प्रधानमन्त्रीको कार्यालय
भारतका युवाहरूले वैश्विक स्तरमा आफ्नो पहिचान बनाएका छन्, हाम्रो युवा शक्ति गतिशीलता, नवाचार र दृढ सङ्कल्पसँग जोड़िएको छ: प्रधानमन्त्री
नयाँ शिक्षा नीति र कौशल विकास तथा स्टार्ट-अपहरूमा ध्यान केन्द्रित गर्दै हाम्रा युवाहरू ‘विकसित भारतको सङ्कल्पमा महत्त्वपूर्ण साझेदार बनेका छन् : प्रधानमन्त्री
हामी आफ्नो युवा शक्तिलाई चम्किनका लागि हर सम्भव अवसर प्रदान गर्नेछौँ, उनीहरू विकसित भारतका प्रमुख निर्माता हुन्: प्रधानमन्त्री
Posted On:
06 JUN 2025 10:42AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भारतका युवाहरूका वैश्विक उपलब्धिहरूमाथि प्रकाश पार्दै भारतका युवाहरूले वैश्विक स्तरमा आफ्नो पहिचान बनाएको बताएका छन्। उनीहरूलाई गतिशीलता, नवाचार र दृढ सङ्कल्पको प्रतीकको रूपमा वर्णन गर्दै उनले पछिल्ला 11 वर्षमा देशको विकास युवा शक्तिको अतुलनीय ऊर्जा र दृढ विश्वासले प्रेरित भएको बताए।
श्री मोदीले स्टार्टअप, विज्ञान, खेल, सामुदायिक सेवा र संस्कृति सहित विभिन्न क्षेत्रहरूमा युवा भारतीयहरूले गरेको असाधारण योगदानको उल्लेख गरे। उनले भने, “पछिल्ला 11 वर्षमा हामीले यस्ता युवाहरूको उल्लेखनीय उदाहरण देखेका छौँ, जसले अकल्पनीय काम गरेका छन्।”
प्रधानमन्त्री मोदीले युवा सशक्तिकरणलाई लक्षित गरी पछिल्ला 11 वर्षमा सरकारी नीतिहरूको परिवर्तनकारी प्रभावलाई जोड दिए। स्टार्टअप इण्डिया, स्किल इण्डिया, डिजिटल इण्डिया र राष्ट्रिय शिक्षा नीति 2020 जस्ता सरकारी पहलहरू युवाहरूलाई सशक्त बनाउनु राष्ट्रले गर्न सक्ने सबैभन्दा शक्तिशाली काम हो भन्ने दृढ विश्वासमा आधारित छन्, श्री मोदीले भने।
प्रधानमन्त्रीले भने अनुसार पछिल्ला 11 वर्षमा सरकारले युवाहरूलाई सशक्त बनाउनका लागि निरन्तर प्रयास गरेको छ। नयाँ शिक्षा नीति र कौशल विकास र स्टार्ट-अपहरूमा ध्यान केन्द्रित गर्दै युवाहरू ‘विकसित भारत’ को सङ्कल्पमा महत्त्वपूर्ण साझेदार बनेका छन्।
श्री मोदीले सरकारले सदैव युवा शक्तिलाई चम्किने सबै सम्भावित अवसर प्रदान गर्ने पुष्टि गरे।
प्रधानमन्त्रीले एक्स मा पोस्ट गरे;
“भारतका युवाहरूले ऐश्विक स्तरमा आफ्नो पहिचान बनाएका छन्। हाम्रो युवा शक्ति गतिशीलता, नवाचार र दृढ सङ्कल्पसँग जोड़िएको छ। हाम्रा युवाहरूले अतुलनीय ऊर्जा र दृढ विश्वासका साथ भारतको विकासलाई अगाडि बढाएका छन्।
पछिल्ला 11 वर्षमा, हामीले यस्ता युवाहरूको उल्लेखनीय उदाहरण देखेका छौँ, जसले स्टार्टअप, विज्ञान, खेल, सामुदायिक सेवा, संस्कृति र अन्य धेरै क्षेत्र सहित विभिन्न क्षेत्रमा अकल्पनीय काम गरेका छन्।
पछिल्ला 11 वर्षमा युवा सशक्तिकरणको उद्देश्य नीति र कार्यक्रमहरूमा निर्णायक परिवर्तन पनि देखिएको छ। स्टार्टअप इण्डिया, स्किल इण्डिया, डिजिटल इन्डिया र राष्ट्रिय शिक्षा नीति 2020 जस्ता सरकारी पहलहरू युवाहरूलाई सशक्त बनाउनु राष्ट्रले गर्न सक्ने सबैभन्दा शक्तिशाली कुरा हो भन्ने दृढ विश्वासमा जरा गाडेका छन्।
म विश्वस्त छु कि हाम्रा युवाहरूले विकसित भारत निर्माण गर्ने प्रयासहरूलाई निरन्तर मजबुत बनाइरहने छन्।
#11YearsOfYuvaShakti"
“पछिल्ला 11 वर्षमा हाम्रो सरकारले युवा शक्तिलाई सशक्त बनाउनका लागि निरन्तर प्रयास गरेको छ। नयाँ शिक्षा नीतिका साथै कौशल विकास र स्टार्ट-अपमा फोकसले हाम्रो युवा विकसित भारतको सङ्कल्पको अहम भागिदारी बनेका छन्। हाम्रो लागि अत्यन्त प्रसन्नताको कुरा के हो भने आज देशका युवा राष्ट्र निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्।”
#11YearsOfYuvaShakti"
"हामी सधैं हाम्रो युवा शक्तिलाई चम्कने सबै सम्भावित अवसरहरू प्रदान गर्नेछौं! तिनीहरू विकसित भारतका प्रमुख निर्माता हुन्। #11YearsOfYuvaShakti"
*******
(Release ID: 2134556)
Read this release in:
Odia
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam