ। भारतमा ब्याट्री सेलको ईलेक्ट्रोड पनि स्थानीय स्तरमा तयार हुनेछ। यस स्थानीयकरणले भारतको आत्मनिर्भरतालाई नयाँ शक्ति दिनेछ। यसबाट हाइब्रिड ईलेक्ट्रिक वाहनको कारोबारमा अरू तेजी आउनेछ। म तपाईंहरूलाई यस ऐतिहासिक शुरुवातको निम्ति अनेकौं शुभकामना दिन चाहन्छु।

साथीहरू,

केही सालअघि, त्यस समयसम्म ईभी केवल एउटा नयाँ विकल्पका रूपमा हेरिन्थ्यो। तर मेरो विचारमा, ईभी कैयौं समस्याको ठोस समाधान हो। यसैले गत वर्ष मैले आफ्नो सिङ्गापुर दौडाहाको समय भनेको थिए, हामी आफ्नो पुराना गाडीहरूलाई, पुराना एम्बुलेन्सलाई हाइब्रिड ईभीमा परिणत गर्नसक्छौं। मारूति-सुजुकीले यस चुनौतीलाई स्वीकार गऱ्यो र केवल 6 महिनामा एउटा कार्यकारी प्रोटोटाइप तयार गऱ्यो। अहिले मैले पनि हाइब्रिड एम्बुलेन्सको प्रोटोटाइप हेरे। यो हाइब्रिड एम्बुलेन्स पीएम ई-ड्राइभ स्कीममा पूर्णरूपले फिट छ। करिब 11 हजार करोड रुपियाँको यस योजनामा ई-एम्बुलेन्सको निम्ति पनि बजेट निर्धारित गरिएको छ। हाइब्रिड ईभीबाट प्रदूषण पनि घट्नेछ र पुराना वाहनहरूलाई रूपान्तरित गर्ने विकल्प पनि प्राप्त हुनेछ।

साथीहरू,

क्लीन ईनर्जी अनि क्लीन मोबिलिटी, यो हाम्रो भविष्य हो। यस्तै प्रयासबाट भारत तेजीका साथ क्लीन ईनर्जी अनि क्लीन मोबिलिटीको एउटा विश्वसनीय केन्द्र बन्नेछ।

साथीहरू,

आज जब विश्व आपूर्ति शृङ्खलामा गतिरोधले जुझिरहेको छ, यस्तो समयमा लाग्छ, भारतले पछिल्लो दसकमै जुन नीति बनाएको थियो, त्यो देशको निम्ति कति धेरै काम लागिरहेको छ। 2014 मा जब मलाई देशको सेवा गर्ने अवसर दिइयो, त्यसपछि नै हामीले यसको तयारी शुरु गरेका थियौं। हामीले मेक इन इण्डिया अभियान शुरु गऱ्यौं, वैश्विक अनि स्वदेशी विनिर्माण, दुवैका लागि देशमा अनुकूल वातावरण बनायौं। भारतमा विनिर्माण कुशल अनि वैश्विक रूपमा प्रतिस्पर्धी होस्, यसका लागि हामीले औद्योगिक गलियारा बनाइरहेका छौं। हामी प्लग एण्ड प्ले पूर्वाधार बनाइरहेका छौं। लजिस्टिक पार्क्स बनाइरहेका छौं। भारतले कैयौं क्षेत्रमा विनिर्माणलाई उत्पादन आधारित प्रोत्साहनको लाभ पनि दिइरहेको छ।

साथीहरू,

हामीले कैयौं बृहत् सुधारको माध्यमद्वारा निवेशहरूका पुराना कठिनाई पनि हटायौं। यसबाट निवेशकहरूका लागि भारतीय विनिर्माणमा निवेश गर्न सजिलो भएको छ। यसको परिणाम हाम्रो सामु छ, यस दसकमा ईलेक्ट्रनिक्स उत्पादन करिब 500 प्रतिशत बढेको छ। मोबाइल फोन उत्पादन 2014 को तुलनामा 2,790 प्रतिशत बढेको छ। रक्षा उत्पादन पनि पछिल्लो दसकमा 200 प्रतिशतभन्दा धेरै वृद्धि भएको छ। यस सफलताले आज भारतको सबै राज्यलाई अनि हरेक राज्यलाई प्रेरित गरिरहेको छ। उनीहरूबीच सुधारलाई लिएर, निवेशलाई लिएर, एउटा स्वस्थ प्रतिस्पर्धा शुरु भएको छ, जसको लाभ सम्पूर्ण देशले पाइरहेको छ। र म हरेक मिटिङमा, व्यक्तिगत संवादमा, धेरै सार्वजनिक रूपमा सबै राज्यलाई भन्ने गर्छु, हामीले प्रोएक्टिभ बन्नुपर्नेछ। हामीले प्रो-डेभेलेपमेन्ट पोलिसी बनाउनु पर्नेछ। हामीले सिङ्गल विण्डो क्लियरेन्समाथि बल दिनुपर्नेछ। कानुनमा सुधारमाथि बल दिनुपर्नेछ र यो प्रतिस्पर्धाको जमाना हो, जुन राज्यले जति तेजीका साथ आफ्नो पोलिसिजलाई नीट एण्ड क्लीन राख्छ, “इफ्स एण्ड बट्स” बिना राख्छ, निवेशकको विश्वास बढ्दछ। निवेश आउनका लागि हिम्मतका साथ आउँछ। आझ सम्पूर्ण विश्वले भारतलाई हेरिरहेको छ। यस्तोमा कुनै राज्य पछि रहनु भएन। हरेक राज्यले अवसर लिनुपर्दछ। यस्तो प्रतिस्पर्धा होस् कि हिन्दुस्तानमा आउने निवेशलाई सोच्न गाह्रो होस्, म यस राज्यमा जाउँ वा त्यस राज्यमा। यति क्लियर कट हुनुपर्दछ कम्पिटिशन, यसबाट देशलाई लाभ हुनेछ र यसैले म सबै राज्यलाई निरम्नत्रण दिन चाहन्छु, आउनुहोस्, रिफर्मको स्पर्धा गरौं, सुशासनको स्पर्धा गरौं, प्रो डेभेलपमेन्ट पोलिसीको स्पर्धा गरौं र हामी 2047 विकसित भारत बनाउने लक्ष्यलाई तेज गतिले पार गर्न आफ्नो भागीदारी सुनिश्चित गरौं।

साथीहरू,

भारत यतिमै रोकिनेवाला छैन। जुन क्षेत्रमा हामीले उत्तम प्रदर्शनी गरेका छौं, त्यसमा अझ राम्रो गर्नुपर्नेछ। यसका लागि हामीले मिशन म्यानुफेक्चरिङमाथि जोड दिइरहेका छौं। आउने समयमा हाम्रो फोकस फ्युचरिस्टिक इण्डस्ट्रीमाथि हुनेछ। सेमी-कण्डक्टर क्षेत्रमा भारतले टेकअफ गरिरहेको छ। देशमा 6 वटा प्लान्ट तयार हुनेवाला छ। हामीले सेमी-कण्डक्टर म्यानुफेक्चरिङलाई लिएर अघि जानुपर्नेछ।

साथीहरू,

भारत सरकार अटो इण्डस्ट्रीको निम्ति रेयर अर्थ म्याग्नेटको भण्डारणसँग जोडिएका कठिनाइप्रति सजग छ। यस दिशामा देशको सामर्थ्य बढाउनका लागि हामीले नेशनल क्रिटिकल मिनरल मिशन पनि शुरु गरेका छौं। यस अन्तर्गत देशमा अलग-अलग ठाउँमा 1,200 भन्दा धेरै खोजी अभियान चलाइनेछ, क्रिटिकल मिनरल खोजिनेछ।

