प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जेनेभामा विश्व स्वास्थ्य सभाको 78 औं सत्रलाई सम्बोधन गरे
यस वर्षको विश्व स्वास्थ्य सभाको विषयवस्तु ‘स्वास्थ्यका लागि एक विश्व’ हो, यो वैश्विक स्वास्थ्यको लागि भारतको दृष्टिकोणसँग मेल खाँदछ: प्रधानमन्त्री
स्वस्थ विश्वको भविष्य समावेश, एकीकृत दृष्टिकोण र सहकार्यमा निर्भर गर्दछ: प्रधानमन्त्री
विश्वको स्वास्थ्य हामीले सबैभन्दा कमजोरहरूको कति राम्रो हेरचाह गर्छौँ भन्नेमा निर्भर गर्दछ: प्रधानमन्त्री
स्वास्थ्य चुनौतीहरूबाट ग्लोबल साउथ विशेष गरी प्रभावित छ, भारतको दृष्टिकोणले अनुकरणीय मापनीय र टिकाऊ मोडेल प्रदान गर्दछ: प्रधानमन्त्री
जून महिनामा 11औँ अन्तर्राष्ट्रिय योग दिवस आउँदैछ, यस वर्ष, विषयवस्तु ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ हो: प्रधानमन्त्री
स्वस्थ ग्रहको निर्माण गर्दा हामीले कोही पनि पछाडि नपरोस् भन्ने कुरा सुनिश्चित गरौँ: प्रधानमन्त्री
Posted On:
20 MAY 2025 4:27PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज जेनेभामा विश्व स्वास्थ्य सभाको 78औँ सत्रलाई भिडियो कन्फरेन्सिङको माध्यमद्वारा सम्बोधन गरे। भेलालाई सम्बोधन गर्दै उनले यस वर्षको विषयवस्तु, ‘स्वास्थ्यका लागि एक विश्व’ लाई प्रकाश पार्दै सबै सहभागीहरूलाई न्यानो अभिवादन जनाए र यो वैश्विक स्वास्थ्यको लागि भारतको दृष्टिकोणसँग मिल्दोजुल्दो भएकोमा जोड दिए। उनले 2023 को विश्व स्वास्थ्य सभामा आफ्नो सम्बोधनलाई सम्झना गरे, जहाँ उनले ‘एक पृथ्वी, एक स्वास्थ्य’ को बारेमा कुरा गरेका थिए। उनले एक स्वस्थ विश्वको भविष्य समावेशीकरण, एकीकृत दृष्टिकोण र सहकार्यमा निर्भर गर्ने टिप्पणी गरे।
समावेशीकरण भारतको स्वास्थ्य सुधारको मूलमा रहेको कुरामा जोड दिँदै श्री मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजना आयुष्मान भारतलाई प्रकाश पारे, जसले 58 करोड मानिसहरूलाई कवर गर्दछ र नि:शुल्क उपचार प्रदान गर्दछ। कार्यक्रम हालै 70 वर्षभन्दा माथिका सबै भारतीयहरूलाई समेट्न विस्तार गरिएको थियो। उनले भारतको हजारौँ स्वास्थ्य र कल्याण केन्द्रहरूको व्यापक सञ्जाललाई उल्लेख गरे जसले क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूको प्रारम्भिक जाँच र पत्ता लगाउने सुविधा दिन्छ। उनले उल्लेखनीय रूपमा कम मूल्यमा उच्च गुणस्तरको औषधि प्रदान गर्ने हजारौँ सार्वजनिक फार्मेसीहरूको भूमिकालाई पनि जोड दिए। स्वास्थ्य परिणामलाई सुधार गर्न प्रविधिको भूमिकालाई प्रकाश पार्दै श्री मोदीले गर्भवती महिला र बालकबालिकाको खोप ट्र्याक गर्ने डिजिटल प्लेटफर्म र लाभ, बीमा, रेकर्ड र जानकारी एकीकृत गर्न मद्दत गर्ने अद्वितीय डिजिटल स्वास्थ्य पहिचान प्रणाली जस्ता भारतको डिजिटल पहलहरूमाथि जोड दिए। उनले टिप्पणी गरे कि टेलिमेडिसिनको साथ, कोही पनि डाक्टरबाट धेरै टाढा छैन। उनले भारतको नि:शुल्क टेलिमेडिसिन सेवालाई प्रकाश पारे, जसले 34 करोडभन्दा बढी परामर्श सक्षम पारेको छ। भारतका स्वास्थ्य पहलहरूको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्दै उनले कुल स्वास्थ्य खर्चको प्रतिशतको रूपमा खल्ती बाहिरको खर्चमा उल्लेखनीय गिरावट आएको उल्लेख गरे। साथसाथै, उनले सरकारी स्वास्थ्य खर्च उल्लेखनीय रूपमा बढेको कुरामा जोड दिए।
“विश्वको स्वास्थ्य हामीले सबैभन्दा कमजोरहरूको कति राम्रो हेरचाह गर्छौं भन्नेमा निर्भर गर्दछ”, प्रधानमन्त्रीले जोड दिए, ग्लोबल साउथ विशेष गरी स्वास्थ्य चुनौतीहरूबाट प्रभावित छ भनेर प्रकाश पार्दै र भारतको दृष्टिकोणले अनुकरणीय, मापनीय र टिकाऊ मोडेलहरू प्रदान गर्ने कुरामा जोड दिए। उनले विश्वसँग, विशेष गरी ग्लोबल साउथसँग आफ्नो सिकाइ र उत्कृष्ट अभ्यास साझा गर्न भारतको तत्परता व्यक्त गरे। जूनमा पालन गरिने 11औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वैश्विक सहभागितालाई प्रोत्साहित गरे। उनले यस वर्षको विषयवस्तु, ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ लाई प्रकाश पार्नुका साथै योगको जन्मस्थलको रूपमा भारतको भूमिकालाई जोड दिँदै सबै देशहरूलाई निमन्त्रणा गरे।
श्री मोदीले आईएनबी सन्धिको सफल वार्तामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सबै सदस्य राष्ट्रहरूलाई बधाई दिए। उनले यसलाई बृहत् वैश्विक सहयोगको माध्यमद्वारा भविष्यको महामारीसँग लड्ने साझा प्रतिबद्धताको रूपमा वर्णन गरे। उनले कोही पनि पछाडि नपरेको सुनिश्चित गर्दै स्वस्थ ग्रह निर्माणको महत्त्वमा जोड दिए। आफ्नो सम्बोधनको अन्त्य गर्दै प्रधानमन्त्रीले वेदहरूबाट कालातीत प्रार्थनाको आह्वान गरे, उनले हजारौँ वर्ष पहिले, भारतका ऋषिहरूले कसरी यस्तो संसारको लागि प्रार्थना गरेका थिए जहाँ सबै स्वस्थ, खुशी र रोगमुक्त हुनेछन् भन्ने कुरामा विचार गरे। उनले यो दृष्टिकोणले संसारलाई एकताबद्ध गर्ने कुरामा आशा व्यक्त गरे।
********
(Release ID: 2130005)
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam