WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

डिजिटल रेडियो भविष्यको माध्यम हो; एनालग माध्यमलाई पनि सह-अस्तित्वमा रहनुपर्छ - वेभ्स 2025 मा भएको चर्चाबाट


राम्रो सामग्री, सहयोग, क्रस प्लेटफर्म प्रचार रेडियोको लागि शुभ सङ्केत हो

‘रेडियो रिइमेजिण्ड: डिजिटल युगमा फस्टाइरहेको छ’ वेभ्स 2025 मा समृद्ध प्यानल चर्चा

 Posted On: 02 MAY 2025 3:09PM |   Location: PIB Gangtok

मुम्बई, 2 मई 2025

 

‘रेडियो रिइमेजिण्ड: डिजिटल युगमा फस्टाइरहेको छ’ विषयमाथि एक प्यानल चर्चामा आज वेभ्स 2025 मा वैश्विक विशेषज्ञहरूले एक व्यावहारिक चर्चामा भाग लिए।

प्रतिष्ठित प्यानलिस्टहरूमा वाणिज्यिक रेडियोकी अग्रणी ज्याकलिन बियरहोर्स्ट, डिजिटल रेडियो मोण्डियाल (डीआरएम) का अध्यक्ष रुक्साण्ड्रा ओब्रेजा, डीआरएमका भाइस ग्रुप लिडर अलेक्ज्याण्डर जिङ्क, प्रसार भारतीका पूर्व सीईओ तथा डीप टेक फर भारतका सह-संस्थापक शशि शेखर भेम्पती र प्रख्यात प्रसारण प्रविधि विशेषज्ञ टेड लाभर्टी सामेल थिए। रेड एफएमकी निर्देशक तथा सीईओ निशा नारायणनले विशेषज्ञताका साथ बातचितलाई सञ्चालन गरिन् तथा रेडियो प्रसारण उद्योगलाई प्रभाव पार्ने कारकहरूमाथि प्रकाश पारिन्।

‘डिजिटल रेडियो भविष्यको माध्यम हो, तर एनालगलाई पनि सह-अस्तित्वमा रहनुपर्छ’

ज्याकलिन बियरहोर्स्टलाई के लाग्छ भने भविष्यमा डिजिटल रेडियो प्राथमिक प्रारूप हुने सम्भावना छ, किनकि यसले राम्रो ध्वनि गुणस्तर, अधिक विश्वसनीय प्रसारण र मल्टिमिडिया तत्त्वहरूलाई एकीकृत गर्ने क्षमता जस्ता लाभ प्रदान गर्दछ। “जबकि एनालग रेडियो केही सन्दर्भहरूमा प्रासङ्गिक रहन्छ, विशेष गरी सरल सञ्चारको लागि अनि सीमित डिजिटल पूर्वाधार भएका क्षेत्रहरूमा, डिजिटल प्रसारणमा परिवर्तन जारी छ र यो जारी रहने अपेक्षा गरिएको छ”, उनले विचार व्यक्त गरिन्। उनले बताए अनुसार, एनालगबाट डिजिटलमा स्विच गर्दा लागत बचत हुन्छ।

यद्यपि, ज्याकलिन बियरहोर्स्ट र अलेक्ज्याण्डर जिङ्कले उल्लेख गरे अनुसार, आतङ्कवादी हमला, बाढी आदि जस्ता आपतकालीन स्थितिको क्रममा प्रसारण एक महत्त्वपूर्ण सहायता बिन्दु हो, जब डिजिटल नेटवर्कहरूले सधैँ काम नगर्न सक्छन्। डीआरएमका अध्यक्ष रुक्सान्ड्रा ओब्रेजाले यस बिन्दुमा के ध्यान दिए भने भारतमा एनालग रेडियोको संरक्षण गर्नु महत्त्वपूर्ण छ, जुन 600,000 गाउँहरूसम्म पुग्दछ। विशेषज्ञहरूले टिप्पणी गरे अनुसार, आपत स्थितिमा, निस्सन्देह प्रसारण रेडियो अधिक आबादीसम्म पुग्ने अधिक सम्भावना हुन्छ। “चुनौती भनेको पुराना प्रविधिहरूलाई बाधा नपुऱ्याई नयाँ प्रविधिहरूलाई पेश गर्नु हो”, रुक्सान्ड्रा ओब्रेजाले भने।

रेडियो सञ्चारका नयाँ 5सी

ज्याकलिन बियरहोर्स्टले शास्त्रीय 5सी अर्थात् संक्षिप्तता, स्पष्टता, आत्मविश्वास, नियन्त्रण र क्षमताको उल्लेख गरिन् अनि तिनीहरूलाई एक समृद्ध डिजिटल रेडियो बुनियादी ढाँचाको युगमा आवश्यक नयाँ 5सी- सँग जोड़िन्। यी हुन्: कभरेज, सामग्री, उपभोक्ता उपकरण, कार, सञ्चार। उनले रेडियो नेटवर्कले श्रोताहरू आधारित सही क्षेत्रहरूलाई समेटिरहेको छ भनी सुनिश्चित गर्न सल्लाह दिइन्।

श्रोताहरूको सङ्ख्याको मापन यस क्षेत्रलाई समृद्ध बनाउनको लागि ठोस प्रयास गर्ने एक महत्त्वपूर्ण कदम हो। टेड लाभेटीले युरोपमा रेडियो प्लेयर र रेडियो एफएम जस्ता रेडियो प्लेइङ एपहरूको बारेमा कुरा गरे, जसले गोपनीयताको उल्लङ्घन नगरी श्रोताहरूको सङ्ख्या मापन गर्न प्रयोग गर्न सकिने सुविधाहरू प्रदान गर्दछ। त्यस्ता कार्यक्रम र एपहरू, नमूना सर्वेक्षण र सुन्ने डायरीहरूको उपयोग भारतमा पनि रेडियो श्रोताको हटस्पटको विश्लेषण गर्न प्रयोग गर्न सकिने उनले सल्लाह दिए।

राम्रो कन्टेन्ट, सहयोग, क्रस प्लेटफर्मले प्रचार राम्रोसँग काम गर्छन्

‘कन्टेन्ट नै सर्वोपरि हो’ - विशेषज्ञहरूले यस क्षेत्रको लागि यो सफलता मन्त्रमा सहमति व्यक्त गरे। निशा नारायणनले निजी एफएमहरूले सामना गर्ने विभिन्न कन्टेन्टहरूको लागि उच्च लाइसेन्स शुल्कको समस्यालाई चिह्नित गरिन्। फलस्वरूप, तिनीहरूले प्रायः लोकप्रिय सङ्गीतलाई प्रस्तुत गर्छन्, जसको कन्टेन्टको अन्य वर्गहरूभन्दा कम लाइसेन्स शुल्क हुन्छ। रेड एफएमकी सीओओले निजी एफएमहरूको लागि कन्टेन्टमा विविधता ल्याउने आवश्यकतामा सहमति जनाइन्।

राम्रो, उपयोगी कन्टेन्टको मूल्यको बारेमा बोल्दै ज्याकलिन बियरहोर्स्टले ब्रिटिश डिजिटल रेडियो स्टेशन एब्सोल्युट रेडियोको सफलताको कहानीमाथि प्रकाश पारिन्, जसले 70, 80 र 90 को दशकमा विकास कार्य र राजस्व अर्जित गर्यो भने यो विभिन्न शैक्षणिक र प्रचार गतिविधिहरूमा संलग्न रह्यो, जसले आफ्ना दर्शकहरूलाई फाइदा भयो।

डिजिटल रेडियोले अडियो कन्टेन्ट अतिरिक्त पनि धेरै कुरा हुन्छन् - यसमा दृश्य र पाठ अनुप्रयोगहरू पनि छन् जुन बढ्दो श्रोता आधारको लागि लाभदाजनक छ, अलेक्ज्याण्डर जिङ्गले डिजिटल रेडियोको यो एक अर्को पक्षको सम्झना गराए।

टेड लाभर्टीले रेडियो श्रोताको प्रसारलाई समर्थन गर्नका लागि आवश्यक पारिस्थितिक प्रणालीमाथि जोड दिए। कम लागतका उपकरणहरू बनाउनु, एन्ड्रोइड जस्ता अनुकूल प्लेटफर्महरू हुनु उनले भनेका केही उपायहरू हुन्। बाह्य हार्डवेयर घटकहरूको अस्तित्वको अतिरिक्त, कन्टेन्टको विविधता पनि महत्त्वपूर्ण छ किनकि यसले श्रोताहरूका विभिन्न उप-समूहहरूलाई सम्बोधन गर्न मद्दत गर्दछ।

जलवायु परिवर्तन र डिजिटल रेडियो

डिजिटल रेडियोले अधिक कुशल मोड्युलेशन प्रविधिहरूको प्रयोग गरेर अनि एकल-फ्रिक्वेन्सी नेटवर्कहरूलाई सक्षम गरेर महत्त्वपूर्ण ऊर्जा बचत हासिल गर्न सक्छ। यद्यपि, एफएम स्टेशनहरूलाई बन्द गर्नु सम्भव छैन। यद्यपि केही युरोपेली देशहरूले एफएम स्टेशनहरूलाई पूर्ण रूपमा बन्द गर्ने र पूर्ण डिजिटलीकरणको प्रयास गरेका छन्, तर यो कुनै ठूलो उपलब्धि होइन, रुक्सान्ड्रा ओब्रेजाले भनिन्। नीतिगत हस्तक्षेपहरूका लागि सरकारसँग कुरा गर्दा व्यावसायिक रेडियो स्टेशनहरूको आवश्यकतालाई सूचीबद्ध गर्नु महत्त्वपूर्ण छ भन्ने उनले सुझाउ दिइन्।

भारतमा रेडियो उद्योग - पारिस्थितिक प्रणालीलाई मजबुत पार्ने अवसर

रुक्सान्द्रा ओब्रेजाले युरोपमा सार्वजनिक नीतिहरूले डिजिटल रेडियोको पहुँचलाई बढावा दिएको उल्लेख गरिन्। कार, मोबाइल फोनमा रेडियो हुनु, बजारमा रेडियो सेटको सहज उपलब्धता त्यस दिशामा महत्त्वपूर्ण कदमहरू हुन्। विज्ञहरूको विचारमा भारतमा डिजिटल रेडियो सङ्घ गठन गरिनुपर्छ।

रुक्सान्द्रा ओब्रेजाले भारत डिजिटल रेडियोमा एक चालक शक्ति भएको बताइन्। डिजिटलदेखि स्थलीय रेडियो र डिजिटलदेखि मोबाइल पनि महत्त्वपूर्ण छ। “प्रसार भारतीको पहुँच लगभग 90 करोड मानिससम्म छ। भारत यस क्षेत्रमा एक सुनौलो अवसर हो, भारतमा अरबौँ मोबाइल फोन प्रयोगकर्ताहरू छन्। यी सकारात्मक बिन्दुहरूमा काम गर्नु महत्त्वपूर्ण छ” , उनले थपिन्।

शशि शेखर भेम्पट्टीले भारत रेडियोको लागि सबैभन्दा ठूलो बजार भएको बताए अनि यस माध्यमलाई मूल सार्वजनिक हितको वस्तु बताए। उनले यस क्षेत्रको लागि समन्वित सार्वजनिक कार्यवाहीको आवश्यकतामाथि प्रकाश पारे। उनले देशमा यस क्षेत्रका लाभहरूलाई रेखाङ्कित गर्दै भने, रेडियो कतै पनि गइरहेको छैन। भारतमा रेडियो उपभोक्ता समाजका विभिन्न वर्गहरूबाट आउँछ।” नीतिगत हस्तक्षेपहरूमा धेरै शर्तहरू सामेल हुन सक्छन्, जस्तै केही श्रेणीका उपकरणहरूमा रेडियो हुनुपर्छ। एआई सञ्चालित उपकरणहरूका साथ साथै परम्परागत रेडियो जस्ता निष्क्रिय उपकरणहरू पनि सँगसँगै अवस्थित रहनुपर्छ।

जलवायु परिवर्तन सार्वजनिक नीतिहरूको एक महत्त्वपूर्ण निर्धारक भएको कारण परम्परागत उपकरणहरूको संरक्षण गर्नु महत्त्वपूर्ण छ। टेड लाभर्टीले रेडियो उपकरण निर्माताहरूलाई प्रोत्साहन गर्नका लागि ’मेक इन इण्डिया’ जस्ता योजनाहरू प्रयोग गर्दै भारतमा रेडियोको लागि पारिस्थितिकी प्रणालीलाई बढ़ाउन आग्रह गरे।

विशेषज्ञहरूले भारत र अन्य जग्गाहरूमा डिजिटल रेडियो नै अगाडि बढ्ने बाटो हो भन्ने कुरामा सहमति जनाए अनि ठूला शहरहरूमा साझा प्रसारण पूर्वाधार भएका व्यावसायिक स्टेशनहरूलाई सहकार्यको लागि एक मञ्च बनाउन आग्रह गरे।

 

वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

 

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

* * *

 

पीआईबी टीम वेभ्स 2025 । राजिथ/ श्रीयङ्का/ दर्शन । 144


Release ID: (Release ID: 2126424)   |   Visitor Counter: 9