साथीहरू,

आउँदो साता म जापान गइरहेको छु। भारत अनि जापानको सम्बन्ध केवल कूटनीतिक सम्बन्धभन्दा माथि छ, सांस्कृतिक अनि भरोसाको सम्बन्ध छ। हामी एक-अर्काको प्रगतिमा आफ्नो प्रगति देख्छौं। मारूति-सुजुकीका साथ हामीले जुन यात्रा शुरु गरेका थियौं, त्यो अब बुलेट ट्रेनको स्पीडसम्म पुगिसकेको छ। भारत-जापान पार्टनरशीपको औद्योगिक सम्भावनालाई साकार गर्ने ठूलो पहल यही गुजरातबाट भएको थियो। मलाई याद छ, हामीले 20 सालअघि जब भाइब्रान्ट गुजरात समिट शुरु गरेका थियो, तब त्यसमा जापम एउटा प्रमुख सहयोगी थियो। तपाईं विचार गर्नुहोस्, एउटा विकासशील देशको एउटा सानोट राज्य, त्यसको इन्भेस्टमेन्ट समिट अनि जापान जस्तो विकसित देश उसको साझेदार होस्, यसले देखाउँछ भारत र जापानको जग कति बलियो छ र मैले आज जब यस भाइब्रान्ट गुजरातको यात्रालाई याद गरिरहेको छु, तब मेरा मित्र यहाँ बसिरहेका छन्, उनी पहिले भारतमा एम्बासेडर थिए, 2003 मा, आज उनी पनि यहाँ उपस्थित छन्, अब उनी रिटायर भइसकेका छन्, तर उनको भारतप्रेम, गुजारतप्रेम जस्ताको त्यस्तै छ, म उनलाई पनि स्वागत गर्न चाहन्छु। गुजरातका मानिसहरूले, जापानका मानिसलाई त्यति नै आत्मीयताका साथ ख्याल राखे। हामीले इण्डस्ट्रीसँग जोडिएका नियमहरू जापानी भाषामा प्रिन्ट गराएर दियौं। जब म गुजरातमा थिए, स-साना कुरामाथि ध्यान दिने गर्थे, र मेरो भिजिटिङ कार्ड पनि जुन हुन्थ्यो, त्यो पनि म जापानीमै बनाउने गर्थे। जुन प्रोमोशनल भिडियो बनाउने गर्थ्यौं, त्यस भिडियोको खुबी हुन्थ्यो जापानी भाषामा डबिङ गराउने गर्थ्यौं। अर्थात् मलाई थाहा छ, मैले यस मार्गमा प्रबलताका साथ अघि बढ्नुपर्नेछ र म सबै राज्यलाई भन्न चाहन्छु, आकाश खुल्ला छ, तपाईं पनि मेहनत गर्नुहोस्, आउनुहोस् मैदानमा, धेरै फाइदा हुनेछ।

मलाई याग छ, शुरु-शुरुमा, जब जापानका हाम्रा साथी आउँथे, तब म नयाँ नयाँ उनको निकटतातर्फ बढ्दै जान्थे र उनीहरूको हरेक कुरालाई म बुझ्ने गर्थे। मैले देखे, जापानी मानिसहरूको एउटा प्रकृति हुन्छ, उनीहरूको आफ्नो जुन कल्चरल ईकोसिस्टम छ, त्यो उनीहरूको पहिलो प्राथमिकता हुन्छ। त्यसमा जापानी फूड चाहिन्छ, यो जस्तो गुजरातका मानिसहरूको हुन्छ, उनीहरूको पनि त्यस्तै छ। उनीहरू गुजरातमा कहीं शनिबार, आइतबारको दिन, कतै रेस्तुराँमा खानका लागि जान्छन्, र मेक्सिकन फूड माग्छन्, इटालियन फूड माग्छन्। तर गुजरात बाहिर कतै गए, गुजराती फूड नै खोज्छन्। मैले देखे जापानका मानिसहरूको पनि यही स्वभाव छ र यसैले मैले यहाँ जापानिज परिकारको व्यवस्था गराए, मैले त्यसको एउटा होटल चेनलाई बोलाए। मलाई थाहा छ, पछि मलाई बताइयो, जापानका मानिसहरू जो छन्, गोल्फबिना रहन सक्दैनन्, मैले त्यसलाई पनि प्राथमिकता दिए र आफ्ना जापानी साथीहरूलाई ध्यानमा राख्दै हामीले जुन गुजरातमा गोल्फको नामोनिशान थिएन, 7-8 नयाँ गोल्फ कोर्स डेभेलप गऱ्यौं। हेर्नुहोस्, विकास गर्नु छ, निवेश ल्याउनु छ, विश्वलाई आकर्षित गर्नु छ भने, हरेक मसिना कुरामाथि ध्यान दिनुपर्दछ र हाम्रो देशमा कैयौं राज्य छन्, जसले गर्दछन्। जुन राज्य पछि छन्, मेरो उनीहरूलाई आग्रह छ, तपाईं पनि हरेक मसिना कुराको अवसर बुझ्नुहोस् र विकासको नयाँ दिशा पक्रनुहोस्। यति मात्र होइन, साथीहरू, हाम्रा स्कूलमा, हाम्रा कलेजमा र हाम्रा युनिभर्सिटीहरूमा धेरै ठूलो मात्रामा जापानी भाषा सिकाउन प्राथमिकता दिइँदैछ। धेरै जापानी भाषा सिकाउने शिक्षक आज गुजरातमा पनि छन्, कैयौं स्कूलमा जापानी भाषा सिकाइँदैछ।

