प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले गरे अन्तरिक्ष यात्री शुभांशु शुक्लासँग संवाद
भारतको सफलताको मार्ग आत्मनिर्भरताका साथ अन्तरिक्षको लक्ष्य अनुसरण गर्नुमा छ : पीएम
भावी मिशनलाई नेतृत्त्व गर्न भारतले 40-50 जना तयार अन्तरिक्ष यात्रीको समूह विकास गर्नुपर्नेछ : पीएम
भारतको दुईवटा रणनीतिक भावी मिशन छ – स्पेस स्टेशन र गगनयान : पीएम
अन्तरिक्ष यात्री शुक्लाको यात्रा भारतको अन्तरिक्ष महत्त्वकाङ्क्षाको केवल पहिलो कदम हो : पीएम
Posted On:
19 AUG 2025 11:32AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अन्तरिक्ष यात्री शुभांशु शुक्लासँघ हिजो नयाँ दिल्लीमा संवाद गरे। अन्तरिक्ष यात्राको रूपान्तरणकारी अनुभव प्रतिबिम्बित गर्दै प्रधानमन्त्रीले त्यस्ता महत्त्वपूर्ण यात्रा पूरा गरेपछि, कसैले पनि परिवर्तनको अनुभव गर्ने उल्लेख ग्रदै अन्तरिक्ष यात्रीले कसरी यस रूपान्तरणलाई हेर्ने र अनुभव गर्ने विषयमा बुझ्न चाहे। प्रधानमन्त्रीलाई जवाफ दिँदै शुभांशु शुक्लाले अन्तरिक्षको वातावरण एकदमै फरक हुने तथा गुरुत्त्वाकर्णको कमी सबैभन्दा मुख्य कारक रहेको बताए।
प्रधानमन्त्रीले यात्राको क्रममा बस्ने व्यवस्था एक समान रहने कुरा सोधे, जसमा शुक्लाले एकै प्रकारको रहने उत्तर दिए। यसका साथै अन्तरिक्ष यात्रीले 23-24 घण्टा एकै प्रकारको व्यवस्थामा बिताउनुपर्ने विषयमा पनि श्री मोदीले सोधे। यसमा शुक्लाले उत्तर दिँदै, अन्तरिक्षमा पुगेपछि अन्तरिक्ष यात्रीले सीटबाट पेटी फुकाएर क्याप्सुलभित्र खुल्ला रूपमा घुमफिर गर्नसक्ने जानकारी दिए।
अन्तरिक्ष यात्री शुभांशु शुक्लासँग अन्तरक्रिया जारी राख्दै अन्तरिक्ष यात्राको समय पर्नजाने शारीरिक साथै मनोवैज्ञानिक प्रभावका साथमा अन्तरिक्षमा क्याप्सुलभित्र पर्याप्त ठाउँ हुन्छ के भनी प्रधानमन्त्रीले सोधे। यसको उत्तर दिँदै शुभांशु शुक्लाले ठाउँ त्यति फराकिलो नभे तापनि पर्याप्त रहने बताए। प्रधानमन्त्रीले लडाकु जहाजको ककपिटभन्दा के क्याप्सुल आरामदायक हुन्छ के भनी सोध्दा, शुक्लाले त्योभन्दा धेरै राम्रो हुने बताए।
अन्तरिक्षमा पुगेपछि हुने शारीरिक परिवर्तनबारे पनि श्री मोदीलाई शुक्लाले जानकारी दिए। हृदयको गति धेरै सुस्त बन्नका साथै शरीरमा कैयौं प्रकारको समायोजन हुने शुक्लाले बताए। तथापि, चार-पाँच दिनभित्रै शरीर अनुकूलित बन्दै अन्तरिक्षको वातावरणमा सामान्य बन्ने जानकारी दिए। धरतीमा फर्किएपछि फेरि सोही प्रकारको परिवर्तन शरीरले अनुभव गर्ने शुक्लाले बताए। शरीर जति नै तन्दुरूस्त भए तापनि, शुरुमा हिँड्न गाह्रो पर्ने उल्लेख गर्दै आफूले राम्रै महसुस गरे तापनि पहिलो कदम चाल्दा लडखडाएको र कसैले सहारा दिनुपरेको आफ्नो व्यक्तिगत अनुभव शुक्लाले साझा गरे। हिँड्न जानेको भए तापनि, नयाँ परिवेशमा ढाल्न र बुझ्न मस्तिष्कले केही समय लिने उनले बताए. अन्तरिक्ष यात्राका लागि शारीरिक प्रशिक्षम मात्र नभएर मानसिक अनुकूलन आवश्यक रहेको प्रधानमन्त्रीले बताए। यस कुरामा सहमति जनाउँदै शुक्लाले शरीर अनि मांसपेसीमा तागत भए तापनि मस्तिष्कलाई नयाँ परिवेश अनुरूप ढाल्न र सामान्य रूपमा ढाल्न अनि हिँड्न केही कोशिश गर्नुपरेको अवगत गराए।
