सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

स्टार्टअप एक्सिलरेटर वेभेक्सद्वारा “कला सेतु” शुरु, जसमा भारतका अग्रणी एआइ स्टार्टअपलाई शासनमा नागरिकहरूको द्रूत पहुँचका लागि वास्तविक समयमा बहुभाषी मल्टीमिडिया सामग्री तयार गर्न समाधान प्रस्तावित गर्न आमन्त्रित गरिएको छ


कला सेतुले भारतीय भाषाहरूमा पाठबाट मल्टीमिडिया सामग्री सिर्जनाका लागि मापनयोग्य एआइ टूल विकसित गर्न चुनौती दिएको छ

कला सेतु अनि भाषा सेतुले बहुभाषी सामग्रीमा भारतको एआइ नवाचारलाई अघि बढाइरहेको छ; क्रमशः 30 जुलाई र 22 जुलाईसम्म आवेदन गर्नसकिनेछ

Posted On: 08 JUL 2025 2:26PM by PIB Gangtok

भारतले डिजिटल शासनको यात्रालाई गति दिइरहेको बेला, आफ्नै भाषामा तत्कालै अनि प्रभावी रूपमा नागरिकहरूसँग संवाद गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको छ। पारम्परिक विधिद्वारा सामग्री रचनाले अर्थपूर्ण जनसम्पर्कका लागि आवश्यक परिमाण, गति अनि विविधतासँग गति कायम गर्न चुनौतीको सामना गर्नुपर्दछ। भारत सरकारको समावेशी, प्रविधि आधारित संवाद अनुरूप, भाषिक विभाजनमा सेतुको काम गर्दै देशभरी अन्तिम विन्दुसम्म वितरण सुनिश्चित गर्न एआइ आधारित समाधान अङ्गीकार गर्नुपर्ने आवश्यकता महसुस गरिएखो छ।

कला सेतु : भारतको निम्ति वास्तविक समय भाषा तकनिकी

समावेशी संवादनको निम्ति एआइको शक्ति दोहन गर्ने रणनीतिक पहल अन्तर्गत, सूचना एवं प्रसारण मन्त्रालयले वेभेक्स स्टार्टअप एक्सिलरेटर प्लेटफर्मको माध्यमद्वारा “कला सेतु – भारतको निम्ति वास्तविक समय भाषा तकनिकी” शुरु गरेको छ। यस राष्ट्रव्यापी पहलले भारतका शीर्ष एआइ स्टार्टअप्सलाई विविध भारतीय भाषालाई समर्थन गर्ने पाठबाट श्रव्य, दृश्य तथा ग्राफिक सामग्रीको स्वचालित रचनाको निम्ति स्वदेशी, मापनयोग्य समाधान विकसित गर्न आमन्त्रित गर्दछ।

चुनौती एआइ आधआरित सामग्री रचनाको तीन मूल क्षेत्रलाई समर्थन गर्ने मापनयोग्य समाधानमाथि केन्द्रित छ। प्रथम, टेक्स्ट टू भिडियो जेनरेशन, जसले विभिन्न सञ्चार आवश्यकता अनुरूप वातावरण, टोन अनि विषयवस्तुलाई अनुकूलित गर्ने क्षमताका साथ टेक्स्टबाट भिडियो सामग्रीको निर्माणलाई स्वचालित गर्दछ। दोस्रो, टेक्स्ट टू ग्राफिक्स जेनरेशन, जसले जटिल जानकारीलाई बुझ्नयोग्य अनि दृश्यगत रूपमा आकर्षक बनाउन सहयोग गर्दै डाटा सञ्चालित इन्फोग्राफिक्स अनि चित्रात्मक दृश्यहरूको उत्पादनलाई सक्षम बनाउँदछ। तेस्रो, टेक्स्ट टू अडियो जेनरेशन, जसले भाषणको उत्पादन गर्नका लागि उन्नत आवाज संश्लेषणको उपयोग गर्दछ, जुन सटीक मात्र नभएर भावनात्मक रूपमा अभिव्यञ्जक अनि क्षेत्रीय लवजप्रति संवेदनशील हुनका साथै बहुभाषी सन्दर्भमा प्रासङ्गिकता अनि प्रभावलाई बढाउँदछ।