साथीहरू,

हाम्रो यिनै प्रयासबाट भारत-जापानबीच मानिस-मानिसबीचको सम्पर्क धेरै बढिरहेको छ। स्किल र ह्युमन रिसोर्ससँग जोडिएको एक-अर्काको आवश्यकतालाई पनि हामी पूरा गर्नसकिरहेका छौं। म चाहन्छु, मारूति-सुजुकी जस्ता कम्पनी पनि यस प्रकारका प्रयासको हिस्सा बनून्, र युथ एक्सचेञ्ज जस्ता प्रयासलाई बढाऊन्।

साथीहरू,

हामीले यसै गरी आउने समयमा सबै महत्त्वपूर्ण क्षेत्रमा अघि बढ्नुपर्नेछ। मलाई भरोसा छ, हाम्रो आजको प्रयास 2047 को विकसित भारतको अट्टालिकालाई नयाँ शिखरसम्म पुऱ्याउनेछ र मलाई भरोसा छ, जापान यस लक्ष्य प्राप्तिमा हाम्रो विश्वसनीय साझेदार बनेर सँगै अघि बढ्नेछ, हाम्रो मित्रता अटूट रहनेछ र म त कहिले-काहिँ भन्ने गर्थे, जहाँसम्म जापान र भारतको सम्बन्ध छ, यो मेड फर इच अदरको सम्बन्ध हो। म आज विशेष रूपमा मारूतिलाई धेरे धेरै शुभकामना दिन चाहन्छु र अहिले यो टीनएजको शुरुवात हो, आफ्नो प्वाँख फैलाउनु बाँकी छ। नयाँ सपना बुन्नु छ, आफ्नो सङ्कल्पका लागि, त्यसको पूर्तिक लागि, हाम्रो पूरा शक्ति तपाईंको साथमा छ। यसै विश्वासका साथ आत्मनिर्भर भारतको अभियानलाई हामी सबैले अघि बढाउनुपर्नेछ। भोकल फर लोक बनौं। स्वदेशी, यो हाम्रो जीवन मन्त्र बन्नुपर्नेछ साथीहरू, गर्वले, गर्वले स्वदेशीतर्फ अघि बढौं। र यहाँ जापानद्वारा जुन सामान बनाइँदैछ, यो पनि स्वदेशी हो। मेरो स्वदेशीको व्याख्या धएरै सरल छ, पैसा कसको लाग्छ, त्यसबाट मलाई लिनु-दिनु केही छैन। त्यो डलर होस्, पाउण्ड होस्, त्यो करेन्सी कालो होस्, गोरो होस्, मलाई केही लिनु-दिनु छैन। तर जुन उत्पादन छ, त्यसमा पसीना मेरा देशवासीको हुनेछ। पैसा कसैको, पसीना हाम्रो। जुन उत्पादन हुनेछ, त्यसमा सुगन्ध मेरो देशको माटोको हुनेछ, मेरो भारत माँको हुनेछ। यस भावका साथ तपाईं मसँग अघि बढ्नुहोस् साथीहरू, 2047 मा हामी यस्तो हिन्दुस्तान बनाउनेछौं, तपाईंको आउने अनेकौं पिँढीले, तपाईंको यस त्यागमाथि गर्व गर्नेछ, तपाईंको यस योगदानको गर्व गर्नेछ, तपाईंको भावी पिँढीको उज्ज्वल भविष्यको निम्ति, आत्मनिर्भर भारतको यस मन्त्रका लागि, स्वदेशीको मार्गका लागि, म आज मेरा देशवासीलाई निमन्त्रण दिइरहेको छु, म तपाईंलाई निमन्त्रण दिइरहेको छु, आउनुहोस्, हामी सबै अघि बढौं, 2047 विकसित भारत बनाएरै छोड्नेछौं। विश्वको यस हितमा भारतको योगदान बढाउँदै लैजानेछौं, यसै भावनाका साथ तपाईंहरू सबैलाई धेरै धेरै शुभकामना!

धेरै धेरै धन्यवाद!

 

*********


(Release ID: 2160869)