अन्तरिक्ष मिशनको क्रममा अन्वेषणबारे चर्चा गर्दै श्री मोदीले अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताएको विषयमा प्रश्न सोधे। यसमा शुभांशु शुक्लाले हालमा आएर आठ महिनासम्म समय बिताउन सकिने र यस मिशनले एउटा कोशेढुङ्गा स्थापित गरेको जानकारी दिए। प्रधानमन्त्रीले मिशनको क्रममा भेटेका अन्य अन्तरिक्ष यात्रीहरूबारे सोध्दा, केही यात्री आगामी दिसम्बरमा फर्कने तय भएको अवगत गराए।
स्पेस स्टेशनमा मूङ अनि मेथी उमार्ने शुक्लाको प्रयोगको महत्त्वबारे श्री मोदीले प्रश्न गरे। यसमा धेरै प्रकारका विकासक्रमबारे मानिसहरू अनभिज्ञ रहेको कुरामा शुक्लाले आश्चर्य व्यक्त गरे। सीमित ठाउँका साथमा महँगो कार्गोका कारण स्पेस स्टेशनमा खानपान सबैभन्दा ठूलो चुनौती रहेको शुक्लाले बताए। कम ठाउँमा पोषण र बढी क्यालोरी प्याक गर्नमाथि ध्यान केन्द्रित गरिने उल्लेख गर्दै विभिन्न प्रयोग चलिरहेको र केही खाना अन्तरिक्षमा फलाउनु धेरै सजिलो रहेको जानकारी दिए। न्यूनतम संसाधन जस्तै सानो परात अनि केही पानीका साथ आठ दिनभित्रै बिउ अङ्कुरित भएको र यो प्रयोग व्यक्तिगत रूपमा स्टेशनमा देखेको शुक्लाले बताए। भारतको विशिष्ट कृषि नवाचार हालमा आएर सूक्ष्म गुरुत्त्व अनुसन्धान मञ्चसम्म पुगेको उनले जानकारी दिए। यस्ता प्रयोगहरूले अन्तरिक्ष यात्रीहरूका लागि खाद्य सुरक्षाको चुनौतीलाई मात्र सम्बोधित नगरेर पृथ्वीका असुरक्षित जनामनसको निम्ति पनि लाभकारी हुने बताए।
भारतीय अन्तरिक्ष यात्रीलाई भेट्दा अन्तरराष्ट्रिय अन्तरिक्ष यात्रीहरूको प्रतिक्रिया कस्तो थियो भनी प्रधानमन्त्रीले सोधे। बितेका वर्षहरूमा, जहाँ जाँदा पनि मानिसहरू खुशी हुनका साथै उनीसँग भेट गर्न उत्सुक रहेको शुक्लाले बताए। उनीहरूले बारम्बार भारतको अन्तरिक्ष गतिविधिबारे सोध्ने गरेको तथा देशको प्रगतिबारे अवगत रहेको पनि जानकारी दिए। धेरैजना विशेष रूपमा गगनयान मिशनबारे उत्सुक रहेको तथा यसको समयरेखाबारे सोध्ने गरेको उनले बताए। भारतको अन्तरिक्ष यानमा बसेर चात्रा गर्नका लागि निमन्त्रणको इच्छा व्यक्त गर्दै सहयात्रीहरूले उनको हस्ताक्षरको निम्ति अनुरोध गरेको पनि शुक्लाले बताए।
अरूले उनलाई किन प्रतिभासम्पन्न व्यक्ति भनी उल्लेख गरेको विषयमा श्री मोदीले सोध्दा, शुक्लाले विनम्रतापूर्वक त्यो मानिसहरूको कृपा रहेको बताए। यो सराहना उनको गहन प्रशिक्षण – पहिले भारतीय वायु सेनामा र पछि अन्तरिक्ष पाइलटका रूपमा रहेको कारणले हुनसक्ने उनले बताए। शुरुमा, शैक्षणिक अध्ययन कम्ति हुने विश्वास गरेको भए तापनि, यसको निम्ति व्यापक अध्ययन आवश्यक रहेको शुक्लाले पत्तो लगाएको बताए। अन्तरिक्ष पाइलट बन्नु, ईञ्जिनियरिङ विषयमा पारङ्गत हुनु बराबर रहेको उल्लेख गर्दै उनले भारतीय वैज्ञानिकहरूको अधीनमा कैयौं वर्ष प्रशिक्षण लिएपछि मिशनको निम्ति पूर्णरूपले तयार बनेको पनि उल्लेख गरे।
