संसदीय मामिला मन्त्रालय
आतङ्कवाद विरुद्ध शून्य सहिष्णुताको भारतको कडा सन्देश विश्व समक्ष पुऱ्याउन सर्वदलीय प्रतिनिधिमण्डल
प्रविष्टि तिथि:
17 MAY 2025 9:19AM by PIB Gangtok
अपरेशन सिन्दूर र सीमा पार आतङ्कवाद विरुद्ध भारतको निरन्तर लडाईँको सन्दर्भमा सात सर्वदलीय प्रतिनिधिमण्डलहरूले यस महिनाको अन्त्यमा संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरू सहित प्रमुख साझेदार देशहरूको भ्रमण गर्ने तयारी गरेका छन्।
सर्वदलीय प्रतिनिधिमण्डलहरूले सबै रूप र अभिव्यक्तिमा आतङ्कवाद विरुद्ध लड्न भारतको राष्ट्रिय सहमति र दृढ दृष्टिकोण प्रस्तुत गर्नेछन्। उनीहरूले आतङ्कवाद विरुद्ध शून्य सहिष्णुताको देशको कडा सन्देश विश्वलाई पुऱ्याउनेछन्।
विभिन्न दलका संसद सदस्य, प्रमुख राजनीतिक व्यक्तित्व र प्रतिष्ठित कूटनीतिज्ञहरू प्रत्येक प्रतिनिधिमण्डलको हिस्सा हुनेछन्।
निम्न सांसदहरूले सात प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्:
1) श्री शशि थरुर, कङ्ग्रेस
2) श्री रविशङ्कर प्रसाद, भाजपा
3) श्री सञ्जय कुमार झा, जेडीयू
4) श्री बैजयन्त पाण्डा, भाजपा
5) श्रीमती कनिमोझी करुणानिधि, डीएमके
6) श्रीमती सुप्रिया सुले, एनसीपी
7) श्री श्रीकान्त एकनाथ शिन्दे, शिवसेना
*******
(रिलीज़ आईडी: 2129330)
आगंतुक पटल : 21
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Odia
,
English
,
Khasi
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam