सूचना तथा प्रसारण मन्त्रालय
भारतको रचनात्मक अर्थव्यवस्थाले 2030 सम्म उपभोक्ता खर्चमा $1 ट्रिलियनभन्दा धेरैलाई प्रभावित गर्ने अनुमान : वेभ्स 2025 मा बीसीजी प्रतिवेदन विमोचन गरिने
Posted On:
02 MAY 2025 2:33PM
|
Location:
PIB Gangtok
मुम्बई, 2 मई 2025
रचनात्मक अर्थव्यवस्थाको उदयबाट प्रेरित भारतको डिजिटल परिदृश्य महत्त्वपूर्ण परिवर्तनको कालबाट गुज्रिरहेको छ। बोस्टन कन्सल्टिङ ग्रुपको (बीसीजी) एउटा नयाँ प्रतिवेदन “सामग्रीदेखि वाणिज्यसम्म : भारतको रचनात्मक अर्थनीतिको मापन” 3 मई, 2025 को दिन मुम्बईमा वेभ्स 2025 को अवसरमा विमोचन गरिनेछ। यस प्रतिवेदनले भारतका रचनाकारहरूले वर्तमानमा सालेनी 350 बिलियन डलरभन्दा धेरैको उपभोक्ता खर्चलाई प्रभावित गर्ने बताउँछ भने यो आँकडा 2030 सम्म 1 ट्रिलियन डलर पार हुने आशा गरिएको छ।
भारतमा 2 देखि 2.5 मिलियन सक्रिय डिजिटल रचनाकारहरू रहेको प्रतिवेदनमा बताइएको छ, जसलाई 1,000 भन्दा धेरै फलोवर्स रहेको व्यक्तिका रूपमा परिभाषित गरिएको छ। व्यापकता भए तापनि, उनीहरूमध्ये केवल 8-10 प्रतिशतले मात्र हाल आफ्नो सामग्रीलाई प्रभावी तरिकाले मुद्रिकरण गरिरहेका छन्, जसले तेजीका साथ बढिरहेको क्षेत्रको अप्रयुक्त क्षमतालाई दर्शाउँछ। क्रिएटर ईकोसिस्टमको प्रत्यक्ष राजस्व आज अनुमानित 20-25 बिलियन डलरको छ। यस दसकको अन्त्यसम्म यो 100-125 बिलियन डलर पुग्ने अनुमान गरिएको छ।
प्रतिवेदनबाट प्राप्त प्रमुख जानकारी यस प्रकार हुनेछन् :
- रचनात्मकताले 30 प्रतिशतभन्दा धेरै उपभोक्ता निर्णयलाई प्रभावित गर्दछ तथा आज 350-400 बिलियन डलरको व्ययलाई यसले आकार दिन्छ।
- यो ईकोसिस्टम जेनरेशन जेड अनि महानगरीय केन्द्रहरूदेखि अघि बढ्दै विभिन्न आयु समूह अनि शहरी स्तरसम्म पुगिरहेको छ।
- लघु फर्मेट भिडियो अझै पनि प्रमुख सामग्रीको प्रारूप बनेको छ भने कमेडी, फिल्म, डेली सोप र फेसन सबैभन्दा बढी हेरिने शैली हुन्।
- ब्राण्ड रणनीति विकसित भइरहेको छ, जसमा तीव्र सामग्री उत्पादन, बढी रचनात्मक स्वतन्त्रता, विविध उपभोक्ता लक्ष्यीकरण र परिणाम आधारित परीक्षणमाथि बढी जोड दिइँदैछ।
- राजस्व मोडलमा विविधता आइरहेको छ तथा उपभोक्ता वित्तपोषित माध्यम जस्तै भर्चुअल उपहार, लाइभ कमर्स र सदस्यतामा वृद्धि भइरहेको छ।
- आगामी वर्षमा ब्राण्डहरूद्वारा क्रिएटर मार्केटिङमा आफ्नो निवेशलाई 1.5 देखि 3 गुणासम्म बढाउने आशा गरिएको छ, जुन डिजिटल क्रिएटर ईकोसिस्टमद्वारा सञ्चालित विपणन एवं वाणिज्यमा एउटा महत्त्वपूर्ण परिवर्तनको सङ्केत हो।
बीसीजी प्रतिवेदन मुम्बईमा वेभ्सको समय आधिकारिक रूपमा जारी गरिनेछ। एआइ, सामाजिक सञ्जाल, एभीजीसी क्षेत्र अनि फिल्महरूको उदीयमन स्वरूपमा चलिरहेको विशाल कार्यक्रम वलेभ्स 2025 मा भएका चर्चाहरूले डिजिटल मिडिया क्षेत्रमा भारतको बढ्दो प्रभावलाई दर्शाउँछ।
*******
पीआईबी टीम वेभ्स 2025 । रजित/लक्ष्मीप्रिया/दर्शना। 141
Release ID:
(Release ID: 2126168)
| Visitor Counter:
14
Read this release in:
Malayalam
,
English
,
Khasi
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada