सूचना तथा प्रसारण मन्त्रालय
“लीगल करेन्ट्स : ए रेगुलेटरी ह्याण्डबुक अन इण्डियाज एम एण्ड ई सेक्टर 2025” प्रतिवेदन जारी गरिने
Posted On:
02 MAY 2025 2:39PM
|
Location:
PIB Gangtok
मुम्बई, 2 मई 2025
वेभ्स 2025 भारतको मिडिया एवं मनोरञ्जन परिदृश्यको महत्त्वपूर्ण अवसर हो र यो आयोजन “लीगल करेन्ट्स : ए रेगुलेटरी ह्याण्डबुक अन इण्डियाज एम एण्ड ई सेक्टर 2025” शीर्षकको महत्त्वपूर्ण प्रतिवेदन जारी गरिने प्रक्रियाको साक्षी बन्नेछ। वेभ्स 2025 को नलेज पार्टनर्समध्ये एक खेतान एण्ड कम्पनीद्वारा तयार गरिएको यस प्रतिवेदनले त्यस विनियामक ढाँचाको रूपरेखा प्रस्तुत गर्दछ, जसले भारतको जीवन्त मिडिया एवं मनोरञ्जन परितन्त्रको बढ्दो सामर्थ्यलाई आकार दिन र त्यसलाई उन्मुक्त गर्ने काम जारी राखेको छ।
यो कानूनी मार्गदर्शिका यस्तो महत्त्वपूर्ण समयमा आएको छ, जब भारतको मिडिया एवं मनोरञ्जन उद्योग विनियामक ढाँचाद्वारा सञ्चालित अभूतपूर्व परिवर्तनको कालबाट गुज्रिरहेको छ, जसले यस उद्योगका प्रतिभागीहरूलाई प्रसारण अनि ज्ञानोरञ्जन, गेमिङ, एआइ, डिजिटल मिडिया र फिल्ममा आफ्नो कौशल र तकनिकी नवाचारको लाभ उठाउन सक्षम बनाएको छ। इन्टरनेटको पहुँचमा तेजीका साथ वृद्धि र भारतीय कन्टेन्टको उपभोगमा परिवर्तनका साथसाथै भारत सक्रिय अनि ग्रहणशील शासनद्वारा सुगम बनाइएको डिजिटल परिवर्तनको युगबाट गुज्रिरहेको छ। सरकारले टेलिभिजन अनि रेडियोमा प्रिन्ट तथा लिनियर ब्रडकास्टिङ जस्ता क्षेत्रको निम्ति विनियामक प्रक्रियालाई अनुकूलित अनि सहज बनाएको छ, जसले अहिलेसम्म भारतमा धेरै दर्शकमाथि पकड राख्दछ।
यस पुस्तिकामा सरकारका ती प्रमुख पहल अनि कानुनी हस्तक्षेप सामेल गरिएका छन्, जसले बजारमा विदेशी प्रतिभागीहरूको प्रवेश, सहयोग अनि परिचालनका लागि कानूनी मार्गचित्रलाई प्रोत्साहित अनि सुव्यवस्थित गरेको छ। केन्द्र अनि राज्य सरकारहरूले निर्माण अनि सह-निर्माण प्रोत्साहन योजना पनि शुरु गरेका छन्, जसले भारतलाई कन्टेन्ट सिर्जनाको एउटा प्रमुख स्थलका रूपमा स्थापित गर्दछ।
विज्ञापन, अनलाइन गेमिङ र डिजिटल मिडिया जस्ता प्रमुख क्षेत्रमा उद्योग निकाय अनि सरकारका बीच सहयोगपूर्ण साझेदारी विकसित भएको छ, जसले कानुनी अनुपालन सुनिश्चित गर्दै हितधारकहरूका लागि परिचालन सम्बन्धी लचिलोपन प्रदान गर्दछ।
भारतले ग्लोबल कन्टेन्ट हबका रूपमा आफ्नो स्थितिलाई प्रबल बनाइरहेको बेला, यो पुस्तिका जीवन्त, तकनिकी-सञ्चालित मिडिया एवं मनोरञ्जन क्षेत्रमा हितधारकहरूका लागि एउटा महत्त्वपूर्ण संसाधनका रूपमा काम गर्न प्रतिलक्षित छ।
वास्तविक समयमा आधिकारिक अद्यावधिकको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:
एक्स-मा:
https://x.com/WAVESummitIndia
https://x.com/MIB_India
https://x.com/PIB_India
https://x.com/PIBmumbai
इन्स्टाग्राममा:
https://www.instagram.com/wavesummitindia
www.instagram.com/mib_india
https://www.instagram.com/pibindia
*********
पीआईबी टीम वेभ्स 2025 । राजित/ पौसली /दर्शना । 143
Release ID:
(Release ID: 2126444)
| Visitor Counter:
7
Read this release in:
Kannada
,
English
,
Gujarati
,
Tamil
,
Malayalam
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Bengali
,
Punjabi
,
Telugu