नागरिकमुखी अनुप्रयोग

कला सेतुले सार्वजनिक संवाद निकायहरूलाई गतिशील रूपमा आधिकारिक सूचनालाई क्षेत्रीय रूपमा उपयोगी स्वरूप जस्तै इन्फोग्राफिक दृश्य, प्रासाङ्गिक भिडियो व्याख्याता अनि अडियो क्याप्सुललाई वास्तविक समयमा रूपान्तरित गर्न समर्थ बनाउने लक्ष्य राख्दछ। चाहे कृषकले मौसमबारे चेतनावनी खोजिरहेका हुन्, वा विद्यार्थीले परीक्षाबारे अपडेट वा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य स्याहार योजनाबारे जानकारी पाउने कोशिश, यस पहलले पाठ्य रूपमा सापेक्ष मात्र नभएर आफ्नै भाषामा उपलब्ध गराउने उद्देश्य राख्दछ।

कसरी आवेदन गर्ने

स्टार्टअप्सहरूले यस चुनौतीका लागि “कला सेतु” चुनौती श्रेणी अन्तर्गत वेभेक्सको पोर्टल https://wavex.wavesbazaar.com/  को माध्यमद्वारा पञ्जिकरण अनि आवेदन गराउन सक्नेछन्। स्टार्टअप्सहरूले उत्पादको भिडियो डेमो प्रदर्शित गर्दै 30 जुलाई 2025 सम्म न्यूनतम व्यवहार्य अवधारणा (एमभीसी) बुझाउनु पर्नेछ। अन्तिम चरणका लागि छनौट भएका टोलीहरूले आफ्नो समाधान नयाँ दिल्लीमा राष्ट्रिय निर्णायक मण्डलीसमक्ष प्रस्तुत गर्नुपर्नेछ, जसमा विजेतालाई पूर्णकालिक विकासको निम्ति एमओयु, आकाशवाणी, दूरदर्शन अनि पीआइबीका साथ प्रायोगिक सहयोग तथा वेभेक्स नवाचार मञ्च अन्तर्गत उद्भवन प्राप्त हुनेछ। प्राविधिक आवश्यकताका साथमा चुनौतीका अन्य विवरण वेभेक्स पोर्टलबाट प्राप्त गर्नसकिनेछ।

भाषा सेतु चुनौती

“भाषा सेतु” वास्तविक समय भाषा अनुवाद चुनौती 30 जून 2025 को दिन विभेक्स अन्तर्गत शुरु गरिएको थियो। स्टार्टअप्सहरूले भाषा सेतुका लागि 22 जुलाई 2025 सम्म वेभेक्स पोर्टलको माध्यमद्वारा भाषा सेतु चुनौती श्रेणी अन्तर्गत आवेदन गर्नसक्नेछन्।

यस पहलले समावेशी अनि प्रभावी शासनका लागि एआइ आधआरित समाधानलाई अघि बढाउने भारत सरकारको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ। बहुभाषी सामग्री रचना तथा वास्तविक समयमा भाषा अनुवादमा स्वदेशी नवाचारलाई प्रोत्साहित गरी सरकारले संवादको अन्तर पाट्दै प्रत्येक भारतीय भाषामा सूचना अन्तिम कोशसम्म पुग्ने सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कला सेतु र भषा सेतु, राष्ट्रको भाषिक अनि सांस्कृतिक विविधता प्रतिबिम्बित गर्नका साथै जीवन्त स्टार्टअप नवाचार परिक्षेत्रलाई पोषित गर्दै भविष्यका लागि तयार डिजिटल परितन्त्र विकसित गर्ने महत्त्वपूर्ण कदम हुन्।

वेभेक्सबारे

वेभेक्स सूचना एवं प्रसारण मन्त्रालयको वेभ्स पहल अन्तर्गत शुरु गरिएको समर्पित स्टार्टअप एक्सिलरेटर प्लेटफर्म हो, जुन मिडिया, मनोरञ्जन अनि भाषिक प्रविधिको क्षेत्रमा नवाचारलाई पोषित गर्न लक्षित छ। मुम्बईमा मई 2025 मा आयोजित वेभेक्स शिखर सम्मेलनमा 30 प्रतिभाशाली स्टार्टअपलाई सरकारी अभिकरण, निवेशक अनि उद्योगका दिग्गजहरूसँग प्रत्यक्ष संलग्नताको निम्ति समर्थन प्रदान गर्दै अवसर प्रदान गरेको थियो। वेभेक्सले लक्षित ह्याकाथन, उद्भवन, संरक्षण अनि राष्ट्रिय मञ्चहरूसँग एकिकरणको माध्यमद्वारा सफल विचारहरूलाई समर्थन गर्न जारी राखेको छ।

***********


(Release ID: 2143129)