अन्तरिक्ष यात्री शुभांशु शुक्लालाई दिइएको “होमवर्क”को प्रगतिको पनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले समीक्षा गरे। प्रगति उत्कृष्ट रहेको शुल्काले जानकारी दिए। उनलाई दिइएको काम अति नै महत्त्वपूर्ण रहेको तथा उनको यो यात्रा पनि जागरूकता फैलाउन रहेको बताए। मिशन सफल रहेको कुरामाथि जोड दिँदै, टोली सुरक्षित फर्किए तापनि, यो अन्त्य नभएर शुरुवात रहेको शुक्लाले बताए। प्रधानमन्त्रीले पनि यो पहिलो कदम रहेको बताए। शुक्लाले पनि यही कुरा दोहोऱ्याउँदै यो पहिलो कदम रहेको उल्लेख गरे। यस पहलको मूल उद्देश्य सक्दो धेरै सिकेर ती ज्ञानलाई लिएर फर्किनु रहेको उल्लेख गरे।
भारतमा अन्तरिक्ष यात्रीहरूको धेरै ठूलो समूह बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्ता मिशनको निम्ति 40-50 जनाको तयार टोली हुनुपर्ने बताए। हालसम्म धेरै कम मात्र बाल-बालिकाले अन्तरिक्ष यात्री बन्ने विचार गरेको भए तापनि शुक्लाको यात्राले धेरैलाई प्रेरित अनि आकर्षित गर्ने प्रधानमन्त्रीले उल्लेख गरे।
शुक्लाले बाल्यकालको स्मरण गर्दै राष्ट्रिय कार्यक्रमको कमीका कारण 1984 मा राकेश शर्मा अन्तरिक्षमा गएको भए तापनि अन्तरिक्ष यात्री बन्ने विचार कहिले नआएको उल्लेख गरे। तथापि, हालको मिशनमा, उनले तीनपटक - एकपटक प्रत्यक्ष कार्यक्रम र दुईपटक रेडियोको माध्यमद्वारा बाल-बालिकासँग संवाद गर्ने अवसर पाएको जानकारी दिए। प्रत्येक कार्यक्रममा कम्तिमा पनि एकजना बालकले “अन्तरिक्ष यात्री कसरी बन्नसकिन्छ” भन्ने प्रश्न गरेको उनले बताए. यो उपलब्धि देशको निम्ति धेरै ठूलो सफलता रहेको उल्लेख गर्दै आजको भारतले सपना मात्र नदेखेर अन्तरिक्षको उडान सम्भव रहेको तथा यसका लागि विकल्प रहनका साथै अन्तरिक्ष यात्री बन्ने सपना हासिल गर्नसकिने कुरामाथि शुक्लाले जोड दिए। अन्तरिक्षमा भारतको प्रतिनिधित्त्व गर्नु ठूलो अवसर रहेको र अब यस कोशेढुङ्गासम्म पुग्नका लागि अरूलाई सहयोग गर्नु उनको दायित्त्व बनेको शुक्लाले बताए।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको हालमा दुईवटा प्रमुख मिशन – स्पेस स्टेशन र गगनयान रहेको उल्लेख गर्दै यी आगामी प्रयासका लागि शुक्लाको अनुभव धेरै बहुमूल्य ठहरिने बताए.
शुक्लाले यसबारे सकारात्मकता देखाउँदै प्रधानमन्त्री मोदीको नेतृत्त्वमा रहेको सरकारको अनवरत प्रतिबद्धता अनुरूप यो देशको निम्ति विशाल अवसर रहेको बताए। चन्द्रयान-2 सफल हुन नसके तापनि, सरकारले अविराम बजेट सहायताको माध्यमद्वारा अन्तरिक्ष कार्यक्रमलाई सहयोग गरिरहेको परिणामस्वरूप चन्द्रयान-3 सफल हुनसकेको उल्लेख गरे। विफलतामा पनि यस प्रकारको सहयोगलाई वैश्विक रूपमा हेरिने गरेको तथा यसले अन्तरिक्षमा भारतको क्षमता अनि स्थितिलाई प्रतिबिम्बित गर्ने बताए। भारतले नेतृत्त्वको भूमिका लिनसक्ने तथा अन्य राष्ट्रको सहभागितामा भारतको नेतृत्त्वमा स्पेस स्टेशन शक्तिशाली औजार बन्नसक्ने शुक्लाले बताए।
अन्तरिक्ष विनिर्माणको क्षेत्रमा आत्मनिर्भरताबारे प्रधानमन्त्रीको स्वतन्त्रता दिवसको भाषणको उल्लेख गर्दै यी सबै तत्त्व अन्तर-सम्बन्धित रहेको – गगनयान, स्पेस स्टेशन तथा चन्द्रमामा अवतरणको परिकल्पना विशाल अनि महत्त्वकाङ्क्षी सपना रहेको शुक्लाले उल्लेख गरे। यी लक्ष्यहरूलाई आत्मनिर्भरताका साथ भारतले अघि बढाए, सफलता निश्चित रहेको प्रधानमन्त्रीले बताए।
*********
(Release ID: 2157871)
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam